काठमाडौँ ।
जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज गुजरात टाइटन्स र पञ्जाव किंग्सबीच खेल हुदै छ । अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार ७: ४५ बजेदेखि शुरु हुदै छ ।
जारी आइपिएलमा गुजरातले ३ खेलमा २ जित र एक हार बेहोरेको छ भने पञ्जाव किंग्सले ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।
गुजरातले पहिलो खेलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको थियो भने दोस्रो खेलमा चेन्नई सुपर किंग्ससँग हार बेहोरेको थियो । त्यस्तै तेस्रो खेलमा सनराइजर्स हैदरावादलाई पराजित गरेको थियो ।
त्यस्तै पञ्जाव किंग्सले पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको थियो भने त्यसपछि रोयल च्यालेन्जर्स बैंगलुरु र लखनउ सुपर जाइन्टसँग पराजित भएको थियो ।
गुजरात टाइटन्स यस सिजनमा शुभमन गिलको कप्तानीमा खेल्दै छ । गुजरातले टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेर बलियो टिमको उदाहरण दिएको छ । यस टिममा गिलसहित रिद्धिमान शाह, साइ किसोर, साइ सुदर्शन, राहुल तेवातिया, उमेश यादव, अभिनव मनोहर जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ भने डेविड मिलर रशिद खान, अज्मतुल्लाह ओमरजाइ, केन विलियम्सन जस्ता विदेशी खेलाडीको भूमिका ठुलो हुने देखिएको छ । गुजरात टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेको थियो ।
त्यस्तै पञ्जाव किंग्सको कप्तानी शिखर धवनले गरिरहेका छन् । पछिल्लो बर्षमा शिखर सक्रिय क्रिकेटबाट बाहिर रहेका छन् । उनी राष्ट्रिय टिमबाट बाहिर छन् भने घरेलु क्रिकेट समेत खेलेका छैनन् । ३८ बर्षिय धवन पछिल्लो आइपिएलदेखि कुनै क्रिकेट नखेलेकाले उनका लागि यो आइपिएल महत्वपूर्ण हुनसक्ने देखिन्छ । आइपिएलको प्रदर्शनले उनले राष्ट्रिय टिममा पुनरागमनको प्रयास गर्ने छन् । त्यस्तै पञ्जावका भारतका जितेश शर्मा, प्रभसिमरन सिंह, अर्शदीप सिंह, हर्षल पटेल जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ भने जोनी बैरस्ट्रव, कागीसो रावडा, लियम लिभिङस्टोन, साम कुरान जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।
आइपिएलमा पञ्जाव किंग्स २०१४ मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । गत सिजनमा पञ्जाव आठौ भएको थियो । न्युज कारखाना
काठमाडौँ ।
इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तरगत कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई १०६ रनको फराकिलो रन अन्तरले पराजति गरेको हो ।
कोलकोताले दिएको २७३ रनको विशाल लक्ष्य पछाएको दिल्ली १७.२ ओभरमा १६६ रन बनाएर अल आउट भएको थियो ।
त्यसैगरी यसअघि टस जितेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ७ विकेट गुमाउदै २७२ रन बनाएको थियो । यो आइपिएल इतिहासमा एक इनिंगमा बनेको दोस्रो ठुलो टोटल हो । यसअघि यसै आइपिएलमा सनराइजर्सले मुम्बई इण्डियन्सविरुद्ध २७७ रन बनाएको थियो ।
यो जितपछि कोलकोताले लगातार तीन खेलमा जित हासिल गर्दै ६ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यसैगरी दिल्लीको भने ४ खेलमा एक जित र तीन हारसहित केवल २ अंक रहेको छ ।
आजमिति २०८० साल चैत्र २२ गते २७ विहिवार तदअनुसार अप्रिल ४ तारिख,
नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु कृष्ण पक्षको दशमी तिथी श्रवन नक्षत्र, सिद्ध योग छ । चन्द्र राशि मकर । यो शुभ योग हो ।
वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।
शुभ रगं ः सेतो
शुभ अंक ः ४
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला ।
शुभ रगं ः कालो
शुभ अंक ः ७
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
लागि आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । अ राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।
शुभ रगं ः रातो
शुभ अंक ः १
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ ।
शुभ रगं ः पहेलो
शुभ अंक ः ६
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।
शुभ रगं ः रातो
शुभ अंक ः ५
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।
शुभ रगं ः पहेलो
शुभ अंक ः ४
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।
शुभ रगं ः चाँदी
शुभ अंक ः ९
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लागि आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।
शुभ रगं ः सुन्तला
शुभ अंक ः ८
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।
शुभ रगं ः हरियो
शुभ अंक ः ७
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।
शुभ रगं ः खैरो
शुभ अंक ः ६
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ ।
शुभ रगं ः निलो
शुभ अंक ः ७
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ ।
शुभ रगं ः पहेलो
शुभ अंक ः ५
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक हुन्।न्युज कारखाना
२१ चैत,महोत्तरी।
रेडियो नेपालका वरिष्ठ प्राविधिक सहायक कमल साह पुरस्कृत हुनुभएको छ । मंगलबार रेडियो नेपालको ७४औ वार्षिकोत्सबको अवसरमा रेडियो नेपालको प्रादेशिक प्रशारण केन्द्र वर्दिबासको प्राङ्गणमा आयोजित तीन खेलमध्ये म्युजिकल चेयर खेलमा प्रथम भएका वरिष्ठ प्राविधिक सहायक साह पुरस्कृत हुनुभएको छ ।
सो खेलमा विभिन्न १२ प्रतिस्पर्धी मध्ये प्रथम हुनुभएका साहलाई रेडियो नेपालको प्रादेशिक प्रशारण केन्द्र बर्दिबाका कार्यालय प्रमुख रामपुकार साहले डायरी र कलमले पुरस्कृत गर्नुभएको हो।
सोही अवसरमा आयोजित चम्चा गुच्चा खेलमा वरिष्ठ प्राविधिक सहायक सुवास साह र घैटो फोड खेलमा भोजपुरी समाचार वाचिका नम्रता कर्ण समेत प्रथम हुनुभएकी थिइन्। निजहरूलाई समेत कार्यालय प्रमुख रामले पुरस्कृत गर्नुभएको थियो।
कार्यालय प्रमुख रामले सो अवसरमा पाल्नु भएका अतिथि तथा रेडियो नेपाल सुन्ने सम्पूर्ण स्राेता र विज्ञानदातालाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।
काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाभित्र चैत २५ (२०८०) देखि गरिब घरपरिवार गणना सुरु हुने भएको छ । गणना कार्यमा खटिने गणक र गणकको सुपरिवेक्षण गर्ने सुपरिवेक्षकका लागि तालिम सुरु भएको छ ।
४ दिने तालिममध्ये पहिलो २ दिन सैद्धान्तिक र पछिल्ला २ दिन प्रयोगात्मक हुनेछन् । सैद्धान्तिक कक्षामा गरिबी, गरिब परिचय पत्र, विवरण संकलन र परिचय पत्रको कानुनी पक्ष र प्राविधिक कक्षामा ट््यावको प्रयोग गरेर अनलाइन प्रणालीमा आधारित विवरण संकलन, भण्डारण गर्न र सम्बन्धित अधिकारीको पहुँचमा पठाउने विधि सिकाइनेछ । प्रशिक्षणका लागि महानगरपालिकाले चैत ८ गतेदेखि १२ गतेसम्म २६ जना अधिकारीहरुलाई प्रशिक्षण दिएर प्रशिक्षकका रुपमा उत्पादन गरेको छ ।
कसरी छानिए गणक र सुपरिवेक्षक ?
ट्याब्लेटबाट विवरण संकलन हुने यस कार्यमा खटिने गणक र सुपरिवेक्षकका रुपमा काम गर्ने जनशक्ति प्राप्त गर्न महानगरपालिकाले गएको मंसिर १६ गते सार्वजनिक सूचना प्रकाशन गर्यो । अनलाइन प्रणालीबाट आवेदन लिएको यस कार्यक्रभमा गणकका लागि ८ हजार २८ जना र सुपरिवेक्षकका लागि २ हजार ६६५ जनाको आवेदन प्राप्त भएको थियो । आवेदकमध्येबाट योग्यताका आधारमा सर्टलिष्टमा छानिनुभएका उम्मेदवारको सूची, माघ १४ गते प्रकाशन गरिएको थियो । त्यही महिनाको २१ गतेदेखि २४ गतेसम्म लिइएको अन्तर्वार्ताबाट फागुन १७ गते योग्यता क्रमको अन्तिम नतिजा प्रकाशन गरिएको थियो । यसबाट २१ जना सुपरिवेक्षक र २०९ जना गणक छानिएका छन् ।
तथ्याङ्क अधिकृत कृष्णराज तिवारीकाअनुसार जनगणना २०७८ ले महानगरपालिकाभित्र देखाएको घरपरिवार संख्या (२ लाख ३८ हजार ९६६) लाई वडागत रुपमा हेरेर गणक र सुपरिवेक्षक खटाउने तयारी छ । १ जना गणकले १ महिनामा २५० जना घरपरिवारको तथ्याङ्क संकलन गर्ने गरी समय र जनशक्ति खटाइनेछ ।
यसमा सबैभन्दा धेरै वडा नं. १६ र ३२ गरी २ वटा वडामा २१/२१ जना खटिनेछ । तिवारीकाअनुसार वडा नं. ६ र ३१ मा १४/१४ जना, वडा नं. १५ मा १२ जना, वडा नं. १४ मा ११ जना, ४ र ७ मा १०/१० जना जनशक्ति परिचालन हुनेछन् ।
यस्तै वडा नं. २६ र १३ मा ९/९ जना, वडा नं. ३, ९ र १० गरी ३ वटा वडामा ८/८ जना जनशक्ति खटिनेछन् । वडा नं. २९ मा ६ जना, वडा नं. १७ र ३० मा ५/५ जना, वडा नं. ५ मा ४ जना, वडा नं. २, ११, २१ र २८ मा ३/३ जना खटिनेछन् । वडा नं. ८, १२, १८, १९, २० र २५ गरी ६ वटा वडामा २/२ जना खटिनेछन् । वडा नं. १, २२, २३, २४ र २७ गरी ५ वटा वडामा १/१ जना जनशक्ति खटिनेछन् । तिवारीले गणना योजना सुनाउनुभयो । गणकहरुबाट प्राप्त भएको विवरण सुपरिवेक्षकले प्रशोधन गर्ने काम गर्नेछन् ।
काठमाडौँसँगै देशभरिको गणना सकिँदै
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटाका अनुसार काठमाडौँ महानगरपालिका गणनाका लागि अन्तिम पालिका हो । यसपछि तथ्याङ्क संकलनको काम सकिनेछ ।
तथ्याङ्क संकलनको थालनी २०७० सालमा २३ वटा जिल्लाबाट भएको हो । हरेक ५ बर्षमा परिचय पत्र नविकरण गराउनु पर्ने कानुनी व्यवस्था छ । अहिलेसम्म कसैको पनि परिचय पत्र नविकरण गरिएको छैन । सहसचिव सापकोटाका अनुसार यसपछि सबै विवरण अद्यावधिक हुनेछ ।
गरिब परिवारलाई सरकारबाट प्रदान गरिने सुविधा तथा सहयोग अब यसै परिचय पत्रका आधारमा हुनेछ । दीर्घ रोगको उपचारका लागि आर्थिक सहयोग, लक्षित वर्गको उपचारसहित राज्यबाट प्रदान गरिने सुविधा यही परिचय पत्रका आधारमा हुनेछ । न्युज कारखाना
अछाम, २१ चैत ।
अछाममा ट्याक्टर दुर्घटना भएको छ। अछामको रामारोसन गाउँपालीका–३ सितारपानीमा ट्याक्टर दुर्घटना हुँदा एक जना घाईते भएका छन्।
अछामको जैगढबाट बालुवा बोकेर रामारोसन गाउँपालीका तर्फ जाँदै गरेको से १ त ३१४८ नम्बरको ट्याक्टर रामारोसन गाउँपालीका–३ सितारपानीमा दुर्घटना भएको अछाम प्रहरीले जनाएको छ।
ट्याक्टर दुर्घटना हुदा चालक कैलालीको घोडाघोडी नगरपालीका–९ का कालीचरण चौधरी घाईते भएका छन्। बालुवा बोकेको ट्याक्टर उकालोमा ब्याक भएर पल्टिएको हो। दुर्घटनाको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।न्युज कारखाना
काठमाडौँ ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) को विवाद चरममा पुगेको छ ।
अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशमा विश्वासको मत नदिन जारी गरेको ह्विपको विरुद्धमा प्रदेशका प्रमुख सचेतकले काउन्टर ह्वीप जारी गरेका छन् ।
अध्यक्ष श्रेष्ठले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्विप जारी गरेपछि सुदूरपश्चिम प्रदेशका प्रदेश सभाका प्रमुख सचेतक खुसीराम डगौराले मुख्यमन्त्री शाहको पक्षको मतदान गर्न काउन्टर ह्विप जारी गरेका हुन् ।
सचेतक डगौराले जारी गरेको ह्विपमा विश्वासको मत दिने बैठकमा अनिवार्य उपस्थित हुन, अनिवार्य मतदान गर्न र तटस्थ नरहन भन्दै विश्वासको मतको पक्षमा मतदान गर्न राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ बमोजिम निर्देशन जारी गरेका छन् ।
यसअघि अध्यक्ष रञ्जिताले संसदीय दलको विधान बनिनसकेकोले ह्वीप जारी गर्ने अधिकार पार्टी अध्यक्षलाई भएको भन्दै विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन दिएकी थिइन् ।न्युज कारखाना
धनगढी, २१ चैत ।
धनगढीमा चैत २८ गतेदेखि क्याम्पस स्तरीय फुटसल कप हुने भएकाे छ।
चैत २८ गतेदेखि ३० गतेसम्म ऐश्वर्य विद्यार्थी समाजकाे आयाेजनामा वडा नम्बर ५ अध्यक्ष दाेस्राे एएमसी फुटसल लिगकाे आयाेजना गरिएकाे हाे।
प्रतियोगिताकाे प्रथम पुरस्कार ५१ हजार ट्रफि मेडल तथा प्रमाणपत्र, द्वितीय पुरुस्कार नगद २५ हजार ट्रफि मेडल तथा प्रमाणपत्र र तृतीय पुरुस्कार नगद १५ हजार रहेकाे समाजका अध्यक्ष महेश राज जाेशीले बताए ।
यसैगरी उत्कृष्ट उत्कृष्ट खेलाडी, गोलरक्षक र राइजिङ खेलाडीलाई नगद तथा ट्रफि प्रदान गरिने पनि उनले बताएका छन्।
टिम दर्ताका लागि ७ हजार लाग्ने टिम दर्ता गर्ने अन्तिम मिती चैत २६ गते दिउसो ४ बजे सम्म मात्र रहेकाे आयाेजकले बताएकाे छ । प्रतियोगिता फल्याटल्यान्ड फुटसलमा चैत २८ गते बिहान ८ बजेदेखि सुरु हुने छ।न्युज कारखाना
रौतहट ।
रौतहट जिल्लाको परोहा नगरपलिका–९ खाँप ईलाकाबाट सशस्त्र प्रहरीले ७ लाख ५५ हजार ५ सय ७० रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरेको छ ।
भारतबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याई सीमा ईलाका नजिकै लुकाई छिपाई राखेको अवस्थामा बिभिन्न किसिमका लत्ताकपडा, औषधी, सुर्तिजन्य पदार्थ र चप्पलहरु सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहटले बरामद गरेको छ ।
बरामद सामान गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको छ । न्युज कारखाना
काठमाडौँ ।
सुरेश राईको पहिलो कृति कवितासङ्ग्रह ‘सम्झनाको फोटोकपी’ सार्वजनिक भएको छ । कौशलटारस्थित साहित्यपोस्टको कार्यालयमा आयोजित एका कार्यक्रमका बिच कृतिको विमोचन गरिएको हो ।
राईकी हजुरआमा टीकाहीरा राई, बुवा बुद्धिराज राई, फुपू रत्नहीरा राई तथा साहित्यपोस्टका सम्पादक अश्विनी कोइरालालगायतले पुस्तकको विमोचन गरेका हुन्र । कवि सुरेश भने हाल दक्षिण कोरियामा कार्यरत छन् ।
कार्यक्रममा राईकी दिदी सविता राई, बहिनी निशा थापा मगर, दाजु तेजकुमार राईलगायतले सङ्ग्रहबाट एक–एक थान कविता वाचन गर्नुका साथै सुरेशको लेखनप्रतिको झुकावमा बारेमा बोलेका पनि थिए । त्यस्तै, राईकी हजुरआमा, बुवा र फुपूले कवि राईको कृति सफलताका लागि आर्शीवाद व्यक्त गरेका थिए ।
साहित्यकार शरद् प्रधानले साहित्यपोस्टका नवपुस्ताका लेखक–साहित्यकारलाई पहिचान गरी प्रकाशन गर्दै आएको स्मरण गर्दै कवि राईलाई पुस्तकका लागि शुभकामना व्यक्त गरे ।
साहित्यपोस्ट प्रधानसम्पादक अश्विनी कोइरालाले राई कवि मात्र नभएर ‘संस्कारित कवि’ भएको उल्लेख गर्दै विमोचन समारोहको समापन गरेका थिए ।
कार्यक्रमको सञ्चालन कृष्ण ढुङ्गेलले गरेका थिए । पुस्तकलाई साहित्यपोस्टले प्रकाशनमा ल्याएको हो । ५३ शीर्षकका कविता सङ्ग्रहित कृतिको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।न्युज कारखाना