२०८३ श्रावण २७
२०८३ श्रावण २७

काठमाडौं, चैत २२ ।

नेपाली बजारमा सुनको भाउले आज (चैत २२ गते) नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले सुनको भाउ बढेको छ ।

बिहिबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ३४ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३३ हजार ३५० रुपैयाँ निर्धारण भएको छ । यसअघि बुधबार (चैत १९ गते) पनि सुनको मुल्यमा रेकर्ड कामय भएको थियो । सो दिन छापावाल सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ प्रतितोला १ लाख ३२ हजार ३५० रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदी पनि प्रतितोला ४० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य १६ सय ५० रुपैयाँ कारोबार भइरहेको छ । बुधबार चाँदीको भाउ प्रतितोला १६ सय १० रुपैयाँ कायम रहेको थियो । न्युज कारखाना

काठमाडौं, चैत २२ ।

प्रि ओपन सेसनमा नेप्से सूचक ०.३४ अंकले बढेको छ । यससँगै सूचक २००७.१३ विन्दुमा आएको छ । २२ कम्पनीको १४ सय ९९ कित्ता सेयर कारोबार हुँदा ९ लाख ६४ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।  यो सेसनमा कुल ४६ वटा कारोबार भएको हो । न्युज कारखाना

काठमाडौं ।

नेपाल प्रहरीका १९ प्रहरी निरीक्षक( इन्स्पेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।

बुधबार बसेको बढुवा समितिको बैठकले १९ जना इन्सपेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा समितिको बैठकको निर्णय अनुसार जनपद प्रहरी समूहतर्फका प्रहरी निरीक्षकहरुलाई सोही समूहतर्फको प्रहरी नायव उपरीक्षक पदमा बढुवाका लागि  १९ जना इन्सपेक्टरको सिफारिस सूची प्रहरी नियमावली,२०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार प्रकाशित गरिएको हो ।

बढुवाका लागि सिफारिस भएकामध्ये पहिलो नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय परिचालन कक्षमा कार्यरत निर्मल पनेरु रहेका छन् । उनको अंक ९७. २१६० रहेको छ । न्युज कारखाना

काठमाडौँ ।

बेलायतमा यस वर्ष आम निर्वाचन हुदै छ । प्रधानमन्त्री ऋषि सुनक आफैले यस्तो संकेत गरेका छन् ।

हालैका महिनाहरूमा, बेलायती प्रधानमन्त्री ऋषि सुनकले मेमा चुनाव अस्वीकार गरेका थिए र यस वर्षको अन्त्यमा चुनाव हुन सक्ने संकेत दिएका थिए । यसैबीच अर्को सर्वेक्षणले एउटा चकित पार्ने दाबी गरेको छ । आगामी आम निर्वाचनमा बेलायती प्रधानमन्त्री ऋषि सुनकको सिट पनि खतरामा रहेको बताइएको छ ।

यूगभले १८ हजार मानिसमा गरेको नयाँ सर्वेक्षणले बेलायती प्रधानमन्त्री ऋषि सुनकको नेतृत्वमा रहेको सत्तारुढ कन्जरभेटिभ पार्टीले आगामी आम चुनावमा लज्जास्पद हार बेहोर्ने देखाएको छ । योसँगै विपक्षी लेबर पार्टीले ४०३ सिट जित्न सक्ने बताइएको छ ।

यो नयाँ सर्वेक्षणले यसपटकको पराजय सन् १९९७ मा पूर्व टोरी प्रधानमन्त्री जोन मेजरको शासनकालभन्दा पनि खराब हुने देखाएको छ । जब टोनी ब्लेयरको नेतृत्वमा लेबर पार्टीले उनलाई पराजित गरेको थियो । त्यसपछि टोरी पार्टीले १६५ सिट जितेको थियो । योसँगै ब्लेयरले हाउस अफ कमन्सका ६५९ सिटमध्ये ४१८ सिट जितेका थिए ।

यसअघिको बेस्ट फर बेलायतको सर्वेक्षणमा पनि प्रधानमन्त्री सुनकले आफ्नो सिट बचाउन नसक्ने बताएका थिए । यस वर्षको अन्त्यमा हुन लागेको आम निर्वाचनमा देशको सत्तारुढ कन्जरभेटिभ पार्टीले ठूलो पराजय भोग्न सक्ने देखिएको उक्त सर्वेक्षणमा उल्लेख छ ।

यति मात्रै होइन, बेलायती प्रधानमन्त्री ऋषि सुनकले आफ्नो नर्थ योर्कशायरको सिट जोगाउन मुस्किल पर्ने बताइएको छ । बेस्ट फर बेलायतले यो सर्वेक्षण अघि १५ हजार २९ जनाको राय लिएको थियो । जसका आधारमा तयार पारिएको प्रतिवेदनमा कन्जरभेटिभको तुलनामा १९ अंकको अग्रता लिएर विपक्षी लेबर पार्टी ४५ प्रतिशत मतका साथ शीर्ष स्थानमा रहेको छ । यसले आगामी चुनावमा कन्जरभेटिभ पार्टीको सम्भावना न्यून तहमा पुगेको पनि बताएको छ । यसपटक सयभन्दा कम सिट जित्ने भनिएको छ भने विपक्षी लेबर पार्टीले धेरै फाइदा पाउनेछन् ।

सर्वेक्षणअनुसार यसपटक २८ जना वर्तमान मन्त्रिपरिषद् सदस्यले चुनाव लड्न सक्नेछन्, जसमध्ये १३ जना मात्रै पुनः निर्वाचित हुनेछन् ।

यसैबीच, चुनावअघि गरिएका अधिकांश सर्वेक्षणले कन्जरभेटिभभन्दा लेबर पार्टीले सहज अग्रता पाएको देखाएको छ । हाल, पार्टी राजनीतिक उथलपुथल, दैनिक उपभोग्य वस्तुको बढ्दो मूल्य र बढ्दो अध्यागमनका चुनौतीविरुद्ध सुनक नेतृत्वको सरकार लडिरहेको छ ।    न्युज कारखाना

काठमाडौँ ।

अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदैछ । यसका लागि वर्तमान राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा हुने निश्चित जस्तै छ ।

यसैबीच, एक ओपिनियन पोलले चकित पार्ने दाबी गरेको छ । सातमध्ये छ वटा राज्यमा बाइडेन आफ्ना प्रमुख प्रतिद्वन्द्वी ट्रम्पभन्दा पछाडि रहेको बताइएको सो पोलले आफ्नो नतिजामा देखाएको छ ।

यूएस ओपिनियन पोलले ट्रम्पले बाइडेनलाई पछाडि छोडेको देखाएको हो ।

वाल स्ट्रिट जर्नलले गरेको सर्वेक्षणले ठूलो संख्यामा मतदाता राष्ट्रिय अर्थतन्त्रप्रति सन्तुष्ट नभएको देखाएको छ । यसबाहेक मानिसहरूले बाइडेनको काम गर्ने क्षमतामाथि पनि शंका गरेका छन् ।

सर्वेक्षण पेन्सिलभेनिया, मिशिगन, एरिजोना, जर्जिया, नेभाडा र उत्तरी क्यारोलिनामा डोनाल्ड ट्रम्प दुई देखि आठ प्रतिशत अंकले अगाडि छन् । तर, विस्कॉन्सिनमा बिडेन तीन अंकले अगाडि छन् ।

यति मात्र होइन, सर्वेक्षणले हरेक राज्यमा राष्ट्रपति बाइडेनको काम मन नपराउने मानिस बढी रहेको खुलासा गरेको छ । यसको विपरित ट्रम्प राष्ट्रपति हुँदा एरिजोनामा मात्रै उनलाई मन पराइएको थिएन । रियल क्लियर पोलिटिक्सका अनुसार ट्रम्प र बिडेनबीच कडा प्रतिस्पर्धा छ । प्रमुख राष्ट्रिय सर्वेक्षणको औसतले ​​पूर्व राष्ट्रपति ट्रम्प बाइडेनभन्दा ०.८ प्रतिशत अंकले अगाडि रहेको देखाएको छ ।

तर अमेरिकी चुनावमा प्रतिष्पर्धाको जति चर्चा छ त्यति नै डोनाल्ड ट्रम्पले लगातार दिइरहेको विवादास्पद बयानको पनि चर्चा भइरहेको छ ।

यसअघि ओहायोको डेटनमा एक र्‍यालीलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका थिए, ‘हामी सिमानाबाट आउने हरेक गाडीमा शतप्रतिशत भन्सार लगाउने छौं र म निर्वाचित भएँ भने तपाईले बेच्न सक्नुहुन्न । अब म निर्वाचित भएन भने यहाँ रक्तपात हुनेछ । कम्तिमा यो हुनेछ। देशका लागि रक्तपात हुन लागेको छ ।’

अमेरिकी राष्ट्रपति जो बाइडेनको अभियानका प्रवक्ता जेम्स सिंगरले डोनाल्ड ट्रम्पको भनाइको निन्दा गरेका थिए । न्युज कारखाना

काठमाडौँ ।

आगामी चैत ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘डिग्री माइला’ को नयाँ गीत ‘किन ?’ सार्वजनिक गरिएको छ ।

बुधबार सार्वजनिक गीतमा हेमन्त रानाको शब्द रचना, संगीत तथा गायन रहेको छ । गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री आँचलबीचको प्रेम देखाइएको छ ।फिल्मले यस गीतबाट फिल्म अन्तरजातीय प्रेमकथामा बनेको अनुमान गर्न सकिन्छ ।

रामबाबु गुरुङको निर्देशनमा तयार भएको फिल्ममा प्रकाश घिमिरे, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, हिउँवाला गौतम, कमलमणि नेपाल, सोमनाथ खनाल, पशुपति राई, लोकेन्द्र लेखक आदिको पनि अभिनय रहेको छ ।

फिल्मको निर्माताहरुमा विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ छन् । कार्यकारी निर्माता क्रिश लामा हुन् । ‘डिग्री माइला’ नाटकमाथि बनेको फिल्म हो । २०६९ र २०७१ सालमा मण्डला थिएटरमा ‘डिग्री माइला’ नाटक मञ्चन भएको थियो । नाटकलाई दयाहाङले निर्देशन गरेका थिए । रामबाबुले नाटककै कथालाई केही परिमार्जित गरेर फिल्मको स्वरुप दिएका हुन् ।न्युज कारखाना

गीतको लिंक:

काठमाडौँ ।

अजय देवगनका फिल्म दे दे प्यार दे र सन अफ सरदार निकै हिट भएका थिए, अब यी दुई फिल्मको सिक्वेलको तयारी चाँडै सुरु हुँदैछ । रिपोर्टका अनुसार अजयले जुनबाट लन्डनमा दुबै फिल्मको छायांकन सुरु गर्नेछन् ।

रिपोर्ट अनुसार अजय देवगनले जुनदेखि लन्डनमा दे दे प्यार दे- २ र सन अफ सरदार- २ को सुटिङ सुरु गर्नेछन् । अहिले अजय सिंघम अगेन र रेड- २ को सुटिङमा व्यस्त छन् । यी दुवै चलचित्र मेमा पूरा हुनेछन् । यी दुवै फिल्म यसै वर्ष रिलिज हुँदैछन् । उनीहरुको सुटिङपछि अजय जुनमा लण्डनमा पहिले दे दे प्यार दे- २ र त्यसपछि सन अफ सरदार- २ को सुटिङ गर्नेछन् ।

दे दे प्यार दे- २ को पहिलो शेड्युल १५ दिनको लागि राखिएको छ, जसलाई अंशुल शर्माले निर्देशन गर्दैछन् । पहिलो शेड्युलपछि अजयले सिधै सन् २०१२ को फिल्म सन अफ सरदारको सिक्वेलमा काम सुरु गर्नेछन् । रिपोर्टका अनुसार पञ्जाबी फिल्म उद्योगका एक प्रसिद्ध निर्देशकलाई फिल्म सन अफ सरदार- २ को लागि ल्याइएको छ ।

अजय देवगन अजय देवगनसँग एक–दुई होइन ८ वटा सिक्वेल फिल्म छन् । आगामी दिनमा उनी रेड- २, दे दे प्यार दे- २, सन अफ सरदार- २, गोलमाल- ५, सिंघम अगेन, धमाल- ४, दृश्यम- ३ र शैतान- २ मा देखिनेछन् ।

अजय देवगनको पछिल्लो फिल्म फिल्म शैतान मार्च ८ मा रिलिज भएको थियो । विकास बहलले निर्देशन गरेको यो अलौकिक हरर फिल्मले अहिलेसम्म बक्स अफिसमा २०० करोडको कलेक्सन गरेको छ । फिल्ममा अजय देवगनसँग आर. माधवन र ज्योतिका मुख्य भूमिकामा छन् । अजयले छिट्टै यो फिल्मको सिक्वेलमा काम गर्नेछन् ।न्युज कारखाना

काठमाडौँ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिदै छन् । आज विश्वासको मत लिने प्रस्तावमाथि अपराहन्न ३ बजेदेखि शुरु हुने प्रदेस सभाको बैठकमा मतदान हुने छ ।

५२ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री शाहले विश्वासको मत पाउने नपाउने स्पष्ट रहेको छैन ।

प्रदेशमा कांग्रेसका १८, माओवादीका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्रका एक एक रहेका छन् ।

अहिले मुख्यमन्त्रीलाई कांग्रेस बाहेक अन्य दलको स्पष्ट समर्थन प्राप्त रहेको छैन । नाउपाका ५ सांसद पक्षमा छन् भने २ विपक्षमा रहेका छन् । उनलाई विश्वासको मत प्राप्त गर्न आवश्यक २७ मत आवश्यक पर्दछ । न्युज कारखाना

काठमाडौँ।

अत्यधिक मदिरा सेवन गरेर सार्वजनिक स्थानमा होहल्ला गरेको आरोपमा गायक राजेश पायल राईलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

गायक राईसहित तीन जनालाई प्रहरीले गएराती मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरेको थियो ।

हाल प्रहरी वृत्त नयाँ बानेश्वरमा उनलाई राखिएको प्रहरीले जनाएको छ ।न्युज कारखाना

काठमाडौँ ।

मेटामा ठूलो प्राविधिक गडबडीका कारण यसका सबै प्लेटफर्महरू जस्तै व्हाट्सएप, फेसबुक र इन्स्टाग्राम केही समयको लागि डाउन भएका थिए । तर, अहिले प्राविधिक त्रुटि सच्याइसकेको मेटाले जनाएको छ ।

बुधवार राति अबेरसम्म, विश्वभरका हजारौं प्रयोगकर्ताहरूले तीनवटै प्लेटफर्महरूको पहुँचमा समस्या आएको थियो । मेटामा आएको समस्या करिब एक घण्टासम्म रहेको थियो ।

वेबसाइट र एप्समा समस्याहरू ट्र्याक गर्ने प्लेटफर्म डाउनडिटेक्टरका अनुसार व्हाट्सएपका ८० हजार भन्दा बढी प्रयोगकर्ताहरूले डाउन भएको रिपोर्ट गरेका छन्।

व्हाट्सएपले एक्समा जानकारी दिदै भन्यो- ‘हामीलाई थाहा छ कि केहि व्यक्तिहरूले प्लेटफर्ममा समस्याहरू सामना गरिरहेका छन् । हामी यसलाई सकेसम्म चाँडो समाधान गर्न काम गरिरहेका छौं ।’

यसअघि मार्चमा पनि मेटाका सबै प्लेटफर्ममा समस्या आएपछि ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुक दुई घण्टासम्म डाउन भएको थियो ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।