२०८३ श्रावण २७
२०८३ श्रावण २७

काठमाडौं २२ चैत।
काठमाडौं स्थित एक समारोहका बिच न्युज कारखानाकर्मी सञ्जय मिश्रा सम्मानित भएका छन्।

 

रौतहट टाईम्स साप्ताहिक पत्रिकाको २६ औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले  मिश्रा लाई माला लगाएर कदरपत्र बाट सम्मानित गरेका हुन्।

रौतहटमा बसेर सुशासनको क्षेत्रमा कलम चलाउँदै आएको भनेर नेता नेपालले पत्रकार मिश्रालाई सम्मानीत गरेको हो।

पत्रकार मिश्रा पछिल्लो दुई दशक भन्दा बढी समय देखि रौतहटमा बसेर सक्रिय पत्रकारिता गर्दै आएका छन। हाल उनि न्युज कारखाना, रातोपाटी,मधेश दृष्टि दैनिक संग आबद्द भएर कटहरिया एफएमका स्टेसन म्यानेजर समेत रहेका छन।
नेता नेपालले पत्रकार मिश्रा संगै पत्रकार रमेश तिमलसिना र कृष्ण तिवारीलाई समेत कदरपत्र बाट सम्मानीत गरेका थिए।न्युज कारखाना

काठमाडौँ ।

वरिष्ठ पत्रकार, सञ्चारकर्मी, साहित्यसर्जक र जनताको जान्न पाउने हकको अभियानकर्ता विनयकुमार कसजूले आफ्नो जीवनकालमा नेपाली समाजलाई अझ उन्नत र जागृत तुल्याउन के कसरी योगदान पुर्याउनु भएको थियो भन्ने सम्बन्धमा एक कार्यक्रमको आयोजना गरी सम्झना गरियो ।

यस क्रममा विनय कसजूका जीवनका विभिन्न कालखण्डमा उनका सम्र्पकमा आएका, सहकार्य गरेका, परिवारका सदस्य र विभिन्न किसिमले चिन्नेजान्नेहरुले सम्झनामा लेखेका १३६ लेख रचनाहरुको संकलन विनय कसजू स्मृतिग्रन्थ लोकार्पण पनि गरियो ।

लोकार्पण कार्यक्रममा प्रा.डा. जीबेन्द्र देव गिरीले ७८८ पृष्ठमा सामेल ग्रन्थका सामग्रीहरुको समीक्षा गरेका थिए ।

स्मृतिग्रन्थमा डा. हरि प्रसाद भण्डारीको रचना विनय कसजूको व्यक्तित्व तथा कृक्तित्व र ११० व्यक्तिका संस्मरण, १८ व्यक्तिका लेख समालोचना, ८ व्यक्तिका कविता र विनय कसजूका लघुकथा, बालकथा, कथा र किताब नमुनाको रुपमा सामेल गरिएको छ ।

विनय कसजू स्मृतिग्रन्थ लोकार्पण कार्यक्रममा डा. भवेश्वर पंगेनीले जन्मथलो पाल्पा प्रति विनय कसजूको लगाव र योगदान, हेमबहादुर बिष्टले पत्रकारको रुपमा विनय कसजूको योगदान, कृष्णहरि बास्कोटाले सूचनाको हक र जनताको जान्न पाउने अधिकारका क्षेत्रमा योगदान, प्रा.डा. दयाराम श्रेष्ठले उहाँको साहित्य सिर्जना र प्रमोद प्रधानले बालसाहित्य क्षेत्रमा विनय कसजूको योगदान सम्बन्धमा संक्षिप्त परिचर्चा गरेका थिए ।

यस त्रममा जलेश्वरी श्रेष्ठले विनय कसजूको महिला प्रतिको दृष्टिकोण प्रस्तुत गरेकी थिइन् ।

स्मृतिग्रन्थ लोकार्पणको यसै कार्यक्रममा विनय कसजूकी अर्धाङ्गनी गंगादेवी कसजूको साहित्य सिर्जना चिया बेच्ने केटोको पनि लोकार्पण गरियो । चिया बेच्ने केटोमा गंगादेवी कसजूका आठ कथा समावेश छन् । यस कथा संग्रहको संपादन डा. हरिप्रसाद भण्डारीले गरेका हुन् ।

विनय कसजू स्मृतिग्रन्थको संपादन प्रा.डा. कपिल लामिछाने, प्रा.डा. ध्रुवकुमार घिमिरे, डा. पुष्करराज भट्ट, डा. हरिप्रसाद भण्डारी र मन्जु ज्ञवालीले गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथी प्रा.डा. चुडामणी बन्धु थिए भने, लोकार्पण कार्यक्रमको सभापतित्व गंगादेवी कसजूले गरेकी थिइन् ।

स्मृतिग्रन्थ प्रकाशन पछिको पृष्ठभुमी माथि प्रकाश पार्दै कार्यक्रममा उपस्थीत सबैको स्वागत प्रा.डा. कपिल लामिछानले गरेका थिए । लोकार्पण कार्यक्रमको संचालन प्रा.डा. ध्रुवकुमार घिमिरेले गरेका थिए ।

लोकार्पण कार्यक्रममा विनय कसजूप्रति श्रद्घा, स्नेह, आत्मियता र सहकार्यका सामेल साथै परिवारका सदस्य गरि सय भन्दा बढिको सहभागिता रहेको थियो । न्युज कारखाना

काठमाडौँ ।

नेपालको पहाडी क्षेत्रमा मूल्यवृद्धि बढी रहेको पाइएको छ । विहिबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको आठ महिनाको वित्तीय विवरणमा पहाडी क्षेत्रमा वार्षिक उपभोक्ता मुद्रास्फीति ५.१९ प्रतिशत रहेको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८८ प्रतिशत, तराईको ४.४२ प्रतिशत, पहाडको ५.४९ प्रतिशत र हिमालको ४.४२ प्रतिशत रहेको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिको मुद्रास्फीति काठमाडौँ उपत्यकामा ७.९५ प्रतिशत, तराइमा ७.५० प्रतिशत, पहाडमा ६.६७ प्रतिशत र हिमालमा ८.०७ प्रतिशत रहेको थियो ।

गत फागुन महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.६९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.१० प्रतिशत रहेको थियो ।

सोहि अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.९४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत रहेको छ ।

त्यस्तै सो अवधिमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २८.१७ प्रतिशत, तरकारीको १४.०७ प्रतिशत, दाल तथा गेडागुडीको ११.२२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ७.११ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ११.७९ प्रतिशतले घटेको छ ।

त्यसैगरी सो अवधिमा गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.६१ प्रतिशत, विविध वस्तु तथा सेवाको १०.६७ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १.१५ प्रतिशतले घटेको छ । न्युज कारखाना

काठमाडौं ।

मन्त्रीहरूले अब आफूले गरेको कामको दैनिक रूपमा ब्रिफिङ प्रधानमन्त्री समक्ष गर्नुपर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरूले दैनिक रूपमा गरेको कामको ब्रिफिङ हरेक दिन बेलुका प्रधानमन्त्रीलाई गर्ने निर्णय गरेको हो ।

राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेको यस निर्णय बारेमा जानकारी दिएका हुन् ।

उनले भने- ‘आज मैले एउटा निर्णय मन्त्रिपरिषद्‌बाट गराएको पनि छु । सबै मन्त्रीहरूले प्रत्येक दिन गरेको कामको ब्रिफिङ प्रधानमन्त्रीलाई बेलुका गर्नुपर्ने । त्यसले अब सबैलाई तताउँछ भन्ने मेरो विश्वास छ । सबै मन्त्रालयलाई, त्यसपछि सबै सचिवहरूलाई र सबै कर्मचारीहरूलाई तताउँछ भन्ने मेरो विश्वास छ । हामी बल गर्दै छौँ ।’ न्युज कारखाना

धनगढी ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् ।

प्रदेश सभामा बिहिवार विश्वासको मत लिने तयारीमा रहेका शाहले प्रदेश प्रमुख नजिर मियाँलाई केहीबेर अघि राजीनामा बुझाएका हुन् ।

मुख्यमन्त्री शाहले बिहिवार दिउसो ३ बजेको प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची थियो । तर, विश्वासको मत पाउने वातावरण बनाउन प्रदेश सभा बैठक ५ बजेसम्म सारिएको थियो ।

माओवादी र एकीकृत समाजवादीले प्रदेशका मुख्यमन्त्री शाहको साथ छोडेकाले विश्वासको मत फेरि लिनुपर्ने भएको हो । अल्पमतमा रहेका मुख्यमन्त्री शाह विश्वासको मत अगाडि आफ्नो पक्षमा मत दिनका लागि अन्तिम कसरत गरिरहेको बुझिएको छ ।
उनले राप्रपालाई मनाउने प्रयास गरेपनि नाउपाको विवादका कारण उनको आवश्यक मत नपुग्ने भएको हो ।

सत्तारूढ दल नाउपाका २ सांसद विश्वासको मतको विपक्षमा देखिएकाले मुख्यमन्त्री शाहले विश्वासको मतको लागि आवश्यक २७ मत पाउन सक्ने सम्भावना टरेको हो ।

सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्रका एक एक प्रदेशसभा सांसद रहेका छन् ।न्युज कारखाना

काठमाडौँ ।

भारतमा जारी फ्रेन्डसिप कपको फाइनलमा नेपाल र गुजरात क्रिकेट एसोसियसनको टिम खेल्ने भएका छन् । विहिबार सम्पन्न खेलमा गुजरातले बरोडा क्रिकेट एसोसियसनको टिमलाई ५७ रनले पराजित गर्दै फाइनलमा पुगेको हो ।

नेपालले यसअघि नै लगातार तीन खेलमा जित हासिल गरेर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो । यद्यपी लिग चरणमा शुक्रबार नेपाल र बरोडाबीच खेल हुने छ ।

फ्रेन्डसिप कपको फाइनल खेल भने आइतबार अप्रिल ७ मा हुने छ ।   न्युज कारखाना

काठमाडौँ ।

चालु आर्थिक बर्षको फागुन महिनासम्म शोधान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोड बचत रहेको छ ।

विहिबार नेपाल राष्ट्रबैंकले सार्बजनिक गरेको पछिल्लो आठ महिनाको विवरणमा जानकारी दिएको हो ।

गत बर्ष यहि अवधिमा शोधान्तर स्थिति एक खर्ब ४२ अर्ब रुपियाँ बचत थियो ।

त्यस्तै राष्ट्रबैंकले फागुन मसान्तसम्म विदेशी मुद्राको  सञ्चिति १८ खर्ब ७२ खर्ब ८२ करोड रुपियाँ रहेको जनाएको छ । बैंकले अहिलेको विदेशी मुद्राको संचितीले १२.४ महिनाको वस्तुको आयत धान्न पुग्ने बताएको छ ।न्युज कारखाना

काठमाडौँ ।

चालु आर्थिक वर्षको आठ महिनामा नौ खर्ब ६१ अर्ब २२ करोड बराबरको रेमिटेन्स भित्रिएको छ ।

विहिबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रेमिटेन्स २१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स २५.३ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा रेमिटेन्स १८.८ प्रतिशतले वृद्धि भई ७ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यो १४.८ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका असुसर यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या २ लाख ८६ हजार ९३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ८४ हजार २७८ रहेको छ ।न्युज कारखाना

काठमाडौँ ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) ले बझाङ प्रदेश सभाको उपनिर्वाचनमा रामबहादुर जाग्रीलाई उम्मेदवार बनाएको छ ।

जसपाको बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले जाग्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । जाग्री २०७९ को निर्वाचनमा पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका थिए ।

त्यसैगरी इलाम -२ मा भने जसपाले पहिचान पक्षधरबाट उम्मेदवार बनेका डकेन्द्रसिंह थेगिमलाई समर्थन गर्ने निर्णय गरेको छ ।

इलाम र बझाङमा वैशाख १५ गते हुने उपचुनावको मनोनयन दर्ता चैत २४ गते हुदै छ ।न्युज कारखाना

बुटवल ।

लुम्बिनी प्रदेश सभाका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी राजीनामा दिएका छन् । विहिबार लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले राजीनामा दिएका हुन् ।

यस अघि माओवादी र एकीकृत समाजवादीले सरकार छोडेपछि उनले आज विश्वासको मत लिने तालिका रहेको थियो । तर उनले विश्वासको मत नलिएर राजीनामा दिएका हुन् ।

यस अघि आजै लुम्बिनीका चार दल एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा तथा एक स्वतन्त्र सांसदबीच माओवादी केन्द्रका सांसद जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउनेसहितका पाँच बुँदे सहमति गरेका छन् ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।