२०८३ श्रावण २६
२०८३ श्रावण २६

काठमाडौं, २३ चैत ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले आफ्नो १२ औँ महाधिवेशन गर्ने भएको छ ।

 

आगामी २०८१  पुस मसान्तभित्र १२ औं महाधिवेसन सम्पन्न गर्ने निर्णय गरेको हो ।

हालै सम्पन्न केन्द्रीय समितिको बैठकले १२ औँ महाधिवेशनको मिति तोकेको हो ।

 

नेविसंघ मुख्यसचिव विजय खड्काका अनुसार दुजाङ शेर्पाको अध्यक्षतामा बसेको पहिलो केन्द्रिय समिति बैठकले महाधिवेशन, सांगठनिक गतिविधिसहित २४ वटा निर्णय गरेको छ ।न्युज कारखाना

 

काठमाडौं, २३ चैत ।

लज्जास्पद ब्याटिङसँगै नेपाल ए आयरल्यान्डसँगको दोस्रो एकदिवसीय खेलमा ११४ रनको फराकिलो हार व्यहोरेको छ । यो सँगै तीन खेलको सिरिज आयरल्यान्ड ए ले एक खेल अगावै जितेको छ ।

 

१७५ रनको लक्ष्य पछ्याएको नेपाल ए १६.५ ओभरमा ६० रनमा अल आउट भयो । नेपालका भीम सार्कीले २१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक १७ रन बनाए । विनोद भण्डारी १९बलमा २ चौकासहित १६ रनमा आउट भए । नेपालका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

 

देव खनाल शून्य, अर्जुन साउद ५, नरेन भट्ट र बसिर अहमद ६(६ रनमा आउट भए । स्पिनर म्याथ्यु हम्फ्रेजले ४.५ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ६ विकेट लिए । थोमस मेयर्स र फिन ह्यान्डले २(२ विकेट लिए ।

 

त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ३८.४ ओभरमा १७४ रनमा अल आउट भएकाे थियो ।

 

आयरल्यान्डका गेभिन होईले ५९ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए । कप्तान निल रक ३८ बलमा ३ चौका र ३ छक्कासहित ४५ रनमा आउट भए । अन्तिम विकेटको रुपमा आउट भएका लियाम म्याकार्थी ५४ बलमा ३ चौकासहित ३५ रनमा आउट भए । पिटर मुर १७ रनमा आउट भए ।

 

नेपालका स्पिनर साहब आलमले १० ओभरमा १ मेडनसहित ३५ रन खर्चेर ३ विकेट लिए । रिजन ढकालले ८ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । मौसम ढकालले २ र कमलसिंह ऐरीले १ विकेट लिए ।न्युज कारखाना

काठमाडौं, २३ चैत ।

नेपालको ‘ए’ टोली पराजित भएको छ ।

 

आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ एक सय १४ रनको फराकिलो अन्तरले पराजित गएको हो ।

 

एकदिवसीय शृङ्खलामा नेपालको यो लगातार दोस्रो हार हो । आयरल्यान्डले भने तीन खेलको शृङ्खलामा २–० को अग्रता लिएको छ । यसअघि खेलिएको पहिलो एकदिवसीयमा आयरल्यान्ड २१ रनले विजयी भएको थियो ।न्युज कारखाना

इटहरी, २३ चैत  ।

सुनसरीमा दुईपक्षबीच झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ।

 

सुनसरीको हरिनगर गाउँपालिकाको भवनमा ठूलो संख्यामा उपस्थित भएको दुई समूहबीच आपसमा झडप भए पछि स्थीतिलाइ नियन्त्रण लिनका लागि  प्रहरीले हवाई फायर गरेको हो।

 

यसअघि सो क्षेत्रमा स्थानिय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको थियो ।

गाउँपालिका भवन क्षेत्रमा २ हजार देखि २५ सय हाराहारीमा मानिसहरू जम्मा भएका छन्।

 

हाल सो क्षेत्रमा सशस्त्र र नेपाल प्रहरी गरी ५ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईले झडपको स्थीति र सम्भावित दुर्घटनालाइ नियन्त्रण लिनका लागि थप जनशक्ति परिचालन गरिने जानकारी दिएका छन् । न्युज कारखाना

गोरखा, २३ चैत

स् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा दरबारमा पुरातत्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन गरेका छन् ।

 

गोरखा नगरपालिकाले गोरखा दरबार परिसरमा आज आयोजना गरेको कार्यक्रमका बीच प्रधानमन्त्री प्रचण्डले उक्त धातु पृथ्वीनारायण शाहको गद्दी आसन छेउमा प्रतिस्थापन गरेका हुन ।

 

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक र बहुमूल्य धातु क्वार्जको प्रतिस्थापन भएसँगै जिल्लाको महत्त्व अझ बढ्ने विश्वास व्यक्त गर भने जिल्लाको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उल्लेखसमेत गरेका छन ।

 

गोरखा जिल्लाको जनप्रतिनिधिका हैसियतले यहाँको विकास निर्माणमा आफू निरन्तर लागिपर्ने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले गोरखकाली उद्योग, बुढीगण्डकी जलविद्युत आयोजना एवम् पार्क  निर्माणमा आफ्नो ध्यान जाने  बताए ।

 

गोरखा जिल्लामा फेला पारिएको ५२.३३० केजीको उक्त धातु पुरातत्व विभागले बहुमूल्य भएको प्रमाणित गरेको थियोे ।न्युज कारखाना

डेनमार्क, २३ चैत ।

डेनमार्कले विश्वको सबैभन्दा व्यस्त शिपिंग लेनहरू बन्द गरेको छ ।

डेनमार्कको नौसेना जहाजमा सक्रिय तर खराब मिसाइल लन्चरको कारण विश्वको सबैभन्दा व्यस्त शिपिंग लेनहरू बन्द गरेको हो ।

 

निल्स जुएल जहाज डेनमार्कको ग्रेट बेल्ट स्ट्रेटमा अवस्थित छ, जुन बाल्टिक सागरको मुख्य समुद्री प्रवेशद्वारमा रहेको छ ।

 

जहाजमा हार्पुन मिसाइलमा रहेको बूस्टरलाई बिहीबार अनिवार्य परीक्षणको क्रममा सक्रिय गराइएको थियो । तर, सो लन्चरलाई हाल कुनै पनि हालतमा निष्क्रिय गर्न नसकिने भए पछि सो सिपिङ मार्ग बन्द गरिएको हो ।

 

‘बुस्टर असक्षम नभएसम्म त्यहाँ मिसाइल प्रक्षेपण र धेरै किलोमिटर टाढा उड्न सक्ने जोखिम छ,’ डेनमार्कको सेनाले भनेको छ, ‘यद्दपी, समस्या समाधानका लागि हामी प्रयासरत छौं ।’

खतरा क्षेत्र दक्षिणी दिशामा पानी माथि लगभग १ हजार मिटर उचाइमा रहेको नेभल स्टेशन कोरसोर देखि ५–७ किलोमिटरसम्म अनुमान गरिएको छ ।

 

यस क्षेत्रमा हवाई क्षेत्र पनि हाल बन्द गरिएको छ ।

 

‘हार्पुन मिसाइल एक तीखो क्षेप्यास्त्र हो तर यो केवल बूस्टर हो, जुन परीक्षणको सम्बन्धमा सक्रिय हुन्छ, र त्यसैले त्यहाँ कुनै खतरा छैन कि मिसाइल विस्फोट हुन सक्छ वा बूस्टर रकेटले उठाउन सक्छ,’ उसले भन्यो ।

‘प्रहरी र डेनिस समुद्री प्राधिकरणलाई सूचित गरिएको छ । र, खतरा क्षेत्रको दिशामा जहाजहरूलाई नजान सूचित गरिएको छ र समस्या समाधान नभएसम्म पर्खन भनिएको छ,’ विज्ञप्तिमा भनिएको छ।न्युज कारखाना

ताइपेइ, २३ चैत ।

ताइवानका उद्धारकर्ताहरूले टापुको दुर्गम पूर्वी तटमा ७.२ म्याग्निच्युडको भूकम्पपछि बेपत्ता भएका १८ व्यक्तिको खोजी जारी राखेका छन्।

 

पहाडी र कम जनसङ्ख्या भएको पूर्वी काउन्टी हुआलियनमा बुधबारको भूकम्पले १० जनाको ज्यान गएको थियो भने १ हजार भन्दा बढी घाइते भएका थिए । सो भुकम्प पछि सयौंलाई राष्ट्रिय निकुञ्जमा अलपत्र परेको कारण पहिरोले सडक अवरुद्ध गरेको थियो।

 

शुक्रबार ताइवानको फायर डिपार्टमेन्टले भने कि १९ व्यक्ति अझै बेपत्ता छन् । जसमा ६ हाइकिङ ट्रेलमा छन् भने चार विदेशीहरूमा पहिले भारतीय, क्यानाडाली र अष्ट्रेलियाका बासिन्दा रहेका छन् ।

 

उद्धारकर्ताहरूले पुष्टि गरे कि रमणीय तारोको राष्ट्रिय निकुञ्जको रिसोर्टमा काटिएका करिब ४०० व्यक्तिहरू सुरक्षित छन् । हेलिकप्टरहरूले आपूर्तिहरू लिएर घाइतेहरूलाई बाहिर निकालेका छन्।

‘हामी आज वर्षाको सम्भावनाको मूल्याङ्कन गर्दैछौं, त्यसैले हाम्रा खोज र उद्धार सहकर्मीहरू वर्षासँग जुध्न सक्ने ड्रेसअपले सुसज्जित भएका छन्। यद्यपि, वर्षाले चट्टान र पहिरोको जोखिम बढाउँछ, जुन अहिले हामीले सामना गर्ने सबैभन्दा ठूलो चुनौती हो,’ काओसिङ शहर खोज तथा उद्धार टोलीका कप्तान सु यु मिङले भने।न्युज कारखाना

सुनसरी, २३ चैत

सुनसरीको हरिनगरा र देवाञ्जगञ्ज गाउँपालिकामा धार्मिक हिंसा भड्किने देखिएपछि अनिश्चितकालिन निषेधाज्ञा जारी भएको छ ।

 

शुक्रवार दिउसो १२ बजेदेखि लागू हुने गरी हरीनगरा गाउँपालिकाका सबै वडा र र देवाञ्जगञ्ज गाउँपालिकाको १ र ७ नं वडामा अनिश्चितकालिन निषेधाज्ञा जारी भएको हो ।

सुरक्षा संवेदन शीलतालाई ध्यानमा राख्दै सम्भावित मानवीय र सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क बमोजिम विभिन्न भेला प्रदर्शन गर्न नगराउन सुनसरी जिल्लाका कार्यवाहक प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलद्वारा हस्ताक्षर गरिएको सूचनामा उल्लेख गरिएको छ ।न्युज कारखाना

काठमाडौं, २३ चैत ।

आयरल्यान्ड ‘ए’ ले एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेपाल ‘ए’ सामू १७५ रनको लक्ष्य दिएको छ ।

त्रिभुवन विश्वबिधालय, कीर्तिपुरस्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले ३८.४ ओभरमा सबै विकेट गुमाउँदै १७४ रन जोडन सफल भएको हो ।

 

आयरल्यान्डका लागि गाभिन होएले ५९ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५० रनको योगदान गरेका छन । साथै, कप्तान निल रकले ४५, लियम म्याकार्थीले ३५ र पिटर मोरले १७ रन बनाएर मैदानमा उपस्थिति देखाएका थिए ।

नेपालका लागि रिजन ढकाल र साहब आलमले समान तीन, श्याम ढकाल ९मौसम० ले दुई तथा कमलसिंह ऐरीले एक विकेट लिए ।

 

नेपाल यो खेल जित्दै शृंखला बराबरी गर्न चाहन्छ । यदी पराजित भए नेपालले शृंखला पनि गुमाउने छ ।न्युज कारखाना

दाङ, २३ चैत ।

लुम्बनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दिएको राजिनामा स्विकृत गरिएको छ ।

 

प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री चौधरीले हिजो दिएको राजिनामा आज स्विकृत गरेका हुन् ।

 

‘नेपालको संबिधानको धारा १६९ को उपधारा १ को खण्ड क बमोजिम तपाइले मिति २०८० चैत २२ मा दिनु भएको राजिनामा स्विकृत गरेको छ,’ प्रदेश प्रमुख शेरचनले पठाएको पत्रमा भनिएको छ, ‘यहाँले मुख्यमन्त्रीको रूपमा हालसम्म पु¥याउनु भएको योगदानका लागि धन्यबाद ज्ञापन गर्दछु ।’
न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।