काठमाडौँ ।
नेकपा एमालेबाट इलाम-२ मा उम्मेदवार बनेका सुहाङ नेम्वाङ मनोनयन दर्ता गर्न जादै छन् ।
मनोनयन दर्ता गर्न जानु अघि सुहाङले भानु रत्न चोकमा रहेको सहिद रत्न कुमार वान्तवासहित वाम वान्तवा र आदिकवी भानुभक्तको शालिकमा माल्यार्पण गरेका थिए ।
बैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम- २ मा एमालेबाट उम्मेदवार बनेका सुहाङलाई केन्द्रीय सत्ता समीकरणमा रहेको माओवादी केन्द्रले समर्थन गरेको छ ।
न्युज कारखाना
काठमाडौँ ।
नेकपा माओवादी केन्द्रका गोपीबहादुर सार्की राष्ट्रिय सभामा सत्ता पक्षको मुख्य सचेतकमा नियुक्त भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्कीलाई राष्ट्रिय सभामा मुख्य सचेतक तोकेका हुन् न्युज कारखाना
काठमाडौँ ।
नेकपा एमालेले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाएको छ ।
आगामी वैशाख ८ देखि १० गतेसम्म परिषद् बैठक आह्वान गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्मराज अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार परिषद् बैठक गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने छ ।
बैठकमा महाधिवेशनमा सहभागी दुई हजार एक सय ५३ जना प्रतिनिधि सहभागी हुनेछन् ।
एमालेको विधान अनुसार दुई राष्ट्रिय महाधिवेशनको बीचमा आवश्यकताअनुसार परिषद् बैठक बस्ने व्यवस्था गरिएको छ ।
परिषद् बैठकले केन्द्रीय कमिटी र केन्द्रीय निकायका तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्ने र आवश्यक निर्देशन दिने काम गर्दछ । न्युज कारखाना
काठमाडौँ ।
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको पार्टीमा सधै अभाव महशुस हुने गरेको बताएका छन् ।
शनिबार बिहान पेरिसडाँडामा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको आठौँ वार्षिक साधारण सभा तथा स्मृति दिवसमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘पोष्टबहादुर बोगटी एक जना इमान्दार नेता हुनुहुन्थ्यो, यहाँको सम्पूर्ण जीवन त्याग र निष्ठाले भरिपूर्ण छ। उहाँ एक जना सहयोगी भावनाको, आफ्नो जिम्मेवारीप्रति प्रतिवद्ध, सक्षम र समन्वयकारी नेता हुनुहुन्थ्यो ।’
बोगटीको निधनपछि पार्टीमा समन्वयको अभाव महशुस हुने गरेको प्रधानमन्त्रीले स्मरण गरे । उनले भने, ‘अप्ठ्यारो परेको बेला उहाँले समन्वय गर्नुहुन्थ्यो। पार्टीमा उहाँको अभाव खड्किरहन्छ ।’न्युज कारखाना
काठमाडौँ ।
बहुस्टारकास्ट रहेको ‘पूजार सार्की’ जेठ १० गते प्रदर्शनमा आउने भएको छ । निर्देशक दिनेस राउतले पुजार सार्की जेठ १० गते बुद्ध जयन्तीको अवसर पारेर रिलिज गर्ने घोषणा गरेका हुन् ।
योसँगै जेठ १० गते तीन फिल्म भिड्ने भएका छन् । यस मितिमा पुजार सार्कीसहित अनमोलको फर्की फर्की र पुजा शर्माको ‘दान्भी’ भिड्ने भएपछि फिल्म क्षेत्र तरंगित बनेको छ ।
यी तीनवटै फिल्ममा अहिलेका चल्तीका ‘स्टार’ कलाकार रहेका छन् । ‘पूजार सार्की’ मा प्रदीप खड्का, पल शाह र आर्यन सिग्देल प्रमुख भूमिकामा छन् । त्यस्तै ‘फर्की फर्की’मा अनमोल केसी र जसिता गुरुङ छन् भने ‘दान्भी’ मा पूजा शर्मा प्रमुख भूमिकामा छिन् ।
जेठ १० गते बुद्ध जयन्ती र जेठ १५ गते गणतन्त्र दिवसको विदा रहेको यस साता फिल्म निर्माताले राम्रो फाइदा हुने अनुमान सहित फिल्म रिलिज गर्दै छन् । तर फिल्म विश्लेषकहरुले यहि मात्र कारण नभएर, कलाकारबीचको आपसी दुश्मनी, निर्देशक र निर्मताहरुबीचको आपसी टक्करका कारण तीन ठुला फिल्म भिड्न लागेको बताएका छन् ।
तर जेठ १० नजिकिदै गर्दा तीन मध्ये कम्तिमा एक फिल्म यस मितिमा रिलिज नहुने बताइएको छ । यसमा पुजाको ‘दान्भी’को मिति परिवर्तन हुनसक्ने अनुमान गरिएको छ ।
न्युज कारखाना
काठमाडौँ ।
इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच यो खेल जयपुरमा हुदै छ । यो खेल नेपाल इसम्य अनुसार राति ७: ४५ बजेदेखि शुरु हुदै छ ।
राजस्थान रोयल्सले यस सिजनमा खेलेका तिनै खेल जितेर ६ अंक हासिल गरेको छ भने रोयल च्यालेन्जर्स बैंगलुरुले भने ४ खेलमा एक मात्र जित हासिल गरेको छ भने तीन खेलमा हार बेहोरेको छ ।
राजस्थान रोयल्सले लखनउ सुपर जाइन्ट, दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सलाई पराजित गरेको थियो ।
त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले पञ्जाव किंग्सलाई पराजित गरेको थियो भने चेन्नई सुपर किंग्स, कोलकोता नाइट राइडर्स र लखनउ सुपर जाइन्टसँग हार बेहोरेको थियो ।
राजस्थान यस सिजनमा पनि सन्जु सामसनको कप्तानीमा खेल्दै छ । राजस्थान रोयल्स आइपिएलको पहिलो सिजनको विजेता हो भने २०२२ को उपविजेता टिम हो । राजस्थानमा कप्तान सामसनका अलावा आर आश्विन, युजवेन्द्र चहल, यशस्वी जैसवाल, आवेश खान, ध्रुव जुरेल, रियाँ पराग जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुने छन् भने जोस बटलर, शिमरोन हेटमायर, ट्रेन्ट बोल्ट जस्ता विदेशी खेलाडीको भूमिका बढी हुने देखिन्छ ।
त्यस्तौ फाफ डु प्लेसिसको कप्तानीमा रहेको बैंगलुरुका लागि विराट कोहलीसहित मोहमद सिराज, अनुज रावत, दिनेश कार्तिक जस्ता भारतीय खेलाडी महत्वपूर्ण हुने छन् भने कप्तान फाफसहित ग्लेन म्याक्सवेल, क्यामरुन ग्रीन, अल्जारी जोसेपजस्ता विदेशी खेलाडी यस सिजनमा महत्वपूर्ण खेलाडी हुने छन् । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले अहिलेसम्म आइपिएलको उपाधि जित्न सकेको छैन । गत सिजनमा बैंगलुरु छैटौं स्थानमा रहेको थियो । न्युज कारखाना
काठमाडौँ ।
इरान र इजरायलबीच तनाव बढेको छ । मिडिया रिपोर्टका अनुसार इजरायलले अप्रिल १ मा सिरियास्थित इरानी वाणिज्य दुतावासमा आक्रमण गरेपछि दुवै देशबीच तनाव बढेको हो ।
सो आक्रमणमा दुई इरानी सेना कमाण्डरसहित १३ जनाको मृत्यु भएको थियो । त्यसपछि इरानले इजरायललाई बदला लिने धम्की दिएको थियो ।
यस विषयमा इरानले अमेरिकालाई इरान र इजरायलबीच नआउन चेतावनी पनि दिएको छ । इरानी राष्ट्रपतिका राजनीतिक मामिलाका लागि डेपुटी चिफ अफ स्टाफ मोहम्मद जमशिदीले अमेरिकालाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको जालमा नपर्न चेतावनी दिदै यस विषयमा टाढा बस्न आग्रह गरेका थिए ।
यद्यपी अमेरिकाले उक्त धम्कीप्रति आधिकारिक प्रतिक्रिया दिएको छैन ।
यसैबीच अमेरिकी सञ्चारमाध्यम सीएनएनले इरानले इजरायली र अमेरिकी लक्ष्यमा आक्रमण गर्ने बारे अमेरिकी सेना उच्च सतर्कतामा रहेको उल्लेख गरेको छ ।
इजरायललाई इरानबाट आक्रमणको डर रहेको छ, त्यसैले इजरायलले आफ्नो जीपीएस नेभिगेसन सिस्टम बन्द गरेको छ । इजरायलले गाइडेड मिसाइलहरू अवरोध गर्न जीपीएस बन्द गरिएको मानिन्छ ।
यसबाहेक उच्चसतर्कता अपनाउदै सबै सैनिकको बिदा रद्द गरेका छन् ।
इजरायलले इरानलाई हमास र हिजबुल्लाह जस्ता आतंकवादी संगठनहरूलाई सहयोग गरिरह्यो भने उसको लक्ष्यलाई निशाना बनाइने सन्देश दिन सिरियामा हवाई हमला गरेको बताइएको छ । सिरियामा इरानको दूतावास छ र त्यहाँका धेरै सैनिकहरू पनि त्यहाँ छन् जो राष्ट्रपति बसर अल असदको पक्षमा विद्रोही समूहहरू विरुद्ध लडिरहेका छन् । अप्रिल १ मा इजरायलले सिरियाको राजधानी दमास्कस नजिकै यस्तै निशाना बनाएको थियो ।
इरान र इजरायलको दुश्मनी पुरानो हो, तर इरानले इजरायलमाथि प्रत्यक्ष आक्रमण गर्ने साहस कहिल्यै जुटाउन सकेको छैन । उनले सधैं हमास र हिजबुल्लाह जस्ता आतंकवादी संगठनहरूलाई समर्थन गरेर आफ्नो बदला लिने गरेको छ । अब इरानले इजरायललाई सीधै निशाना बनायो भने सबैभन्दा ठूलो खतरा यो युद्ध मध्यपूर्वमा फैलिने अनुमान गरिएको छ ।
यसैबीच हिजबुल्लाह प्रमुख सय्यद हसन नसरल्लाहले दमास्कसस्थित इरानको वाणिज्य दूतावासमा इजरायलले गरेको आक्रमण अक्टोबर ७ यताकै सबैभन्दा ठूलो हमला भएको बताएका छन् । उनले यस कारणले युद्ध निर्णायक मोडमा पुगेको टिप्पणी गर्दै अब इरानले इजरायलमाथि पक्कै आक्रमण गर्ने बताएका छन् ।न्युज कारखाना
मुम्बइ, २४ चैत ।
सन्नी देओलको फिल्म ‘बोर्डर २’ को बारेमा एउटा ठूलो अपडेट आएको छ ।
ई टाइम्सको रिपोर्ट अनुसार यो फिल्म ‘बोर्डर १’ को सिक्वेल हुने छैन् । टाइम्सले स्रोतलाई उद्धृत गर्दै भनेको छ कि यो युद्ध त्यही रातको कथा हुनेछ। त्यो रात लङ्गेवालाको युद्धमा सेनाले मात्र होइन, नौसेना र वायुसेनाले पनि लडेको थियो। जुन कथा ‘बोर्डर–२’ मा देखाइनेछ।
गद्दर २ सुपरडुपर हिट भए पछि सन्नी देओलकाे माग बढेकाे छ । साेही माग अनुसार उनले यसअघि अभिनय गरेकाे बाेर्डरकाे सिक्ववेल बनाउने घाेषणा गरिएकाे थियाे । तर, नाम बाेर्डर २ भनिए पनि नयाँ कथामा याे फिल्मकाे सुटिङ हुनेछ । जुन अलग युद्द कथामा अाधारित रहेकाे छ । याे पनि भनिएकाे छ कि बाेर्डर २ भारतीय सिनेमा उधाेगकाे सबैभन्दा ठुलाे युद्दकथा हाे ।
तर, याे फिल्मकाे अाैपचारिक घाेषणा भने अझै गरिएकाे छैन । निर्माण पक्षले यतिखेर अान्तरिक तयारी गरिरहेकाे छ । न्युज कारखाना
मुम्बई, २४ चैत ।
नितेश तिवारीको फिल्म रामायणको छायांकन सुरु भएको छ ।
कलाकारहरुको सेट र लुक्ससँग सम्बन्धित तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । रणवीर कपूर अभिनित यो फिल्मको सुटिङ मुम्बईमा भइरहेको छ । जहाँ अयोध्याको विशाल सेट बनाइएको छ।
लारा दत्त, अरुण गोभिल र शीबा चड्डा जस्ता कलाकारहरू सेटमा पूरा पोशाकमा देखिएका छन्। नितिशले छिट्टै रामायणको छायांकन सुरु गर्ने खबर धेरै दिन देखि आइरहेको थियो । जसको पहिलो भागमा भगवान रामको बाल्यकालको भाग खिचिनेछ । रणवीर कपुर यस सुटिङ शेड्युलको हिस्सा नहुने बताइएको छ ।न्युज कारखाना
मुम्बई, २४ चैत ।
हिन्दी सिनेमाका पहिलो सुपरस्टार देव आनन्दको लागि सारा संसार पागल थियो । उनी बलिउड उद्योगमा एक मात्र कलाकार थिए, जसको प्रतिस्पर्धामा कहिल्यै कोही आएको छैन र आउने पनि छैन्।
आफ्नो उत्कृष्ट अभिनयका साथसाथै देव आनन्दले आफ्नो स्टाइलले करोडौंको मनमा राज गर्थे । फ्यानहरु उनको लागि पागल थिए । आफ्नो मनपर्ने स्टारको झलक पाउन उनका फ्यानहरू जे पनि गर्न तयार थिए । त्यसैले आज हामी तपाईलाई देव आनन्दका फ्यानसँग सम्बन्धित एउटा यस्तो घटना बताउन गइरहेका छौँ, जुन थाहा पाउँदा तपाई छक्क पर्नुहुनेछ ।
देव आनन्द आफ्नो समयका सबैभन्दा सुन्दर अभिनेता थिए। उनी आफ्नो लुक्सका कारण धेरै चर्चामा रहे । उनलाई बलिउडको फेसन आइकन पनि भनिन्छ । केटीहरू उनको स्टाइलमा पागल थिए। भनिन्छ, केटीहरू देव आनन्दका लागि यति पागल थिए कि उहाँको एक झलक पाउन घरको छतबाट हाम फाल्ने गर्थे । यही कारणले गर्दा अदालतले देव आनन्दलाई कालो सूट लगाउन प्रतिबन्ध लगाइएको थियो।
वास्तवमा देव आनन्दको फिल्म ‘काला पानी’ सन् १९५८ मा रिलिज भएको थियो । यस फिल्ममा उनले सेतो शर्ट र कालो कोट लगाएका थिए । उनको ड्यासिङ लुक निकै मन पराइएको थियो । देव आनन्दको यो लुकको क्रेज यस्तो थियो कि उनलाई देखेपछि केटीहरू आफ्नो छतबाट हाम फाल्न तयार भए । सुपरस्टारको एक झलक पाउनका लागि धेरै केटीहरूले आत्महत्याको प्रयास समेत गरेको खबर आएको थियो । मुद्दा गम्भीर भएपछि अदालतले देव आनन्दलाई कालो कपडा लगाउन प्रतिबन्ध लगाएको थियो ।
हिन्दी सिनेमाको इतिहासमा नायकको पहिरनमा अदालतले हस्तक्षेप गरेको यो पहिलो पटक हो । सन् १९४६ मा उनले देव अनन्तको फिल्म ‘हम एक हैं’ बाट आफ्नो फिल्मी करियर सुरु गरेका थिए । यसपछि उनले कहिल्यै पछाडि फर्केर हेरेनन् । उनले आफ्नो करियरमा १०० भन्दा बढी चलचित्रमा काम गरेका छन् । तर, ४ डिसेम्बर, २०११ मा देव आनन्दले यस संसारलाई सधैंको लागि अलविदा गरेका थिए।न्युज कारखाना