काठमाडौँ ।
विराट कोहलीले यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो शतक प्रहार गरेका छन् ।
विराटले राजस्थान रोयल्सविरुद्धको खेलमा ६७ बलमा शतक बनाएका हुन् । यो यस सिजनको आइपिएलकै पहिलो शतक हो । त्यस्तै विराट कोहलीको आइपिएलमा अहिलेसम्मको आठौँ शतक हो ।
आजको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको रोयल्स च्यालेन्जर्स बैंगलुरुले २० ओभरमा ३ विकेट गुमाउदै १८३ रन बनाएको छ । योसँगै राजस्थान रोयल्सले १८४ रनको लक्ष्य पाएको छ । बैंगलुरुका लागि कोहलीले अविजित ११३ रन बनाए भने कप्तान फाफ डुप्लेसिसले ४४ रन बनाएका थिए ।
त्यसैगरी राजस्थान रोयल्सका बलर युजवेन्द्र चहलले २ विकेट लिए भने नान्द्रे बर्गरले एक विकेट लिएका थिए ।न्युज कारखाना
वीरगन्ज ।
अर्थमन्त्री वर्षमान पुन अनन्तले लगानी सम्मेलनका लागि सरकारले अध्यादेशबाट भए पनि एन संशोधन गर्ने बताएका छन् ।
शनिबार वीरगन्जमा आयोजना गरेको वीरगन्जको बैभव अन्तर्गत अर्थमन्त्रीलाई प्रश्नैप्रश्न शीर्षकको कार्यक्रममा उनले यस्तो बताएका हुन् । भरसक संसदबाटै र समय अभावले नभ्याइने भए अध्यादेशबाटै लगानी संकुचन गर्ने ठानिएका दर्जन कानून अध्यादेशमार्फत संशोघन गरिने मन्त्री पुनको भनाइ थियो । त्यसका लागि राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति कायम गरिने उनले बताए । भरसक संसदबाट र सकिएन भने राजनीतिक सहमतिका आधारमा अध्यादेशबाट कानून संशोधन गर्छौं ।
लगानी सम्मेलनमार्फत लगानी आउने वातावरण बनाउॅछौं, मन्त्री पुनले भने । तेस्रो लगानी सम्मेलन आगामी १६ र १७ चैतमा हुंदैछ । आन्तरिक लगानीका लागि पनि सरकारले व्यवसायीलाई प्रोत्साहन गरिने मन्त्री पुनको भनाइ थियो । निराशालाई आशामा बदल्ने प्रतिबद्धतासहित विश्वासको वातावरण निर्माण गर्न सकिन्छ भन्ने सोचका साथ आफू १२ वर्षपछि मन्त्रालयमा आएको उल्लेख गरे ।
विदेशी मुद्राको संचिति बढेको, महंगी घटेको, बिप्रेशन आप्रवाह बढेकाले अर्थतन्त्रको बाह्य अवस्था सुदृढ भएको बताए । आफू जिम्मेवारीमा आएपछि ७० अर्ब बजारमा पठाएको, दायित्व भुक्तानी दिन सुरु गरिएको भन्दै बजार चलायमान हुने विश्वास व्यक्त गरे । फरक प्रसंगमा अर्थमन्न्त्रीले निजी क्षेत्र र बजारलाई आतंकित गर्ने नीति सरकारको नरहेको स्पष्ट गरे ।न्युज कारखाना
काठमाडौं ।
देशमा आर्थिक मन्दीका कारण बन्द हुन लागेका ग्रील उद्योहरुलाई सरकारले राहतका कार्यक्रमहरु ल्याउनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
ग्रील तथा स्टील ब्यवसायी सघ काठमाडौ पूर्बी क्षेत्रीय समिति अन्तर्गतको कपन इकाइ समितिले शनिबार आयोजना गरेको ग्रील तथा स्टील ब्यवसायिहरुका लागि निशुल्क टिटी खोपको शुभारम्भ कार्यक्रममा उनीहरुले लाखौलाई रोजगारी दिइरहेको ग्रील ब्यवसाय पूर्ण रुपमा सन्चालन गर्नसक्ने बातावरण बनाइ दिन सरकारको ध्यानाकर्षण गराए ।
नेपाल घरेलु तथा साना उध्योग महासघका बस्तुगत उपाध्यक्ष एवं ग्रील तथा स्टील ब्यवसायी महासघ नेपालका सस्थापक अध्यक्ष समेत रहेका कटुवालले ग्रील तथा स्टील ब्यवसायिका समस्याहरु समाधान गर्न नेपाल घरेलु तथा साना उध्योग महासघले सदैभ पहल गर्ने बताए । ग्रील तथा स्टील ब्यवसायमा संलग्न उद्योगी र ग्रील श्रमिकको लागि टिटी खोप अति नै आवशयक भएको बताउँंदै उनले कपन इकाइ समितिले टिटी खोपको आयोजना गरेको अत्यन्तै सराहनीय कार्य भएको बताए । खोपको अवसरमा बर्षभरि काममा ब्यस्त हुने ग्रील ब्यवसायी र श्रमिकलाई लक्षित गरी बृहत् बनभोज कार्यक्रमले ब्य्वसायी र श्रमिकलाइ बर्षभरि गरेको कठिन परिश्रमबाट थकित शरिरलाई आराम अनि मनोरञ्जन प्रदान गर्ने उनले बताए ।
कपन इकाइ समितिका अध्यक्ष भेषराज श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासघका वरिष्ठ उपाध्यक्ष अमृतबहादुर श्रेष्ठ, काठमाडौ जिल्ला अध्यक्ष सुनिलकुमार अमात्य, महासचिब पशुपति श्रेस्ठ, पूर्बी क्षेत्रीय अध्यक्ष बिष्णुकुमार श्रेष्ठलगायतका ग्रील तथा स्टील ब्यवसायमा देखिएका समस्याहरु सबै मिलेर समधान गर्नुपर्ने धारणा राखे ।
काठमाडौ जिल्लाभित्र रहेका ९ वटा इकाई समितिका अध्यक्ष तथा पदाधिकारीहरु उपस्थित भएको कार्यक्रममा ग्रील ब्यवसायी र ब्यवसायमा आश्रित परिवारको उपस्थिति रहेको थियो । कार्यक्रममा ९० जनाले निशुल्क टिटी खोप लगाएका थिए । कार्यक्रमको समापन गर्दै कपन इकाइ अध्यक्ष भेसराज श्रेष्ठले टिटी खोप र बनभोज कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुे सबैलाइ धन्यबाद दिदै हुँदै आगामी दिनहरुमा पनि यस्ता किसिमको अन्य स्वास्थ शिबिर सन्चालन गर्दै जाने बताए ।न्युज कारखाना
रौतहट,२४ चैत ।
भर्खरै सकिएको एसइइ परीक्षामा विद्यार्थीले चिट चोर्नका लागि प्रयोग गरेका मोबाइलहरु सम्बन्धित विद्यार्थीलाई फिर्ता गरिएको छ ।
यस वर्ष रौतहटमा एसइइ परीक्षामा व्यापक रूपमा डिजिटल चोरी मौलाएको भन्दै सामाजिक सञ्जालमा त्यसको चर्को विरोध भएको थियो । त्यस लगत्तै जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट करिब ३ हजार मोबाइल बरामद गरेको थियो । बरामद गरिएका मोबाइलहरू शनिबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सम्बन्धित स्थानमा रहेका प्रहरी चौकी मार्फत सम्बन्धित विद्यार्थीहरुलाई वितरण गरेको थियो । प्रहरीले ३ हजार मोबाइल सेटहरू सम्बन्धित विद्यार्थीलाई वितरण गरेको जनाएको छ ।
रौतहट जिल्लाका विभिन्न परीक्षा केन्द्रमा विद्यार्थीले चिट चोर्ने प्रयोजनका लागि परीक्षा हलभित्र लगेका मोबाइलहरु सुरक्षा निकायले बरामद गरेको थियो ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगापुर मातहतका विभिन्न प्रहरी चौकी मार्फत बरामद गरिएका मोबाइलहरू सम्बन्धित विद्यार्थीलाई फिर्ता गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले जनाएको छ ।
अघिल्ला वर्षहरूमा हुने एसइइ परीक्षामा ब्ल्याकबोर्डमै लेखाएर चिटचोराउने प्रचलन रहिआएकोमा यस वर्षबाट मोबाइलबाटै शिक्षकहरूले चोरी गराएको आरोप लागेको थियो । यस वर्ष व्यापक रूपमा डिजिटल चोरी भएको भन्दै गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले विभिन्न परीक्षा केन्द्रमै प्रवेश गरेर विद्यार्थीहरूबाट ३ हजार सेट मोबाइल बरामद गरेको थियो ।
डिजिटल चोरी गराउनेमा अधिकांश रौतहट जिल्लाका निजी शैक्षिक संघ संस्थाहरू रहेको एक तथ्याङ्कले देखाएको पाइएको छ । एक अभिभावकका अनुसार निजी बोर्डिङमा महँगो शुल्क तिरेर पनि चिट चोराएर एसइइ पास गराउनु भन्दा सरकारी विद्यालयमै पढाउनु फाइदा छ । चन्द्रनिगाहपुरका विभिन्न निजी विद्यालयहरूले सेटिङ मिलाएरै परीक्षा केन्द्र तथा कोठामा चिर चोराएको आरोप लागेपछि अभिभावकहरूको मन निजी स्कुलबाट कुँडिएको बुझिएको छ ।न्युज कारखाना
काठमाडौँ ।
इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसमाथि शानदार जित हासिल गरेको छ ।
शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
खेलको तेस्रो मिनेटमा नै १-० ले पछि परेको म्यानचेस्टर सिटीले खेलमा कमब्याक गर्दै शानदार जित हासिल गरेको थियो । म्यानचेस्टर सिटीको जितमा केभिन डी ब्रुनेले २ गोल गरेका थिए भने रिको लुइस र इर्लिंग हालाण्डले एक एक गोल गरेका थिए । त्यसैगरी क्रिस्टल प्यालेसका लागि जीन फिलिप माटेटा र ओडसोने एडोउआर्डले एक एक गोल गरेका थिए ।
यो जितपछि म्यानचेस्टर सिटी प्रिमियर लिगमा दोस्रो स्थानमा उक्लिएको छ । सिटीको ३१ खेलमा ७० अंक भएको छ । त्यस्तै एक खेल कम खेलेको लिभरपुलको ३० खेलमा ७० अंक नै छ र गोल अन्तरको आधारमा शिर्ष स्थानमा रहेको छ ।
त्यसैगरी क्रिस्टल प्यालेसको भने ३१ खेलमा ३० अंक रहेको छ र लिगमा १४औँ स्थानमा रहेको छ ।न्युज कारखाना
काठमाडौँ ।
बैशाख १५ गते हुने इलाम- २ को प्रतिनिधिसभाको उपनिर्वाचनका लागि २० जनाको उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार १२ दलका उम्मेदवार छन् भने ८ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।
जसमा नेकपा एमालेका सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका डम्बर बहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, राप्रपाका लक्ष्मी गुरुङ, नेपाली जनता दलका रेशम बहादुर सुनार, मंगोल नेशनल अर्गनाइजेसनका मणि बहादुर लिम्बु, जनमत पार्टीबाट प्रेम कुमार थाम्सुहाङ, नेशनल रिपब्लिक नेपालबाट धनराज राना मगर, राप्रपा नेपालका गणेश बहादुर चौहान राष्ट्रिय जनमुक्ति आन्दोलन नेपालबाट जयवन्त विक्रम शाह र एकीकृत समाजवादीबाट जित बहादुर राई रहेका छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवारहरुमा अर्जुन बहादुर शाही, केशव कुमार चापागाई, डकेन्द्र सिंह लिम्बु, डाक प्रसाद गौतम, दिपेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बश्याल रहेका छन् ।
न्युज कारखाना
सर्लाही २४ चैत ।
सर्लाहीमा प्रहरीले ठूलो परिमाणमा लागुऔषध सहित दुई जना मानिसलाई पक्राउ गरेको छ।
लालबन्दी नगरपालिका १ नवलपुरबाट नाइट्राभेट १० एमजी लेखिएको तिन हजार ट्याब्लेट सहित हरिवन नगरपालिका ७ चिताइनका २८ बर्षिय पिन्टुकुमार गुप्ता र ३० बर्षिय राजेश सहनीलाई प्रहरीले पक्राउ गरेको हो।
लागुऔषध ब्यूरो वीरगञ्जको सूचनाको आधारमा प्रहरीले ज ४ प ५१३६ नम्वरको मोटरसाइकल चेकजाँच गर्दा उक्त परिमाणको लागुऔषध नाइट्राभेट सहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाइएको छ ।
आरोपीहरुले बोकेको चाउचाउको कार्टुनभित्र लुकाएर ल्याएको नाइट्राभेट ट्याब्लेट तीन हजार थान बरामद भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख इन्स्पेक्टर हरिबोल केसीले जानकारी दिएका छन।
पक्राउ परेका दुबै जनालाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।न्युज कारखाना
काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाभित्रका विद्यालयहरु (सामुदायिक र संस्थागत) ले शैक्षिक बर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यालयबाटै विक्री गर्न र किन्न बाध्य बनाउन नपाउने भएका छन् । शिक्षा विभागले विद्यालयहरुलाई परिपत्र गर्दै प्रचलित कानुन विपरीत नगर्न सचेत गराएको छ ।
सामुदायिक विद्यालयहरुले पाठ्यक्रम विकास केन्द्रले तयार पारेका पाठ्यपुस्तक मात्र प्रयोग गर्न पाउनेछन् । अंग्रेजी माध्यमका पाठ्यपुस्तक प्रयोग गर्नु परेमा केन्द्रले अनुवाद गरेर प्रकाशन गरेका वा सूचीकृत भएका मात्र प्रयोग गर्नुपर्नेछ । यसवाहेकका पाठ्यपुस्तकका लागि महानगरपालिकाले भुक्तानी गर्दैन ।
संस्थागत विद्यालयले पनि पाठ्यक्रम विकास केन्द्रले सूचीकृत गरेका पाठ्यसामग्री मात्र प्रयोग गर्न गराउनु पर्नेछ ।
विद्यालयहरुले यसविपरीतका कार्य (स्वीकृत पाठ्य सामग्री प्रयोग नगरेमा, पोसाक, स्टेशनरीलगायतका सामग्री विद्यालयबाट खरिद गर्न विद्यार्थी तथा अभिभावकहरुलाई बाध्य गराएमा) शिक्षा ऐन, २०२८, शिक्षा नियमावली २०५९ तथा काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५, नियमावली २०७४ तथा प्रचलित कानुन बमोजिम कारबाही हुने परिपत्रमा उल्लेख छ । न्युज कारखाना
बुटवल ।
लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत पुरुषतर्फको म्याराथन उपाधि बाग्लुङका तीर्थ पुन र महिलातर्फको हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितेकी छन् ।
पुनले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा २० मिनेट ४९ सेकेन्डमा पार गरेका थिए । उनले उपाधिसँगै नगद ५ लाख रूपैयाँ, मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै म्याराथन अन्तर्गत धावीका श्रेष्ठले निर्धारित २१.१ किलोमिटरको दुरी १ घण्टा १८ मिनेट ४५ सेकेन्डमा पुरा गर्दै दोस्रो संस्करणको लुम्बिनी म्याराथनको उपाधि जितेकी छन् । विजेता श्रेष्ठले २ लाख नगद मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेकी छन् ।
त्यस्तै पुरुषतर्फ दुरी २ घण्टा २१ मिनेट ११ सेकेन्डमा पार गर्दै नेपाली सेनाका खड्कबहादुर खड्का दोस्रो भए भने कर्णालीका दुर्गाबहादुर बुढाले २ घण्टा २२ मिनेट ४६ सेकेन्डमा दुरी पार गरेर तेस्रो भएका थिए । उनीहरुले क्रमश ३ लाख र २ लाख रुपैयाँ पाए ।
त्यस्तै महिलातर्फ हाफ म्याराथनमा नेपाली सेनाकी पुर्णराज्यलश्रमी न्यौपानेले १ घण्टा १९ मिनेट २१ सेकेन्डमा दुरी पार गर्दै दोस्रो र एपीएफकी पुष्पा भण्डारीले १ घण्टा २५ मिनेट १४ सेकेन्डमा दुरी पार गरेर तेस्रो भइन् । दोस्रो भएकी न्यौपानेलाई १ लाख ६० हजार तथा तेस्रो भएकी भण्डारीले १ लाख २० हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
विजेतालाई आयोजक नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, चिनियाँ राजदूत चेन सोङ, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, नेपाल पर्यटन बोर्डका सदस्य सचिव मणि लामिछाने र प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले पुरस्कार वितरण गरेका थिए ।न्युज कारखाना
मेक्सिको सिटी, २४ चैत ।
मेक्सिकोले इक्वेवडरसँग कुटनीतिक सबन्ध तोडने भएको छ ।
मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले सो घोषणा गरेका हुन् ।
शुक्रबार एक सामाजिक सञ्जाल पोस्टमार्फत जानकारी दिदैँ राष्ट्रपति ओब्राडोरले विदेश मन्त्री एलिसिया बार्सेनालाई इक्वेडरसँगको कूटनीतिक सम्बन्ध निलम्बन गर्न निर्देशन दिएका हुन । इक्वेडरको प्रहरीले क्विटोमा रहेको आफ्नो देशको दूतावासमा घुसपैठ गरेको र इक्वेडरका पूर्व उपराष्ट्रपति जर्ज ग्लासलाई पक्राउ गरेपछि यो प्रतिक्रिया दिएको हो ।
लोपेज ओब्राडोरले उप राष्ट्रपति ग्लासको गिरफ्तारीलाई ‘तानाशाही’ कार्य र अन्तर्राष्ट्रिय कानून र मेक्सिकोको सार्वभौमिकताको उल्लङ्घनको रूपमा अर्थाएका छन् ।
राष्ट्रपतिको आदेशसँगै बार्सेनाले टविटरमार्फत तुरुन्तै इक्वेडरसँग कूटनीतिक सम्बन्धको तत्काल निलम्बन भएको घोषणा गरेका छन ।
इक्वेडरका पूर्व उपराष्ट्रपति ग्लासलाई पक्राउ गर्न इक्वेडरको पुलिस विशेष बल क्विटोमा अवस्थित मेक्सिकन दूतावासमा प्रवेश गरे पछि दुइ देश बिचको सबन्ध तोडने अवस्थामा पुगेको हो ।न्युज कारखाना