२०८३ श्रावण २६
२०८३ श्रावण २६

 सिरहा २५ चैत।

सिरहा प्रहरीले ठुलो परिमाणमा लागुऔषध सहित तिनजना युवालाई नियन्त्रणमा लिएको छ।

 

सिरहाको छुट्टाछुट्टै स्थान गोलबजार नगरपालिका ६ वस्ने अन्दाजीं.बर्ष ३८ को रामएकवाल गिरी , लाहान नगरपालिका १९ छर्रापट्टिको वर्ष २४ को संतोष कुमार साह र कटहा चौक वस्ने वर्ष २५ को शिवनाथ महतोलाई प्रहरीले ठुलो परिमाणमा लागुऔषध सहित नियन्त्रणमा लिएको हो।

 

विशेष सुचनाको आधारमा घरमै.लुकाई छिपाई राखेको अवस्थामा गोलवजारका प्रहरी निरिक्षक शुनिल कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले घर भित्र रहेको साउण्ड बक्स भित्र प्लास्टिकको पोकामा ला.औ.ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरिएको छ।

पलाष्टिक प्याक सहित १२.८ सय ७० मिली ग्राम  लागु पदार्थ व्राउन सुगर सहित गिरीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोलजारका प्रहरी निरिक्षक शुनिल कार्कीले जनाएको छ। पक्राउ गरेका गिरीलाइ अन्य थप अनुसन्धानका लागी समान्ति जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान कार्य भइरहेको प्रहरी निरिक्षक कार्कीले बताए।

 

त्यसैगरी,लाहान नगरपालिका ३ पुर्व वसपार्कबाट गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय लाहान र लागुऔषध नियन्त्रण व्युरो शाखा गोलवजारको संयुतm टोलीले ठुलो परिमाणमा दुईजना युवा सहित लागुऔषध नियन्त्रणमा लिएको जिल्ला प्रहरीले जनाएको छ।

 

अस्पताल चौकदेखि लाहान वजारतिर आउने क्रममा प्रदेश २–०१–००१ प् ७३८० नम्वरको मोटरसाईकल चेकजाच गर्नेक्रममा फेनारगन–१३३ एम्पुल,बुपरेनोरफीन इन्जेक्सन एलपी –१३५ एम्पुल र डाइजिपाम इन्जेक्सन आइआर –१३४ सहित साह र महतोलाइ प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।   न्युज कारखाना

काठमाडौं, चैत २५ ।

प्रभु बैंक सेयर ६१ हजार ७६२ कित्ता र स्वावलम्बन लघुवित्तको १४ हजार ७१० कित्ता आजदेखि लिलामी बिक्री खुला भएको छ ।

प्रभु बैंकमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । स्वावलम्बन लघुवित्तमा न्यूनतम ३५० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

दुवै कम्पनीको लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् ।

दुवै कम्पनीको लिलामीमा वैशाख १६ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लिलामी आवेदन लक्ष्मी सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पेश गर्न सकिनेछ ।न्युज कारखाना

काठमाडौं, चैत २५ ।

जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले आजदेखि संस्थापक समूहको सेयर लिलामी बिक्री खुला गरेको छ ।

कम्पनीले संस्थापक समूहको कुल १ करोड ७८ लाख ४० हजार १४० कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । एचआइडीसीएलका अनुसार यो लिलामीमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने छ । यसमा वैशाख ९ गतेसम्म लिलामीको बोलपत्र पेश गर्न सकिनेछ । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्नुपर्नेछ ।

यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौं तथा ग्लोबल आइएमई बैंकको शंखमुल नयाँबानेश्वर काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिने कम्पनीले जनाएको छ । यस्तै, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ ।

साथै, बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था छ । यसमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम संख्याको लागि भने हद तोकिएको छैन ।न्युज कारखाना

काठमाडौं, २५ चैत ।

एलन मस्कको माइक्रो ब्लगिङ प्लेटफर्म टविटरमा रहेको स्प्याम र बट खाताहरू मेटाउन चाहन्छन्, त्यसैले कम्पनीले आफ्ना प्रयोगकर्ताहरूलाई आफ्ना फलोअरहरूको संख्या कम हुन सक्ने जानकारी दिएको छ।

 

वास्तवमा, ट्विटरमा धेरै बटहरू छन् अर्थात् नक्कली खाता प्रयोगकर्ताहरू छन्। धेरै बट खाताहरू वास्तविक र सामान्य प्रयोगकर्ताहरूको अनुयायीहरू बीचमा उपस्थित छन्, तर प्रयोगकर्ताहरू यस बारे सचेत पनि छैनन्।

 

एलन मस्कले आफ्नो प्लेटफर्म अर्थात् सुरक्षा खाता मार्फत यो नयाँ चाल घोषणा गरेका छन्। कम्पनीले गत बिहीबारदेखि यस विषयमा काम गर्न थालेको छ र एक्सको नियम उल्लङ्घन गर्ने सबै खातालाई आफ्नो प्लेटफर्मबाट हटाउन सुरु गरेको छ ।

 

एलन मस्कले आफ्नो प्लेटफर्म अर्थात् सुरक्षा खाता मार्फत यो नयाँ चाल घोषणा गरेका छन्। कम्पनीले गत बिहीबारदेखि यस विषयमा काम गर्न थालेको छ र एक्सको नियम उल्लङ्घन गर्ने सबै खातालाई आफ्नो प्लेटफर्मबाट हटाउन सुरु गरेको छ ।

 

यो घोषणा गर्दै एक्स सेफ्टी खाता मार्फत एउटा पोष्ट सार्बजनिक गरिएको छ, ‘आज, हामी प्लेटफर्ममा हेरफेर र स्प्याम विरुद्ध हाम्रा नियमहरू उल्लङ्घन गर्ने खाताहरू हटाउन महत्त्वपूर्ण र सक्रिय पहल सुरु गर्दैछौं। हामी यो सुनिश्चित गर्नेछौं कि हामीले हटाएका खाताहरू नियम उल्लङ्घन गर्नेहरू माथी हो । यसको लागि हामीले फलोअर्सको संख्यामा कमी आउन सक्ने गरी योजना बनाएका छौं।’

 

यो ध्यान दिन लायक छ कि एक्सबाट सबै नक्कली खाताहरू मेटाउने निर्णय लिइएको हो, जब एलोन मस्कले निःशुल्क सदस्यता प्रदान गर्ने घोषणा गरेका थिए । वास्तवमा केही दिन अघि एलोन मस्कले आफ्नो प्लेटफर्म एक्सको निः शुल्क सदस्यता दिने घोषणा गरेका थिए, जसको लागि उनले शर्त राखेका थिए।

 

आफ्नो खातामा २५०० भन्दा बढी फलोअर भएका प्रयोगकर्ताहरूले एक्सको प्रिमियम सेवा निः शुल्क प्राप्त गर्नेछन्, जसमार्फत उनीहरूको खातामा निलो टिक पनि लगाइनेछ। एकै साथ प्रयोगकर्ताहरू जसका फलोअरहरूको संख्या कम्तिमा ५ हजार वा त्यो भन्दा बढी हुनेछ । एक्सको प्रिमियम प्लस सेवामा निःशुल्क पहुँच प्राप्त हुनेछ।न्युज कारखाना

इनरुवा ।

सुनसरीको हरिनगर र देवानगञ्जमा आज पनि कर्फ्यू यथावत रहने भएको छ । गएराति अबेर भएको सर्वदलीय बैठक पछि हरिनगर गाउँपालिका क्षेत्र र देवानगञ्ज गाउँपालिका वडा नम्बर १ र ७ मा अर्को सूचना जारी नभएसम्म कर्फ्यू जारी रहने जिल्ला प्राशासन कार्यालय सुनसरीले जनाएको छ ।

त्यस्तै जिल्लाका इनरुवा नगरपालिका क्षेत्र, देवानगञ्ज गाउँपालिका वडा नम्बर २, ३, ४, ५ र ६, भोक्रा नरसिंह गाउँपालिका क्षेत्र र कोशी गाउँपालिका क्षेत्रमा भने आज बिहान १० बजेदेखि कर्फ्यू हटाइने छ।

साथै अर्को सूचना जारी नभएसम्मका लागि जिल्लाको समग्र शान्ति सुरक्षालाई मध्यनजर गरी कर्फ्यू जारी भएका स्थानमा सामाजिक, धार्मिक, राजनीतिक सभा, र्‍याली /भेला/प्रदर्शन नगर्न/नगराउन पनि भनिएको छ ।

राति बसेको सर्वदलीय बैठकमा दुई समुदायबीचको विवाद साम्य पार्न पाँच बुँदे सहमति भएको थियो ।  दुबै पक्षले गरेका गतिविधि फिर्ता लिने, कर्फ्यूलाई सहज बनाउँदै लैजाने र हटाउने, झडपमा घाइते भएकाहरुको निशुल्क उपचार गर्ने र आवश्यकताका आधारमा छानविन आयोग गठन गर्ने,  समस्या सामधानका लागि प्रदेश सांसदहरुलाई जिम्मेवारी दिने सहमति भएको थियो ।

फेसबुकमा राखेको भिडियोका कारण सुरु भएको विवादले स्थिति अशान्त बनेपछि शुक्रवार बेलुकाबाट सुनसरीको इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको थियो ।

हरिनगर गाउँपालिका–१ भुटाहामा दुई समूहबीच भएको झडपले अवस्था तनावग्रस्त बनेपछि शुक्रबार बेलुकाबाट कर्फ्यू लागेको थियो । न्युज कारखाना

बारा

प्रतिस्पर्धी टिना सुवेदीलाई ३४ मतले पछि पार्दै नेकपा एमालेको ११ औँ बारा जिल्ला अधिवेशनबाट अध्यानन्द पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षमा पाण्डेले ३ सय ७७ मतका साथ पाण्डे विजयी भए भने उनका प्रतिस्पर्धी सुवेदीले ३ सय ४३ मत ल्याएकी छन् । निवर्तमान उपाध्यक्ष टिना सुवेदी र निवर्तमान सचिब अध्यानन्द पाण्डे नेतृत्वको लागि प्रतिस्पर्धा भएको थियो । दुवै जना प्यानल सहित प्रतिस्पर्धामा उत्रिएका हुन् जसमा अध्यक्ष बाहेक सम्पुर्ण पदाधिकारीमा भने सुवेदीको प्यानलनै निर्वाचित भएको छ ।

उपाध्यक्षमा ३ सय ६४ मतका साथ भुलन चौधरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी नारायण गौतमले ३ सय ४० मत ल्याएका छन् ।

सचिवमा ३ सय ६३ मतका साथ अमृत शर्मा बजगाई विजयी भए भने उनका प्रतिस्पर्धी एम समिउल्लाहले ३ सय २७ मत पाएका छन् ।

उपचचिवमा जवाहिर अंसारी ३ सय ५७ मतका साथ विजयी भएका छन् भने प्रतिस्पर्धी धनिराम चौधरीले ३ सय ४१ मत ल्याएका छन् । महिला उपसचिवमा भावना आचार्य ३ सय ६८ मतका साथ विजयी भएकी छन् भने कमला घिमिरेले ३ सय २५ मत ल्याएकी छन् ।

नेकपा एमाले बाराको जिल्ला कमिटीको पाँच जना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको थियो । चैत १९ बाट सुरु भएको नेकपा एमालेको ११ औँ बारा जिल्ला अधिवेशनले सहमतिबाट नेतृत्व चयन गर्ननसकेपछि २३ गते शुक्रबार रातिभरी मतदान भएको थियो ।न्युज कारखाना

काठमाडौँ ।

अमेरिकन लिग सकर अन्तर्गतको खेलमा इन्टर मियामी बराबरीमा रोकिएको छ ।

आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामी कोलोराडोसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

इन्टर मियामीका लागि लियोनेल मेसी र लियोनार्दो अफोन्सोले एक एक गोल गरेका थिए । त्यसैगरी कोलोराडोका लागि राफेल नाभारो र कोल बासेटले एक एक गोल गरेका थिए ।

यो बराबरीपछि इन्टर मियामीको ८ खेलमा १२ अंक भएको छ र इस्टर्न कन्फेरेन्समा तेस्रो स्थानमा रहेको छ । त्यस्तै कोलोराडोको ७ खेलमा ९ अंक भएको छ र वेस्टर्न कन्फेरेन्समा नवौं स्थानमा रहेको छ ।न्युज कारखाना

काठमाडौं, चैत २५ ।

थ्रीस्टार हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा २०८१ वैशाख २३ गते बस्ने भएको छ ।

 

सभामा हकप्रद सेयर निष्कासन प्रस्ताव पेश गर्ने र सभामा सञ्चालक निर्वाचन पनि हुनेछ । सो अनुसार सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्नेछ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

 

आर्थिक वर्ष २०८०–८१ का लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहनेछ । कम्पनीले यस वर्ष लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव पेश गरेको छैन ।  साधारण सभा प्रयोजनार्थ कम्पनीले वैशाख ७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर ६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन् । सभा जर्मन होम्स गठ्ठाघर भक्तपुरमा बिहना ११ बजेदेखि सुरु हुनेछ । न्युज कारखाना

काठमाडौं, चैत २५ ।

डिप्रोक्स लघुवित्तको वार्षिक साधारण सभा आइतबार बस्दैँछ ।

 

सभाले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव भएको १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले चैत १५ गते बुक क्लोज गरिसकेको छ ।

 

तसर्थ, चैत १४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । सभा पार्क सफारी रिसोर्ट सौराहा, चितवनमा बिहान १० बजे सुरु हुनेछ ।न्युज कारखाना

काठमाडौं, चैत २५ ।

ग्रीन डेभलपमेन्ट बैंकको २ आर्थिक वर्षको साधारण सभा बस्ने भएको छ ।

 

बैंकको वार्षिक साधारण सभा मंगलबार चैत २७ गते बस्न लागेको हो । ग्रीन डेभलपमेन्ट बैंकको आर्थिक वर्ष २०७८–७९ र २०७९–८० को सभा बस्ने भएको छ ।  साधारण सभा मेजेस्टिक लेक फ्रन्ट एन्ड सुइट पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछसभामा सेयरधनीलाई ३.८% बोनस सेयर र कर प्रयोजनका लागि ०.२०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

यस्तै, २ आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायत वित्तीय अनुसूचीहरु छलफल गरी पारित गर्ने एजेण्डा रहेको बैंकले जनाएको छ । सभामा सञ्चालकहरुको नियुक्ति अनुमोदन र सञ्चालकहरुको निर्वाचन गर्ने बैंकले जनाएके छ । जसआनुसार सभाबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने र संस्थापक समूहबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि छ ।

 

यता, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पेश हुनेछ । साधारण सभा प्रयोजनका लागि चैत ९ गते बुक क्लोज गरिसकेको छ ।  चैत ८ गते बिहीबारसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।