काठमाडौ, १७ भदौ ।
डिम्याट खाता नवीकरण नगरेकाहरुको मेरो सेयर पनि नचल्ने भएको छ । सीडीएस एन्ड क्लिएरिङले गत साउन १६ गते सूचना जारी गर्दै डिम्याट खाता नवीकरण गर्न अनुरोध गरेको थियो ।
सीडीएसले डिम्याट खाता नवीकरण नगर्नेहरुको मेरो सेयर पनि भदौ १५ गतेदेखि रोक्का राखिने जनाएको थियो । सोही अनुसार अहिले डिम्याट नवीकरण नगर्नेहरुको मेरो सेयर रोक्का भएको छ।
सीडीएसका प्रवक्ता सुरेश न्यौपानेले मेरो सेयर एक्टिभ गर्न डिम्याट खाता नवीकरण गर्नुपर्ने बताए । हाल लगानीकर्ताहरुले मेरो सेयरमार्फत आइपीओ, हकप्रद सेयर, डिबेन्चर खरिद गर्दै आइरहेका छन् । डिम्याट नवीकरण नगरे यी सबै सेवाबाट बन्चित हुनुपर्ने भएको छ ।
काठमाडौं, १६ भदौं।
आज काठमाडौं र ललितपुरको केन्द्र भागमा बत्ति जाने भएको छ ।
नेपाल बिधुत प्राधिकरणले ललितपुरसहित काठमाडौंमा आज दिनभर नै विद्युत कटौती गर्ने भए पछि काठमाडौंको केन्द्र भागमा त्यसको असर पर्ने भएको हो ।
प्राधिकरणका अनुसार आज शनिबार साढे आठ घण्टासम्म विधुत आपूर्ति बन्द हुन सक्नेछ ।
टेकु सबस्टेसनको स्तरोन्नती गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य गरिने भएकोले रत्नपार्कसहितका वितरण केन्द्रवाट हुने बिधुत आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ ।
काठमाडौंका रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरुबाट आपूर्ति हुँदै आएको बिजुली शनिबार बिहान १० बजेदेखि साँझ ६ः३० बजेसम्म प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ ।
काठमाडौ, १५ भदौ ।
सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत ७ लाख ६८ हजार जना सर्वसाधारण आवेदकहरुले १० कित्ताका दरले सेयर पाएका छन् ।
यो आईपीओमा कुल १४ लाख ६६ हजार ८६२ ले आवेदन दिएकामा ६ हजार ८०१ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक नेपाल एसबीआई मचेन्ट बैंकिङले जानकारी गराएको छ ।
योग्य १४ लाख ६० हजार ६१ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो । यस कम्पनीले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि कुल ७६ लाख ८० हजार कित्ता आइपीओ प्रिमियम भाउमा बिक्री खुला गरेको हो । यसले प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँ दरमा आइपीओ निष्कासन गरेको हो ।
लगानीकर्ताले बिक्री प्रबन्धक पाल एसबीआई मचेन्ट बैंकिङको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, सन नेपाल लाइफको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।
काठमाडौ, १५ भदौ ।
सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । सुनको भाउ लगातार तीन दिन बढेपछि शुक्रबार घटेको हो ।
यसअघि, बुधबार छापावाल सुन १ लाख १२ हजार ८०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १२ हजार २५० रुपैयाँ निर्धारण भएको थियो ।
यता, शुक्रबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर १४ सय ७० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय ८० रुपैयाँ कायम रहेको थियो ।
काठमाडौ, १५ भदौ ।
‘हिमालयन ८०–२०’ मा आवेदन दिने आज भदौ १५ गते शुक्रबार अन्तिम दिन हो ।
लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । हिमालयन क्यापिटलले साउन ३२ गतेदेखि बन्दमुखी म्युचुअल फन्ड योजना ‘हिमालयन ८०–२०’ को बिक्री खुला गरेको हो ।
क्यापिटलले हिमालयन ८०–२० को कुल १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री खुला गरेको हो । यसमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत कोष प्रवर्द्धक हिमालयन बैंकलाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यो म्युचुअल फन्डमा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईका लागि आवेदन दिन सकिनेछ । यो म्युचुअल फन्डमा आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत अनलाइन आवेदन दिन सकिन्छ ।
हिमालयन क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड योजना हो । यस योजनाको परिवक्व हुने अवधि १० वर्ष रहेको छ ।
काठमाडौ, १५ भदौ ।
सिटिजन लाइफ इन्सुरेन्सले आज शुक्रबार भदौ १५ गतेदेखि सर्वसाधारणलाई प्रिमियम भाउमा आइपीओ बिक्री खुला गरेको छ ।
यस इन्सुरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३०% ले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो । यसले प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा १ करोड १२ लाख ५० हजार कित्ता आइपीओ सर्वसाधारणलाई निष्कासन गरेको छ ।
यसमध्ये १०% अर्थात् ११ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन भइसकेको छ । त्यस्तै, ५% अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता सेयर कर्मचारी र ५% (५ लाख ६२ हजार ५०० कित्ता) सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ९० लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
सर्वसाधारण लगानीकर्ताले यसमा भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यो आइपीओमा एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
रेटिङ एजेन्सी इक्रा नेपालले यस इन्सुरेन्सलाई ‘इक्राएनपी ट्रिपल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । इक्रा नेपालले २०८० जेठ २६ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८० जेठ २५ गतेसम्म बहाल रहनेछ ।
काठमाडौ, १५ भदौ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ९०, भारतीय ठूलो गोलभेडा १००, टनेल गोलभेडा सानो ८५, लोकल गोलभेडा सानो ७०, घिउ सिमी लोकल १००, काउली स्थानिय ११०, आलु रातो ५५, मुडे आलु रातो ५२, भारतीय आलु रातो ३५, लौका ६०, हरियो फर्सी ५०, घिरौला ६० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ४००, बन्दा लोकल ७०, गाँजर १२०, मूला सेतो ९०, मूला हाइब्रीड सेतो ९०, भन्टा डल्लो ७०, भन्टा लाम्चो ७०, टाटे सिमी ८०, तितो करेला ११०, ब्रोकाउली ३००, कागती १४०, भिण्डी ५०, न्यूरो ८०, रातो बन्दा प्रतिकेजी १८० रुपैयाँ, लोकल काक्रो १२०, अदुवा प्रतिकेजी २०० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ५५०, केरा दर्जन १५०, अनार २८०, नासपाती ७०, आभोकाडो २५०, कालो अंगुर ४५०, किवि ७००, हरियो खुर्सानी अकबरे २०० तथा रहु माछा ३१५, छडी माछा २३५, मुंगरी माछा २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै लप्सी प्रतिकेजी ६०, हरियो धनिया २००, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २३०, गुन्दुक प्रतिकेजी २५०, भारतीय प्याँज सुकेको ७३, लसुन हरियो २५०, रुख कटहर ६०, छ्यापी सुकेको २००,भेडे खुर्सानी १२०, शरीफा २००, फूजी स्याँउ ३२०, अम्बा १००, जुनार ३००, तोफु ११०, पिंडालू ६०, तामा ९०, चुकुन्दर ८०, कन्य च्याउ २२०, तने बोडी प्रतिकेजी ११० मा कारोबार भइरहेको छ ।
काठमाडौं, १५ भदौं।
भोली काठमाडौं र ललितपुरको केन्द्र भागमा बत्ति जाने भएको छ ।
नेपाल बिधुत प्राधिकरणले ललितपुरसहित काठमाडौंमा भोलि दिनभर नै विद्युत कटौती गर्ने भए पछि काठमाडौंको केन्द्र भागमा त्यसको असर पर्ने भएको हो ।
प्राधिकरणका अनुसार भोलि शनिबार साढे आठ घण्टासम्म विद्युत आपूर्ति बन्द हुन सक्नेछ ।
टेकु सबस्टेसनको स्तरोन्नती गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य गरिने भएकोले रत्नपार्कसहितका वितरण केन्द्रवाट हुने बिधुत आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ ।
काठमाडौंका रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरुबाट आपूर्ति हुँदै आएको बिजुली शनिबार बिहान १० बजेदेखि साँझ ६ः३० बजेसम्म प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ ।
काठमाडौ, १५ भदौ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेकाे छ ।
जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसामा कायम भएकाे छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३२ रूपैयाँ १६ पैसा र बिक्री दर १३२ रूपैयाँ ७६ पैसामा तथा युराेपियन युरो एकको खरिद दर १४३ रूपैयाँ ७२ पैसा र बिक्री दर १४४ रूपैयाँ ३८ पैसा कायम भएकाे छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ ६६ पैसा र बिक्री दर १६८ रूपैयाँ ४२ पैसामा काराेबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८५.५३ रुपैयाँ र बिक्री दर ८५.९२ रुपैयाँमा तथा क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९८ रुपैयाँमा काराेबार हुनेछ ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ६ पैसा र बिक्रीदर ९ रुपैयाँ १० पैसाले भाउ पाउँदा दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९७ पैसा र बिक्रीदर १० रूपैयाँ २ पैसामा काराेबार हुनेछ ।
यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २५ पैसा र बिक्री दर ३६ रूपैयाँ ४२ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.२५ रुपैयाँ र बिक्री दर ३६.४२ रुपैयाँमा तथा मलेसियन रिंगिट एकको खरिद दर २८.४८ रुपैयाँ र बिक्री दर २८.६१ रुपैयाँमा काराेबार गर्न सकिने जनाएकाे छ ।
साथै, कुवेती दिनार १ को खरिद मूल्य ४२८.७६ पैसा विक्रीदर ४३०.७ पैसामा खरिद बिक्री हुनेछ ।
काठमाडौं, १४ भदौ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। इण्डियन आयल कर्पोरेशनबाट बिहीबार नयाँ खरिद मूल्य आएपछि नेपालमा पनि मूल्य वृद्धि भएको हो।

निगममले आजै रातिदेखि लागू हुनेगरि पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ डिजेल/मट्टितेलको प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गरेको हो।
यस्तै, खानामा पकाउने एलपि ग्यासमा साविकको खुद्रा बिक्री मूल्य प्रतिसिलिण्डर २३५ रुपैयाँले वृद्धि गरेको जनाएको छ।
इण्डियन आयल कर्पोरेशनले पेट्रोल र डिजेलमा क्रमश: ३ रुपैयाँ १७ पैसा र २ रुपैयाँ ४८ पैसाले बढेर आएको थियो।
यस्तै, खाना पकाउने ग्यासको मूल्यमा पनि प्रतिसिलिण्डर १८६ रुपैयाँ ४५ पैसाले वृद्धि भई आएको थियो।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि, २०८० तथा परिवर्तित मूल्यमा मूल्य अभिवृद्धि दर सहित समायोजन गरि कायम गरिएको जनाएको छ