२०८३ बैशाख ५
२०८३ बैशाख ५

काठमाडौं, २३ फागुन ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदुर पश्चिम प्रदेशको केहि भू-भाग लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ ।

 

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

राती भने सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।न्युज करखाना

आजमिति २०८० साल फागुन २३ गते तदअनुसार मार्च ६,  सन्  २०२४    बुधबार, कृष्णपक्षको एकादशी  तिथि, पुर्वाषढा नक्षत्र, व्यतिपात  योग, धनु राशिमा चन्द्रमा,   आजको योगमा गरेको  काम आशुभ हुनेछ ।

 

अभिजित् मुहूर्त: बिहान ११:५२देखि १२:३८ सम्म,

 

•  काठमाण्डौंमा सुर्योदय: बिहान ०६:२४
• सुर्यास्त: बेलुका ०६:०७ बजे

 

• मेष: तपाईंको स्वास्थ्य सबल रहनेछ। धन लाभ हुनेछ। परिवारमा सुख शान्ति रहनेछ। प्रेममा मतभेदबाट बच्नुहोला ।

शुभ रंग: रातो

शुभ अंक: ७

• वृष: तपाईंको स्वास्थ्य सबल रहनेछ। तर अति व्यस्तता बाट बच्नुहोला। धन लाभ हुनेछ। परिवारमा सुख शान्ति रहनेछ। प्रेममा रोमान्स छ ।

शुभ रंग: पहेलो

शुभ अंक: ५

• मिथुन: तपाईंको स्वास्थ्यमा उतार चढाव हुन सक्छ।  धन खर्च बढ्नेछ। परिवारमा केही तनाव हुन सक्छ। प्रेममा विश्वास बढ्न सक्छ।

शुभ रंग: गुलाबी

शुभ अंक: ३

• कर्कट: तपाईंको स्वास्थ्यमा सुधार हुनेछ। धन आय बढ्नेछ। परिवारमा आनन्द रहनेछ। प्रेममा विश्वास र सम्मान बढ्नेछ।

शुभ रंग: हरियो

शुभ अंक: ६

• सिंह: स्वास्थ्यमा उतार चढाव हुन सक्छ। धन खर्च बढ्नेछ। परिवारमा केही असहमति हुन सक्छ। प्रेममा मनमुटाव हुनसक्छ ।

शुभ रंग: पहेंलो

शुभ अंक: ७

• कन्या:  स्वास्थ्यमा ध्यान दिनुहोला। धन लाभ हुनेछ। परिवारमा  सहयोग पाउनेछ। प्रेममा  सम्बन्ध मजबुत बन्न सक्छ।

शुभ रंग: केसरी

शुभ अंक: ७

• तुला: तपाईंको स्वास्थ्यमा सुधार हुनेछ। धन आय बढ्नेछ। परिवारमा आनन्द रहनेछ। प्रेममा विश्वास र सम्मान बढ्नेछ।

शुभ रंग: नीलो

शुभ अंक: २

• वृश्चिक: तपाईंको स्वास्थ्यमा ध्यान दिनुहोला।  तनाव र चिन्ताबाट बच्नुहोला। धन खर्च बढ्नेछ। परिवारमा केही असहमति हुन सक्छ। प्रेममा विचार र भावना बाँड्नुहोला।

शुभ रंग: कालो

शुभ अंक: ४

• धनु: तपाईंको स्वास्थ्यमा सुधार हुनेछ। धन लाभ हुनेछ। परिवारमा समर्थन र सहयोग पाउनेछ। प्रेममा नयाँ सम्बन्ध बन्न सक्छ।

शुभ रंग: रातो

शुभ अंक: ९

•  मकर: तपाईंको स्वास्थ्यमा सामान्य उतार चढाव हुन सक्छ। धन खर्च बढ्नेछ। परिवारमा सम्पर्क बढाउनुहोला । प्रेममा भावना साट्नुहोला ।

शुभ रंग: कालो

शुभ अंक: ५

• कुम्भ: तपाईंको स्वास्थ्य सबल रहनेछ।  धन आय बढ्नेछ। परिवारमा सुख शान्ति रहनेछ। प्रेम सफल छ ।

शुभ रंग: निलो

शुभ अंक: ८

• मीन: तपाईंको स्वास्थ्य सबल रहनेछ।  धन लाभ हुनेछ। परिवारमा  शान्ति रहनेछ। प्रेममा सामान्थ विवाद हुनसक्छ।

शुभ रंग: चाँदी

शुभ अंक: २

राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला ।  राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।

राशिफल लेखक युवा ज्योतिष जनक खड्का,  वैदिक ज्योतिषका विज्ञ मानिन्छन् उनि ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्।न्युज करखाना

 

सियोल, २२ फागुन ।

दक्षिण कोरियाको चिप उपकरण बनाउने कम्पनी उत्तर कोरियाले ह्याक गरेको छ ।

दक्षिण कोरियाको जासुसी एजेन्सीका अनुसार उत्तर कोरियाली ह्याकरहरूले दक्षिण कोरियाली चिप उपकरण निर्माताको सिस्टम ह्याक गरेका हुन ।

प्योङयाङले आफ्नो हतियार कार्यक्रमहरूको लागि अर्धचालकहरू बनाउन खोजिरहेको बेला यो ह्यक गरिएको नेशनल इन्टेलिजेन्स सर्भिस (एनआइएस)ले जनाएको छ ।

 

राष्ट्रपति युन सुक येओलले उत्तर कोरियाले आगामी चुनावमा हस्तक्षेप गर्न साइबर हमलाजस्ता उत्तेजक गतिविधि गर्न सक्ने चेतावनी दिएको एक महिनापछि यो घटना बाहिर आएको हो।

 

गत वर्ष पनि उत्तर कोरियाले राष्ट्रपति युनका सहयोगीको इमेल ह्याक गरेको थियो ।

 

‘हामी विश्वास गर्छौं कि उत्तर कोरियाले प्रतिबन्धका कारण तिनीहरूलाई खरीद गर्न कठिनाइहरूको सामना गर्दा सम्भवतः आफ्नै सेमिकन्डक्टरहरू उत्पादन गर्ने तयारी गरिरहेको हुन सक्छ,’  उसले एक विज्ञप्तिमा भन्यो।

 

उसका अनुसार प्योङयाङको प्रयासहरू उपग्रह र मिसाइलहरू लगायतका हतियार कार्यक्रमहरूको लागि चिप्सको आवश्यकताबाट प्रेरित भएको देखिन्छ । न्युज करखाना

आजमिति २०८० साल फागुन २२ गते तदअनुसार मार्च५, सन् २०२४ मंगलबार, कृष्णपक्षको नवमी विहान ९ :१९ सम्म तत्पश्चात दशमी तिथि, मुल नक्षत्र, सिद्धि योग, धनु राशिमा चन्द्रमा, आजको योग २:२५ वजेसम्म सिद्दि योग हुनेछ र त्यसमा गरेको सम्पुर्ण काम शुभ हुनेछ ।

 

अभिजित् मुहूर्त: बिहान ११:५३देखि १२:३९ सम्म

 

• काठमाण्डौंमा सुर्योदय: बिहान ०६:२५

 

• सुर्यास्त: बेलुका ०६:०७ बजे

 

• मेष: तपाईंको स्वास्थ्य सबल रहनेछ। तर अति व्यस्तता बाट बच्नुहोला। धन लाभ हुनेछ। परिवारमा सुख शान्ति रहनेछ। प्रेममा रोमान्स फुल्नेछ। ।

शुभ रंग: हरियो

शुभ अंक: ६।

 

• वृष: तपाईंको स्वास्थ्यमा उतार चढाव हुन सक्छ। धन खर्च बढ्नेछ। परिवारमा केही तनाव हुन सक्छ। प्रेममा विश्वास बढ्न सक्छ।

शुभ रंग: पहेलो

शुभ अंक: ५

 

• मिथुन: तपाईंको स्वास्थ्यमा सुधार हुनेछ। धन आय बढ्नेछ। परिवारमा आनन्द रहनेछ। प्रेममा विश्वास र सम्मान बढ्नेछ।

शुभ रंग: गुलाबी

शुभ अंक: ३

 

• कर्कट:  स्वास्थ्यमा ध्यान दिनुहोला। धन लाभ हुनेछ। परिवारमा सहयोग पाउनेछ। प्रेममा सम्बन्ध मजबुत बन्न सक्छ।

शुभ रंग: केसरी

शुभ अंक: ९

 

• सिंह: स्वास्थ्यमा सुधार हुनेछ। धन आय बढ्नेछ। परिवारमा आनन्द रहनेछ। प्रेममा विश्वास र सम्मान बढ्नेछ।

शुभ रंग: नीलो

शुभ अंक: २

 

• कन्या: स्वास्थ्यमा उतार चढाव हुन सक्छ। धन खर्च बढ्नेछ। परिवारमा केही असहमति हुन सक्छ। प्रेममा मनमुटाव हुनसक्छ ।

शुभ रंग: पहेंलो

शुभ अंक: ७

 

• तुला: स्वास्थ्य सबल रहनेछ। धन लाभ हुनेछ। परिवारमा शान्ति रहनेछ। प्रेममा सामान्थ विवाद हुनसक्छ।

शुभ रंग: चाँदी

शुभ अंक: २

 

• वृश्चिक: स्वास्थ्यमा ध्यान दिनुहोला। तनाव र चिन्ता बाट बच्नुहोला। धन खर्च बढ्नेछ। परिवारमा केही असहमति हुन सक्छ। प्रेममा विचार र भावना बाँड्नुहोला।

शुभ रंग: रातो

शुभ अंक: १

 

• धनु:  स्वास्थ्य सबल रहनेछ। धन आय बढ्नेछ। परिवारमा सुख शान्ति रहनेछ। प्रेम सफल छ ।

शुभ रंग: निलो

शुभ अंक: ८

 

• मकर: तपाईंको स्वास्थ्यमा सुधार हुनेछ। धन लाभ हुनेछ। परिवारमा समर्थन र सहयोग पाउनेछ। प्रेममा नयाँ सम्बन्ध बन्न सक्छ।

शुभ रंग: कालो

शुभ अंक: ४

 

• कुम्भ: तपाईंको स्वास्थ्यमा सामान्य उतार चढाव हुन सक्छ। धन खर्च बढ्नेछ। परिवारमा सम्पर्क बढाउनुहोला । प्रेममा भावना साट्नु होला ।

शुभ रंग: रातो

शुभ अंक: ५

 

• मीन: तपाईंको स्वास्थ्य सबल रहनेछ। तर अति व्यस्तता बाट बच्नुहोला। धन लाभ हुनेछ। परिवारमा सुख शान्ति रहनेछ। प्रेममा मतभेदबाट बच्नुहोला ।

शुभ रंग: चाँदी

शुभ अंक: ३

 

राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।

 

राशिफल लेखक युवा ज्योतिष जनक खड्का, वैदिक ज्योतिषका विज्ञ मानिन्छन् उनि ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्।न्युज करखाना

 

 

 

 

काठमाडौं, २२ फागुन ।

हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ ।

 

दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

 

राती भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।न्युज करखाना

काठमाडौं, २१ फागुन ।

हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रही  गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षा भईरहेको छ।

 

दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा साथै बाँकी प्रदेशका पहाडी भु-भागका एक दुई स्थानमा छिटफुट देखि हल्का बर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

राती भने कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम बर्षाको साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।न्युज कारखाना

आज मिति २०८० साल फागुन  २१ गते  तदअनुसार मार्च ४, सन्  २०२४  सोमवार, कृष्ण पक्षको अष्टमी/नवमीतिथि, जेष्ठा नक्षत्र, बज्र योग, बृश्चिक राशिमा चन्द्रमा ।

 

अभिजित् मुहूर्त: बिहान ११:५३ देखि १२:३९ सम्म,

•  काठमाण्डौमा सुर्योदय: बिहान ०६:२६

• सुर्यास्त: बेलुका ०६:०७ बजे
 • मेषः  स्पष्टताले धेरै उपयोगी बनाउनेछ, त्यसैले आफ्नो विचार व्यक्त गर्न नहिचकिचाउनु होस् । यथार्थवाद असफल हुनेछैन। आफ्नो दिमाग प्रयोग गर्ने काममा आफूलाई डुबाउन सजिलो पाउनु हुनेछ। प्रेम तथा परिवारको भविष्यका लागि केही स्वस्थ निर्णयहरू लिनुहुन्छ।

शुभ रङ तथा अंक : हरियो, ८

• वृषः उर्जाले तपाईलाई आन्तरिक संवाद र आदान प्रदानतर्फ धकेलिरहेको छ, जसले तपाईको हृदयलाई न्यानो पार्छ र तपाईको मनोबल बढ्नेछ । प्रेम तथा परिवारको आलोचनाहरूलाई अनुमोदन गर्नुहोस । क्षमताको लागी एक हतियार हुनेछ र तपाइँलाई अगाडि धकेल्नेछ।

शुभ रङः कालाे

अंक: ३

. मिथुनः  वरपरका मानिसहरूबाट प्रशंसा कमाउनुहुनेछ र तपाईंको बाटोमा केही पनि खडा हुने छैन। आज विजय तपाईको पक्षमा हुनेछ । धेर्यता तथा हनुमानभक्त हुन आवश्यक छ ।  प्रेम तथा परिवारको लागि विश्वास र आत्मविश्वासले तपाईंलाई अगाडि बढाउँछ। आफ्नो विचार आदानप्रदानमा धकेल्न सक्षम बनाउँछ।

शुभ रङः राताे

अंक: ६

. कर्कटः आज दिन राम्रो छ । कामहरू हतारमा निर्णय नलिनु होला । साथि परिवारसँग प्रेम प्रगाढ हुनेछ । प्रेमी वा जीवनसाथिको स्वास्थ्यमा सामान्य समस्या देखिनसक्छ ।

शुभ रङः पहेंलो

अंक- ४

सिंहः  समग्रमा आज दिन मध्यम छ । रिस्कको काममा सफलता हुन सक्छ । तर स्वास्थ्यमा ध्यान दिनुहोला । सवारी चलाउँदा सावधानी अपनाउनुहोला।  प्रेममा सामान्य मतभेद हुनसक्छ । अर्को दिन पुन मिल्न हुने भएकोले बोल्न निर्णय आज नगर्दा राम्रो हुनेछ ।

शुभ रङः कालाे

अंक: ५

कन्याः  धर्ममा मन जानेछ । भाग्यले आशा देखाउनेछ । परिवारको प्रेम मिल्नेछ । स्वास्थ्यमा सामान्य धन खर्च हुनेछ । आजको दिन राम्रो छ ।

शुभ रङः निलाे

अंक: ६

तुलाः काममा लापरवाह नगर्नु होला । स्वास्थ्यमा सुधार महसुस हुनेछ । साथिभाईको सहयोग मिल्नेछ । प्रेम तथा परिवारमा खर्च हुनेछ । समग्रमा दिन मध्यम छ ।

शुभ रङः सेताे

अंक: ९

वृश्चिकः  आफ्नो वरपर कसैसँग अप्रत्याशित साझा आधार फेला पार्न जाँदै हुनुहुन्छ। अरूलाई न्याय गर्ने दिन छ । आफैंमा धेरै कठोर हुनुहुन्छ र थकान बेवास्ता नगर्नूहोला । प्रेम तथा परिवारको विषयमा गम्भीरतापूर्वक निर्णय लिन गाह्रो हुनेछ र वरपरका मानिसहरूले  तपाईको प्रशंसा गर्नेछन्।

शूभ रङः पहेलाे

अंक: २

धनुः  तपाईंको सम्बन्ध बिस्तारै विकास गर्ने क्षण हो।  प्रगतिको लागि भाग्यले साथ दिनेछ । आफ्नो प्रेम तथा परिवारमा मनहरू जोड्नुहोस्, तपाईं सही मार्गमा हुनुहुनेछ ।

शुभ रङः हरियाे

अंक: १२

मकरः वरपरको सम्बन्धमा भएको विकासले आन्तरिक कल्याणको अनुभूति दिनेछ। मित्रबाट हृदयमा न्यानोपन पाउनु हुनेछ। कसरत लिन आवश्यक छ। यसका लागि केही समय छुट्याउनुहोस्। प्रेम तथा परिवार जटिलताहरूबाट बच्न निरन्तर सम्पर्कमा रहनूहोस।

शुभ रङः सेताे

अंक: ७

कुम्भः   पूर्ण रूपमा खुसी हुनुहुन्छ र जीवन सन्तुलन स्थापना गर्दै हुनुहुन्छ। आज गरिएका कामहरू संघर्षमा साथ सफल हुनेछन् । विशेष गरी लगनशीलता हुन आवश्यक छ ।

शुभ रङः अाकासे निलाे

अंक: १०

मिनः दिमागमा भएको कुरा व्यक्त गर्न पूर्ण रूपमा स्वतन्त्र हुनु हुनेछ । यसले सकारात्मक परिणाम पाउनेछ। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । आफ्नो स्वास्थ्य आफैले जाँच गर्नुहोस् र  रातो फल खानुहोस्। प्रेम तथा परिवारको लागि तपाई सामान्य भन्दा बढी लापरवाह हुनु हुनेछ, ध्यान दिनुहोला ।

शुभ रङः सुनाैंलाे

अंक: ४

राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरिएको हुन्छ । जन्म कुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।

(राशिफल लेखक युवा ज्योतिष जनक खड्का,  वैदिक ज्योतिषका विज्ञ मानिन्छन् उनि ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्, सल्लाह, सुझाव र परामर्शको लागि : ९७६६८९५२१३)

तपाईंको दिन राम्रो र सुखद होस् भन्ने आशाका साथ शुभकामना ।न्युज कारखाना

आज मिति २०८० साल फागुन २० गते तदअनुसार मार्च ३, २०२४ आइतबार, कृष्णपक्षको सत्तमी [९ वजेसम्म], अष्टमी तिथि, अनुराधा नक्षत्र, हर्षण योग । वृश्चिक राशिमा चन्द्रमा । खुशी/ हर्ष लाई जनाउने यो योग शुभ हो ।

 

• अभिजित् मुहूर्त: बिहान ११:५३ देखि १२:३९ सम्म,

• काठमाण्डौंमा सुर्योदय: बिहान ०६:२७

• सुर्यास्त: बेलुका ०६:०६ बजे

 

• मेष : तपाईंको स्वास्थ्य उत्तम रहनेछ।काममा नयाँ अवसर र सम्मान मिल्नेछ। परिवारबाट सहयोग रहनेछ। माया प्रेममा खुशी र सुख मिल्नेछ।

शुभ अंक- २

शुभ रंग- नीलो

 

• वृष : तपाईंको स्वास्थ्यमा ध्यान दिनुहोस। परिवारलाई समय दिनुहोस । प्रेममा मनमुटाव वाट जोगिनुहोस् ।

शुभ अंक- ३

शुभ रंग- पहेलो

 

• मिथुन: तपाईंको स्वास्थ्यमा कुनै समस्या आउन सक्छ । आर्थिक लाभ र धन सम्पत्ति बढ्नेछ। परिवारमा आपसी सम्झौता रहनेछ। मायामा रोमान्स छ।

शुभ अंक – २

शुभ रंग- सेतो

 

• कर्कट : तपाईंको स्वास्थ्य राम्रो रहनेछ। आफ्नो काममा उन्नति र सफलता मिल्नेछ। तपाईंको परिवारमा शान्ति र सुख रहनेछ। मायालु व्यक्ति प्राप्त हुनेछ।

शुभ अंक- ९

शुभ रंग- रातो

 

• सिंह : स्वास्थ्यमा ध्यान दिनुहोस्। आफ्नो काममा चुनौतीहरू सामना गर्नुपर्नेछ। परिवारमा सामान्य विवाद हुन सक्छ। मायाको कुरामा अविश्वास हुन सक्छ।

शुभ अंक- ५

शुभ रंग- पहेलो

 

• कन्या: तपाईंको स्वास्थ्य सामान्य असहज हुनसक्छ। तपाईंले आज काममा उत्कृष्ट प्रदर्शन गर्न सक्नुहुनेछ। सपरिवारमा आनन्द रहनेछ। मायामा कुरामा विश्वास मिल्नेछ।

शुभ अंक- १

शुभ रंग- सुनौलो

 

• तुला: आज स्वास्थ्यमा ध्यान दिनुहोस्। आफ्नो काममा कठिन परिश्रम र बुद्धि देखाउनुपर्नेछ। परिवारमा कुनै विवाद वा असन्तोष हुन सक्छ। प्रेम सफल छ।

शुभ अंक- ३

शुभ रंग- खैरो

 

• वृश्चिक : तपाईंको स्वास्थ्य राम्रो रहनेछ। आफ्नो काममा सम्मान मिल्नसक्छ। परिवारबाट प्रेम र सहयोग रहनेछ। मायामा खुशी मिल्नेछ।

शुभ अंक- ९

शुभ रंग- गुलाबी

 

• धनु: तपाईंको स्वास्थ्य ठिक छ । काममा उत्कृष्ट रुपमा प्रदर्शन गर्न सक्नु हुनेछ। परिवारमा आनन्द र उल्लास रहनेछ। मायाको कुरामा विश्वास र वफादारी मिल्नेछ।

शुभ अंक- ७

शुभ रंग- कालो

 

• मकर : स्वास्थ्यमा ध्यान दिनुहोस्। आफ्नो काममा चुनौतीहरू सामना गर्नुपर्ने सक्छ। परिवारमा कुनै विवाद वा असन्तोष हुन सक्छ। मायाको कुरामा निराशा हुन सक्छ।

शुभ अंक- ३

शुभ रंग- बैंजनी

 

• कुम्भ : तपाईंको स्वास्थ्य उत्तम रहनेछ। त आफ्नो काममा नयाँ अवसर मिल्नसक्छ। परिवारमा खुशी रहनेछ। मायामा मनमा सन्तोष मिल्नेछ।

शुभ अंक- १

शुभ रंग- नीलो

 

• मीन : तपाईंको स्वास्थ्यमा कुनै ठूलो समस्या आउने छैन। आर्थिक लाभ र धन सम्पत्ति बढ्नेछ। आज परिवारमा सुख रहनेछ। तपाईंलाई मायाको राम्रो छ ।

शुभ अंक- ९

शुभ रंग- हरियो

 

राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।

 

राशिफल लेखक युवा ज्योतिष जनक खड्का, वैदिक ज्योतिषका विज्ञ मानिन्छन् उनि वैदिक ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्।न्युज कारखाना

 

 

काठमाडौं, २० फागुन ।

हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रही  कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा साथै गण्डकी प्रदेशको एक दुई स्थानमा मध्यम वर्षा भईरहेको छ।

दिउँसो देशभर साधारणतया बदली रहने छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेश सहित कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम बर्षा र मधेश प्रदेश सहित बाँकी तराईका थोरै स्थानहरूमा छिटफुट देखि हल्का बर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

 

राती भने देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम बर्षाको साथै बाँकी भू-भागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेश सहित कोशी प्रदेशका पहाडी भू(भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र मधेश प्रदेश सहित बाँकी तराईका थोरै स्थानहरूमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

न्युज कारखाना

लन्डन, १८ फागुन ।

बदलिँदो मौसमको चपेटामा विश्व नै परिरहेको छ र ग्लोबल वार्मिङका कारण देशहरूमा संकट गहिरिँदै गएको छ ।

 

यसैबीच एउटा नयाँ अनुसन्धानले एउटा डरलाग्दो कुरा खुलासा गरेको छ । नयाँ अनुसन्धानका अनुसार यदि ग्लोबल वार्मिङ ३ डिग्री सेल्सियसले मात्रै बढ्यो भने पनि हिमालय क्षेत्रको करिब ९० प्रतिशत भूभाग एक वर्षसम्म सुख्खा रहनेछ । सो अनुसन्धान पछि वैज्ञानिकहरूले कडा चेतावनी दिएका छन् ।

 

क्लाइमेटिक चेन्ज जर्नलमा प्रकाशित निष्कर्षका अनुसार गर्मी पेरिस सम्झौता अनुसार ग्लोबल वार्मिङलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने तापक्रम लक्ष्यलाई पालना गरेमा मानव जोखिमको ८० प्रतिशत कम गर्न सकिन्छ।

 

बेलायतको युनिभर्सिटी अफ इस्ट एन्ग्लिया (युएई) का अनुसन्धानकर्ताहरूको नेतृत्वमा रहेको टोलीले ग्लोबल वार्मिङको स्तर बढ्दै जाँदा राष्ट्रिय स्तरमा मानव र प्राकृतिक प्रणालीमा जलवायु परिवर्तनको जोखिम कसरी बढ्छ भन्ने कुरा निर्धारण गरेको थियो। डिग्री सेल्सियसको तापक्रम बढ्दै जाँदा खेतीयोग्य जमिन खडेरीको चपेटामा पर्ने सम्भावना निकै बढेको अन्वेषकहरूले बताएका छन् ।

 

अध्ययन गरिएको प्रत्येक देशको ५० प्रतिशतभन्दा बढी कृषि भूमि ३० वर्षको अवधिमा एक वर्षभन्दा बढीको लागि गम्भीर खडेरीको चपेटामा पर्ने अनुमान गरिएको छ। यद्यपि, ग्लोबल वार्मिङलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्नाले कृषि भूमिमा २१ प्रतिशत (भारत) र ६१ प्रतिशत (इथियोपिया) बीच खडेरीको जोखिम घटाउनेछ भने नदीको बाढीबाट हुने आर्थिक क्षतिलाई पनि कम गर्नेछ। यो तब हुन्छ जब नदी र खोलाहरूले आफ्नो किनारहरू फुटाउँछन् र पानी नजिकैको तल्लो क्षेत्रमा बग्छ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।