बिशाल बस्ने,महाेत्तरी, १६ कात्तिक ।
प्याट्रोलिङ्गको क्रममा बर्दिवासमा प्रहरीले भेटाएको ९ लाख रुपैया जिम्मा लगाईएको छ ।
अनुसन्धानको क्रममा उक्त पैसा महतो किराना पशलका संचालक जगदिश महतोको एकिन भएपछी महतोलाई हस्तान्तरण गरिएको हो ।
उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडका, व्यवसायीहरु गुन्ज कार्की, ज्ञान बहादुर राउत, पत्रकार लगायतको रोहवरमा महतोलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ ।

कालो झोलाभित्र रहेको ९ लाख ५ सय ६२ रुपैया महतोलाई जिम्मा लगाइएको इलाका प्रहरी कार्यालयका प्रमुख विजय यादवले जानकारी दिए ।
कसरी फेला परेको थियो ?
गत ३ असोजको राती इलाका प्रहरी कार्यालय गौरिडाडाको प्रहरी विट भोला वसन्त चोकवाट प्रहरी जवान अजय मण्डल प्याट्रोलिङ्ग गरिरहेका थिए । प्याट्रोलिङ्गको क्रममा ५० मिटर पर महतो किराना पशल नजिक पुगेपछि उनले एउटा कालो झोला देखे ।

झोलालाई आफैले बोकेको लौरोले यताउता चलाए । खासै संकास्पद नभएको अनुमान लगाएपछी सोही लौरोले ताने अनि खोलेर हेरे । खाेलेर हेरेका मात्र थिए, झोलाभरी पैसा नै पैसा देखेपछी उनी झसङ्ग भए । तत्काल प्रहरी बिटका इन्चार्ज असई मनसुरी गदिलाई जानकारी गराए । गदिले इलाका प्रहरी कार्यालयका प्रमुख विजय यादवलाई जानकारी गराए ।
यादवले केही स्थानियहरुको रोहवरमा पैसा गन्नु र गनेको पैसाको भिडियो पनि बनाउन निर्देशन दिए । गन्ने क्रममा महतो किराना पसलको केही विलहरु पनि भेटिए । पैसा गनिसक्दा जम्मा ९ लाख ५ सय ६२ रुपैया रहेको एकिन भयो । भोलीपल्ट बिहान ९ लाख भेटाएको बिषयमा निक्कै खैलावैला भयो । महतो किराना पसलको केही आधारहरु देखिए पछि स्थानियहरुले महतोलाई पनि जानकारी दिए ।
हप्तादिनसम्म महतोबाहेक दावी गर्न नआएपछी प्रहरीले उनकाे पैसा भएको निष्कर्ष निकाल्दै सोमवार पैसा जिम्मा लगाएको हो ।
महतो भन्छन : प्रहरी मेरा लागी भगवान जस्तै बने
पैसा हराएको थाहा पाएदेखी निक्कै चिन्तित बनेका महतोले प्रहरीको इमान्दारिता माथी नतमस्तक भएको वताए ।
`व्यापार भएको पैसा र अन्य पैसा भोलिपल्ट बैंकमा राख्ने भनेर स्टाफलाई भनेको थिए, झोला त बिर्सेर बाहिर नै छाडेछु,´ उन्ले भने ।
पैसा यदि प्रहरीले बाहेक अरुले भेटाएको भए भेटन निक्कै मुस्किल पर्ने बताउदै उनले यो खुसियालीमा प्रहरी विट तथा केही भौतिक संरचना बनाईदिने घोषणा गरेका छन । २५ हजार वरावरको प्रहरीको लागि संरचना बनाईदिने महतोले वताए ।
ब्यापार मन्दीको यो समयमा त्यति ठुलो रकम फेला पार्ने प्रहरी जवान मण्डललाई उनले धन्यवादसमेत दिएका छन् । प्रहरीले सर्वसाधारणको साथी मात्र हैन्र, गतिलो भरोसा हो भन्ने बिषयलाई प्रहरी जवानले देखाएको जिम्मेवारीप्रतिको इमान्दारिताले प्रमाणित गरेको स्थानियहरुको तर्क छ । न्युज कारखाना
महोत्तरी, १४ कात्तिक
कात्तिक कृष्णपक्ष सुरु भएसँगै मधेशको प्राचीन मिथिला क्षेत्रका विन र डोम समुदायमा व्यस्तता बढेको छ । दीपावली तथा छठ पर्वका लागि आवश्यक पर्ने बाँसको डाली, छिटी, नाङ्लो,चाल्नो, पङ्खा, कोनीया र अन्य खेलौंना बनाउन उनीहरूमा व्यस्तता बढेको हो । ती पर्वमा यस्ता सामग्री आवश्यक पर्ने भएकाले विन र डोम समुदाय अहिले यस्ता सामान बनाउन कम्मर कसेर लागिपरेका छन् । घरआँगनमा आइपुगेका अतिथिलाई मुखैले शिष्टाचार गरे पनि प्रगाश मरिक डोमको हातभने कप्टेरा उन्दै छिटी बनाउनमै ब्यस्त देखिन्छ । माग भएका सामग्री तयार गर्न भ्याइ नभ्याइ भएकाले उहाँसहित बस्तीका डोम र विन समुदायको ब्यस्तता बढेको हो । भङ्गाहा नगरपालिका–५ सिद्धपुर बस्तीको मुखमै सानो खरले छाएको झुप्रोमा प्रगाश दिनरात डाली, छिटी, नाङ्लो—चाल्नो, पङ्खा, कोनीयाँ र अन्य खेलौंना बनाउन तल्लिन हुनुहुन्छ । राति अबेरसम्म चोया र कप्टेरा चलाउँदा चलाउँदै सुते पनि बिहान आँखा उघ्रनासाथ त्यही चोया र कप्टेरामा हात पु¥याउनु परेको उहाँ बताउनुहुन्छ । सोही वडाकै सीतापुर बस्तीका पञ्चु विनलाई पनि अहिले पर्वकेन्द्रित चोयाका सामान बनाउन भ्याइ नभ्याइ छ । प्रगाश र पञ्चुजस्तै बिपन्न विन र डोम समुदायमा यस्ता चाड पर्वमा आफ्नो सीपले बजार पाउनका साथै आम्दानी पनि हुने भएपछि खुसी छाएको छ । अहिले बाँस खोजेर ल्याउने, फट्याउने, कप्टेरा र चोया काढ्ने र मागअनुसारका समान बुन्ने काममा ती समुदायका परिवारका सबै सदस्य व्यस्त देखिन्छन् । घरमुलीदेखि पाँच÷सात वर्ष उमेर कटेका नानीहरु पनि काममा लागेका देखिन्छन् । अन्यबेला अभावमै बित्ने ती समुदायमा मिठोमसिनो खाने, राम्रा लुगा लाउने र बालबालिकाको रहर पूरा गर्ने भाखा पनि घरमूलीले दीपावली र छठसँग जोडने गर्छन् । “के गर्नु हजुर, वर्षभरिको खर्चको जोहो गर्ने बेला यही हो, अहिले चुके वर्षभरि नगद देख्न पाँइदैन” भङ्गाहा–५ सिद्धपुरको डोम बस्तीका अगुवा प्रगाश भन्नुहुन्छ–, “ससाना नानीहरुको रहर र चाहना हामीले यही पर्वमा पूरा गर्ने सोच बनाएका हुन्छौँ ।” अन्य बेला आफ्ना सीपको खासै माग नहुने हुँदा वर्षभरिका लागि खर्चको जोहो पनि यसै बेला गर्न पर्ने भएको उहाँको भनाइ छ । चोयाका सामग्री अडर गर्न आउने ग्राहक बाक्लिएपछि ससाना नानीको माग पनि बढ्ने गरेको छ । “माय, दिवाली आ छठमें हम गुड्डी उडायब् , हमरा बहुते रङ्गके गुड्डी ला दिहे” (आँमा , म तिहार र छठ पर्वमा चङ्गा उडाउँछु , मलाइ रङ्गीबिरङ्गी चङ्गा ल्याइदिनुहोला) चोयाका समान बुनिरहनुभएकी बर्दिवास–१ की रामकली मरिकको छेउमै खेल्दै आइपुगेका सात वर्षीय छोरा विरुपा मरिकको माग थियो । रामकलीले विरुपालाई दिवालीमै चङ्गा ल्याइदिने आश्वासन दिनुभएको छ । “गरिब छौं, चाहिँदो खर्चको पनि अभाव छ तर ससाना नानीको मन त हो , गाउँमा अन्य समुदायका नानीका हातमा जे देख्छन् , घर आएर त्यसैको फर्माइस गर्छन्” लोहारपट्टी नगरपालिकाको डोठारा बस्तीका झामलाल मरिक भन्नुहुन्छ, “नानीहरुले भनेको कुरा दिन नसक्दा मन कुँडिन्छ, यतिबेला भने आफ्नो गच्छेले भ्याएसम्म नानीहरुको रहर पूरा गर्छौँ ।” मुलुकमा अवसरबाट पछि परेका सिमान्तकृत गरिब र दलितहरुको उत्थानका लागि सरकारले बिभिन्न कार्यक्रम सञ्चालन गरेको बताइए पनि त्यस्ता कार्यक्रम ती समुदायसम्म नपुगेको सामाजिक अभियन्ताहरुको टिप्पणी छ । सरकारी कार्यक्रमहरुको प्रभावकारी अनुगमन नहुँदा अवसरबाट पछि पारिएका डोमसहित अन्य समुदायको उत्थानको काम हुन नसकेको भङ्गाहा–९ की नेतृ किरण यादव बताउनुहुन्छ । रासस
बारा १४ कात्तिक
गोली प्रहारबाट हिजो मृत्यु भएका बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको मङ्गलवार हिन्दू परम्पराअनुसार दाह संस्कार गरिएको छ । पसहा खोलमा उहाँको अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ । यसअघि एन प्याब्सनका पदाधिकारीले संस्थाको झन्डा ओढाई सर्राफमा श्रद्धाञ्जली अर्पण गरेका थिए । मृतक सर्राफको श्रीमतीसहित दुई छोरा छन् । उहाँलाई श्रद्धाञ्जली अर्पण गर्न ठूलो सङ्ख्यामा शुभचिन्तकहरु कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित उहाँको निवासमा पुगेको थिए । कलैया उपमहानगरपालिकाका प्रमुख बिनोद साह, नेकपा (माओवादी केन्द्र)का युवा नेता मुकेश साह, नेपाली कांग्रेसका युवा नेता लुकेश सिहलगायत विभिन्न राजनितिक दलका नेता, नागरिक अगुवा, निजी तथा सामुदायिक बिद्यालयका शिक्षक शिक्षिका, आफन्तजन, पत्रकार, सुरक्षाकर्मीलगायतले सर्राफको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए । उपमहानगरपालिका भित्रका शिक्षक तथा पेशागत बिभिन्न संघ–संगठनहरुले घटनाको निन्दा गर्दै शोक मनाउने निर्णय गरेका छन् । यस्तै बारा उद्योग वाणिज्य संघले पनि एक विज्ञप्ति जारी गर्दै हत्याको बिरोधमा बजार बन्द गर्न आह्वान गरेको छ। संघका अध्यक्ष राजकुमार साहद्वारा जारी विज्ञप्तिमा मङ्गलवार साँझसम्म बजार बन्द गरी सहयोग गर्न उद्योगी तथा ब्यापारीहरुसँग अपिल गरिएकाले अहिले बजार पूर्णरूपमा बन्द छ । एन प्याब्सनले पनि सोमबार नै विज्ञप्तिमार्फत उक्त घटनाको निन्दा गर्दै दोषीलाई कार्यवाहीको दायरामा ल्याउन माग गर्नाका साथै २४ घन्टाभित्र बास्तविक अपराधी समात्न नसके चरणवद्ध आन्दोलन गर्ने जनाएको छ । कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल सर्राफमाथि सोमबार दिउँसो करिब १ बजे अज्ञात समूहले तीन वटा गोली प्रहार हत्या गरेकाले जिल्लाबासीमा त्रासको वतावरण छाएको छ । कलैयास्थित मदर्शा टोलमा दुईवटा नेपाली मोटरसाईकलमा आएका चारजना अज्ञात व्यक्तिले तीन राउण्ड गोली सर्राफलाई हानेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुश काफलेले जानकारी दिनुभयो । हत्या गरिएको ठाउँ जिल्ला प्रहरी कार्यालयभन्दा पाँच मिनेटको दूरीमा पर्दछ । गोली लागेर सख्त घाइते सर्राफलाई कलैया प्रादेशिक अस्पताल उपचार हुन नसकेपछि थप उपचारका लागि विरगञ्जस्थित बयोधा अस्पतालमा लगिएको र उपचारका क्रममा उहाँको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । प्रेम सम्बन्धका कारण सर्राफको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यसअघि गत साउन २८ गते कलैयाको एक होटलमा सर्राफको हत्याको प्रयास गरिए पनि त्यति बेला उहाँ बाँच्न सफल भएको पक्राउ परेकाहरुले प्रहरी समक्ष बयान गरेको दिएको अनुन्धानमा खटिएका एक प्रहरीले जानकारी दिए । घटनामा सम्लग्न एक युवतीसहित तीन नेपाली र तीन भारतीयलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ । सो घटनामा अन्य थप दुईजनाको पनि संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ । अहिले दस जनालाई नियन्त्रणमा लिएर घटनाको बारेमा सुक्षमरुपमा अनुन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस





विशाल बस्नेत ,महाेत्तरी, १२ असोज ।
बर्दिबास नगरपालिकामा अवैध मापदण्डविपरित उत्तखनन गरेर सम्झौता भन्दा बढी नदि उत्तखनन गरेका भनिएका ४ क्रसर उद्योगको मुद्दा अझै अदालतमा लम्बिदै गएको छ ।
प्रक्रियाअनुसार नै ठेक्का पाएका पन्चधुरामाई सप्लायर्स, शिवम् कन्स्ट्रक्सन प्रा.लि. र दिव्यांशु प्रा.लि. जनकपुरले करिब चार गुना बढी उत्खनन् गरेको निष्कर्ष निकालेपछि बर्दिबास नगरपालिकाले उक्त कम्पनीहरुसँग क्षतिपूर्ति माग गरेको थियो ।

नगरपालिकाले पटक-पटक ठेक्केदार कम्पनीहरुलाई राजस्व बुझाउन पत्राचार गरेपछि २०७८ मा उत्प्रेषण मिश्रित परमादेश रिट दायर भयो । जुन अझैसम्म पनि विचाराधीन अवस्थामा छ ।
रातु नदी अन्तर्गत किसाननगर खण्ड, जुरेटोल खण्ड, पतलैया खण्ड र फुलबारी खण्डबाट उत्खनन् गर्ने अनुमति पाएका उल्लेखित तीन कम्पनीले मापदण्ड र सम्झौताविपरित उत्खनन गरेको आरोप लागेको थियो ।
ढुंगा, गिटी, वालुवा बिक्री वितरण तथा व्यवस्थापन सबन्धी ऐन ०७७ विपरित उत्खनन भएको पाइए पछि २५ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको थियो ।
त्यसपछि तत्कालिन नगरप्रमुख बिदुर कार्कीले ठेक्का सम्झौता रद्द गरेर प्रावधिक नापजाँच उपसमिति बनाए । सोही प्रावधिक नापजाँच उपसमितिको रिर्पोटअनुसार नै १ साउन ०७८ वाट उक्त कम्पनीहरुलाई कारवाही प्रक्रिया सुरु भएको हो ।

उपसमितिको प्रतिवेदनअनुसार उत्खनन् गर्ने जिम्मा पाएका उद्योग पन्चधुरामाई सप्लायर्सले किसानगर खण्डबाट सम्झौता भएभन्दा एक लाख ३० हजार २० घनमिटर र जुरेटोल खण्डबाट एक लाख ६३ हजार नौ सय ६५ घनमिटर बढी उत्खनन् गरेको उल्लेख छ ।
पन्चधुरामाई सप्लायर्सले किसाननगर खण्डको दुई करोड ७५ लाखभन्दा बढी राजश्व दिन बाँकी छ भने जुरे टोल खण्डको दुई करोड ६१ लाख राजश्व नगरलाई दिन बाँकी छ ।
यसैगरी, शिवम् कन्स्ट्रक्सन प्रालिले सम्झौतामा उल्लेख गरे भन्दा फुलबारी खण्डबाट एक लाख ७२ हजार तीन सय ६० घनमिटर र दिव्यांशु विल्डर्स प्रालिले सम्झौता गरेभन्दा पथलैया खण्डबाट दुई लाख ९९ हजार आठ सय ४५ घनमिटर उत्खनन् गरेको प्रतिवेदनमा उल्लेख छ ।
शिवम् कन्स्ट्रक्सनले दुई करोड ७५ लाख र दिव्यांशु बिल्डर्सले चार करोड ७८ लाख दिन बाँकीे देखिएको छ । उक्त घनमिटरमा रेट भने हरेक खण्डवाट ४।५२ रुपैयाँ निर्धारण गरिएको थियो ।
नगरको तर्फबाट मुद्दा हेरिरहेका अधिबक्ता खडका भन्छन : कागजात अपुरो भयो
बर्दिवास नगर कार्यापालिकाका कानुनी सल्लाहकार टिकाध्वज खडकाले जनकपुर उच्च अदालतमा उक्त मुद्दा प्रक्रियामा नै रहेको बताएका छन ।
क्रसर उधोगहरुका विरुद्ध केही कागजात अपुरो भएपछी उक्त कागजात वनाईरहेको पनि अधिबक्ता खडकाको भनाई छ ।
प्रावधिक नापजाँच उपसमिति वनाएर अध्ययन गर्दा प्रतिवादीहरुको हस्ताक्षर नलिएको, तत्कालिन समयमा आफु अनुकुल समिती बनाएको जस्ता कारणले मुद्दा कमजोर भएको कानुन व्यवसायीहरुले तर्क गरेका छन ।
नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीसगँ यसअघि कुरा गर्दा नगरको सम्झौताभन्दा बढी उत्तखन्न भएको राजस्व उठाउन आफू प्रतिबद्ध भएको बताए तर मुद्दा हालेको २ बर्ष वितिसक्दा पनि यति ठूलो रकमको बिषयमा चासो नदिए जस्तो देखिनु दुखद भएको स्थानियहरुले बताउन थालेका छन । न्युज कारखाना
हेमन्त केसी,सुर्खेत, १२ कात्तिक ।
मुगुकाे छायाँनाथ रारा नगरपालिका–६ मन्दुमा हत्या गरिएका चारैजनाको शवको पोस्टमार्टम आइतबार हुने भएको छ। मुगुका प्रहरी प्रमुख, नायब उपरीक्षक वीरेन्द्र थापाले गाउँबाट शव उठाएर सदरमुकाम गमगढी ल्याएको र आइतबार नै पोष्टमार्टम गर्न लागेको जानकारी दिए।
छायाँनाथ रारा नगरपालिका–६, का वडाध्यक्ष खेमबहादुर रावलका अनुसार श्रीदेवीका श्रीमान दीपक घर आइसकेपछि शव उठाइएको हो। कतारमा रहेका दीपक घटना घटेपछि शुक्रबार साँझ नै कतारबाट हिँडेका थिए। उनी काठमाडौंबाट नेपालगञ्ज विमानस्थल र त्यहाँबाट जहाजमै शनिबार बिहान ११ बजे घर पुगेका थिए।
शुक्रबार मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र छोरा ११ वर्षीय मनोज, छोरी ८ वर्षीया अप्सरा र छोरा ८ महिनाका रहरको शव घरभित्रै फेला परेको थियो। धारिलो हतियार प्रयोग गरी उनीहरुको हत्या भएको प्रहरीको अहिलेसम्मको अनुसन्धानले देखाएको छ।
मृतक श्रीदेवी छोराछोरीसहित ७ गते नै दशैँको टीका थाप्न माइती गाउँ कोटिल्ला गएकी थिइन्। माइतीबाट टीका लगाएर उनी ८ गते बेलुका नै घर फर्किएकी थिइन्। सोही राति सामूहिक हत्या गरिएको बताइएको छ।
घटना ८ गते बुधबार साँझ नै घटे पनि प्रहरीलाई भने शुक्रबार बिहान ११ बजे मात्रै खबर भएको थियो। गाउँलेले बिहीबार बिहानैदेखि घर बाहिर ताला लगाएको देखेका थिए। शुक्रबार बिहान पनि ताल्चा लगाइएको देखेपछि स्थानीयले सोधिखोजी गरेका थिए। माइतीले फर्किसकेको बताएपछि उनीहरूले घरको ताला फोडेका थिए।
घरभित्र चारैजना मृत अवस्थामा भेटेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए। कुकुर सहितको अनुसन्धान टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ भने प्रदेश प्रहरी कार्यालयको अनुसन्धान विशेष टोली पनि अनुसन्धानमा सक्रिय छ।
दाङ, ११ कार्तिक ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनवाट बाहिर निस्कन कांग्रेसलाई सुझाव दिएका छन् ।
वर्तमान सरकारको गलत रवैयाका कारण मुलुक संकटमा फसेको टिप्पणी गर्दै महासचिव पोखरेलले कांग्रेस गठबन्धनबाट बाहिर निस्केर देशको हितमा लाग्नु पर्ने जनाएका हुन् ।
प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले दलालहरुको पहुँच सरकारको नेतृत्व गरेका शयनकक्षसम्म पुगेको र मुलुकको अर्थतन्त्र डमाडोल भईसक्दा पनि कांग्रेस गठबन्धन भनेर बसेको आरोपसमेत लगाएका छन् ।
उनका अनुसार पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको बर्तमान सत्ता गठबन्धन तस्करको इशारामा चलिरहेकाले मुलुकको सर्बोपरी हितमा काम गर्न सक्ने अवस्थामा छैन ।
‘सरकार माफियाका पछाडि लाग्दा मुलुकको अर्थतन्त्र कमजोर भयो । सरकारले अबैधानिक अर्थतन्त्रलाई प्रोत्साहन र बैधानिक अर्थतन्त्रलाई दुरूस्सहान गरेकाले अर्थतन्त्र बलियो हुन सकेको छैन्’ उनले भने ।
सत्ता गठबन्धनबाट तत्काल बाहिरिन कांग्रेसलाई सुझाव दिएका पोखरेलले गठबन्धनबाट बाहिरिन ढिलाई गरे गठबन्धनसँगै काँग्रेसको भविष्य समाप्त हुने उनको दाबी छ ।
‘काँग्रेस जसरी अहिले एक्लै बलियो बन्ने आँट गरेको छैन् । यदि यो गठबन्धन छाड्ने आँट गरेन भने काँग्रेस पनि गठबन्धन सँगसँगै समाप्त हुन्छ,’ उनले भने ।
हेमन्त केसी सुर्खेत, ११ कार्तिक ।
मुगुको मुन्दु गाउँस्थित एकै परिवारका चार जनाको हत्या भएको घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको छ ।
जिल्लाको छायाँनाथ रारा नगरपालिका–६ को मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्या भएको थियो ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षकको नेतृत्वमा कर्णाली प्रदेशको सुर्खेत कार्यालयबाट एक वटा तालिम प्राप्त कुकुरसहित तीन जना प्रहरी सायक निरीक्षकको टोलीसहित अनुसन्धानका लागि घटना स्थलमा आइपुगेको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले घटनामा संलग्न व्यक्ति नउम्किउन् भनेर प्रहरीले सतर्कता अपनाएको बताए । उनका अनुसार घटना संलग्नहरू भाग्न सक्ने सम्भावित नाकाहरूमा निगरानी बढाइएको छ ।
घटनाको जानकारी प्राप्त भएलगत्तै प्रदेश कार्यालयको समन्वयमा तालिम प्राप्त कुकुरसहितको टोली घटनास्थलमा कुकुरको सहयोगमा सूक्ष्म अनुसन्धान सहयोगमा घटनाको सूक्ष्म अनुसन्धान हुने उनको भनाइ छ ।
परिवारका सबै सदस्यको शव घर भित्रनै फेला परेको छ । उक्त परिवारका एक जना दीप बहादुर बोहरा भने जोगिएका छन । उनी वैदेशिक रोजगारीका लागि कतारमा गएकोले ज्यान जाेगिएकाे प्रहरीले बताएको छ ।
आठ महिने नाबालक रहर बोहरासहित चार जनाको हत्या भएको हो । २७ वर्षीया आमा श्रीदेवी बोहरा, छोरी ११ वर्षीया मनहरा बोहरा र सात वर्षीया अप्सरा बोहरा घरभित्रै मृतक अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।