बिराटनगर, १८ कार्तिक ।
कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।
मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई सरकारमा समेटे पछि एमाले कोशी सरकारबाट बाहिरिएको हो ।
आफनो पार्टीको बिरोध र असहमतिको बाबजुद पनि हिजो शुक्रबार माओवादीका गणेश उप्रेती र समाजवादीका कमलप्रसाद जबेगुलाई मन्त्री बनाए पछि आजबाट एमाले सरकारबाट बाहिरिएको हो ।
शनिबार बिहान एमालेबाट कार्की मन्त्रीपरिषदमा मन्त्री रहेका एमाले संसदीय दलका उपनेता राम रानाले राजीनामा दिएसँगै एमाले सरकारबाट औपचारिक रुपमा बाहिरन पुगेको हो ।
मुख्यमन्त्री कार्कीले मन्त्रीमा नियुक्त गरे लगत्तै प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबार साँझ नवनियुक्त मन्त्रीद्धयलाई शपथग्रहण गराएका थिए । उनीहरूको जिम्मेवारी भने तोकिएको छैन ।
धनगढी, १८ कार्तिक ।
सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट भूकम्प प्रभावितलाई राहतको लागि एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
शनिबार बसेको आकस्मिक मन्त्रिपरिषद बैठकले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितलाई एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री कमलबहादुर शाहका अनुसार गएराति जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको कारण ठुलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सहयोग गर्ने निर्णय गरिएको बताए ।
उनका अनुसार प्रदेश सरकारले कर्णाली प्रदेश सरकारलाई सहायता पुग्ने गरी तत्काल रु १ करोड प्रदान गर्ने तथा स्वास्थ्य सामाग्रीसहित २० जनाको चिकित्सक टोली आजै भुकम्प प्रभावित क्षेत्रमा पठाउनेसमेत निर्णय गरेको छ ।

काठमाडौं, १८ कार्तिक ।
राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट केन्द्रविन्दु भएर गए राति गएको भूकम्पबाट भएको मानवीय र भाौतिक क्षतिले आफू मर्माहत भएको बताएका छन ।
राष्ट्रपति पौडेलले विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैलाई अपिल समेत गरेका छन ।
राष्ट्रपति कार्यालयका अनुसार जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ ।
अहिलेसम्म मृत्यु हुनेको संख्या १३० नाघेको जनाइएको छ ।

पर्सा १७ कार्तिक
जनता समाजबादी पार्टी नेपाल को बृहत पार्टी प्रबेश कार्यक्रम पर्साको कालिकामाई गाँउपालिका वडा नं २ भेडियारीमा भएको कार्यक्रम मा बिभिन पार्टी परित्याग गरि सयौ को संख्या मा पार्टी प्रबेश गरेका छन। जसपा नेपाल कालिकामाई गाउँपालिका कमिटि ले अायोजना गरेको कार्यक्रम मा कांग्रेस, नेकपा एस , लोसपा, लगायत ले जसपा नेपाल मा प्रबेश गरेका छन। जसपाले आयोजना गरेको पार्टी प्रबेश कार्यक्रममा संजय साह कानु,मोतिलाल साह, तबरेज खा, लालमहमद गदि, सुबास साह कानु, अबास मिया, मनइ पासवान, प्रदिप पसवान, सीता देवि, हिरामती देवी, मुनि देवि, माया देवि, रमिता देवि, सुनील साह तेली , सुनिल साह कानु, हरिकिशोर पासवान, लालमहम्मद राउत लगायतका सयौ को संख्या मा पार्टी प्रबेश गरेका छन। जसपाका गाँउ ईकाइ अध्ध्यक्ष तैयब खाँ को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी समेत रहेका मधेस प्रदेश सरकारका उर्जा,सिंचाइ तथा खानेपानी मन्त्री सिंहासन साह कलवारले नवप्रवेशीहरुलाई अबीर टीका लगाएर पार्टीमा स्वागत गरेका छन। कार्यक्रममा जसपाका केन्द्रिय सदस्य फिरोज मन्सुर, जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव, जिल्ला सचीव तबरेज अहमद, जिल्ला कार्याकारिणी समिति सदस्य इन्द्रासन साह कलवार, श्यामबाबु चौरसीया, कालिकामाइ गाँउपालिकाका जसपा अध्यक्ष दिनेश साह कलवार, कालिकामाइ गाउँपालिकाका अध्यक्ष बशिष्ट कुमार गुप्ता वडाध्यक्षाहरु लालबाबु चौरसिया, जयनारायण कुर्मी संजय पटेल, मन्त्रीका स्वकिय सचिव सचिन सिंह , गाउँपालिका सलाहकार अारमान खाँ, लगायतको सहभागीता रहेको थियो । कार्यक्रम संचालन रामबालक चौरसिया ले गर्नु भएको थियोे ।
राजेन्द्र महतो सिरहा १७ कार्तिक ।
सिरहामा प्रहरीले लागू औषध सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने मा त्रियुगा नगरपालिका वडा नं. ११ का ३३ बर्शिय सन्तोष चौधरी रहेका छ्न। जिल्ला को भगवानपुर गाउँपालिका वडा नं. ०१ भगवानपुर स्थित हुलाकी मार्गमा अ.प्र.पोष्ट भगवानपुर सिरहाबाट प्र.स.नि. मुना साहको कमाण्डमा खटिएको चेकिङ टोलीले पश्चिमबाट पुर्वतर्फ जादै गरेको स ९ प ८२५१ नं.को मोटरसाईकल लाई शंका लागी चेकजाँच गर्ने क्रममा चौधरीले मोटरसाईकलको सिट मुनि कालो प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेकोDIALEX-DC लेखिएको– १ बोतल,फेनरगन लेखिएको ३० एम्पुल,डाईजेपाम लेखिएको ३० एम्पुल ,ब्रुफेनोरफिन लेखिएको ३० एम्पुल लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। लागूऔषध र मोटरसाईकल सहित निज चौधरी लाई नियन्त्रणमा लिई ई.प्र.का. लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ

राैतहट,कार्तिक १७ गते ।
राैतहटमा करेन्ट लागेर महिलाकाे मृत्युु भएको छ । कटहरिया नगरपालिका–५ बहादुरपुर टाेल बस्ने बिजय साहकाे श्रीमती अन्दाजी ४० वर्षीया अनिता देवीको करेन्ट लागेर शुक्रबार अपरान्ह मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय गरूडाका प्रहरी प्रमुख ओमप्रकाश खनालले दिएको जानकारी अनुसार उक्त महिलाले आफ्नै घरको चापाकलमा जाेडिएकाे पानी तान्ने माेटरमा अचानक करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतककाे शवलाई पोस्मार्टमका लागी प्रदेशिक अस्पताल गौर पठाईएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
कार्तिक १८ गतेके ,रौतहट ।
रौतहटको कटहरीया नगरपालिका ४ बलरामपुरमा धान कुट्ने मिल भएको एक घरमा आगलागी हुँदा १० लाख भन्दा बढीको क्षति भएको छ । आगलागीका कारण ६ चौपायाको जलेर मृत्यु भएको छ।स्थानीय गनिलाल साह तेलीको घरमा गए राति १२ बजे आगलागी भएको थियो। आगलागी बाट घर, ३ वटा भैँसी, ३ वटा खसी बाख्रा जलेर मरेका छन् भने एउटा मोटरसाइकल, विद्युतीय मोटर, मिलको पार्टपुर्जा जल्दा १० लाख बढीको क्षति भएको अनुमान गरिएको छ । आगो निभाउने क्रममा घरधनी गनिलाल साह घाइते भएका छन्। आगलागीको कारण भन्ने खुल्न सकेको छैन। राताेपाटी
हेमन्त केसी,सुर्खेत ,१७ कात्तिक ।
योजना माग गर्दा नै उपभोक्ता समिति गठन गरेर भागवण्डा हुने गरेको छ ।
मुख्य राजनीतिक दलका नेताहरुको मिलेमत्तोमा एक, एक जना प्रतिनिधि पठाएर योजना पास नहुँदै उपभोक्ता समिति गठन हुने गरेको हो ।
मुख्य नेताले योजना पठाउनु भन्दा अगाडी निश्चित रकमको चाँजोपाजो मिलाएर सोही अनुसारको उपभोक्ता समिति निर्माण हुने गरेको छ । प्रदेश तथा स्थानीय सरकारबाट पठाएका अधिकांश योजानाहरुमा योजना पर्ने अघि नै उपभोक्ता समिति निर्माण गरि मोलमोलाइ हुने गरेको छ । प्रदेश तथा स्थानीय सरकारले योजना निर्माण गर्दा बस्ती स्तरबाट छनोट गरि पठाएको योजनाहरु प्राथमिकतामा राखेर बजेट बिनियोजन गर्नुपर्ने प्रावधान रहेपनि त्यसलाइ ठाँडै अस्वीकार गरेर नेता तथा कार्यक्रताले खल्तीमा टिपेर पठाएका योजनाहरु नयाँ बजेटमा समावेश गरेर पठाउदा अधिकांश कामहरु अधुरा तथा कार्यान्वनमा समस्य हुँदै आएको छ ।
त्यसको उदहारणको रुपमा केही दिन अघि जाजरकोटको नलगाड नगरपालिकाको उखाले तल्लु सडकमा स्थानीय तहले बनाएको सडकलाई प्रदेशबाट बजेट पठाएर एउटै सडक दुइ ठाउँमा देखाएर रकम हिनामिना गरेको पाइएको थियो । उक्त कुराको समाचार प्रकाशित भएपछि भौतिक पूर्वाधार विकास कार्यालय जाजरकोटले उपभोक्ताबाट रकम फिर्ता लिएको थियो । स्थानीय तहले प्रदेशबाट रकम माग गरि पठाएको योजनामा बजेट बिनियोजन नभई पार्टी कार्यकर्ताले पठाएको योजनामा बजेट पर्दा भारी समस्य आइरहेको प्रदेश स्थित मन्त्रालयका योजना महाशाखाका कर्मचारीहरु बताउँछन् । मन्त्री तथा सचिवालयको दबाबमा काम गर्नै पर्ने भएकाले आफूहरुले केही गर्न नसक्ने मन्त्रालयका कर्मचारीहरु बताउँछन् ।
अहिले योजना कार्यान्वन गर्ने सयममा प्रदेश तथा स्थानीय तहका कर्मचारीहरु दशै विदामा गुम्न गएको फर्कीएको अवस्था छैन । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले कात्तिक महिना भित्र योजनाको सम्झौता, बोलपत्र लगायतका काम सक्न दिएको निर्देशन ४० प्रतिशत पनि कार्यान्वन हुन सकेको छैन । कर्मचारीहरु कार्यालयमा नबस्नुका साथै विना अध्ययनका योजनाहरु प्रदेशबाट स्वीकृत भएर आएका कारण काममा ढिला हुने गरेको प्रदेशका जिल्ला स्थित कार्यालयले बताउँदै आएका छन् ।
त्यस्तै स्थानीय तहमा प्रदेशले पठाएका अधिकांश योजनाहरुको डिपिआर नै निर्माण नभएका कारण काम सम्झौता तथा निर्माणमा ढिलाई भइरहेको छ । योजना माग गर्दा डिपिआर फाइनल गरेर मात्र योजना स्वीकृत हुनुपर्ने भएपनि सो कुरा कार्यान्वन नभई नयाँ योजना स्वीकृत भएर आएपछि थप वर्षेनी समस्य थपिँदै आएको छ । यो कर्णाली प्रदेशका सबै जिल्लामा समस्य रहेको छ । सदरमुकाममा रहेका कार्यालयको जिल्ला प्रशासन कार्यालयले कन्टोल गरेपनि स्थानीय तहमा रहेका कर्मचारीहरु कन्टोल बिहीन अवस्थामा रहेका छन् ।
अधिकांश ठाउँमा निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका कारण कर्मचारी कन्टोल बाहिर गएको देखिएको छ । स्थानीय तथा प्रदेशबाट पठाएका योजनाहरु समेत नेता, जनप्रतिनिधिले जसलाई उपभोक्ता समिति नबाउने भनिएको छ , उसैलाई नै मुख्य पदमा उपभोक्ता समिति छनोट हुने गरेका छन् । योजना माग्नका लागि जिल्ला स्थित कार्यालयमा निवदेन दिनु पर्नेमा सिधै दलका नेताहरु पहुँचको भरमा प्रदेश र संघमा गई योजनाको नाम टिपाउने गरेको पाइएको छ । प्रदेश ,स्थानीय तह , र संघका कार्यालयले के कति काम गरेको छ भन्ने सम्मको समन्वय नहुँदा योजनाहरु डवल पर्ने गरेका छन् । भनसुनको भरमा आएका योजनाले काम गर्न मुस्किल बनाएको कर्मचारीहरु बताउँछन् । सुरुमै योजना पिच्छे कमिसन उठाएर पठाएका योजनाले गाउँमा उपभोक्ता समिति गठनमा सधै किचलो हुने गरेको कर्मचारीहरु बताउँछन् ।
आवश्यकता भन्दा पनि पहुँचको भरमा योजना निर्माण हुँदा समस्य हुने गरेको छ । सत्तामा भएका दलका नेताहरु खुसी हुने तर प्रतिपक्षमा हुने दलका कार्यक्रताहरु दुखी हुने गरेका छन् । उपभोक्ता समिति निर्माण गर्न नै बिबादले महिनौ दिन सम्म ढिला हुने गरेको तथ्य समेत रहेको छ । स्थानीय तहमा कार्यान्वयन हुने योजनाहरु उपमेयर तथा उपध्यक्षको नेतृत्वमा अनुगमण समिति बनाएर अनुगमनमा हुने गरेको छ । योजना आफैँ दिने अनि योजनाको आफैँ अनुगमण गर्दा आफैँ धामी, आफैँ बोक्सी झै भएको सर्बसाधारणको तर्क रहेको छ ।
स्थानीय तहले योजना अनुगमण गर्दा स्थानीय सरोकारवाला तथा जिल्ला समन्वय समितिलाई नै बाइपास गर्दै आएका छन् । केही समिति अगाडी जाजरकोटका जिल्ला समन्वय समितिका प्रमुख कालीबहादुर खत्रीले आफूहरुको भूमिका जिरो भएको बताएका थिए । उनले पत्रकार सम्मेलन गरि स्थानीय तह , प्रदेश सरकार मनपरी चलिरहेको समेत आरोप लगाएका थिए ।
बिशाल बस्नेत,महोत्तरी, १६ कार्तिक ।
महोत्तरीको पाटुमा भेटिएको मध्यपाषण युगको हतियार कारखानावारे पुरातत्वविदहरुले चासो देखाएका छन् ।
पुरातत्वविद प्रकाश दर्नालले गुड्रन कर्विन्सले पत्ता लगाएको हतियार कारखानाको थप अनुसन्धान र खोजी गरि संरक्षित क्षेत्र घोषण गर्नुपर्ने बताएका छन् ।
कर्विन्सले १९८५ मा बर्दिवास-३ स्थित पाटुमा फेला पारेको १० हजार बर्ष पुरानो हतियार कारखाना पुरातत्विक सम्पदाको हिसावले महत्वपूर्ण भएको बताउदै स्थानिय सरकारले विशेष चासो दिनुपर्ने उनकाे सुझाव छ । लामो समयदेखी पुरातत्विक सम्पदाका कै क्षेत्रमा कलम चलाउदै आएका गोबिन्द न्यौपानेले स्थानिय सरकारको पहलकदमलाई नै जोड दिएका छन ।
कार्विन्सले आफ्नो किताब (प्रिहिज्टोरिक कल्चर्स इन नेपाल भोलम १, पुष्ट २३९, सन २००७) मा अहिलेको पाटु र रातु नदी वरपरको मानव सभ्यता १० हजार वर्ष पूरानो भएको उल्लेख गरेकी थिईन । यसका लागि उनले सन् १९८५ को दशकमा १० वर्ष लगाएर पाटुको अध्ययन गरेकी थिइन् । रातो माटोले पुरिएको अवस्थामा हजारौ मध्य पाषण युगका हतियारहरु भेटिए पछि यो नै मध्यपाषण युगको हतियार कारखाना भएको उनकाे निष्कर्षमा थियो ।
पछिल्लो समय स्थानिय पत्रकारहरुले यसकाे बिषयमा थप खोजी गर्न थालेपछी चर्चा चुलिदै गएको छ । पाटुमा फेला परेका केही हतियारहरुलाई राष्ट्रिय पुरातत्विक केन्द्रमा पनि संग्रहित गरिएको छ । तर चुरे दोहन र उत्तखननका कारण कर्विन्सले पत्ता लगाएका हतियारहरु नै हराउन सक्ने खतरा बढेको छ ।
स्थानियहरुको अतिक्रमण, ट्याक्टर व्यवसायीहरुको नदिजन्य पदार्थको उत्खननजस्ता समस्याहरुले थप संवेदनशीलता अपनाउनुपर्ने स्थानियह बताउँछन् । समाचारको माध्यमवाट प्रचार प्रसार भएपछि यसकाे थप खोजीमा जुटेका केही स्थानियहरुले उत्खननका कारण यो पुरातत्विक सम्पदा नै जोखिममा रहेको गुनासो गरेका छन् । केही हतियारका अवशेष समेत संकलन गरेर राखेका स्थानिय रमेश खत्री ट्याक्टरहरुले त्यस्ता अनौठा ढुंगाहरु उठाउने गरेको बताउँछन् ।
अविलम्ब यो ठाउँलाई सुरक्षित गरि पुरातत्विक सम्पदाको जगेर्ना गर्न स्थानियहरुले जनप्रतिनिधिहरुसँग माग समेत गरेका छन् । ठाउँको पहिचान गरि उक्त क्षेत्रलाई संरक्षित क्षेत्रको रुपमा घोषणा गर्नुपर्ने उनीहरुको सुझाव छ । न्युज कारखाना