काठमाडौं, ७ माघ ।
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला चार सय रूपैयाँ बढेको हो।
आइतबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८५० रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ४५० रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मूल्य भने घटेको बढेको छ।
आइतबार चाँदी प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला १३ सय ९५ रूपैयाँमा कारोबार भएको थियो ।न्युजका्रखाना
काठमाडौं, ७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन ।
युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलनको उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भएर प्रचण्ड आज विहान स्वदेश फर्केका हुन ।
युगान्डाबाट उनी नेपाली समयानुसार बिहान २ः४५ बजे कतारको दोहा अवतरण गरेका प्रधानमन्त्री प्रचण्ड भर्खरै त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा अबतरण गरेका हुन ।
सो सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड गत बुधबार युगान्डाको राजधानी कम्पला पुगेका थिए।
स्वदेश फर्केलगत्तै प्रधानमन्त्रीले जारी गरेकाे बक्तब्यकाे पुर्ण पाठः
सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ’प्रचण्ड’ युगाण्डाको कम्पालामा सम्पन्न भएको असंलग्न आन्दोलनको १9औं शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्किनुहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग हुने संवादका लागि तयार गरिएको प्रेस नोट
सञ्चारकर्मी मित्रहरू,
1. असंलग्न आन्दोलनको उन्नाइसौं शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्वगरी म आज स्वदेश फर्किएको छु। मेरो नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री माननीय श्री नारायण प्रकाश साउद, परराष्ट्र सचिव श्री सेवा लम्साल, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि श्री लोक बहादुर थापा लगायत परराष्ट्र मन्त्रालयका उच्च पदाधिकारीहरू समावेश हुनुहुन्थ्यो। म यही २०80 माघ 04 गते काठमाडौंबाट युगाण्डाको राजधानी कम्पालातर्फ प्रस्थान गरेको कुरा यहाँहरुलार्इ विदितै छ। यस सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट जारी प्रेस विज्ञप्ति प्राप्त गर्नु भएकै छ।
2. म युगाण्डाको कम्पाला पुग्दा त्यहाँको विमानस्थलमा युगाण्डाका Hon. Esther D. Anyakun, Minister of State for Relief, Disaster Preparedness and Refugees of Uganda, नेपालका परराष्ट्रसचिव श्री सेवा लम्साल र अन्य उच्च पदाधिकारीहरूले स्वागत गर्नुभएको थियो।विमानस्थलमा सांस्कृतिक झाँकीसहितको स्वागत पाउँदा युगाण्डामा नेपाल र नेपाली सम्मानित भएको महसूस गरें।
3. कम्पालामा रहँदा म मिति २०80 माघ 05 गते असंलग्न आन्दोलनको १9औं शिखर सम्मेलनको उद्घाटन समारोहमा सहभागी भएँ। उद्घाटन समारोहमा आन्दोलनका निवर्तमान अध्यक्ष अजरबैजान, आयोजक राष्ट्रका राष्ट्रपति एवं नवनिर्वाचित अध्यक्ष साथै संयुक्त राष्ट्रसंघको महासभाका अध्यक्षले सम्बोधन गर्नु भएको थियो। शिखर सम्मेलनलाई नेपाली प्रतिनिधिमण्डलको नेता तथा नेपालका प्रधानमन्त्रीको हैसियतमा मैले सम्बोधन गरें। मेरो सम्वोधनको पूर्णपाठ यहाँहरूले परराष्ट्र मन्त्रालयको वेबसाइट र इमेलमार्फत समेत तत्कालै पाइसक्नुभएको छ।
4. यस शिखर सम्मेलनको उच्चस्तरीय संवादको विषय “Deepening Cooperation for Shared Global Affluence” राखिएको थियो। यहाँहरूलाई थाहा नै छ, सन् १९५५ मा इण्डोनेसियाको बाङडुङमा सम्पन्न एशिया-अफ्रिका सम्मेलनबाट पारित १० सिद्धान्तहरू नै असंलग्न आन्दोलनको सैद्दान्तिक र दार्शनिक आधारशीला हुन्।नेपाल असंलग्न आन्दोलनको संस्थापक राष्ट्रमध्ये एक हो। हामी सन् १९५५ मा बाङडुङ सम्मेलनमा सहभागी राष्ट्र मध्ये एक हौं। स्थापना कालदेखि नै असंलग्न आन्दोलनका सबै शिखर सम्मेलनमा नेपालले उच्चतम तहमा प्रतिनिधित्व गरी आफ्नो स्वतन्त्र दृष्टिकोण प्रस्तुत गरीआएको छ। असंलग्नता र यसका सिद्धान्तहरू नेपालको परराष्ट्र नीतिको आधारभूत मान्यताका रूपमा रहीआएका छन्। यसैका आधारमा अन्तर्राष्ट्रिय रूपमा जटिल परिस्थितिहरूका बाबजुद हामीले सबै अवस्थामा मौलिक दृष्टिकोणका साथ स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरी आएका छौं।
५. मेरो सम्बोधनमा, करिब सात दशक अगाडि दुर्इ महाशक्तिबीचको असहज शीतयुद्धको माहोलमा एशिया र अफ्रिका महादेशका नेताहरूले अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनका आधारभूत मूल्यहरू बाङडुङ सम्मेलनमार्फत प्रतिपादन गरेको स्मरण गर्दै यो असंलग्न आन्दोलनले कैयौ मुलुकहरुको राजनीतिक स्वतन्त्रताको अभिवृद्धि, औपनिवेशिकताको अन्त्य र सार्वभौमसत्ताको संरक्षण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरालार्इ जोड दिएँ। त्यसैगरी, असंलग्न आन्दोलन आपसी सहयोगलाई प्रगाढ बनाउने थलो हो। यसबाट आपसी सहयोग तथा समझदारी अभिवृद्धि गरी विश्वव्यापी समृद्धि हासिल गर्ने प्रयास गर्नुपर्नेमा जोड दिएँ।
६. नेपालले सार्वभौम समानता, आपसी सद्भाव, आपसी लाभ र द्वन्द्वको शान्तिपूर्ण समाधानको आधारमा सन्तुलित र स्वतन्त्र परराष्ट्र नीति अवलम्वन गर्दछ। असंलग्न आन्दोलनका सिद्धान्तहरु र यसका मूल्य तथा मान्यता हाम्रा लागि महत्वपूर्ण हुनुका साथै परराष्ट्र नीतिको एक आधारभूत सिद्वान्त रहेको उल्लेख गर्दै यसको परिपालनाले शान्ति, मेलमिलाप र समृद्ध विश्व प्राप्त गर्न मार्गनिर्देश गरिरहेको स्पष्ट पारें। यस आन्दोलनले हामीहरूबीच आपसी सद्भभाव, सहयोग तथा सहकार्य अभिवृद्धि गर्नुका लागि अन्तर्राष्ट्रियस्तरमा मान तथा प्रतिष्ठा बढाउन योगदान गरी रहेको जनाएँ।
७. कोभिड महामारी पश्चात् आर्थिक पुनरोत्थानले यथोचित गति लिन सकेको छैन। सन् २०१९ मा बाकुमा भएको १८औं सम्मेलनयता कोभिड-१९ को कारण विश्वले मृत्यु, अभाव तथा बञ्चितिकरण, विस्थापन लगायतका चुनौतीहरूको सामना गर्नु परेको तथा हाल बढिरहेको भू-राजनीतिक ध्रुवीकरण तथा लडाँइ र जलवायु परिवर्तनको कारण साना तथा विकासशिल राष्ट्रहरू थप मारमा परिरहेको बिषयमा चिन्ता व्यक्त गरें।
८. हाम्रो सम्मानित र मर्यादित जीवनका लागि आवश्यक दिगो विकासका लक्ष्यहरुको प्राप्ति असम्भवप्रायः देखिएको छ।नेपाल आफै अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहे पनि विभिन्न बहुआयामिक चुनौतीहरुको भुमरीमा परेको छ। अतिकम विकसित मुलुकहरुलार्इ विकास साझेदारहरुको बलियो साथ र सहयोगको आवश्यकता रहेको परिप्रेक्ष्यमा असंलग्न आन्दोलनले दिगो विकासका लक्ष्यहरू २०३०, पेरिस सम्झौता र अन्य अन्तर्राष्ट्रिय रुपमा सहमति भएका विकासका लक्ष्यहरु समयमै हासिल गरी विश्वका विकासोन्मुख मुलुकहरुको आर्थिक विकास र समृद्वि प्राप्त गर्नका लागि जोड दिनु पर्दछ भन्ने बिषय जोडदार रूपमा उठाएको छु।
९. त्यसैगरी विश्व आर्थिक तथा वित्तीय संरचनालार्इ विकासोन्मुख मुलुकहरुको आर्थिक उन्नतिका लागि आवश्यक आर्थिक स्रोत सुनिश्चितता हुने गरी सुधार गरिनुपर्ने तथा संयुक्त राष्ट्रसँघ लगायत अन्तर्राष्ट्रिय व्यापार संरचना पनि विकासोन्मुख देशहरूको हित अनुकूल हुने गरी सुधार गर्न असंलग्न आन्दोलनले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएँ।
१०. विकसित मुलुकहरुले विकासोन्मुख राष्ट्रहरूलार्इ प्रदान गर्ने वित्तिय प्रतिवद्वता पूरा गर्नै पर्दछ। अन्तर्राष्ट्रिय व्यापारमा सवैको पहूँच र सहभागिता सुनिश्चित गरी यसको फाइदा कम विकसित मुलुकहरुले समेत महसुस गर्न पाउनु पर्दछ।यसर्थ संयुक्त राष्ट्रसङ्घपछिको सबैभन्दा ठूलो प्रतिनिधिमुलक संस्थाका रूपमा असंलग्न आन्दोलनले स्थायित्व र समृद्धिका लागि न्यायपूर्ण भूमिका निर्वाहका लागि अहम् भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको छु ।
११. यस आन्दोलनको सफलताका लागि आपसी सहकार्य र सहयोगको विकल्प छैन। समृद्धि केही मलुक तथा वर्गको मात्रै विशेष अधिकार तथा सुविधाको विषय हुन सक्दैन। प्रत्येक व्यक्ति तथा मुलुकले समानरूपमा समृद्धि हासिल गर्नका लागि हामी अग्रसर हुनै पर्दछ भन्ने कुरालार्इ पनि मेरो संवोधनमा उल्लेख गरेको छु।
१२. शान्तिका दूत गौतम बुद्वले मार्गदर्शन गर्नुभए झैं नेपाल शान्तिपूर्ण सहअस्तित्वको सिद्वान्तमा अटल विश्वास गर्दछ। त्यसैगरी विविधतामा एकता, वसुधैव कुटुम्वकम (The world is one Family) हाम्रा दैनिक जीवन पद्वतिका रुपमा रही आएका छन्। यी मान्यताहरु हाम्रो सामाजिक-सांस्कृतिक मूल्य मान्यताका रुपमा परापूर्वकाल देखि रही आएका छन्।
१३. हिमालयहरु विश्व जनंसख्याको १५ प्रतिशत तथा पृथ्वीको ५० प्रतिशत जैविक विविधताको घर हो। विश्वका जीवित प्राणीहरुका लागि हिमाल अति महत्पूर्ण छ। पर्वतीय मुलुक नेपाल जलवायु परिवर्तनको चपेटामा रहेको छ। त्यसैले हिमाल तथा पर्वतीय पारिस्थितिक प्रणाली र त्यहाँ बसोवास गर्ने मानव समुदायको संरक्षणका लागि नेपालले पैरवी गर्दै आएको बिषयलार्इ यस अवसरमा दोहोर्याउँदै हिमालको आवाजलार्इ समर्थन गर्न समेत आव्हान गरेँ।
१४. असंलग्न राष्ट्रहरूको १९ औं शिखर सम्मेलनले अन्तिम दस्तावेज (Final Document), कम्पाला घोषणापत्र र प्यालेस्टाइन सम्बन्धी घोषणापत्र पारित गरेको छ।कम्पाला घोषणापत्रले अन्तर्राष्ट्रिय शान्ति, स्थिरता, संयुक्त राष्ट्रसंघको सुदृढीकरण, बहुपक्षीयताको प्रबर्द्धन, सार्वभौमिक समानता, स्वतन्त्रता, अहस्तक्षेप, न्यायपूर्ण विश्वव्यवस्था, दक्षिण-दक्षिण सहयोग, आन्दोलनका सदस्यहरूबीच आन्तरिक एकता र सद्भाव, ऐक्यबद्धता, दीगो विकासका लक्ष्य हासिल गर्ने जस्ता विषयहरूमा जोड दिएको छ।
द्वितीय विश्वयुद्धको समाप्तिपछि विश्व व्यवस्था दुर्इ ध्रुवमा विभाजित रहेको परिस्थितिमा स्वतन्त्रता, स्वाधीनता र आर्थिक विकासको पक्षमा तेस्रो धारका रूपमा विकास भएको असंलग्न आन्दोलनको सान्दर्भिकताबारे केही आशंका उत्पन्न भएता पनि असमानता, नवउपनिवेशवाद, भूराजनीतिक द्वन्द, गरिबी जस्ता समस्यायुक्त वर्तमान विश्वमा असंलग्न आन्दोलनको ठूलो भूमिका रहेको कुरामा विमति हुन सक्तैन।
विश्व व्यवस्थालार्इ न्यायपूर्ण, समतामूलक बनाउँदै सबै देशलार्इ स्वतन्त्रता, स्वाधीनता र भौगोलिक अखण्डताको प्रत्याभूती गर्दै विश्वका सबै मानव समुदायले समृद्धि प्राप्त गरी गरीमायुक्त जीवनयापन गर्ने कार्य सम्पन्न गर्न असंलग्न आन्दोलनको महत्व हिजो जति थियो आजपनि त्यत्तिकै रहेको छ।

२०80 माघ 07 गते आइतबार

१५. शिखर सम्मेलनको समापन समारोहमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले सम्बोधन गरी विश्व व्यवस्थालार्इ न्यायोचित, समावेशी र समतामूलक बनाउन असंलग्न राष्ट्रहरुको ठूलो योगदान रहेको उल्लेख गर्दै यसको सान्दर्भिकता अहिलेको विश्व परिवेशमा झनै बढेको बताउनु भयो।सो अवसरमा, युगाण्डाको राष्ट्रपतिले हाम्रा साझा समस्या समाधानमा एकजुट भएर काम गर्न आव्हान गर्नुभयो।
१६. आयोजक मुलुकका राष्ट्रपतिले १९ जनवरीका दिन सहभागी राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको सम्मानमा आयोजना गर्नु भएको State Banquet मा सहभागी भएँ।उक्त अवसरमा विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुसँग संक्षिप्त कुराकानी गर्ने अवसर प्राप्त भयो।
यसै भ्रमणको अवसरमा कम्पाला पुग्दाकै दिनमा नेपाली अवैतनिक वाणिज्यदूतको आयोजनामा त्यहाँ रहेका गैरआवासीय नेपालीहरूसँग छोटो भेटघाट तथा अन्तर्क्रियाको मौका मिल्यो। नेपालीहरूको लागि युगाण्डा तथा अफ्रिका महादेशमा विद्यमान अवसरहरू तथा चुनौतिका बारेमा छलफल भयो।सम्बोधनको क्रममा अवसरहरुको सदुपयोग र समस्याहरूको समाधानका लागि पहल गर्ने बताएँ।
१७. शिखर सम्मेलनको अवसरमा मित्रराष्ट्र श्रीलंकाका राष्ट्रपति महामहिम रणिल विक्रमासिङ्घे (H.E. Mr. Ranil Wickremesinghe) सँग द्विपक्षीय भेटवार्ता भयो। उक्त भेटघाटका अवसरमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भयो। हालै, पहिलो पटक काठमाडौंमा सम्पन्न भएको परराष्ट्रमन्त्री स्तरीय नेपाल-श्रीलंका संयुक्त आयोगको बैठकले गरेका निर्णयहरूलार्इ कार्यान्वयन गर्ने बारेमा समेत छलफल भयो। सार्कलाई गतिशील बनाउन नेपाल र श्रीलंकाले साझा प्रयत्न गर्नेबारे कुराकानी भएको थियो ।
त्यसैगरी, उद्घाटन सत्रका समयमा आयोजक मुलुक युगाण्डाका राष्ट्रपति महामहिम योवरी कागुटा मुसेभेनी (H.E. Gen. Yoweri Kaguta Museveni) सँग संक्षिप्त भेट र छलफल भयो।नेपाल भन्ने बित्तिकै हिमालयको देशबाट आएको भनेर मसँग चासोका साथ कुराकानी गर्नुभयो। मेरो तर्फबाट असंलग्न आन्दोलनको १९ औं शिखर सम्मेलन भव्यतापूर्वक आयोजना गरेकोमा बधाइ दिएँ। सोही अवसरमा भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग पनि भेटघाट तथा कुराकानी भयो। हालै, काठमाडौंमा सम्पन्न परराष्ट्रमन्त्री स्तरीय नेपाल-भारत संयुक्त आयोगको बैठकमा भएका सहमतिहरूलार्इ कार्यान्वयन गर्ने लगायत नेपाल भारत सम्बन्धलार्इ अझ सुदृढ पार्दै लैजाने बिषयमा कुराकानी भयो।
१८. अन्त्यमा, संयुक्त राष्ट्र संघपछि सबैभन्दा धेरै मुलुकहरू सदस्य रहेको र लामो समयदेखि दक्षिणका (global south) मुलुकहरूलाई स्वाभिमान, स्वाधिनता, स्वतन्त्रता र ऐक्यवद्धताको वैकल्पिक मञ्चको रूपमा रही आएको असंलग्न आन्दोलनको १९ औं शिखर सम्मेलन सफलतापूर्वक आयोजना गर्नुका साथै कम्पालामा रहँदा न्यानो र हार्दिक आतिथ्यता प्रदान गर्ने आयोजक मुलुकका राष्ट्रपती H.E. Yoweri Kaguta Museveni तथा विगत ३ वर्ष देखी अध्यक्षको हैसियमा आन्दोलनलाई नेतृत्व प्रदान गर्ने अजरबैजानलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछु। साथै, शिखर सम्मेलनको अवधिमा नेपालको सहभागिता र असंलग्न आन्दोलन बारे समाचार संप्रेषण गर्नुहुने सबै संचारकर्मी मित्रहरूमा हार्दिक धन्यबाद ज्ञापन गर्दछु।
१५. शिखर सम्मेलनको समापन समारोहमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले सम्बोधन गरी विश्व व्यवस्थालार्इ न्यायोचित, समावेशी र समतामूलक बनाउन असंलग्न राष्ट्रहरुको ठूलो योगदान रहेको उल्लेख गर्दै यसको सान्दर्भिकता अहिलेको विश्व परिवेशमा झनै बढेको बताउनु भयो।सो अवसरमा, युगाण्डाको राष्ट्रपतिले हाम्रा साझा समस्या समाधानमा एकजुट भएर काम गर्न आव्हान गर्नुभयो।
१६. आयोजक मुलुकका राष्ट्रपतिले १९ जनवरीका दिन सहभागी राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको सम्मानमा आयोजना गर्नु भएको State Banquet मा सहभागी भएँ।उक्त अवसरमा विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुसँग संक्षिप्त कुराकानी गर्ने अवसर प्राप्त भयो।
यसै भ्रमणको अवसरमा कम्पाला पुग्दाकै दिनमा नेपाली अवैतनिक वाणिज्यदूतको आयोजनामा त्यहाँ रहेका गैरआवासीय नेपालीहरूसँग छोटो भेटघाट तथा अन्तर्क्रियाको मौका मिल्यो। नेपालीहरूको लागि युगाण्डा तथा अफ्रिका महादेशमा विद्यमान अवसरहरू तथा चुनौतिका बारेमा छलफल भयो।सम्बोधनको क्रममा अवसरहरुको सदुपयोग र समस्याहरूको समाधानका लागि पहल गर्ने बताएँ।
१७. शिखर सम्मेलनको अवसरमा मित्रराष्ट्र श्रीलंकाका राष्ट्रपति महामहिम रणिल विक्रमासिङ्घे (H.E. Mr. Ranil Wickremesinghe) सँग द्विपक्षीय भेटवार्ता भयो। उक्त भेटघाटका अवसरमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भयो। हालै, पहिलो पटक काठमाडौंमा सम्पन्न भएको परराष्ट्रमन्त्री स्तरीय नेपाल-श्रीलंका संयुक्त आयोगको बैठकले गरेका निर्णयहरूलार्इ कार्यान्वयन गर्ने बारेमा समेत छलफल भयो। सार्कलाई गतिशील बनाउन नेपाल र श्रीलंकाले साझा प्रयत्न गर्नेबारे कुराकानी भएको थियो ।
त्यसैगरी, उद्घाटन सत्रका समयमा आयोजक मुलुक युगाण्डाका राष्ट्रपति महामहिम योवरी कागुटा मुसेभेनी (H.E. Gen. Yoweri Kaguta Museveni) सँग संक्षिप्त भेट र छलफल भयो।नेपाल भन्ने बित्तिकै हिमालयको देशबाट आएको भनेर मसँग चासोका साथ कुराकानी गर्नुभयो। मेरो तर्फबाट असंलग्न आन्दोलनको १९ औं शिखर सम्मेलन भव्यतापूर्वक आयोजना गरेकोमा बधाइ दिएँ। सोही अवसरमा भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग पनि भेटघाट तथा कुराकानी भयो। हालै, काठमाडौंमा सम्पन्न परराष्ट्रमन्त्री स्तरीय नेपाल-भारत संयुक्त आयोगको बैठकमा भएका सहमतिहरूलार्इ कार्यान्वयन गर्ने लगायत नेपाल भारत सम्बन्धलार्इ अझ सुदृढ पार्दै लैजाने बिषयमा कुराकानी भयो।
१८. अन्त्यमा, संयुक्त राष्ट्र संघपछि सबैभन्दा धेरै मुलुकहरू सदस्य रहेको र लामो समयदेखि दक्षिणका (global south) मुलुकहरूलाई स्वाभिमान, स्वाधिनता, स्वतन्त्रता र ऐक्यवद्धताको वैकल्पिक मञ्चको रूपमा रही आएको असंलग्न आन्दोलनको १९ औं शिखर सम्मेलन सफलतापूर्वक आयोजना गर्नुका साथै कम्पालामा रहँदा न्यानो र हार्दिक आतिथ्यता प्रदान गर्ने आयोजक मुलुकका राष्ट्रपती H.E. Yoweri Kaguta Museveni तथा विगत ३ वर्ष देखी अध्यक्षको हैसियमा आन्दोलनलाई नेतृत्व प्रदान गर्ने अजरबैजानलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछु। साथै, शिखर सम्मेलनको अवधिमा नेपालको सहभागिता र असंलग्न आन्दोलन बारे समाचार संप्रेषण गर्नुहुने सबै संचारकर्मी मित्रहरूमा हार्दिक धन्यबाद ज्ञापन गर्दछु।न्युजका्रखाना
काठमाडौं, ७ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्य निरूपण तथा मेलमिलाप सबन्धी कार्य तत्कालै अघि बढने बताएका छन ।
असंलग्न राष्ट्रहरूको सम्मेलनमा सहभागी भएर युगान्डावाट स्वदेश फर्के लगत्तै प्रधानमन्त्री प्रचण्डले संसद् अधिवेशन आह्वान हुने बित्तिकै टीआरसी विधेयक लगायत अघि बढने बताएका हुन ।
संसदको हिउँदे अधिवेसनवाट नै शान्ति प्रक्रियाका बाँकी काम टुङ्गोमा पुर्याउने प्रधानमन्त्री प्रचण्डले बताएका हुन ।
आइतबार बिहान स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै टीआरसी विधेयक सदन खुल्ने बित्तिकै टुङ्ग्याइने जनाएका हुन ।न्युजका्रखाना
बारा, ७ माघ ।
बाराको निजगढ नगरपालिकामा क्षयरोगका नयाँ बिरामी पहिचान भएका छन् ।
क्षयरोग मुक्त नेपाल घोषणा अभियानअन्तर्गत निजगढ नगरपालिकाको स्वास्थ्य शाखाले गरेको क्षयरोग स्क्रिनिङ्ग क्याम्पमा ४ सय ८७ जनाको परिक्षण गर्दा १८ जनामा क्षयरोग देखा परेको हो ।
लामो समयदेखि लगातार खोकी लाग्ने, साँझपख हल्का ज्वरो र पसिना आउने, खानामा अरुची हुने, शरीरको तौल घटने, छाती दुख्ने र सास फेर्न गाहे हुुने तथा खकारमा रगत देखापर्ने जस्ता समस्या देखिएकाहरुको छातीको एक्स्रे सहित स्क्रिनिङ्ग गरेर रोगको निदान र उपचार गर्न बुधवार निजगढ नगरपालिकाको वडा नम्बर २ सिंगौलमा संचालन गरिएको क्याम्पमा २ जना क्षयरोगका नयाँ बिरामी पहिचान भएका थिए ।

यस्तै बिहीवार वडा नम्बर ११ को रतनपुरमा १० जना र शुक्रवार वडा नम्बर ७ को योजना टोलमा ६ जना नयाँ बिरामी पहिचान भएको छ । नयाँ पहिचान भएका क्षयरोगका बिरामीहरुको उपचार समेत सुरु गरिएको निजगढ नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
यस्तै क्षयरोग स्क्रिनिङ्ग क्याम्पमा ४० जनामा क्षयरोग शंकास्पद रहेका छन् । उनीहरुमा उच्च शंकास्पद औषधि प्रतिरोधी क्षयरोग हुन सक्ने आशंकाले थप परीक्षणका निम्ती जीन एस्पट परिक्षण गराउन पुनः खकार नमुना संकलन गरिएको छ ।
क्षयरोग छ महिना नियमित औषधि सेवन गरे क्षयरोग निको हुन्छ । क्षयरोग पहिचानका लागि कार्यालयले बेला–बेलामा खकार परीक्षण गर्ने गरेको छ । अशिक्षा, अज्ञानता र भौगोलिक कारणले क्षयरोगी उपचारको पहुँचमा आउन नसकेको निजगढ नगरपालिका स्वास्थ्य शाखाका मणिश्वर घिमिरेले बताए । “क्षयरोगी पहिचान गरी उपचारको पहुँचमा ल्याउनुपर्ने विद्यमान चुनौती छ”, स्वास्थ्य शाखाका घिमिरेले भने, “समाजले हेलाको भावनाले हेर्ने गलत मानसिकताका कारण पनि क्षयरोगी बिरामीहरु रोग लुकाएर बस्न बाध्य छन् ।”
सन् २०५० सम्म नेपाल क्षयरोग विहीन बनाउने लक्ष्य छ । यसका लागि क्षयरोगका बिरामी पहिचान गरी उपचार गर्नुपर्ने छ । “उपचारमा नरहेको एक क्षयरोगीले औषतमा दश देखि १५ स्वस्थ्य व्यक्तिलाई रोग सार्न सक्छ”, नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रमेश लामाले भने, “क्षयरोग विहीन नेपाल बनाउनलाई पनि नयाँ क्षयरोगीको पहिचान आवश्यक छ ।”
क्षयरोगका शंकास्पद बिरामीहरुको पहिचान गर्न निजगढ नगरपालिकाले विषेशज्ञ सहित स्वास्थ्यकर्मीहरुको टोलीव्दारा तिनदिन उपचार सेवा क्याम्प संचलन गरेको थियो ।
नेपालमा ८० हजार क्षयरोगी छन् । वार्षिक पाँच हजारदेखि छ हजार ५०० सम्म क्षयरोगका कारणबाट मृत्यु हुने गरेको छ । ४४ हजार नयाँ बिरामी थपिने गरेकामा ३४ हजार बिरामी उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्ने गरेका छन् । १५ देखि ४९ वर्ष उमेर समूहका व्यक्ति क्षयरोगबाट सङ्क्रमित हुने गरेको तथ्याङ्क छ ।न्युजका्रखाना
काठमाडौं, ७ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन ।
युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलनको उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भएर प्रचण्ड आज विहान स्वदेश फर्केका हुन ।
युगान्डाबाट उनी नेपाली समयानुसार बिहान २ः४५ बजे कतारको दोहा अवतरण गरेका प्रधानमन्त्री प्रचण्ड भर्खरै त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा अबतरण गरेका हुन ।
सो सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड गत बुधबार युगान्डाको राजधानी कम्पला पुगेका थिए।न्युजका्रखाना
रौतहट ७ माघ।
नेपाली कांग्रेस मधेश प्रदेशका सभापती र सरकारमा रहेका कांग्रेसका मन्त्री तथा सांसदहरुको अकर्मण्यताको कारण प्रादेशिक अस्पताल गौरको अवस्था पूर्ण रुपमा दयनिय बनेको छ।
प्रादेशिक अस्पतालको सेवा प्रभावित भएको छ भने झण्डै १ दर्जन डाक्टरले महिनौं देखि तलव भत्ता पाउन सकेका छैनन्। अस्पतालमा कार्यरत डाक्टर मध्ये ११ जना डाक्टरले एक सूचना जारिगर्दै आजदेखि आकस्मिक बाहेक अन्य सबै सेवा बन्द गर्ने चेतावनी दिएका छन।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद अनवर हाशमीले शनिवार पत्रकार सम्मेलनको आयोजना गरी प्रदेशका सभापती,मन्त्री र सांसदका कारण अस्पताल अवस्था लथालिङ्ग भएको गुनासो गरेका हुन्।
केहि मन्त्रीहरुले मानवको स्वास्थ्यसँग जोडिएको अस्पताल जस्तो अति संवेदनशील ठाउँमा राजनीतिकारण गरेर अस्पताल कर्मचारीको सरुवामा समेत हस्तक्षेप गरेको कारण अस्पतालको अवस्था नाजुक बनेको अध्यक्ष हाशमीले बताए।
रौतहट क्षेत्र नं १ ‘ख’ का प्रदेश सांसद एवं प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादव, कांग्रेसकै स्वास्थ्य मन्त्री विरेन्द्र सिंह र रौतहट क्षेत्र नं १ ‘क’ का कांग्रेसका प्रदेश सांसद नागेन्द्र साहले अस्पतालमा राजनीति करण गरिरहेको उनले आरोप लगाएका छन् ।
अस्पतालको मेडिकल सुपरिटेन्डेण्ट संजीव कुमार सिंह हुँदा हुँदै मन्त्री कृष्ण यादव र प्रदेश सांसद नागेन्द्र साहको दबावमा स्वास्थ्य मन्त्री विरेन्द्र सिंहले पहिलाका मेडिकल सुपरिटेन्डेण्ट कृष्ण प्रसाद साहलाई पठाएर अनावश्यक विवाद गराएको पत्रकार सम्मेलनमा हासमिले प्रस्ट पारेका छन।
अहिले मेडिकल सुपरिटेन्डेण्ट संजीव र कृष्ण गरी दुई जना कार्यालय प्रमुख कार्यरत छन् र दुवैबीच चर्को विवाद रहेको छ । मेडिकल सुपरिटेन्डेण्ट कृष्ण साहलाई फिर्ता गर्न स्वास्थ्य मन्त्री सिंहलाई पटक पटक आग्रह गरेपनि मन्त्री यादव र प्रदेश सांसद साहको दबावका कारण उनले फिर्ता पठाउन नमानेको अध्यक्ष हासमिले बताए ।
एेनमा प्रदेशमा कर्मचारी नभए मात्र संघको कर्मचारी राख्ने प्रावधान छ । तर एेन बिपरित पहिलादेखि नै कार्यरत मेडिकल सुपरिटेन्डेण्ट सिंह हुँदाहुँदै बलजबरजस्ती संघको कर्मचारी कृष्ण प्रसाद साहलाई टिकाएर राखिएको छ।
संजीव सिंह एघारौ तह र कृष्ण साह दशौ तहका कर्मचारी हुन । सिंह सिनियर कर्मचारी रहेकोले मेडिकल सुपरिटेन्डेण्टको अख्तियारी दिनुपर्ने अध्यक्ष हाशमीको माग छ ।
विवादको कारण अस्पतालमा कार्यरत झण्डै एकदर्जन डाक्टर तलव पाउन नसकेकाले माघ ७ गतेदेखी आकस्मीक सेवा बाहेक अन्य सम्पूर्ण सेवा बन्द गरी
बन्दहडतालमा उत्रने चोतावनी दिइसकेको कारण ठुलो समस्या उत्पन्न भएको उनले बताए ।
डा. कृष्ण प्रसाद साहले विगतका दिनमा अक्सिजन प्लाण्ट खरिदमा लाखौं घोटाला गरेको आरोप लगाउँदै अध्यक्ष हाशमिले त्यसको छानविन हुनुपर्ने माग गरेका थिए।
अस्पताल जस्तो ठाउँमा नेताहरुले राजनीति गर्न थालेका कारण अस्पतालको अवस्था दिनप्रतिदिन कमजोर हुँदै गएको भन्दै माघ ११ गतेसम्म मेसुको विवाद सुल्झाएन भने कडा कदम चाल्न बाध्य हुने प्रादेशिक अस्पताल गौरमा अध्यक्ष अनवर हासमिले चेतावनी दिएका छन।न्युजका्रखाना
काठमाडौं, ७ माघ ।
सभामुख देवराज घिमिरेले आज विषयगत समितिका सभापतिहरूसँग छलफल गर्दै छन् ।
संसद न चलिरहेको अवस्थामा सभामुखले समितिहरूलाइ सक्रिय बनाउन र प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि सभामुख सक्रिय भएका हुन ।
सभामुखका प्रेस बिज्ञ शेखर अधिकारीका अनुसार आज बिहान ११ बजे सभामुखले समिति सभापतिहरूलाई छलफलका लागि आफ्नै कार्यकक्षमा बोलाएका हुन् ।
समितिमा रहेका विधेयकहरूको अवस्था, समितिका गतिविधि, निर्देशन, निर्णय कार्यान्वयनको अवस्था लगायतका विषयमा सभामुखले सभापतिहरूसँग छलफल गर्ने उनले जनाएका छन ।
न्युजका्रखाना
रौतहट ७ माघ।
पुर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले ११ माघको मधेस बन्द सफल बनाउँने निर्णय गरेको छ ।
अध्यक्ष साहको गृह नगर मौलापुरको पतौरा स्थित जवाहर आधारभुत बिधालयमा सनिवार सम्पन्न मौलापुर नगरस्तरीय आईटी आर्मीको भेलाले मधेस बन्द सफल बनाउँने निर्णय गरेको हो।
आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सो भेलालाई सम्बोधन गर्दै बैंकहरुको लुटधन्दा विरुद्धको आन्दोलन कडा हुने बताए । बैंकहरुले लिने मनोमानी व्याज फिर्ता गर्नुपर्ने बताउँदै सर्वसधारणलाई ठग्ने ठगहरुलाई नछोड्ने चेतावनी दिएका छन।

बैंकहरुले मनोमानी लिइरहेको व्याज फिर्ता गर्नुपर्ने, लघुवित तथा सहकारीबाट लिएको कर्जा फिर्ता हुनुपर्ने र सर्वसधारण नागरिकले सहजरुपमा कर्जा नपाएसम्म आन्दोलनका बिभिन्न कार्यक्रम जारी रहने चेतावनी साहले दिएका छन्।
आजपा मधेस प्रदेश कमिटी र बैंक तथा वितिय पीडित संघर्ष समितिले ११ माघमा मधेस बन्दको गर्ने घोषणा गरेको छ । ‘बैंकले लिइरहेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुबित्त तथा सहकारीबाट लिएको कर्जा माफी गर्नुपर्ने, आम जनतालाई सहज कर्जा उपलब्ध गराउनु पर्ने’ लगायतका माग गर्दै आजपाले ११ माघमा मधेश बन्द गर्ने घोषणा गरेको हो ।
भेलामा आजपा महासचिव उपेन्द्र साह, सचिव एवं संविधान सभा सदस्य समिना हुनेस लगायत आइटी आर्मीका हजारौं युवाहरुको सहभागिता रहेको थियो ।
त्यस्तै आमजनता पार्टी निकट आम महिला मोर्चाको केन्द्रीय समितिको बैठक सनिवार रौतहटको मौलापुरमा सम्पन्न भएको छ।
आम महिला मोर्चाको केन्द्रीय समितिको बैठक “महिलालाई राज्यको हरेक तह र निकायमा ५१५ अधिकारको सुनिश्चितताको लागि निर्णायक संघर्ष गर्ने”निर्णय सहित सम्पन्न भएकोछ । मौलापुर पार्क होटलमा बसेको उक्त बैठकको अध्यक्षता मोर्चा अध्यक्ष कुमारी बबिताले गरेकी थिइन्। कार्यक्रममा आजपा महासचिव उपेन्द्र साह, सचिव समिना हुसैन लगायतका नेताहरूको उपस्थितिमा रहेको थियो । उक्त बैठकले “बैकहरुले लिइरहेको मनोमानी ब्याज फिर्ता , लघुबीत तथा सहकारीहरुको सम्पुर्ण ऋण मिनाह तथा आम जनतालाई सहज कार्जा दिलाउनको लागि घोषित माघ ११ गतेको मधेश बन्दलाई सफल पार्ने समेत प्रतिबद्धता व्यक्त गरेकाछन ।
उता मौलापुर पार्क होटलको सभा हलमा आम मुस्लिम मोर्चाको केन्द्रीय समितिको बैठक सम्पन्न भएकोछ । मोर्चाको अध्यक्ष लालबाबु मंसूरको अध्यक्षतामा सम्पन्न उक्त बैठकले मदर्सा ऐन र मदर्सा बोर्ड गठनको लागि निर्णायक संघर्ष गर्ने साथै बैंकिंग लुटको विरुद्ध घोषित माघ ११ गतेको मधेश बन्दलाई सफल पार्ने निर्णय गरेकोछ । बैठकमा मोर्चाको पदाधिकारीहरुको सहभागिता रहेको थियो। न्युजका्रखाना
काठमाडौं, ७ माघ ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आइतबार अमेरिकी डलरको भाउ संगै युरोको भाउ पनि घछेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ६१ पैसा र बिक्रीदर १३३ रूपैयाँ २१ पैसा कायम गरिएको छ ।
अघिल्लो दिनको तुलनामा शुक्रबार अमेरिकी डलरको भाउ ०३ पैसाले घटेको थियो भने आज ११ पैसाले घछेको छ ।
यसअघि शुक्रबार एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ७० पैसा र बिक्रीदर १३३ रूपैयाँ ३० पैसामा कारोबार भएको थियो ।
यसैगरी आज १२ पैसाले घटेर युरो एकको खरिदमा १४४ रूपैयाँ ४० पैसा र बिक्रीमा १४५ रूपैयाँ ०५ पैसा कायम गरिएको छ ।
शुक्रबार भने युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ५२ पैसा र बिक्रीमा १४५ रूपैयाँ १७ पैसा तोकिएको थियो।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको आइतबार खरिददर १६८ रूपैयाँ २२ पैसा र बिक्रीदर १६८ रूपैयाँ ९८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ४६ पैसा र बिक्रीदर ८७ रूपैयाँ ८५ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ४३ पैसा र बिक्रीमा ९८ रूपैयाँ ८७ पैसा कायम गरिएको छ ।
यता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ९६ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४४ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५२ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९५ पैसा तथा बिक्री दर ९ रूपैयाँ ९९ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, आइतबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३८ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५४ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३६ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५२ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ११ पैसा र बिक्रीदर ३६ रूपैयाँ २७ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार २८ रूपैयाँ ११ पैसा र बिक्रीदर २८ रूपैयाँ २४ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ८० पैसा र बिक्रीदर ४३२ रूपैयाँ ७५ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ८२ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ४१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।न्युजका्रखाना
काठमाडौं, ७ माघ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै, देशको तराईका धेरै स्थानहरुमा हुस्सु र केहि स्थानहरुमा कुहिरो लागेको छ।
दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने कोशी,,बाग्मती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै, तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ । न्युजका्रखाना