रियाद, २४ चैत ।
साउदी अरेबियाको सरकारले डब्ल्यूटीए फाइनलमा समलिङ्गी जोडीहरूलाई आफ्नो देशमा कोठा बाँड्न अनुमति दिएको छ।
महिला टेनिस संगठन (डब्ल्यूटीए) ले बिहीबार घोषणा गर्यो कि साउदी अरेबियाले विश्वका शीर्ष आठ खेलाडीहरूको सहभागितामा फाइनल प्रतियोगिता आयोजना गर्ने छ। यो कदमले टेनिसमा साउदी अरबको बढ्दो प्रभावलाई झल्काउँछ। साउदीले २०२४ देखि सुरु हुने तीन वर्षका लागि डब्ल्यूटीए फाइनल आयोजना गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ।
डब्ल्यूटीए भेन्चर्सका प्रमुख कार्यकारी मरीना स्टोर्टीले टेलिग्राफ स्पोर्टलाई भनिन्, ‘हामीलाई साउदी अरेबियामा लिङ्ग वा धर्मको पर्वाह नगरी सबैलाई स्वागत गरिनेछ भन्ने आश्वासन दिइएको छ। यदि त्यहाँ रियादमा समलिङ्गी जोडीहरू छन् र तिनीहरू होटल कोठाहरू साझा गर्न चाहन्छन् भने, उनीहरूलाई त्यसो गर्न अनुमति दिइनेछ।’
‘यसको बारेमा कुरा गर्न गाह्रो छ,’ रियाद टुरमा खुला रूपमा समलिङ्गी खेलाडी डारिया कासत्किनाले भनिन्, जुन विषय गत गर्मीमा पनि आएको थियो। टेनिस लिजेन्ड्स क्रिस एभर्ट र मार्टिना नवरातिलोभाले जनवरीमा वाशिंगटन पोस्टमा लेखेका थिए कि ‘रियादमा प्रतियोगिता आयोजना गर्नु महिलाको खेलका लागि मात्र होइन, महिलाहरूको लागि पनि हानिकारक हुनेछ।’
समलिङ्गीहरूकाे मुद्दामा अनुदार भनेर अालाेचना भए पछि साउदीअरब पछिल्लाे समयमा लचिलाे भएकाे हाे । न्युज कारखाना
लन्डन, २४ चैत ।
बेलायतमा सबैभन्दा ठूलो सुनको डल्ला फेला परेको छ ।
इङ्गल्याण्डमा फेला परेको सबैभन्दा ठूलो सो सुनको डला लिलामीको लागि ल्याइएको छ ।
तर यसको उत्पत्ति रहस्यमा नै रहेको बेलायती सञ्चारमाध्यमले जनाएका छन ।
रिचर्ड ब्रोकले मेटल डिटेक्टर मेसिन प्रयोग गरिरहेका थिए, जब उनले केही समयपछि बहुमूल्य साे धातुको डल्ला भेटाएका थिए । पछि ल्याबमा परिक्षण गरे पछि सो धातु सुनको भएको पत्ता लागेको थियो ।
सो सुनको मूल्य ३० हजार देखी ४० हजार बेलायती पाउन्ड बिचमा तोकिएको छ ।
तर लिलामीमा बेच्न राखिएको भए पनि त्यो अझै बिक्री भने भएको छैन, यद्यपि रिचर्ड ब्रोक अझै पनि सो बहुमुल्य धातुको डल्लु बेचिने आशामा रहेका छन् ।न्युज कारखाना
काठमाडौँ ।
साउदी प्रो लिग अन्तर्गत अल हिलालले आफ्नो अपराजित यात्रा जारी राखेको छ । गएराती सम्पन्न खेलमा अल हिलालले अल खालीजलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
अल हिलालको जितमा माल्कमले २ गोल गरेका थिए भने सालेह अलशेश्री र अब्दुल्लाह अल हामदानले एक एक गोल गरेका थिए ।
त्यस्तै अल खालीजका लागि मोहमद शेरिफले एक गोल गरेका थिए ।
यो जितपछि अल हिलालको २७ खेलमा २५ जित र २ बराबरीसहित अपराजित रहदै ७७ अंक भएको छ र लिगमा शिर्ष स्थानमा छ ।
त्यसैगरी दोस्रो स्थानमा रहेको अल नासर २७ खेलमा ६५ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै अल खालीज भने २७ खेलमा ३४ अंकसहित नवौं स्थानमा रहेको छ ।न्युज कारखाना
काठमाडौँ ।
साउदी प्रो लिग अन्तर्गत अल नासरले डामकलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले डामकलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
अल नासरको जितमा खेलको ९१औ मिनेटमा आयमेरिक लापोर्टेले निर्णायक गोल गरेका थिए । यस अघि लगातार दुई खेलमा ह्याट्रिक गरेका क्रिस्टियानो रोनाल्डो यस खेलमा सब्सटिच्यूटको रुपमा मैदानमा आएका थिए ।
यो जितपछि अल नासरको २७ खेलमा ६५ अंक भएको छ र शिर्ष स्थानमा रहेको अल हिलालभन्दा १२ अंकले पछाडी रहेको छ ।
त्यसैगरी डामकको भने २७ खेलमा ३५ अंक रहेको छ र लिगमा आठौँ स्थानमा छ ।न्युज कारखाना
काठमाडौं, २४ चैत ।
अभियन्ता सुमन सायमीसँग मिलेर तराइ मधेस केन्द्रित नेता राजेन्द्र महतोले काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएका छन् ।
नेवाः राष्ट्रिय परिषदका संयोजक सायमी र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको संयुक्त आयोजनामा काठमाडौंमा आन्दोलन गर्ने भएका हुन ।
आज हुने काठमाडौं केन्द्रित आन्दोलनमा बसन्तपुरवाट सुरू भइ खुल्ला मञ्चमा समापन हुदैँछ । न्युज कारखाना
काठमाडौँ ।
इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा सनराइजर्सले चेन्नईलाई ६ विकेटले पराजित गरेको हो ।
चेन्नईले दिएको १६६ रनको लक्ष्य पछाएको सनराइजर्सले १८.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यस अघि पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउदै १६५ रन मात्र बनाएको थियो ।
यो जितपछि सनराइजर्स हैदरावादको ४ खेलमा २ जित र २ हारसहित ४ अंक भएको छ भने चेन्नईको पनि ४ खेलमा २ जित र २ हारसहित ४ अंक भएको छ । यस अघि दिल्लीसँग हारेको चेन्नईको यो लगातार दोस्रो हार हो ।न्युज कारखाना
न्युयाेर्क, २४ कार्तिक ।
फोर्ब्सले सन् २०२४ का लागि अर्बपतिको सूची सार्वजनिक गरेको छ ।
यस सूचीमा ब्राजिलकी १९ वर्षीया छात्रा लिभिया भोइग्ट विश्वकै कान्छी अर्बपति बनेकी छिन् ।
यस वर्ष फोर्ब्सले जारी गरेको सूचीमा युवाहरूको प्रभुत्व रहेको छ, जसमा २५ जना कम उमेरका अरबपतिहरूको नाम समावेश छ, जसको उमेर ३३ बर्ष वा सो भन्दा कम छ। तिनीहरूसँग सामूहिक रूपमा ११० बिलियनको सम्पत्ति छ। विश्वकै कान्छी अर्बपति लिभिया भोइग्टले आफूभन्दा दुई महिना जेठी एस्सिलोर लुक्सोटिकाका उत्तराधिकारी क्लेमेन्ट डेल भेचियोलाई पछि पारेकी छन् ।
लिभिया भोइग्टको सम्पत्ति ल्याटिन अमेरिकामा विद्युतीय मोटरहरूको सबैभन्दा ठूलो निर्माता डब्लु एजीको सबैभन्दा ठूलो व्यक्तिगत शेयरधारक मध्ये एक हुन । सो कम्पनीको स्थापना उनका हजुरबुवा वर्नर रिकार्डो भोइग्टले स्वर्गीय अर्बपति एगोन जोआओ दा सिल्भा र गेराल्डो वेर्निङहाउससँग मिलेर गरेका थिए।
भोइग्ट हाल ब्राजिलको विश्वविद्यालयमा अध्ययन गर्दैछिन । लिभिया भोइग्टको कुल सम्पत्ति १.१ बिलियन डलर छ। उनकी जेठी बहिनी डोरा भोइग्ट डे एसिस पनि २०२४ को सबैभन्दा कान्छो अरबपतिहरूको सूचीमा सात नयाँ अनुहारहरू मध्ये एक हुन्।न्युज कारखाना
सिड्नी, २४ चैत ।
एक यात्रुले सिड्नी एयरपोर्टमा कपमा पिशाव फेरेको भन्दै जरिवाना गरिएको छ ।
आफ्नो उडान सिडनी आइ पुगे पछि डिबोर्डिङमा ढिलाइ गर्दा कपमा पिसाब गरेको आरोपमा ती ब्यक्तिलाइ जरिवाना गरिएको हो ।
‘यो घटना गत डिसेम्बरमा अकल्याण्डबाट एयर न्यूजील्याण्डको उडानको ३ घण्टा पछि भएको हो,’ अधिकारीहरूले शुक्रबार भने । उनका अनुसार सिड्नीको अदालतले फेब्रुअरीमा आक्रामक व्यवहारको लागि ५३ वर्षीय ६०० अष्ट्रेलियन डलर जरिवाना गराएको हो ।
घटना शुक्रबार मात्रै सार्वजनिक भएको थियो । न्यूजील्याण्ड समाचार वेबसाइट स्टफले यो घटनाका बारेमा लेखे पछि बल्ल मानिसहरूले सार्बजनिक रूपमा थाहा पाएका थिए । सो वेभसाइटका अनुसार उनीसँगै बसेकी यात्री हाउलीले विमान चालक दललाई उनको यो हर्कतका बारेमा रिपोर्ट गरेकी थिइन् ।
झ्यालको सिटमा बसेको व्यक्तिले कपमा पिसाब गरेका थिए, जबकी सोही लहरको सिटमा हाउली र उनकी १५ वर्षीया छोरी पनि रहेकी थिइन् । ती अभियुक्त पुरुष यात्रुको नाम भने खुलाइएको छैन ।
हाउलीले भनिन कि विमान सडकमा करिब २० मिनेटको लागि टर्मिनल गेट छुट्याउन पर्खिएको थियो, सोही बेला ती यात्रुले कपमा पिसाब गरेको स्पष्ट आवाज सुनेकी थिइन ।
स्टफमा प्रकाशित समाचार अनुसार ती व्यक्ति एकदमै नशालु थिए र विमानबाट बाहिर निस्कँदा एक उडान परिचरमा पिसाबसमेत छरिदिएका थिए।
यस्तै, २४ अप्रिल २०२३ मा न्युयोर्कबाट दिल्ली आउँदै गरेको फ्लाइटमा सँगैका यात्रुलाई अर्का एक ब्यक्तिले पिसाब गरिदिएको घटना सार्बजनिक भएको थियो, जहाँ एक महिलाको शरिर माथी अर्का ब्यक्तिले पिशाव फेरिदिएका थिए । न्युज कारखाना
न्युयोर्क, २४ चैत ।
पछिल्लो केही दिनयता विश्वका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस भइरहेको छ ।
अमेरिकाको न्यू जर्सीस्थित प्लेनफिल्ड सहरमा शुक्रबार भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको तीव्रता रिक्टर स्केलमा ५.५ मापन गरिएको छ । न्यूयोर्क शहर र पेन्सिलभेनियामा भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पपछि सामाजिक सञ्जालमा सर्वसाधारणले भूकम्पबारे आ–आफ्ना प्रतिक्रिया दिएका छन् । तर, अहिलेसम्म कुनै क्षतिको खबर आएको छैन ।
अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) का अनुसार शुक्रबार न्यूयोर्क सहरमा ४.८ म्याग्निच्युडको सानो भूकम्प गएको थियो र यसको केन्द्रविन्दु छिमेकी राज्य न्युजर्सी थियो । ब्रुकलिनमा भवनहरू हल्लिएको बताए।
भूकम्पपछि न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा गाजासम्बन्धी सुरक्षा परिषद्को बैठक अस्थायी रूपमा रोकिएको थियो । त्यसबेला बोल्दै आएका सेभ द चिल्ड्रेनका प्रतिनिधि जान्टी सोरिप्टोले सोध्नुभयो, ‘के यो भूकम्प हो ?’
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले फिलाडेल्फियादेखि न्यूयोर्कसम्म र पूर्व लङ आइल्याण्डसम्म भूकम्पको धक्का महसुस गरेको रिपोर्ट गरेका छन्। न्युज कारखाना
काठमाडौं, २४ चैत।
आम जनता पार्टी (आजपा) ले दलतन्त्र र भ्रष्टाचारको विरुद्धमा आज शनिबार काठमाडौंमा जनप्रदर्शन गर्दैछ ।
जनआन्दोलन दिवसको अवसरमा हुने सो प्रदर्शनमा दशौं हजारको सहभागिता हुने बताइएको छ । जनप्रदर्शन पश्चात काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने सभालाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
आजपा उपमहासचिव चन्द्रभुषण साहका अनुसार देशमा बढदै गईरहेको भ्रष्टाचार, अनियमितता, लुटतन्त्रको बिरुद्धमा जनप्रदर्शन हुन लागेको हो । देशमा व्यापक रुपमा बढदै गईरहेको भ्रष्टाचार, अनियमितताको अन्त्य नभएसम्म बिकास सम्भव नभएको बताउँदै उनले दलिय भ्रष्टाचारले देशको आर्थिक अवस्था कमजोर भएको बताए ।
आजपा स्थायी कमिटीका सदस्य रविन्द्र सिंहका अनुसार दलतन्त्रको ठेकेदारहरुलाई खबरदारी गर्न, जनआन्दोलनका मुद्धाहरुको रक्ष ागर्न, देशलाई बर्बाद गर्ने नेताहरुबाट जवाफ माग्न, जनतालाई धोखा दिने गद्धारहरुलाई दण्डित गर्न, देशलाई आर्थिक संकटबाट बचाउँन, काण्डैकाण्डका नाइकेहरुलाई कारवाही गराउँन दबाब दिने उदेश्यले जनप्रदर्शन गर्न लागिएको हो ।
यसैगरी देश लुटेर विदेश लानेहरुको सम्पती जफत गराउँन, खुद्धा व्यापारी, कवाड तथा गार्मेन्ट व्यवसायीहरुको रक्षा गर्न, लघुवित तथा बैंकहरुको मनोमानी बन्द गर्न, सहकारी पीडितहरुलाई न्याय दिलाउँन, सरकारी बजेटको भागबण्डा बन्द गर्न, घुस कमिशन तथा भ्रष्टाचार रोक्न, मनपरी कर तथा महंगाई नियन्त्रण गर्न, भन्सार कानूनको ४५ प्रतिशत लुटकारी प्रावधान खारेज गर्न, सुकुम्बासी एवं गरिबलाई आवास तथा रोजगारीको व्यवस्था गर्न, युवाहरुलाई स्वदेशमै रोजगारी दिलाउँन आजपाले जनप्रदर्शन गर्न लागेको आईटी आर्मीका केन्द्रीय सदस्य रामसरण यादवले बताए ।
यसैगरी बैदेशिक रोजगारका ठगहरुलाई कारवाही गराउन, दलित तथा अल्पसंख्यकमाथिको विभेद अन्त्य गर्न, महिलालाई राज्यको हरेक अंक र क्षेत्रमा ५१ प्रतिशत अधिकार सुनिश्चित गराउन, अधिकार र पहिचानको मुद्धाहरु स्थापित गर्न, किसानलाई पेन्सन र मजदुरलाई सामाजिक सुरक्षा दिलाउँन, देशको निराश जनतालाई उत्साहित गर्ने उदेश्यले जनप्रदर्शनको आयोजना गरिएको आजपाले जनाएको छ ।न्युज कारखाना