काठमाडौँ ।
नेपाल क्रिकेट संघ (क्यान) ले वेस्टइण्डिजका रोडेरिक इस्टविकलाई राष्ट्रिय क्रिकेट टिमको बलिङ कन्सल्टेन्टको रुपमा नियुक्त गरेको छ ।
६२ बर्षिय इस्टविक बारबाडोसका तिब्रगतिका बलर हुन् । उनले ३७ फर्स्ट क्लास क्रिकेटमा १४१ विकेट लिएका छन् ।
न्युज कारखाना
काठमाडौँ ।
गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले नयाँ मुख्यमन्त्री नियुक्त गरेपछि विवाद सिर्जना भएको छ । सभामुख समेत रहेका कृष्णप्रसाद धितालसमेतलाई गणना गरेर नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले सरकार गठन गर्न गरेको दाबिलाई प्रदेश प्रमुख भट्टले स्वीकृत गर्दै मुख्यमन्त्री नियुक्त गरेपछि विवाद बढेको हो ।
नेकपा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य बनेका धिताल गण्डकीमा सभामुख रहेका छन् । प्रदेशसभामा माओवादी केन्द्रको संसदीय दलमा सभामुख धितालसहित ८ जना सदस्य छन् । अधिकारीले सभामुखलाई समेत गणना गर्दै बहुमत पुगेको दाबी गरेपछि प्रदेश प्रमुखले त्यस्लाई सदर गरेर विवादित काम गरेका छन् ।
६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सांसदको समर्थन आवश्यक पर्दछ ।
प्रदेश प्रमुख भट्टले केहि महिना अघि मात्र कोशी प्रदेशको विषयमा सर्वोच्च अदालतले गरेको व्याख्याको नजरअन्दाज समेत गरेका छन् ।
गएको असारमा कोसी प्रदेशमा पनि यसैगरी माओवादी केन्द्रबाट निर्वाचित सांसद रहेका सभामुख बाबुराम गौतमलाई समेत गणना गरेर कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री बनेका थिए । सभामुखलाई पनि समेटेर सरकार गठन भएपछि नेपालको संविधानको धारा १८६ को मर्मविपरित भएको भन्दै त्यसविरुद्ध एमाले संसदीय दलका नेता हिक्मत कार्की सर्वोच्च अदालत गएका थिए।
सर्वोच्च अदालतमा असोज ११ गते न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त कदमलाई असंवैधानिक भन्दै थापाको सरकार बर्खास्त गरेको थियो।
उक्त फैसलामा सभामुखको भूमिकाका बारेमा ब्याख्या गरिएको थियो । जसमा संविधानको धारा १८६ अनुसार सभामुख वा सभाध्यक्षता गर्ने व्यक्तिलाई मत बराबर भएमा आफ्नो निर्णायक मत दिने बाहेक नियुक्तमा समर्थन गर्ने, अविश्वासको प्रस्तावमा भाग लिने भूमिका असंवैधानिक हुने ब्याख्या गरिएको छ ।
यसैबीच गण्डकी कांग्रेसले भने प्रदेश प्रमुखले अम्बैधानिक काम गरेको भन्दै ध्यानाकर्षण समेत गराएको छ भने सर्वोच्च अदालत जाने बताएको छ ।
सर्वोच्चले आफ्नो व्याख्यामा सभामुखको पदमा बहाल रहेको व्यक्तिले प्रदेश सभा सदस्यको पनि हैसियत रहेको भनी छुट्टै थप वा दोहोरो भूमिकाको दावी गर्न मिल्दैन भनि स्पष्ट ब्याख्या गरेको भएपनि गण्डकीमा सर्वोच्चको व्याख्यालाई नै थाहा नभएको जस्तो गरि सरकार बनाइएको छ । यसले आम रुपमा प्रदेशमाथि देखिएको नकारात्मक धारणा अझ बढ्ने र राजनीतिक अस्थिरता निम्तिने स्पष्ट रहेको छ ।न्युज कारखाना
चितवन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकास लगायतका क्षेत्रमा भरतपुरले आधुनिक र विकासशील सहरका रूपमा फड्को मारिरहेको बताएका छन् ।
भरतपुर अस्पतालको ६८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार एवं मानवीय विकासका बहुआयमिक क्षेत्रमा भरतपुरले निरन्तर प्रगति हासिल गर्दै गएको उल्लेख गरे ।
“भरतपुर शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकास लगायतका विविध क्षेत्रमा देशकै आधुनिक र विकासशील सहरका रूपमा फड्को मारिरहेको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “स्वास्थ्य सेवाका साथै यस क्षेत्रमा आवादी, खेतीयोग्य जमिनको विस्तार एवं सहरीकरणका निम्ति गुणात्मक योगदान प्रगति गरेको छ ।”
उनले केही दशक अगाडि घना जङ्गल र झाडीहरूले भरिएको, जङ्गली जनावर र विषालु जीवजन्तुहरूको प्रकोप रहेको परिस्थितिमा मानव स्वास्थ्यलाई दृष्टिगत गरी भरतपुर अस्पताल निर्माण भएको स्मरण गरे ।
यस क्षेत्रकै आम जनतालाई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ नेपाल–अमेरिका संयुक्त कोषअन्तर्गत भरतपुर अस्पतालको कार्यप्रारम्भ भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले वर्तमानसम्म आइपुग्दा ४० लाख सेवाग्राहीलाई विशेषज्ञ सेवा प्रदान गरेको जानकारी पाउँदा आफूलाई खुसी महसुस भएको बताए ।
अस्पतालले अन्तरङ्ग र बहिरङ्ग सेवामार्फत् नियमित स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “संरक्षित वनजङ्गल क्षेत्रमा पाइने हिंस्रक जीवजन्तुको टोकाइ र आक्रमण, बाढी, पहिरो, आगजनी तथा प्राकृतिक प्रकोप, सबैखाले दुर्घटना, डेङ्गु, इन्फ््ल्युञ्जा, क्षयरोग, कुष्ठरोगलगायत आदिबाट प्रभावित बिरामीहरूको रोग निदान, उपचार र नियन्त्रणका लागि आवश्यक उपचार र परामर्श लगायतका सेवालाई उच्च प्राथमिकता दिइरहेको छ ।”
मुख्यतः अस्पतालको भौतिक पूर्वाधार विकास, शैया क्षमतामा विस्तार, दक्ष जनशक्तिको समुचित व्यवस्थापन तथा रोग निदान र उपचारमा आवश्यक पर्ने अत्याधुनिक औजार उपकरणहरूको पर्याप्त व्यवस्थाको विषयलाई आफूले गम्भीरतापूर्वक लिएको बताउँदै उनले यसका निम्ति सरकारको तर्फबाट आवश्यक पहल हुने विश्वास दिलाए ।
प्रधानमन्त्री प्रचण्डले भरतपुर अस्पताल राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानको आङ्गिक कलेज भइरहेको सन्दर्भमा आगामी शैक्षिक सत्रबाट नै एमबिबिएस कक्षा सञ्चालन गर्नुपर्ने अस्पताल प्रशासनको मागप्रति आफू सहमत रहेको बताए ।न्युज कारखाना
काठमाडौँ ।
चैत्र २२ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।
आइतबार मन्त्रिपरिषदले गरेका १५ निर्णय सार्बजनिक गरिएको हो ।
मन्त्रिपरिषदले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र केनाइन कार्यालयमा सो पदमा कार्यरत पदाधिकारीको कार्यकाल समाप्त हुनासाथ स्वत: खारेज हुने गरि दुई डिआइजीको विशेष पद सिर्जना गर्ने निर्णय गरेको छ ।न्युज कारखाना
काठमाडौँ ।
नवनियुक्त १० जिल्ला न्यायाधीशहरूको पदस्थापन भएको छ । आइतबार न्यायपरिषद्ले १० जिल्ला न्यायधीशहरुको पदस्थापन गरेको हो ।
पदस्थापन हुने न्यायधीशहरुमा अर्जुप्रसाद कोइरालालाई सरकार वकिलको कार्यालय दोलखाको जिल्ला न्यायाधिवक्ता, नरेन्द्रबहादुर बुढालाई सर्वोच्च अदालतको इजलास अधिकृत, जीवनकुमार भण्डारीलाई उच्च अदालत विराटनगरको रजिष्ट्रार, मुकुन्द आचार्यलाई उच्च अदालत पोखराको रजिष्ट्रार, विमला रेग्मीलाई महान्यायाधिवक्ताको कार्यालयमा उपन्यायाधिवक्ता, पुष्पराज पाण्डेलाई बाजुरा अदालतको श्रेस्तादार, शिवबहादुर थापापाल्पा जिल्ला अदालतको श्रेस्तादर, महेन्द्र बहादुर कार्कीलाई सर्वोच्चको उपरजिष्ट्रार, दिपक घिमिरेलाई उर्जा मन्त्रालयको कानुन अधिकृत र फणेश्वरी घिमिरेलाई सर्वोच्चको इजलास अधिकृतमा पठाइएको छ ।न्युज कारखाना
काठमाडौँ ।
नेपालले भारतमा जारी फ्रेन्डसिप कप जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा नेपालले गुजरात क्रिकेट एसोसियसनको टिमलाई १८ रनले पराजति गर्दै उपाधि जितेको हो ।
नेपालले दिएको १७७ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउदै १५८ रन बनाएको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाउदै २७६ रन बनाएको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ७४ रन बनाएका थिए । त्यस्तै आसिफ सेखले ३४, कुशल मल्लले १९. दिपेन्द्र सिंह ऐरीले ७, कुशल मल्लले ३१ र सन्दीप जोराले ७ रन बनाएका थिए ।
त्यस्तै गुजरातका बलर जयमित पटेल, शेन पटेल र तेजस पटेलले एक एक विकेट लिएका थिए ।
योसँगै नेपाली क्रिकेट एसीसी प्रिमियर कप खेल्न भारतबाटै ओमान जाने छ ।न्युज कारखाना
काठमाडौँ ।
आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई लगातार तेस्रो खेलमा प्रज्ती गरेको छ ।
एकदिवसीय सिरिजको अन्तिम खेलमा आयरल्याण्ड वोल्भ्सले दिएको २८५ रनको लक्ष्य पछाएको नेपालले ३९.४ ओभरमा अल आउट हुदै २१५ रन मात्र बनाए पछि खेल ६९ रनले हारेको हो ।
नेपालका लागि अर्जुन कुमालले सर्बाधिक १०२ रन बनाए भने अर्जुन साउदले ३६ रन बनाए । त्यस्तै नरेन भट्ट र रुपेश सिंहले १५-१५ रन बनाएका थिए ।
त्यसैगरी आयरल्याण्ड वोल्भ्सका बलर बेन ह्वाइटले ५ विकेट लिए भने गाभिन होयले ४ विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड वोल्भ्सले ५० ओभरमा ९ विकेट गुमाउदै २८४ रन बनाएको थियो ।
आयरल्याण्ड वोल्भ्सका लागि ओपनर स्टेफेन डोहेनीले १०७ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै पिटर मूरले ४४ रन बनाए भने मोर्गन टोपिंगले २१, फिओनन हान्डले २०, बेन ह्वाइटले १९ र माथ्यु हम्परेजले २३ रन बनाएका थिए ।
त्यसैगरी नेपाल ए का बलर रिजन ढकाल र रंजित कुमारले ३-३ विकेट लिए भने विकास आग्री र शाहाब आलमले एक एक विकेट लिएका थिए ।
यो जितसँगै आयरल्याण्ड वोल्भ्सले एकदिवसीय सिरिज ३-० ले जितेको छ । यस अघि आयरल्याण्ड वोल्भ्सले टी-२० सिरिज २-१ ले जितेको थियो ।न्युज कारखाना
काठमाडौँ ।
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आजै शपथ लिएका छन् छन् । मुख्यमन्त्री अधिकारीसहित दुई मन्त्रीले पनि शपथ लिएका छन् ।
अधिकारीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र दीपक मनाङेलाई मन्त्री नियुक्त गरेका हुन् ।
एमाले संसदीय दल नेता अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । अधिकारीलाई नेपालको संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरिएको हो ।न्युज कारखाना
काठमाडौँ ।
अर्जुन कुमालले आयरल्याण्ड वोल्भ्सविरुद्ध शतक प्रहार गरेका छन् ।
आयरल्याण्ड वोल्भ्सले दिएको २८५ रनको लक्ष्य पछाएको नेपाल ए का लागि अर्जुन कुमालले ११४ बल खेल्दै शतक पुरा गरेका हुन् ।
यो समाचार तयार गरुन्जेल नेपालले ३३.१ ओभरमा ५ विकेट गुमाउदै १९३ रन बनाएको छ ।न्युज कारखाना
काठमाडौँ ।
अमेरिकी कम्पनी एप्पलले आफ्ना ६ सयभन्दा बढी कर्मचारीलाई बर्खास्त गरेको छ । कार र स्मार्टवाच डिस्प्ले प्रोजेक्ट बन्द गरेपछि कम्पनीले त्यसमा काम गर्ने कर्मचारीलाई निकालेको हो । ब्लूमबर्गका अनुसार एप्पलले क्यालिफोर्नियाको रोजगार विकास विभागलाई दिएको ८ वटा छुट्टै फाइलिङमा यो जानकारी दिएको हो ।
कम्पनीले नेक्स्ट जेनेरेशन स्क्रिन डेभलपमेन्ट प्रोग्राममा गोप्य स्थानमा काम गर्ने ८७ जना र कम्पनीको कार परियोजनामा संलग्न व्यक्तिलाई बर्खास्त गरेको प्रतिवेदनमा उल्लेख छ । क्यालिफोर्नियाका नियमहरू अनुसार, कर्मचारीहरूलाई असर गर्ने प्रत्येक निर्णय रोजगार विभागलाई सूचित गर्नुपर्छ ।
रिपोर्टका अनुसार क्यालिफोर्नियाको सान्ता क्लारामा रहेको एप्पलको मुख्य कार्यालयसँग सम्बन्धित कार्यालयमा रहेका ३७१ कर्मचारीबाहेक अन्य धेरै स्याटेलाइट अफिसमा कर्मचारीलाई निकालिएको छ । यससँगै कम्पनीको आर्टिफिसियल इन्टेलिजेन्स र पर्सनल रोबोटिक्स विभागमा धेरै व्यक्तिलाई सरुवा गरिएको छ । यी आयोजनाहरु बन्द हुँदा करिब २ हजार कर्मचारी प्रभावित भएका छन् ।
एप्पलले १० वर्ष काम गर्यो तर कारको प्रोटोटाइप पनि बनाउन सकेन।
हालै एप्पलले आफ्नो १० वर्ष पुरानो कार प्रोजेक्ट बन्द गरेको छ । कम्पनीले गत दशकमा यस परियोजनामा अर्बौं डलर लगानी गरे, तर त्यो समयमा भौतिक प्रोटोटाइप पनि तयार गर्न सकेन ।
कम्पनी पूर्ण रूपमा स्वचालित र भ्वाइस कमाण्डमा चल्ने कार बनाउन चाहेको थियो । यसका लागि २०१५ मा सुरु भएको यो आयोजनामा अर्बौं लगानी भएको थियो । यो परियोजना सफल भएको भए कम्पनीले एक लाख डलरको मूल्यमा सन् २०२८ सम्ममा कार लन्च गर्ने योजना बनाएको थियो ।
एप्पलले आफ्नो पहिलो ईभीको लन्च मिति २०१९, २०२०, २०२६ र २०२८ मा रिसेट गरेको थियो । प्रतिवेदनका अनुसार कम्पनीको बोर्डले सीईओ टिम कुकलाई चाँडै आयोजनाको ठोस योजना बनाउन वा परियोजना बन्द गर्न दबाब दिइरहेको थियो । न्युज कारखाना