२०८३ श्रावण ९
२०८३ श्रावण ९

काठमाडौँ  ।  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले उपसभामुखको सचिवालयले अमेरिका पठाइदिने पैसा लिएको उजुरी पार्टीमा परेको बताएका छन्  ।

मुकुलले उपसभामुखको पत्र प्रकरणका बारेमा आफ्नो भनाइ सार्बजनिक गर्दै एक महिलाले उपसभामुखको सचिवालयले अमेरिका पठाइदिने भन्दै पैसा लिएको र भिसा नलागेपछि कहिले बेलायत त कहिले अर्को देश पठाईदिने भन्दै अल्मलाएका कारण पैसा फिर्ता गराइदिन भन्दै पार्टीको सम्पर्कमा आएको बताएका छन्  ।

मुकुल ढकालको भनाई:

वैशाख ४, २०८१ मा पार्टीका संगठन विभाग सचिव शङ्कर श्रेष्ठले उपसभामुखले लेखेको पत्र मलाई वाट्सएप गर्नुहुन्छ । साथै, उहाँले पार्टीका एक जना पालिका सभापतिसँग आफूँले गरेको टेलिफोन संवादको रेकर्ड पनि पठाउनु हुन्छ । टेलिफोन संवाद अनुसार पालिका सभापतिकहाँ पत्रमा उल्लेख गरिएकी एक जना महिला , आफूँलाई पिडित भन्दै उहाँसँग सम्पर्कमा आउनु हुन्छ । पिडितका अनुसार १ वर्ष अगाडी उपसभामुख सचिवालयले अमेरिका पठाइदिने भन्दै उहाँसँग पैसा लिएको थियो , र अमेरिका भिसा नलागेपछी कहिले बेलायत त कहिले अर्को कुनै देश पठाइदिने भन्दै उपसभामुख सचिवालयले अलमलाएका कारण आफ्नो पैसा फिर्ता गराइदिन भन्दै पार्टीको सम्पर्कमा आएकी थिइन् ।

घटनाको खबर प्राप्त गर्ने बितिकै मैले घटनाको बारेमा पार्टी सभापति रवि लामिछाने, पार्टी उपसभापति डा. स्वर्णिम वाग्ले र पार्टी सहकोषाध्यक्ष एवं गृहमन्त्रालयमा गृहमन्त्रीको सचिवालय संयोजकका रूपमा काम गरिरहेका दिपक बोहोरासम्म कुरा पुर्याए र गृहमन्त्रालयबाट उल्लेखित ५ जना विदेश उडेको नउडेको अध्यागमनबाट हेर्न आग्रह गरे । भोलिपल्ट राम नवमी परेकाले पर्सी पल्ट कोहि पनि विदेश नउडेको खबर प्राप्त गरेँ । घटनाका बारेमा सिधै उपसभामुखबाट बुझ्नपर्छ भन्ठानी, मैले उपसभामुखसँग सम्पर्क गरेँ र उहाँले शुरूमा पत्रका बारेमा जानकार नरहेको बताउनु भयो तर अलिकति केरकार गरेपछी उहाँले उपेन्द्र भन्ने भाइ पार्टीकै मान्छे भएको , उसलाई मात्र चिनेको, अरूलाई नचिनेको बताउनुभयो र उपेन्द्रले भने अनुसार पत्रमा हस्ताक्षर गरेको बताउनु भयो । “नचिनेको मान्छे भन्न पाइन्छ ?” , “त्यसरी हस्ताक्षर गर्न मिल्छ ?” भनेर उपसभामुखलाई मैले प्रश्न गरेँ र उहाँले “थाहा भएन” भन्ने सामान्य उत्तर दिनु भयो । “थाहा छैन भन्न पाइन्छ ?” भनेर मैले प्रश्न गरिरहे, तर उहाँले “थाहा छैन” को रटान लगाइरहनु भयो । त्यसपछी, अब आइन्दा त्यसरी कसैको हस्ताक्षर नगर्नु र ती ५ जना पार्टी कार्यलयमा यथासक्य छिटो उपस्थित गराउनु भनेर पार्टी महामन्त्रीको रूपमा निर्देशन दिए । त्यतिबेला उहाँले महेश पाण्डे भन्ने व्यक्तिलाई ती को हुन् भन्ने थाहा छ र उहाँलाई सम्पर्क गर्न बताउनु भयो तर मैले अन्य व्यक्तिसँग सम्पर्क नगर्ने र तपाईंले नै ती व्यक्ति पार्टी कार्यलयमा उपस्थित गराउनु भने ।

उपसभामुखको मात्र होइन, “थाहा छैन” भन्ने रोग पार्टीमा संक्रमण रोग जसरी फैलिएको छ जुन कुरा मैले समीक्षा प्रतिवेदनमा पनि उल्लेख गरेको छु । भविष्यमा, यस्ता “थाहा छैन” प्रकरण थप खुल्दै जाने नै छन् किन भने , सत्यलाई केहि दिन लुकाउन सकिएला , सँधै लुकाउन सकिन्न । “थाहा छैन” भन्ने जवाफले पार्टी महामन्त्रीको रूपमा मलाई पारेको दवावकै कारण मैले समीक्षा यात्रा पनि “थाहा अभियान” का अभियान्ता रूप चन्द्र विष्ट ‘रूदाने’ को गाउँ “थाहा नगरपालिका” बाट शुरू गरे ।

उपसभामुखलाई त्यसरी ती ५ जना उपस्थित गराउने निर्देशन दिएपछी , इलामको उपचुनाव आयो । चुनावको नतिजापछी पार्टी सचिवालय बैठक बस्यो र बैठकले मलाई समीक्षा यात्रामा पठाउने निर्णय गर्यो । त्यसपछीका घटनाक्रम आम जनतामाझ आइसकेको छ । उपसभामुखको पत्र र मानव तस्करी जस्तो जघन्य अपराध जोडिएको यो विषयमा पार्टीका सिमित व्यक्तिको जानकारीमा मैले अनुसन्धान गरिरहेको थिएँ तर समयचक्रमा घटनाक्रम यसरी विकसित भएकी अनुसन्धानभन्दा के कति विषयमा म ओझेलमा परेँ, सम्भवत सबैको जानकारीमा आएकै विषय हो । महिना दिन बित्दा पनि उपसभामुखले ती ५ जना दिइएको निर्देशन अनुसार पार्टी कार्यलयमा उपस्थित गराउनु भएन र उपस्थित नगराएका कारण थप कदम चाल्नु पर्ने हुन्थ्यो , जुन अवस्थामा म रहिन र जानकार मध्ये अन्य कसैले चासो दिएन ।

उपसभामुखलाई सोधखोजपछी पनि म पिडितको सम्पर्कमा आफैँ पुग्न चाहेँ तर सम्पर्कमा आएको पिडितले ती पालिका सभापतिलाई “तपाईंले कुरा कता कता पुर्याउनु भयो, मेरो पैसा फिर्ता आयो” बताइन् । ९ लाख रूपैयाँ उपसभामुख सचिवालयले लिएको रहेछ र त्यसलाई फिर्ता गरेपछी पिडितले बयान दिन र थप सम्पर्कमा आउन इन्कार गरिन् । पिडितका अनुसार ९ लाख फिर्ता भएको बैङ्क स्टेटमेन्ट अझै पनि पिडितसँग सुरक्षित छ ।

हालसालै घटना सार्वजनिक भएपछी , रवि लामिछाने क्लवले मिथ्या र भ्रम छर्न पार्टीको लेटरहेड दुरूपोयग गर्यो । लेटरहेडमा आर्थिक लेनदेन नभएको भनेर किटान गरी विज्ञप्ति जारी गर्नु अघि , तत्कालिन अवस्थामा अनुसन्धानको नेतृत्व गरिरहेका कारणले पनि मलाई के भएको हो भनेर सोधखोज गरिनुपर्थ्यो तर मलाई रवि लामिछाने क्लवले सामान्य सोधपुछ समेत गरेन । यसको मतलव क्लव विषयको गाम्भिर्यतालाई सिधै नजरअन्दाज गरी पार्टीमा बेथितिको संरक्षणमा खडा भयो ।

उपसभामुखको विषय पार्टी मात्रको विषय नभएकाले देशकै प्रतिष्ठासँग जोडिएको राज्यको उपल्लो तहको विषय भएकाले यसमा छानविन हुनपर्छ । मलाई प्राप्त सूचना र प्राप्त प्रमाणका आधारमा, म यति भन्न सक्छु , आर्थिक लेनदेन भएको कुरालाई इन्कार गर्न सकिन्न । अझै पनि , ती ५ जनालाई खोजी गरि तीनिहरू महिला अधिकारका क्षेत्रमा राजनीतिक, सामाजिक, कानुनी वा कुनै पनि आधारमा विगतमा महिला अधिकारका क्षेत्रमा काम गरेका व्यक्ति हुन् वा होइनन्, सजिलैसँग पत्ता लाग्ने विषय हो । यहाँ गाह्रो भनेको, ती ५ जना खोज्नु हो । राज्यले अनुसन्धान गर्ने हो भने, ती ५ जनाकै वतन पत्ता लगाउनु ठूलो विषय होइन । राज्यले यस विषयमा अनुसन्धान गरोस् र अनुसन्धानका क्रममा राज्यका कुनै पनि निकायले के भएको थियो भनेर सोध्न मलाई अनुसन्धानमा बोलाए, मसँग रहेका प्रमाण बुझाउन तयार छु , मलाई थाहा भएका सबै कुरा बताउन तयार छु ।

उपसभामुख इन्दिरा आमाको विगतको छवि सबै नेपालीले शिर निहुराएर नमन गर्नै पर्छ । यसो भन्दै गर्दा, हामीले यो पनि बिर्सन हुन्न कि , हामी त्यो समाजमा बस्छौँ, जुन समाजमा कुनै दिन माता सिताले पनि सहजै अग्नी परीक्षा दिन तयार हुनु भएको थियो । विगतको छवि उच्च रहे पनि , छानविनका लागी तयार हुन नपर्ने केहि कारण नै छैन । उपसभामुखले तत्काल पदबाट राजीनामा दिइ, आफूँमाथि छानविनका लागी स्वंय तयार हुनपर्छ । छानविनका लागी तयार भएर नैतिकताको खडेरी देखिएको नेपाली राजनीतिमा नैतिकताको उदाहरण पेश गर्न सक्नुपर्छ । छानविनले उहाँ दोषी हो, होइन वा उहाँको सचिवालयले उहाँको जानकारी बिना यसरी मानव तस्करीमा लागेको हो की ? सबै पत्ता लागी हाल्छ । तर आफ्नो विगतको प्रतिष्ठाका खातिर, र आगामी दिनमा पनि नेपाली राजनीतिलाई नैतिकताको पाठ सिकाउन भए पनि आफूँमाथि आफैँ छानविनको माग गर्दै राजीनामा दिनपर्छ । यसै पनि , त्यो पदमा बसेर जनताको जीवनसँग जोडिने गरि के नै काम गर्न सकिन्छ र ? वा गरिएको छ र ? त्यो पदले गर्न सक्ने भनेको नेपालीको इज्जत, प्रतिष्ठा र मर्यादालाई उचो बनाउनु हो , जुन राजीनामा दिएर गर्न सकिन्छ , नकी पदमा बसेर

न्युज कारखाना

काठमाडौँ ।

आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १ बजे बैठक बस्दै छ ।

आज प्रश्नोत्तर अन्तर्गत स्वास्थ्य तथा जनसंख्या, बन तथा बातावरण, कृषि तथा पशुपंक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।

आजको कार्यसूची:

संयुक्त समितिमा हेरफेर

सभामुखले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाई समितिमा माननीय सदस्यहरुको नाम हेरफेर गर्ने ।

विषयगत समितिमा हेरफेर

सभामुखले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्ने ।

प्रश्नोत्तर

स्वास्थ्य तथा जनसंख्या, बन तथा बातावरण, कृषि तथा पशुपंक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने ।

व्यवस्थापन कार्य

माननीय उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय भामा उत्पत्ति भएको “सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ माथी विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने ।

जरुरी सार्वजनिक महत्वको प्रस्ताव

सांसद प्रतिमा गौतमले ” डेंगीको प्रकोप तीव्र रुपमा देशभरि फैलिई जनस्वास्थ्य संकट उत्पन्न हुन गई अस्पतालमा गम्भीर अवस्थाका बिरामीहरु भर्ना हुने संख्यामा वृद्धि, समाजमा डर र त्रासको माहौल उत्पन्न भएकोले डेंगीको प्रभावकारी नियन्त्रण एवं भविष्यमा सिर्जना हुने गम्भीर र दीर्घकालीन असर न्यूनीकरण तथा रोकथामको लागि सरकारलाई निर्देशन दिन अपरिहार्य भएकोले ” भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने । उक्त प्रस्तावका समर्थक कुसुम देवी थापा, माननीय सपना राजभण्डारी, माननीय सिता मिजार र माननीय लिलादेवी बोखिम लिम्बुले समर्थन गर्ने ।

काठमाडौं ।

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म १ सय ३१ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ९ जना गरी जम्मा १ सय ३१ जनाको मृत्यु भएको हो ।

साथै काठमाडौं उपत्यकामा ९ जना, कोशी प्रदेशमा ३४ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ३३ जना र सुदूरपश्‍चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ४४ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै कोशी प्रदेशमा ४९ जना, गण्डकी प्रदेशमा १२ जना र सुदूरपश्‍चिम प्रदेशमा ५ जना गरी जम्मा ६६ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ९ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

बाढीको कारण जम्मा १ सय ८२ घर डुबानमा परेका छन् । २ सय ३१ वटा घर, ८४ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ५ सय ९४ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट ४ हजार ४ घर परिवार विस्थापित भएका छन् ।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ ।

काठमाडौँ ।

पाकिस्तानी गायक राहत फतेह खानले दुबईमा आफु गिरफ्तार भएको खबर झुटो भएको दाबी गरेका छन् ।

राहतले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै आफु गिरफ्तार भएको झुटो खबर फैलाइएको भन्दै सो खबरमा विश्वास नगर्न आग्रह गरेका छन् । उनले भनेका छन्- मेरो अनुरोध छ, की यस्ता खबरमा विश्वास नगर्नु होला, म छिटै देश फर्किने छु । मैले सधै जस्तै मेरा उत्कृष्ट गीतले तपाईहरुको मनोरंजन गरिरहने छु ।’

यसअघि राहतका पुर्व प्रबन्धक सलमान अहमदको उजुरीमा दुबईमा प्रहरीले हिरासतमा लिएको बताइएको थियो । राहतको सलमानसँगको विवाद केहि बर्षदेखि नै चलिरहेको थियो ।

गायक राहत पटक पटक विवादमा आइरहन्छन् । यस अघि उनले एक व्यक्तिलाई जुत्ताले हानेको भिडियो भाइरल भएको थियो भने उनलाई २०१९ मा विदेशी मुद्रा स्मलिंग गरेको आरोप लागेको थियो ।

पाकिस्तानी गायक राहतले बलिवुडमा गाएका चर्चित गीतका लागि परिचित छन् ।     न्युज कारखाना

काठमाडौं, साउन ०८ ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी १ डलरको बिक्रीदर १३४ रुपैयाँ १६ पैसा कायम भएको छ । यस्तै, खरिददर १३३ रुपैयाँ ५६ पैसा कायम भएको छ ।
मंगलबार युरोपियन युरोको एकको खरिददर १४५ रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्रीदर १४६ रुपैयाँ ०५ पैसा तोकिएको छ । बेलायती पाउन्ड एकको खरिदमूल्य १७२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५१ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, मंगलबार अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३६ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर भने ९७ रुपैयाँ १६ पैसा र बिक्रीमा ९७ रुपैयाँ ६० पैसा पाइन्छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ५२ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ५६ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३६ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६२ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६७ पैसा कायम गरेको जनाइएको छ ।
उता कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ६१ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ७७ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार २८ रूपैयाँ ५४ पैसा र बिक्रीदर २८ रूपैयाँ ६६ पैसा कायम गरेको छ ।
यसैगरी, मंगलबारको लागि कुवेती दिनार एकको खरिददर ४३६ रुपैयाँ ९३ र बिक्रीदर ४३८ रुपैयाँ ९० पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ९० पैसा निर्धारण भएको छ।
न्युज कारखाना

काठमाडौँ । जारी महिला एशिया कप अन्तर्गत आज नेपालले भारतको सामना गर्दै छ । यो खेल आज नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदै छ ।

यस प्रतियोगितामा भारतले लगातार २ खेल जितेको छ भने नेपालले एक जित र एक हार बेहोरेको छ ।

भारतले पाकिस्तान र युएईलाई पराजित गरेको थियो भने नेपालले युएईलाई पराजित गरेको थियो भने पाकिस्तानसँग पराजित भएको थियो ।

त्यस्तै समुह ए अन्तर्गत आजै पाकिस्तान र युएईबीच खेल हुदै छ । यो खेल नेपाली समय अनुसार अपराहन्न २: १५ बजेदेखि शुरु हुदै छ । यस प्रतियोगितामा पाकिस्तानले २ खेलमा एक जित र एक हार बेहोरेको छ भने युएईले दुवै खेलमा हार बेहोरेको छ ।

एशिया कप खेल्ने नेपाली टिम:

इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, कबिता कुँवर, सम्झना खड्का, कबिता जोशी, पुजा महतो, डोली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, सबनम राई, काजल श्रेष्ठ र राजमती ऐरी ।न्युज कारखाना

 राैतहट,०७ गते साउन । वरीष्ठ पत्रकार एव् स्तम्भकार चन्द्रकिशोर झालाई यसवर्षको कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीद्वारा पुरस्कार प्रदान गरीदैछ । कर्मयोगी बद्रीविक्रम थापा स्मृति गुठीले करीब तीन दशकदेखी उहाँकै स्मृतिमा प्रत्येक वर्ष श्रावण ११ गते आफ्नो वार्षिकउत्सवको अवसरमा उतm पुरस्कार प्रदान गर्दै आएको छ । No description available.आफ्नो सत्कर्मको माध्यमबाट समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आएका संस्था र व्यतिmलाई गुठीदरा स्थापित पुरस्कार सहित सम्मान हरेक वर्ष प्रदान गर्दै आएकोमा यसपालि पनि यसलाई निरन्तरता दिर्दै यस वर्षको पुरस्कार तथा सम्मान दुई जना व्यतिmत्वले पाउने गुठीका अध्यक्ष प्रा.डा.सुरेश राज शर्माले जनाएकुा छन् ।

वरीष्ठ पत्रकार एव् स्तम्भकार चन्द्रकिशोर र डा.संदुक रुईत, जनही २ लाख २२ हजार २ सय २२ रुपैया नगद सहित पुरस्कृत तथा सम्मानित हुने गुठीकी उपाध्यक्ष रमा शर्माले जनाएकी छन् । गत असार २१ ग्ते भएको गुठीको निर्णय अनुसार आफ्नो नियमित स्तम्भलेखनका साथै पत्रपत्रिकाहरुमा लेखको माध्यमबाट देशको विभिन्न सान्दर्भिक समस्याहरुलाई उठाई विश्लेषणात्मक रुपमा व्यतm गरेको विचार सहरणीय हुनुका साथै विशेषगरी मधेश प्रदेशका जिल्लाहरुको स्वास्थ्य , शिक्षा , जातिय विभेद , छुवाछुत र विकास निर्माणका क्षेत्रमा भएको त्रुटिहरुलाई औल्याउँदै आलोचनात्मक विश्लेषण र

सुझाव सहितको सन्तुलित प्रस्तुती तथा राष्ट्रिय आत्मसम्मानको भावना अभिवृद्धि गर्दै समग्र मधेश पहाड हिमाल लगायतका क्षेत्रमा बसोबास गर्ने आम नेपालिहरुको भाषा , संस्कृती साहित्य लगायतका विषयमा पनि आफ्नो लेखनमार्फत उजिल्याउने प्रयास गर्दै आएको कुरा स्वागयोग्य रहेकोले वरीष्ठ पत्रकार चन्द्रकिशोरलाई पुरस्कृत तथा सम्मान गर्ने निर्णय गरीएको भनि उल्लेख गरीएको छ । उक्त पुरस्कार यही श्रावण ११ गते दिउसो ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौ, प्रज्ञा सम प्रेक्षालयको सभाहलमा वितरण गरीने गुठीका कोषध्यक्ष किरण थापाले जनाएका छन् ।

मिर्चैया (सिरहा), ७ साउन– सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका महासङ्घका सचिवालय सदस्य विद्यानन्द चौधरीले दलित समुदायले भोग्नुपरेका समस्या समाधानका लागि सबै भन्दा छोटो बाटो राजनीतिमा पहुँच वृद्धि गर्नु नै भएको बताएका छन् ।

जसले जति बाटो देखाए पनि सबै नीतिको माउनीति भएकाले राजनीतिलाई प्रयोग नगरेसम्म यो समुदायका पीडा नसकिने उनको भनाइ छ । Open photoदलित सरोकार मञ्च, नेपालद्वारा आयोजित ‘दलित बजेट, मधेस प्रदेशस्तरीय छलफल कार्यक्रम’ मा बोल्दै चौधरीले दलित समुदायलाई अहिले पनि समानुपातिकरूपमा बजेट छुट्याउन नसकिएको स्वीकार गर्दै भने– कमजोरी महसुस भएको छ । आगामी दिनमा यसलाई सुधारेर जानेछौँ । अरू पालिकाका नेतृत्वले पनि यस्तो महसुस गर्नु आवश्यक छ ।

उनले यस्तो ऐतिहासिक कार्य गरेको भन्दै आयोजकलाई विशेष धन्यवादसमेत दिए । छलफलका अवसरमा धनुषाको हंसपुर नगरपालिकाका नगर प्रमुख प्रदीप यादवले सङ्घीय सरकारले नै दलित समुदायलाई मात्र प्रत्यक्ष लाभ पुग्ने ससर्त बजेट पठाउनुपर्ने उल्लेख गरे । नगरपालिका सङ्घको प्रदेश संयोजकसमेत रहेका यादवले आफूले सङ्घमा समेत यो कुरा उठाउने जानकारी दिँदै थपे– दलित समुदायलाई सिप मात्र दिएर हुन्न, सिप सिकाएपछि त्यसलाई व्यवहारमा उतार्न आवश्यक पुँजीसमेत अनुदानका रूपमा उपलब्ध गराउनुपर्छ ।

नत्र आर्थिक अभावकै कारण दलित समुदायका मानिस सिपमूलक तालिम आदिमा सहभागी हुने सम्भावना रहँदैन । कार्यक्रमका सहभागीहरूले पालिकाहरूले दलित समुदायका व्यक्तिलाई योजना तर्जुमा तथा बजेट निर्माण प्रक्रियामा सहभागी नै नगराउने, गराए पनि सुनुवाइ नहुने गरेको गुनासो राखेका थिए । उनीहरूले दलित समुदायबाट कार्यपालिकामा प्रतिनिधित्व गर्ने व्यक्तिहरू तर्क गर्न नसक्ने, नेतृत्वविरुद्ध बोल्न नसक्ने र कुनै माग पनि राख्न नसक्नेखालको चयन गरिने भएकाले पनि उनीहरूको आवाज बुलन्द हुन नसकेको उल्लेख गरेका थिए ।No description available. त्यसैगरी सहभागीहरूले पालिकाहरूले योजना बनाउने बेलामै दलित समुदायका व्यक्तिहरू चनाखो हुनुपर्ने, सक्दो बढी उपस्थित भएर आफ्ना माग समावेश गर्न दबाब दिनुपर्ने, माग नगरपालिकासम्म पुगे÷नपुगेकोबारे नियालिरहनुपर्ने, योजना त्यहाँ पुगेपछि पनि बजेट परे÷नपरेको हेर्ने र नपरेमा पार्न खबरदारी गर्ने र बजेट परेकोमा त्यस्तो बजेट दलित समुदायलाई प्रत्यक्ष फाइदा पुग्ने काममा अधिकतम सदुपयोग भएको÷नभएको हेर्नुपर्नेबारे यो छलफलले आँखा खोलिदिएको धारणा व्यक्त गरेका थिए । त्यस क्रममा पत्रकार÷अध्येता रघुनाथ लामिछानेले ‘मधेसका पालिकामा दलित बजेट’ विषयक अध्ययनको निष्कर्ष प्रस्तुतीकरण गरेका थिए ।

त्यस क्रममा लामिछानेले मधेस प्रदेश सरकारले दलित सशक्तीकरण ऐन ल्याएर प्रदेशका हरेक निकायमा समावेशी÷समानुपातिक व्यवहार अपनाउनुपर्ने उल्लेख गरे पनि त्यो व्यवहारमा भने नदेखिएको उल्लेख गरेका थिए । जनसङ्ख्याको आधारमा बजेट नछुट्याइएको, छुट्याए पनि एकदमै कम मात्र छुट्याउने गरेको र दलित समुदाय एकजुट नभएको फाइदा पालिकाहरूका नेतृत्वले लिइरहेका उनको भनाइ थियो । साथै लामिछानेले मधेस प्रदेशका प्रत्येक पालिकामा कानुनतः गठन हुनुपर्ने स्थानीय जातीय विभेद तथा छुवाछूत अनुगमन समिति गठन, त्यसको प्रभावकारिता र यसलाई सक्रिय तुल्याउन अपनाउनुपर्ने उपायहरूबारे पनि अर्को प्रस्तुतीकरण गरेका थिए ।

यसबाहेक दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासवानले मधेस प्रदेश सरकार र दलित विकास समितिको बजेटमा दलित समुदायलाई प्रत्यक्ष फाइदा पुग्ने बजेटको विश्लेषणबारे प्रस्तुतीकरण गरेका थिए । यी सबै प्रस्तुतीकरणमा सहभागीहरूको सुझाव समेटेर प्रतिवेदनलाई अन्तिम रूप दिने उनको भनाइ थियो । डा. विजयप्रसाद मिश्रले दलित समुदायले बजेट विनियोजनमा देखिएको पक्षपातलगायतका समस्याबाट मुक्ति पाउन आगमी दिनमा गर्नुपर्ने कार्यहरू र अपनाउनुपर्ने रणनीतिहरूबारे छलफल गराएका थिए ।

 

त्यस क्रममा सहभागीले समूह छलफलद्वारा निष्कर्ष निकाली त्यसलाई प्रस्तुतीकरणसमेत गरेका थिए । कार्यक्रममा आयोजक दलित सरोकार मञ्च नेपालका कार्यकारी निर्देशक भोला पासवानले पालिकाहरूले तर्जुमा गर्ने योजना र निर्माण गर्ने बजेटमा दलित समुदायलाई एकदमै नजरअन्दाज गरिएकाले दलित समुदाय एकजुट भएर अघि बढून् भन्ने उद्देश्यले यो कार्यक्रम गरिएको बताए । उनको भनाइ थियो– दलित कार्यपालिका सदस्य, दलित पत्रकार सञ्जालका पदाधिकारी, दलका दलित भातृ सङ्गठन र दलित नेतृत्वका नागरिक समाजका पदाधिकारीलाई एक ठाउँमा ल्याएर दलित समुदायका समस्या समाधानका लागि दरिलो दबाब सिर्जना गर्ने वातावरण बनाउनु यो कार्यक्रमको उद्देश्य हो ।

राैतहट,०७ गते साउन । वरीष्ठ पत्रकार एव् स्तम्भकार चन्द्रकिशोर झालाई यसवर्षको कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीद्वारा पुरस्कार प्रदान गरीदैछ । कर्मयोगी बद्रीविक्रम थापा स्मृति गुठीले करीब तीन दशकदेखी उहाँकै स्मृतिमा प्रत्येक वर्ष श्रावण ११ गते आफ्नो वार्षिकउत्सवको अवसरमा उतm पुरस्कार प्रदान गर्दै आएको छ । No description available.आफ्नो सत्कर्मको माध्यमबाट समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आएका संस्था र व्यतिmलाई गुठीदरा स्थापित पुरस्कार सहित सम्मान हरेक वर्ष प्रदान गर्दै आएकोमा यसपालि पनि यसलाई निरन्तरता दिर्दै यस वर्षको पुरस्कार तथा सम्मान दुई जना व्यतिmत्वले पाउने गुठीका अध्यक्ष प्रा.डा.सुरेश राज शर्माले जनाएकुा छन् । वरीष्ठ पत्रकार एव् स्तम्भकार चन्द्रकिशोर र डा.संदुक रुईत, जनही २ लाख २२ हजार २ सय २२ रुपैया नगद सहित पुरस्कृत तथा सम्मानित हुने गुठीकी उपाध्यक्ष रमा शर्माले जनाएकी छन् । No description available.गत असार २१ ग्ते भएको गुठीको निर्णय अनुसार आफ्नो नियमित स्तम्भलेखनका साथै पत्रपत्रिकाहरुमा लेखको माध्यमबाट देशको विभिन्न सान्दर्भिक समस्याहरुलाई उठाई विश्लेषणात्मक रुपमा व्यतm गरेको विचार सहरणीय हुनुका साथै विशेषगरी मधेश प्रदेशका जिल्लाहरुको स्वास्थ्य , शिक्षा , जातिय विभेद , छुवाछुत र विकास निर्माणका क्षेत्रमा भएको त्रुटिहरुलाई औल्याउँदै आलोचनात्मक विश्लेषण र

सुझाव सहितको सन्तुलित प्रस्तुती तथा राष्ट्रिय आत्मसम्मानको भावना अभिवृद्धि गर्दै समग्र मधेश पहाड हिमाल लगायतका क्षेत्रमा बसोबास गर्ने आम नेपालिहरुको भाषा , संस्कृती साहित्य लगायतका विषयमा पनि आफ्नो लेखनमार्फत उजिल्याउने प्रयास गर्दै आएको कुरा स्वागयोग्य रहेकोले वरीष्ठ पत्रकार चन्द्रकिशोरलाई पुरस्कृत तथा सम्मान गर्ने निर्णय गरीएको भनि उल्लेख गरीएको छ । उक्त पुरस्कार यही श्रावण ११ गते दिउसो ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौ, प्रज्ञा सम प्रेक्षालयको सभाहलमा वितरण गरीने गुठीका कोषध्यक्ष किरण थापाले जनाएका छन् ।

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।

हाल देशभर साधारणतया बदली रहेको छ । सुदूर पश्चिम प्रदेशका एक वा दूई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ ।  कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक-दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।