२०८३ बैशाख २२
२०८३ बैशाख २२

काठमाडौं, २० भदौं ।

आज श्रीकृष्ण जन्माष्टमी ।

 

भगवान श्रीकृष्णको जन्म भएको दिनको अवसरमा आजै देशैभरी श्रीकृष्णा जन्म अष्टमी बिभिन्न कार्यक्रम गरी मनाईदैछ ।

 

पाटन दरबार संग्रहालयका साथै देशैभरी रहेका श्रीकृष्ण मन्दिरमा आज भक्तजनहरुको दर्शनका लागि भीड लाग्ने गर्दछ ।

 

उता, श्रीकृष्ण प्रणामी धर्म मान्नेहरुले काठमाडौंको गोठाटार, ललितपुरको इमाडोल, रौतहटको नजरपुर र सुनसरीको इटहरीलगायतका स्थानमा भब्य धार्मिक कार्यक्रमको आयोजना गरेका हुन्छन ।

 

सो अवसरमा आज सरकारले सार्बजनिक बिदासमेत दिएको छ ।

 

 सागर संगम ठाकुर, रौतहट ,भदौ १९ गते

रौतहटको देवाही गोनाही नगरपालिका वडा नं.९ धरहरीका वडा अध्यक्ष वीर बहादुर साहले आफु माथी लगाईएको आरोप बारे खण्डन गरेको छ । वडामा भएको नाला निर्माणमा वडा अध्यक्षले मनपरी गरेको भन्दै वडा सदस्य खुबलाल दास र गौरीशंकर पंडितले आफनो नाम जोडी वडावासीमा झुठा भ्रमक छरिरहेको आरोप लगाउनु भयो । निर्वाचित जनप्रतिनिधीले बजेट चलाउने अधिकार नरहेको भन्दै वडा अध्यक्षले नै बजेट चलाएको भन्दै लगाएको आरोप झुठा कपोकल्पित र निराधार रहेको वडा अध्यक्ष साहले बताएका छन ।

धरहरीमा भएको नाला निर्माणको सम्पुर्ण जिम्मेवारी वडा सदस्य गौरीशंकर पंडितले लिएर निर्माण कार्य शुरु गराएको र केही ठाउँमा विवाद हुदाँ नालाको काम रोकिए पछि त्यस्को सबै दोस आफु माथि थुपारिएको वडा अध्यक्ष साहले बताए । वडा अध्यक्ष साहले मंगलबार वडा कार्यालयमै आयोजना गरेको पत्रकार सम्मेलन मार्फत आफू लाई उपभोक्ता समितिद्वारा भएको नाला निर्माणकार्य संग जोडेर बदनाम गराउने षड्यन्त्र रचेको बताएका छन् ।

केहिदिन धार्मिक यात्राको लागि भारत जादा यता आफ्नै पाइनल बाट निर्वाचित भएका वडा सदस्यहरु बजेटको भागवण्डा नमिल्दा विपक्षीसंग मिलेर आफू बिरोध षड्यन्त्र गरेको बताए । अध्यक्ष साहले नाला निर्माणको क्रममा सडकको उत्तरपट्टी रामज्ञा ठाकुरको घर देखि शुरु गरिएको नाला नरायण साह कानुको घर संम्म निर्माण कार्य भएको र बिचको एक ठाउँमा बिधुत्तिय पोलका कारण काम रोकिएको भन्दै त्यसबारे पनि जनतामा गलत भ्रम फैलाउन वडा सदस्य सक्रिय भएको बताउनु भयोे ।

वडा सदस्य दास र पंडितले आर्थिक वर्ष २०८०÷८१ को बजेटबाट पाँच÷पाँच लाख पाउनु पर्ने र नदिदा जनतामा भ्रम छरिएको बताए । सकडको दक्षिण तर्फ रुदल पंडितको घर सम्म नाला निर्माण भएको र मुख्य नाला संग जोडनका लागि स्थानिय तेजनरायण साहको घर एलैनिमा परेको हुदाँ घर भतकाई नाला निर्माण गर्नु पर्ने स्थानियहरुको भनाई पछि काम रोकिएको अध्यक्ष साहले बताए ।

सडकको दक्षिण तर्फ रहेको एलानी जग्गामा तेजनरायण साहले घर नहटाउदाँ निर्माण कार्य रोकिएको र त्यो विवादबारे मुदा जिल्ला अदालतमा चलिरहेको अध्यक्ष साहले भने । अध्यक्ष साहले नाला निर्माण नभएको ठाउँमा दुवै वडा सदस्यले विवाद गराएर काम रोकिएको र अहिले आएर त्यसको सबै दोस आफु माथी थुर्पान खोजिएको बताए । निर्माण कार्यका सबै जिम्मा लिएको वडा सदस्यहरु नै आफनो जिम्मेबारीबाट पछाडि हटने र आफु चोखो बन्न खोजेको वहाँले बताउनु भयो ।

विधुतको पोल सार्न प्राधिकरणको हाकिम संग कुरा गरि अधुरो रहेको केही ठाँउको नाला पनि सुचारू गराउने प्रतिबद्धता जनाए । पत्रकार सम्मेलन मार्फत वडा अध्यक्ष साहले आफू निर्वाचित भएको १६ महिनामा वडामा कायापल्ट हुने खालको विकास गरेको बताए । वडा अध्यक्ष साहले विवादका कारण रोकिएको ठाउँमा सहमति भए अउदो सोमबार देखि निर्माण कार्य शुरु गरिने प्रतिवद्धता जनाउनु भयो ।

अध्यक्ष साहले वडा भरिमा कृषि कार्यको लागि विधुतिय पोल समय समयमा किसानलाइ मल खाद बीउ विजन एक्सप्रे टंकी ,बाटोघाटो, नाला निर्माण, जिर्न अवस्थामा रहेको स्वास्थ्य चौकीको मर्मत संम्भार र वडा कार्यालयमा रंग रोदन गरि सञ्चालन लगायतको थुप्रै विकास निर्माणकार्य गरिसकेको र बाकी रहेको कार्य यस आर्थिक वर्ष २०८०÷८१ मा गरिने लक्ष्य रहेको बताएका छन् ।

 आरके श्रीवास्तव,रौतहट,भदौ १९ गते ।
रौतहट । गरुडा नगर उधोग वाणिज्य संघको अध्यक्षमा सतिश साह निर्वाचित भएका छन् । उनी १ सय ३९ मतान्तरले विजयी भएका हुन् । ९ सय ५२ जना मतदाता रहेको संघमा सोमबार भएको मतदानमा ८ सय ४४ मत खसेको थियो ।
साहले चार सय ८८ मत पाएका हुन् । अध्यक्षका अर्का उम्मेदवार संतोष कुमार चौधरीले ३ सय ४९ मत पाए । साह र चौधरीले प्यानलसहित प्रतिष्पर्धामा रहेका थिए । ५ स्वतन्त्र रुपमा सदस्य पदमा चुनाव लडेका थिए ।
संघको सदस्यहरुमा रामबाबु साह तेलीले ४ सय ६,बिनोद साह बनियाले ३ सय ८०,सुशिल कुमार साहले ३ सय ७८,उपेन्द्र कुमार चौधरीले ३ सय ७३,चुनचुन प्रसाद यादवले ३ सय ६५,मनोज प्रसाद गुप्ताले ३ सय ५८,शिवजी प्रसाद चौधरीले ३ सय ५८ मत प्राप्त गरि सदस्य पदमा विजयी भएको निर्वाचन समिति संयोजक पंण्डित प्रसाद जयसवालले जानकारी
गराउनु भयो ।
त्यस्तै सदस्यहरुमा गजेन्द्र महतो कोइरीले ३ सय ५७,रामइश्वर साहले ३ सय ५५,छठु प्रसाद साहले ३ सय ५४,सुशिला देवीले ३ सय ५४,महाशक्ती साह निरालाले ३ सय ४५ र रमेश कुमार रौनियरले ३ सय ४४ मत प्राप्त गरि सदस्य पदमा विजयी भएको उनले जानकारी गराउनु भयो ।
अध्यक्षमा विजयी उम्मेदवार सतिश साहको प्यानल बाट ७ जना सदस्य विजयी भएको छन् । भने पराजित अध्यक्ष पदमा उम्मेदवार प्यानल बाट ६ जना सदस्य विजयी भएको निर्वाचिन समितिले जनाएको छ ।
 आरके श्रीवास्तव,रौतहट,भदौ १९ गते ।
तराइ मधेशमा सहित अन्य ठाउँमा आज बुधवार श्री कृष्ण जन्माष्टमी मनाइँदैछ । कृष्ण जन्माष्ठमीको अवसरमा सबै कृष्ण मन्दिर र मठ मन्दिरमा प्रतिमा बनाइ पुजापाठ गरिदैछ ।
रौतहट सहित मधेश प्रदेशको आठ जिल्लामा यो पर्व आज मनाइँदै छ । हिन्दु धर्म मानाउने अनेक पर्व त्योहार मध्ये भगवान श्रीकृष्ण जन्म दिवस पनि एक हो ।
भादौ महिनाको अन्हरिया पक्षको अष्ठमी तिथिको रातीमा भगवान श्रीकृष्णको अवतार भएको थियो । उनको परमावतार पनि भनिन्छ ।
भगवान विष्णुको दस अवतार मध्ये एक कृष्णा अवतारके तीन विशिष्ट पक्ष रहेको छ । बाल लिला, प्रेम लिला, राजनीति र कुटनिती । यी तीन पक्षमा उनकरा विशेष सवरूप पाएको देखिन्छ । भगवान श्री कृष्ण महाभारतको दौरान जे उपदेश दिनु भयो ।
त्यसको आज पनि गीताको रूपमा संसार भरमा पुजा गर्ने र परिचित छ । गीताको संसारमा सबभन्दा उत्कृष्ट ग्रन्थ मानिन्छ । संसारको सबै ज्ञान रहेको छ । भगवान श्रीकृष्णको विभिन्न रूपमा सर्वत्र सम्मान प्राप्त भएको छ । भगवान श्रीकृष्ण माथि श्रद्धा सम्मान र विश्वास राख्नु हुने संसारका सम्पूर्ण व्यक्तीहरुले आज श्रीकृष्ण जन्माष्ठमी हर्षोउल्लासका साथ मनाउँदै छन् ।

 

 हनुमत कमार यादव,गाैर, १८ गते भदौ ।

रौतहट सदरमुकाम गौरमा जनमत पार्टीका बृहत पार्टीमा प्रवेश कार्यक्रम भव्यता साथ सम्पन्न भएको छ ।

गौर स्थित जानकी धर्मशालामा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा लोकतान्त्रिक समाजबादी पार्टीका मो. शेख जमसेद सहित विभिन्न पार्टी परित्याग गरि देवेन्द्र मिश्र, डा. रामाशंकर ठाकुर, श्री व्रजभूषण सिंह सहित सैकडौंको संख्यामा जनमत पार्टीमा प्रवेश गरेका छन् ।

कार्यक्रममा पार्टीका केन्द्रिय अध्यक्ष डा.सि.के राउत अध्यक्षको आसनमा, श्रम तथा यतायात मन्त्रि चन्दन सिंह विशिष्ठको आसनमा बस्नु भएको थियो । पार्टीको केन्द्रिय अध्यक्ष डा.सि.के राउतको हातबाट टिकामाला लगाएर उहाँहरुले जनमत पार्टी आवद्ध भएका हुन् । कार्यक्रममा लाई सम्बोधन गर्दै अध्यक्ष राउतले मधेश हित तथा यहाँका जनताको लागि हरदम लडेको, निरन्तर लड्ने वहाँको भनाई रहेको थियो ।

देशको सबैभन्दा बढी बालिहुने, कृषि योग जमिन मधेशमा रहेको तर सरकार द्वारा कुनै खास व्यवस्था नदेखिएको प्रति दु:ख समेत पोखेका छन् । उक्त कार्यक्रममा पार्टीको केन्द्रिय अध्यक्ष डा.सि.के राउत,श्रम तथा यतायात मन्त्रि चन्दन सिंह, पुर्व कृषि मन्त्रि बसन्त कुसवाहा, सैकडौं नेता कार्यकर्ता, सुरक्षाकर्मी, संचारकर्मी लगायत भद्रभलादमीहरूकाे उपस्थिति रहेको थियो ।

 

 

 आरके श्रीवास्तव,राैतहट,भदौ १८ गते ।

कटहरिया नगरपालिका–५, कटहरिया बजारस्थित रहेकाे श्री जनता नमूना माध्यामिक विद्यालयको व्यवस्थापन समिति गठन भएको छ ।

कटहरिया नगरपालिकाले नेकपा माओवादी केन्द्रका यूवा नेता एवम् नगर प्रमुख प्रत्यासी नसरूदिन अन्सारीलाई अध्यक्ष पदमा मनाेनयन गरेको हाे । नगर प्रमुख अजय प्रकाश जसवालले अन्सारीलाई अध्यक्ष पदमा चयन गरेका हुन् । समितिका सदस्यहरुमा सिकिन्द्र साह,मन्जु देवी,शारदा देवी लगायत चयन भएको प्रधानाध्यापक सचिन्द्र प्रसाद यादवले जनाए । नव नियुक्त अन्सारी विद्यालयको विकासका लागि योगदान गर्न सफल हुने अभिभावकहरूले विश्वास लिएका छन् । अध्यक्ष पदमा चयन भए लगत्तै उनले बिधालयकाे सर्वाङ्गीन विकासमा टेवा पुर्याउने प्रतिबद्धता जनाएका छन् ।

साथै उनले बिधालय बाहिर रहेका बालबालिकाहरू लाई बिधालयमा फर्काउन एउटा छुट्टै टिम परिचालन गराउने बताए । शिक्षाकाे मूलधार बाट बञ्चित रहेका बालबालिकाहरू लाई बिधालयमा फर्काउन विशेष पहल गर्ने उनकाे भनाइ छ । साेमबार एक कार्यक्रममा बिच कटहरिया नगरप्रमुख अजय प्रकाश जयसवालले टिका,माला लगाइ बिधालयमा स्वागत गर्नु भएको थियो । साथै उनले अध्यक्षकाे जिम्मेवारी पाउने हुने अन्सारीले बिधालयकाे विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गर्नु भयाे ।

साे अवसरमा अभिभावक,शिक्षक,शिक्षिका,बिद्यार्थी र स्थानीय भद्रभलादमीहरूकाे उपस्थिति रहेकाे थियाे ।

 

 

 आरके श्रीवास्तव,रौतहट,भदौं १८ गते ।

गरुडा नगर उधोग वाणिज्य संघको आज चुनाव सम्पन्न भएको छ । आज बिहान ८ बजेदेखि निर्वाचन भई बेलुका ४ बजे सम्पन्न भएको निर्वाचन समिति संयोजक पंडित प्रसाद जैसवालले जानकारी गराउनु भयो । साेमबार भएको चुनावमा शान्तिपूर्ण रूपमा चुनाव भएकाे उनले जानकारी गराएका हुन् ।

अध्यक्ष पदका उमेदवार संतोष कुमार चौधरीको प्यानल बाट सदस्य पदका लागि रामबाबु साह,गजेन्द्र महतो कोईरी,उपेन्द्र कुमार चौधरी, बिनोध कुमार जयसवाल,चुनचुन प्रसाद यादव,रामबचन प्रसाद जयसवाल, रोहित कुमार जयसवाल,रुपेश कुमार जयसवाल, शिवजी प्रसाद चौधरी, रामबाबु प्रसाद रौनियार,महाशक्ति साह निराला,हरिकिशोर प्रसाद साह,शिवम् कुमार सोनी प्रतिस्पर्धामा छन् ।

अर्का अध्यक्ष पदका उम्मेदवार सतिश साहको प्यानल बाट सदस्य पदका उमेदवार सुशिल कुमार साह, अनिल कुमार पंडित, रमेश रौनियार,दिनेश रौनियार,रामईशवर साह,बिनोद दास,सुशिला देवी जयसवाल,मनोज साह गुप्ता,अजय साह सोनार,हेमलाल साह सोनार,छठु प्रसाद साह,दिपेन्द्र यादव ,रामअधार साह कानु रहेका छन् । संघको अध्यक्ष पदमा दुई जनाबीच कडा प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष पदमा कसले बाजी मार्ने हो,त्यो अनुमान लगाउन सजिलो छैन् ।

गरुडा नगर उधोग वाणिज्य संघको विधान २०७३ को परिचछेद ७ को दफा ४५ बमोजिम अगामी ३ वर्ष कार्याकालको लागि आगामी आज अध्यक्ष १ र सदस्य १३ पदका लागि निर्वाचन भएको हो । जसमा ३३ जना प्रतिस्पर्धीहरु छन् । संघको कुल ९ सय ५२ जना मतदाता रहेकाेमा ८ सय ४४ जना मतदातादे मतदान गरेका छन् । चुनाव सके लगत्तै आजै बेलुका ८ देखि मतगणना गरिने संयाेजक जैसवालले जानकारी गराएका हुन् ।

आज भएको मतदानमा ८८.६५ प्रतिशत मत खसेको उनले बताए । उनका अनुसार पहिलो चरणमा सदस्यहरूकाे मतगणना गरिने छ । जसमा दुवै अध्यक्ष पदका उम्मेदवारका २/२ जना प्रतिनिधिहरू मतगणना स्थलमा बस्ने जनाए ।

 

बिशाल बस्नेत/न्युज कारखाना ,१९  भदौ, महोत्तरी । 

होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीको चौथो अधिबेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

गत १८ भदौमा भएको साधारणसभाले गुन्ज कार्कीको नेतृत्वमा २१ जनाको कार्यसमिति चयन गरेको हो ।

 

बिधानअनुसार बनेको कार्यसमितिमा ३ जनालाई उपाध्यक्षमा नै निर्वाचित गरिएको छ । जसअनुसार निर्वाचित हुनेहरुमा प्रथम उपाध्यक्ष अमित श्रेष्ठ, दृतिय उपाध्यक्ष बलराम श्रेष्ठ र तृतीय उपाध्यक्षमा मिन वहादुर थापा रहेको निर्वाचन मण्डलले जानकारी दिएको हो ।

 

यसैगरी महासचिवमा नारायण घिमिरे, सचिवमा परमेश्वर महतो, स-सचिव अमृत श्रेष्ठ, कोषाध्यक्षमा बिमल भण्डारी, स-कोषाध्यक्षमा धनेश्वर साह चयन भएका छन । सदस्यहरुमा भने १२ जना निर्वाचित भएको नवनिर्वाचित माहासचिव नारायण घिमिरेले जानकारी दिए ।

 

निर्वाचित हुने सदस्यहरुमा आरती घिमिरे, मिरा पराजुली, कमला कोइराला, बिनोद भण्डारी, मुकेश साह, साविर हुसेन, रोसन कार्की, ज्ञानबहादुर राउत, सन्तोष श्रेष्ठ, बिस्वास ढुंगेल, उमेश महतो र हर्क बहादुर दाहाल रहेका छन ।

 

यसअघि कार्यकाल सुदिप कार्की (रेवन्त)ले नेतृत्व गरेका थिए । उन्लाई  साधारणसभाले पदेन्न सदस्यमा मनोनित गरेको छ ।

 

 

 

विशाल बस्नेत/ ,महोत्तरी, १८ भदौ ।

लोकतान्त्रिक समाजवादी पार्टी मधेश प्रदेशको विस्तारित बैठक बर्दिबासमा बसिरहेको छ । बिस्तारित बैठकले मुख्यत: ५ वटा एजेण्डामा छलफल गर्ने लोसपा मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनालले जानकारी दिए ।

समसामयिक राजनितिक अवस्था, मधेशका मुद्दा  एवं आगामी रणनीतिको विषयमा विशेष गरि केन्द्रित रहने लोसपाले जनाएको छ ।

 

यही बैठकबाट बुथ समितिसम्मको संगठन निर्माणको कार्यनीति बनाइने र पार्टी संचालनको लागी अर्थनीति एवं केन्द्रीय सर्कुलरअनुसारको लेवीको विषयमा समेत गहन छलफल हुने जनाइएकाे छ ।

 

अध्यक्ष जितेन्द्र साह सोनालका अनुसार पार्टी एवं सरकारबीचको सम्बन्ध र स्थानीय तह तथा विविध विषयमा छलफल गरिनेछ ।

 

उक्त विस्तारित बैठकमा लोसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता शरदसिंह भण्डारी, राजेन्द्र महतो लगायतका नेताहरुकाे उपस्थिति छ ।

 

 

 

 

बुटवल, १८ भदौ ।

नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि दुई जनाको उम्मेदवारका बिचमा आज मतदान हुदैछ ।

 

सहमतिको प्रयास असफल भए पछि राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गरे पछि उनीहरु बिच प्रतिस्पर्धा गराउनका लागि आज मतदान हुन लागेको हो ।
प्रदेश अधिवेशन उद्घाटनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको सन्देश दिन निर्देशन दिए पछि नेताहरू छलफलमा जुटेकोमा दुबै आकांक्षी एकअर्कालाई छाड्न तयार नभएपछि निर्वाचन नै हुने पक्का भएको एमाले लुम्बिनीले जनाएको छ ।

 

तर, दुबै जना कँडेल र रिजालले उम्मेदवारी दर्ता गरे पछि निर्वाचन गरिन लागएिको हो । दुबैजना उम्मेदवार मध्ये कँडेलको प्रस्तावकमा राजुप्रसाद श्रेष्ठ र समर्थकमा भोजराज पोखरेल छन् भने रिजालको प्रस्तावकमा विजयबिराट विष्ट र समर्थकमा बाला सिंह काउछा छन्।

 

उम्मेदवारी दर्ताको समय आज विहान १० बजेसम्म रहेको छ। यद्धपी, यस बिचमा सहमतिको प्रयास गरेर एकको उम्मेदवारी फिर्ता गराउने कोशिश भने जारी रहने जनाईएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।