मुकेश कुमार यादबसिरहा, १ कार्तिक ।
अन्य समय भन्दा बढी दशैमा बढी मुल्यमा विक्रि हुने खसि वोकाको मुल्य आर्थिक मन्दिका कारण घटे पछि किसानहरु मर्कामा परेका छन् । अत्याधिक मात्रामा मासुको खपत हुने दशैंमा नै आर्थिक मन्दिका कारण तराई मधेशका बजारहरुमा खसी–बोका खरिद विक्रि कम भएकाले मूल्य सस्तो भए पछि किसानहरु चिन्तित बनेका हुन् ।

सिरहा धनगढीमाई- १३ का किसान शुक्रलाल लामाले गोलबजारको मंगलबारे बजारमा विक्रिको ल्याएको बोका अन्य बेला २२-२५ हजारमा विक्रि हुने बोका १३ हजारमा बिक्रि गरेको बताए। उनले भने, ‘अन्य बेला यही बोका २२-२५ हजारमा बिक्रि हुन्थ्यो, आज त १३ हजार मै बिक्रि गर्नु पर्यो।’

बजारमा खरिद गर्नेभन्दा बढी खसी–बोका भएकाले दशैंको मुखमा पनि सस्तोमा बेच्न बाध्य भएको उनले सुनाए। ‘राम्रो मुल्य पाउँला र दशैंको खर्च जोहो गर्न सजिलो भनेर बोका पालेको थिएँ तर भने जस्तो मूल्य पाइन्’ उनले भने । दुर्गा पुजामा बोका बलि दिंदै आएका नरहा- ५ का बलदेव यादवले यो वर्ष सोचेको भन्दा कम मूल्यमा बोका पाएकोले ठूलै खरिद गरेको बताए। उनले अरु वर्ष १५-१७ हजार पर्ने बोका यो पटक ११ हजार मै खरिद गर्न पाएकोमा खुसी व्यक्त गरेका छन । ‘सधैं महगोमा बोका किन्नुपर्थ्यो, यो पटक भने सोचेको भन्दा धेरै कम मूल्यमा बाका पाएँं,’ उनले भने ।

गोलबजार नपा ६ मा लाग्ने खसी बजारमा अहिल्लो दशैंको बेला प्रत्यक हटिया तीनसय भन्दा बढी खसी बोका बिक्रि हुने भए पनि यो वर्ष आधाभन्दा कम बिक्री भईरहेको बजारका ठेकेदार बीरेन्द्र यादवले बताए। उनले भने, ‘दशैंका बेला हामीलाई खसी बोको पुर्जा बनाउन पनि हम्मे हम्मे पर्थ्यो, हिजो आज हटियामा एकसय बिक्न पनि मुस्किल हुने गरेको छ।’
दशैंका बेला बजार मूल्य ह्वात्तै बढे पनि खसी बोकाको मूल्य भने स्वात्तै घटेको छ। जसका कारणा बाख्रा पालक किसान भने मर्कामा परेका छन्। बजार मूल्य बढेका र आर्थिक मन्दिका कारण बजारमा दशैं आएजस्ताे चहलपल पनि नदेखिएको स्थानियले बताएका छन् ।
काठमाडौं, १ कार्तिक ।
कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने भएका छन् ।
सत्तारुढ गठबन्धनवाट बिद्रोही गरी नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले आज बिश्वासको मत लिन लागेका हुन ।
गठबन्धन भन्दा बाहिर रहेको एमालेको समर्थनमा संविधानको धारा १६८ को उपधारा ९५० बमोजिम उनी मुख्यमन्त्री नियुक्त भएका थिए । उनै नवनियुक्त मुख्यमन्त्री कार्कीले आज संविधानको धारा १६८ को उपधारा ९४० बमोजिम विश्वासको मत लिन लागेका हुन । जसका लागि आज अपरान्ह प्रदेश सभामा बैठक आब्हान गरिएको छ ।
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको भए पनि कार्कीले भने नियुक्त भएको एक हप्ता नबित्दै मुख्यमन्त्री पदका लागि बिश्वासको मत लिन लागेका हुन् । कार्की असोज २७ गते मात्रै मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।
उनलाई एमाले, उनको पार्टी नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्रले पनि विश्वासको मत दिने जनाएका छन् ।
हेमन्त केसीसुर्खेत, ३० असाेज ।
भेरी नगरपालिका १२ धायराका करिव ३५ वर्षीय ईन्द्रबहादुर बस्नेत मृत भेटीएका छन् । बस्नेत दुई दिन देखि बेपत्ता भएका थिए । वेपत्ता बस्नेत हराएको खबर प्रहरीलाई पुग्नसाथ खोजी कार्य ब्यापक बनाइएको थियो ।
उनि सोही भेरी नगरपालिका १२ स्थित सालविसौनाको जंगलमा भिरबाट लडेर करिव १५० मिटर तल खसी मृत अबस्थामा भेटिएको स्थानीयबासीले प्रहरीलाई खवर गरेका थिए । उक्त खवर पाए लगतै प्रहरी चौकी कुदुबाट प्रहरी नायब निरीक्षक रामसिंह धामीको नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो ।
उक्त घटनाका विषयमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक सुनिल थापा नेपालीको नेतृत्वमा प्रहरी घटना स्थल पुगेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
हेमन्त केसी सुर्खेत ,३० असोज ।
४१७ मेगावाट विद्युत उत्पादन क्षमताको जाजरकोटको नलगाड जलविद्युत् आयोजनाको डिपिआर प्रतिबेदन तयार भएसँगै नलगाड हाइड्राेपावर कम्पनीले अर्को सहायक आयोजनाको रुपमा रहेको ताक्सुगाड जलविद्युत् आयोजनाको विद्युत खरिद ,बिक्री गर्न सम्झौता भएको छ ।
नेपाल विद्युत् प्राद्यिकरण कर्णाली प्रदेशसँग नलगाड हाइड्राेपावर कम्पनीले विद्युत खरिद, बिक्री गर्न सम्झौता गरेको हो । ७.१ मेगावाट क्षमता रहेको ताक्सुगाड जलविद्युत आयोजना यसै आर्थिक वर्षमा निर्माण कार्यमा लैजानका लागि विद्युत खरिद ,विक्री सम्झौता (पिपिए) को काम गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए । भेरी करिडोरमा सञ्चालनमा रहेको ३३ केभी र निर्माणधिण १३२ केभी प्रशारण लाइनसँग ताक्सुगाड ,नलगाड जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युत जोडनका लागि पिपिए गरिएको हो । झण्डै ७ वर्ष देखि रुमलिएको नलगाड जलविद्युत आयोजनाको डिपिआर प्रतिबेदन तयार भएसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतकै पहलमा निर्माण कार्यमा लैजानका लागि लगानीकत्र्ताको खोजी देखि बिभिन्न प्राविद्यिक कुराहरु सम्पन्न गर्न प्रक्रिया सुरु भएको छ ।
नलगाड जलविद्युत आयोजना ४१७ मेगावाट निर्माण गर्नका लागि आवश्यक पर्ने विद्युत उत्पादन गर्न ताक्सुगाड जलविद्युत आयोजना ७.१ मेगावाट निर्माण गर्न लागिएको हो । नलगाड हाइड्राेपावर कम्पनीको सहायक आयोजनाका रुपमा ताक्सुगाड रहदै आएको छ । ताक्सुगाड निर्माणका लागि कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले रकम बिनियोजन गरेको मन्त्री उर्मिला विकले जानकारी दिइन् । २० मेगावाट सम्मका विद्युत आयोजनाहरु प्रदेशले बनाउन सक्ने भन्ने लक्ष्यका साथ ताक्सुगाडमा प्रदेशले बजेट बिनियोजन गरेको मन्त्री विकले बताइन् । नलगाड जलविद्युत आयोजना निर्माण गर्दा प्रयोग हुने जग्गाको मुआब्जाको काम पुरा भएको इन्जिनियर पदम थापाले बताए । अब ५ सय भन्दा बढी घरको मुआव्जा दिन बाँकी रहेको उनले बताए । घरको मुआब्जा दिनका लागि प्रक्रिया सुरु भएपनि ह्रास कट्टी गर्ने की नगर्ने भन्ने एकिन नहुँदा घरको मुआब्जा दिन ढिलाई भइरहेको थापाले बताए । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पहिलो चरणमा अर्थ मन्त्रालयमा पठाएको फाइल अस्वीकृत भएपछि फेरी यो पटक मन्त्री बस्नेतकै पलहमा फेरी अर्थमन्त्रालयमा ह्रास कट्टी नगरी घरको मुआव्जा दिन अर्थमन्त्रीसँग छलफल सुरु भएको छ । केही दिन अघि कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह , संघीय सरकारका अर्थमन्त्री प्रकाशशरण महत , ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अर्थमन्त्री महतसँग नलगाड जलविद्युत आयोजना स्थलका घर टहराको मुआव्जा दिदा ह्रास कट्टी नगर्ने गरि मुआव्जा दिने विषयमा छलफल भएको थियो ।
ह्रास कट्टी नगर्ने भनेको घरको सुरुको मूल्य भुक्तानी गर्नु हो । मन्त्री बस्नेतले अर्थमन्त्री विदेशमा रहनुभएकोले अहिले थप छलफल हुन नसकेकोले बताउनुभयो । उहाँ फर्केपछि बाँकी कुरा हल हुने जानकारी दिए । आफ्नो थाकथलो छाडेर बाहिर बसाई ,सराई गरेर जाने सर्बसाधारणले अन्य ठाउँमा बसाई व्यवस्थापन गर्नुपर्ने भएकाले ह्रास कट्टी नगर्दा केही राहत हुने पुर्वमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । नलगाड सरोकार समितिका अध्यक्ष समेत रहनुभएका सिंहले जनताहरुको पुरै जन्म भूमि छोडेर बाहिर गई आफ्नो बास बनाउने कुरामा ठट्टा गर्नु नहुने बताए ।
राज्यले जनताको मर्का बुझनुपर्ने समेत उहाँले बताउनुभयो । उत्ता ताक्सुगाड जलविद्युत आयोजना निर्माण स्थलका सर्बसाधारणलाई मुआव्जा दिनका लागि दररेट कार्यम गर्ने कार्य अन्तिम चरणमा पुगेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताउनुभयो । ताक्सुगाड ७.१ मेगावाट ,नलगाड ४१७ मेगावाट र जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटको विद्युत नलगाड नगरपालिका–७ दानीपिपलमा निर्माधिण सव स्टेशनमा जोडने लक्ष्य रहेको छ ।
दानीपिपल स्टेशनको मुआव्जाको काम पुरा भएर जग्गा अधिग्रहणको काम समेत पुरा भइसकेको छ । अब सव स्टेशन निर्माण चरणमा जाने योजना रहेको छ । जाजरकोट भरी विद्युतीकरण गर्नका लागि नयाँ तीन वटा सब स्टेशनको काम जारी रहेको छ । नलगाडको चौखामा सव स्टेशन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने , कुशेको समाइला र छेडागाडको वडावनमा मुआव्जाको दररेट टुंगो लागेर निर्माण चरणमा प्रवेश गरेको छ । चौखा सव स्टेशनले तल्लो डोल्पालाई समेत विद्युतीकरण गर्ने लक्ष्य रहेको छ ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको प्रशासकीय केन्द्र बगरमा निर्माण हुने सव स्टेशन सम्म विद्युत लिनका लागि चौखाको सव स्टेशन प्रयोग गरिने छ । साना ,ठुला सव स्टेशन निर्माणसँगै दानी पिपल सव स्टेशनबाट १५० किलोमिटर टाढाको दुरीमा रहेको सुर्खेतको भेरीगंगा नगरपालिकाको मैनतडामा लिएर अर्को सव स्टेशनमा जोडिने लक्ष्य लिइएको छ । यो ४०० केभीको डवल सक्रिट रहेको छ । ओभरहेड ट्रान्समिशन लाइनहरूको लागि नाङ्गो केबल र वितरण लाइनहरूको लागि प्राथमिक , माध्यमिक केबलको रूपमा यसलाई लिइएको छ ।
यो निर्माणका लागि १४ अर्ब रुपैयाँ खर्च हुने डिपिआरमा उल्लेख छ । त्यस्तै जाजरकोट जिल्ला भरी विद्युतीकरण गर्नका लागि ३ अर्बको ठेक्का समेत लागेको छ । अहिले ३३ केभी प्रशारण लाइनको विद्युतबाट जिल्लाका केही भागमा विद्युतीकरण गरिएकोमा १३२ केभी प्रशारण लाइन निर्माण कार्य जारी रहदा त्यसलाई नै सर्पोट पुग्ने गरेर काम भइरहेको मन्त्री बस्नेतको भनाई छ ।
जाजरकोटमा विद्युतको संरचना निर्माण नगरी छिमेकी जिल्ला डोल्पामा सबै काम गर्न समस्य हुने भएकाले पनि यहाँ कामलाई तिब्रता दिइएको छ । डोल्पामा विद्युतीकरण गर्नका लागि अघिल्लो वर्ष ठेक्का लगाएको छ ।
हेमन्त केसीसुर्खेत, ३० असाेज ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले नेपाल प्रहरीले अन्तर्राष्ट्रियस्तरसम्म आफ्नो छवि कायम गरेको बताएका छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित नेपाल प्रहरीको ६८औं स्थापना दिवस समारोहलाई सम्बोधनलाई मुख्यमन्त्री शर्माले अपराध अनुसन्धान तथा नियन्त्रण एवं रोकथाममा प्रहरीले खेलेको भूमिकालाई अन्तर्राष्ट्रिय जगत्ले मूल्याङ्कन गरेको जनाए । उनले भने, “नेपाल प्रहरीले राष्ट्र निर्माण र जनताको शान्ति सुरक्षामा उत्कृष्ट काम गरेको छ । प्रहरी संगठनप्रति कृतज्ञता प्रकट गर्न चाहन्छु ।”
कर्णालीको कठिन भूगोल रहेर भौतिक संरचनाविहिन अवस्थामा पनि प्रहरीले गरेको कार्यप्रति उच्च प्रशंसा गर्दै मुख्यमन्त्री शर्मा भने, “बास नपाएर प्रहरीले काम गर्नुपर्ने अवस्थाले सरकारलाई गम्भीर बनाएको छ । यो समस्या समाधानमा लाग्छौं ।” आर्थिक समृसद्ध र सामाजिक न्यायबाट समुन्न समाज निर्माण हुने भन्दै उनले अँझै पनि नागरिकको शान्ति सुरक्षार्थ दत्तचित्त भएर लाग्न प्रहरीलाई निर्देशन दिए ।
आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले संघमा प्रहरी ऐन तथा प्रदेशमा प्रहरी सुपरीवेक्षण ऐन पारित भइसक्दा पनि प्रहरी समायोजन हुन नसक्नुले संविधान र संघीयता कार्यान्वयनमा आशंका उठ्न थालेको बताए । उनले संविधान र संघीयताको परिपालना हुनुपर्नेमा जोड दिए । जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले प्रहरी जनताको सारथी बनेर काम गरेको अनुभूति प्रकट गरे ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले संवैधानिक सर्वोच्चता र विधिमा रहेर प्रहरी संगठनले गरेको कामले उत्कृष्टता प्रदर्शन गरेको जनाइन् । विभिन्न चुनौतिका बाबजुद आफ्नो जिम्मेवारीको ओज प्रहरीले कायम राखेको उनकाे भनाई थियो । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले शान्ति, सुरक्षा तथा अपराध अनुसन्धानमा नेपाल प्रहरीको महत्वपूर्ण भूमिका रहेको भन्दै नेपाल र नेपालीको शिर ननिहुरिने गरी काम गर्न सुझाव दिए ।
उक्त दिवस समारोहमा शान्ति, सुरक्षा र नागरिक हितमा उत्कृष्ट काम गरेको भन्दै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँरको तर्फबाट मुख्यमन्त्री शर्माले कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल र जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक सन्तोष रोकालाई सम्मान गरे ।
त्यस्तै, दिवसका अवसरमा चित्रकला, निबन्ध प्रतियोगिता, भलिबल र ब्याटमिन्टन प्रतियोगितामा भाग लिई प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने प्रतियोगीहरुलाई पुरस्कृत गरिएको थियो भने राष्ट्र सेवाको सिलसिलामा आफ्नो जीवन आहुती दिने अमर सहिद प्रहरीका परिवारलाई सम्मान गरिएको थियो ।
हेमन्त केसीसुर्खेत, ३० असाेज ।
रुकुम पश्चिमको सदरमुकाम मुसिकोटको एक होटेलमा एक महिलाको शव फेला परेको छ । मुसिकोट नगरपालिका १ खलंगा बजारमा रहेको होटेल सत्कारमा एक महिला मृत अवस्थामा भेटिएकी हुन् । मृतकको पहिचान भने खुलेको छैन । होटेलको कोठा नम्बर १ मा महिलाको शव भेटिएको हो ।
प्रहरीका अनुसार त्रिवेणी गाउँपालिका ठेगाना भएका विकास केसीको नामबाट गत आइतबार होटेलको कोठा बुक भएको देखिन्छ । सिरकले शव छोपेको अवस्थामा महिलाको शव रहेको छ । घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको टोली आउने भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार नेपाल प्रहरीको केनाइन कुकुर शाखा कोहलपुरबाट तालिमप्राप्त कुकुर र प्रदेश प्रहरी कार्यालयबाट अनुसन्धान टोली आउन लागेको हो । कुकुरसहितको टोली आउन लागेकोले शव नचलाइएको र होटेलमै सुरक्षा दिइरहेको उनले बताए ।
काठमाडौं ३० असोज,
रौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ।निर्वाचन आयोगले मंगलबार सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख रिनाकुमारी साह अन्य दलमा प्रवेश गरेपछि पद रिक्त भएको जानकारी दिएको हो
साह अन्य दलमा प्रवेश गरेको एमालेको केन्द्रीय समितिको निर्णय जानकारी भएसँगै पद रिक्त भएको आयोगले जनाएको छ। राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २२ को उपनियम (२) बमोजिम उनी निर्वाचित भएको पद स्वतः रिक्त भएको आयोगले जनाएको छ।
साह आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नी हुन्। थाहा खबर
३० असोज, काठमाडौं ।
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गैरआवासीय नागरिकता वितरणलाई राष्ट्रघाती कार्यको सुरूआत भनेका छन् ।
सरकारले मंगलबारबाट गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै बालुवाटारमा कार्यक्रम आयोजना गरी गैरआवासीय नागरिकता प्रदान गरे ।
तर, सरकारको यो कदम देशको पक्षमा नरहेको भन्दै आम जनता पार्टीका साहले विरोध गरेका हुन् । ‘गैरआवासीय नागरिकता वितरण राष्ट्रघाती कार्यको शुरूवात हो । विदेशी नागरिकलाई नेपाली नागरिकता दिने कार्य खुलेआम राष्ट्रघाती कार्य हो’ शाहले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनका अनुसार गैरआवासीय नागरिकता वितरणले बिदेशी नागरिकता लिएका नेपालीहरुको नेपालमा रोकिएको अचल सम्पत्ति बेचबिखन गरि विदेश लैजानको लागि बाटो खुल्नेछ । ‘खर्बौं खर्बको चल सम्पति अवैध ढंगले विदेश पुर्याइसकेका तिनिहरुले अब आफनो अचल सम्पत्ति पनि खुलेआम विदेश लान पाउनेछन’ साह अगाडि लेख्छन्, ‘नेपालमा लुटेर राखेका सम्पति समेत विदेश लैजानलाई अब कानुनी समस्या हुने छैन ।’
गैरआवासीय नागरिकता वितरणले नेपाललाइए खोक्रो बनाउने उनको भनाइ छ । उनी लेख्छन्, ‘दुनियाँमा काही नभएको दोहोरो नागरिकताको प्रावधानले नेपाल छिटै खोक्रो हुने पक्का छ ।’
विदेशी लगानी नेपाल ल्याउन गैरआवासीय नागरिकताको प्रावधान ल्याइएको भन्ने हल्ला मात्रै भएको उनको भनाइ छ । साहले लेखेका छन्, ‘विदेशी लगानी नेपाल ल्याउनलाई यो दोहोरो नागरिकताको प्रावधान ल्याइएको भन्ने हल्ला मचाएर आज ठुलो राष्ट्रघाती कार्य हुदैँछ । यस अपराधजन्य कार्यको विरुद्ध एक भएर प्रतिवाद गरौँ । राष्ट्रघाती कार्य मुर्दावाद, प्रतिक्रान्तिकारीहरु होशियार । औनलाईन खबर
हेमन्त केसी जाजरकोट, ३० असाेज ।
छेडागाड नगरपालिकाका कर्मचारीले पालिकाकै रकमबाट व्यक्तिगत रुपमा चलाइरहेको इन्टरनेट सेवा बन्द गरिएको छ ।
यसरी ११ ठाउँमा जोडिएका व्यक्तिगत इन्टरनेट सेवाहरु नयाँ प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले बन्द गराइदिएका हुन् ।
अब पालिका भित्र नगरप्रमुख रत्नबहादुर खड्का , उपप्रमुख चन्द्र थापा , लेखा शाखा , प्रमुख प्रशासकीय अधिकृत बाहेक अन्य ठाउँमा इन्टरनेट सेवा नचल्ने भएको छ । पालिकाको खर्चमा व्यक्तिगत प्रयोजनका लागि सरकारी रकमबाटै इन्टरनेट चलाएर मासिक भारी रकम खर्च हुँदै आएको थियो । अब इन्टरनेटमा मात्र झण्डै १० लाख भन्दा बढी बचत हुने भएको छ । सबै निजी रुपमा चलाइरहेका कर्मचारीबाट राउटर फिर्ता मागिएको छ ।
खाजा ,नास्ताका लागि असोज २९ गते सूचना प्रकाशित गरिएको छ । सस्तोमा जसले नगरपालिकालाई नास्ता उपलब्ध गराउँछ ,उसैले नास्ता उपलब्ध गराउने गरी खुल्ला प्रतिस्पर्धाबाट काम हुने प्रमुख प्रशासकीय अधिकृत डाँगीले बताए । कर्मचारीले जथाभावी गरिरहेको इन्धन सेवालाई समेत कडाइका साथ लिई कुपन सेवा उपलब्ध गराएको छ । मदिरा सेवन गरी हो हल्ला गर्ने बिकृती बढेकोले त्यसलाई रोक्न सामुहिक प्रतिबद्धता समेत गराएको छ ।
कर्णाली, २९ असोज :
कर्णाली प्रदेश प्रमुख तिलक परियारले ‘कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा २७१ को उपधारा (२) बमोजिम आज उक्त विधेयक प्रमाणीकरण गर्नुभएको हो । कर्णाली प्रदेशसभा सचिवालयबाट आइतबार प्रदेश प्रमुखको कार्यालयले निजामती सेवा विधेयक प्राप्त गरेको थियो । उक्त विधेयक प्रदेशसभाबाट यही असोज २२ गते सर्वसम्मतले पारित भएको थियो । विधेयक कर्णाली प्रदेशको राजपत्रमा प्रकाशनपश्चात् अब ऐन बनेर कार्यान्वयनमा जानेछ । यसले प्रदेश निजामती सेवाको गठन, सेवामा रहने तह तथा पदको व्यवस्था, दरबन्दी सिर्जना, माग, पदपूर्ति, सेवासुविधा, सरुवा, बढुवा, क्षमता अभिवृद्धि, वृत्तिविकास तथा उनीहरुको अभिलेखीकरणमा सहयोग पुग्नेछ । प्रदेशको प्रशासन सञ्चालन गर्न प्रदेश निजामती सेवाको गठन, सञ्चालन, सेवाका शर्त तथा निजामती कर्मचारीको व्यवस्थापनका सम्बन्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केन्द्रीय निकायका रुपमा काम गर्ने ऐनमा व्यवस्था गरिएको छ । रासस