२०८३ कार्तिक ५
२०८३ कार्तिक ५

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते लिने विश्वासको मतका लागि ह्विप जारी गरेको छ ।

बुधबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले संविधानको रक्षा, संविधानको कार्यान्वयन र जनताको हित चाहने राजनीतिक दल तथा स्वतन्त्र सांसदहरूलाई प्रधानमन्त्रीलाई विश्वासको मत दिन आह्वान गर्ने निर्णय भएको जानकारी दिए ।

पाण्डेले प्रधानमन्त्रीले विश्वासको मत नपाएको अवस्थामा संविधानको धारा ७६(३) बमोजिमको सरकार बन्ने माओवादीको निष्कर्ष रहेको समेत बताए । न्युज कारखाना

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीले सदनमा विश्वासको मत प्राप्त गर्न नसके नयाँ सरकार संविधानको धारा ७६ को ३ बमोजिम गठन हुने दाबी गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले असार २८ गते विश्वासको मत प्राप्त गर्ने दाबी गर्दै प्रधानमन्त्रीले विश्वासको मत नपाएमा संबिधानको धारा ७६ को उपधारा ३ अनुसारकै सरकार बन्ने निष्कर्ष निकालेको छ ।

बैठकको निर्णय बारे जानकारी दिदै प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफल बारे जानकारी गराएको बताए । प्रचण्डले बैठकमा कांग्रेससँग सहमति भइसकेपछि पनि मिलेर जानुपर्छ भन्दै झुट बोलेको बताएको पाण्डेले जानकारी दिए ।

उनले असार २८ गते प्रधानमन्त्रीले विश्वासको मत लिने र विश्वासको मत लिएपछि आउने परिणाम अनुसार अगाडी बढ्ने निर्णय गरेको बताएका छन् ।

पाण्डेले भने- ‘संविधानको रक्षाको लागि सबै परिवर्तनकारी शक्तिहरुसँग सहकार्य गर्ने निर्णय गरेका छौं । हामी प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनमा सशक्त भूमिका खेल्छौं । संविधान नै संशोधन गर्ने कुरा आएकोले यो संविधानलाई गतिशिल बनाउनको लागि र अझै राम्रो बनाउनको लागि हामी सशक्त भूमिका खेल्छौं । संविधानलाई अक्षरश पालना गरेर जानुपर्छ ।’न्युज कारखाना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले आज पत्रकार सम्मेलन गर्दै छन् । उनले भेटघाट गर्ने भन्दै दिउँसो ३ बजे अनामनगरस्थित एक रेस्टुरेन्टमा सञ्चारकर्मीलाई बोलाएका हुन् ।

पार्टी हितविपरीत गतिविधि गरेको भन्दै मंगलबार केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट निष्काशित गरेको थियो ।

पार्टीले जिम्मेवारीबाट हटाएपछि उनले आफूलाई रवि लामिछानेको क्लबबाट निकालिएको प्रतिक्रिया दिएका थिए । साथै उनले आफु रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने अभियानमा लाग्ने बताएका थिए ।

आज सञ्चारकर्मीसँग उनले आफ्ना भनाई राख्ने बुझिएको छ । रास्वपाले ढकाललाई जिम्मेवारीबाट हटाएपनि उनले त्यसमा पुनरावेदन गर्न ३५ दिनको समय दिएको छ ।न्युज कारखाना

राैतहट,२५ गते असार । आम जनता पार्टीको पर्सा जिल्ला पदाधिकारीको आज बसेको बैठकले शैक्षिक सुधारको लागि संगठन बिस्तारलाई तिब्रता दिने निर्णय गरेको छ । “नो शिक्षक, नो शिक्षण” भन्ने नाराका साथ आजपाले मधेश प्रदेशमा विद्यार्थीको अनुपातमा शिक्षक ब्यवस्था गर्न शैक्षिक आम हड़तालको तयारी स्वरूप बसेको उक्त बैठकले कार्यविभाजन समेत गरेको छ । आम जनता पार्टीका अध्यक्ष एवम् सांसद प्रभुु साहको रोहबरमा बसेको सो बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १ को इन्चार्जमा अफताब आलम र संयोजक शिवनाथ रौनियार, निर्वाचन क्षेत्र नम्बर २ को इन्चार्जमा राजकुमार साह र संयोजक दीपेन्द्र जयसबाल ,निर्वाचन क्षेत्र नम्बर ३ को ईन्चार्जमा अमिका चौहान र संयोजकमा जलसन खातुन र निर्वाचन क्षेत्र नम्बर ४ को ईन्चार्जमा संध्या पसवान, सह–इन्चार्जमा ओमप्रकाश कुशवाहा र संयोजकमा बशिष्ट कुशवाहा लाइ चयन गरेको छ । त्यस्तै इदरिस हुसेनलाई आम मुस्लिम मोर्चा र इस्तिखार खालाई पोखरिया नगरपालिका संयोजक, सह– सयोजक ः चनरवती देवीलाइ जिममेवारी दिइएको छ । आजपा अध्यक्ष साहले जिम्मेवारी पाउनु हुने सम्पुर्णलाई एकमुष्ठ हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना समेत गर्नु भएको छ ।

काठमाडौँ । जसपाका मन्त्रीहरुले दिएको राजीनामा स्वीकृत भएको छ ।

राष्ट्रपति  रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्का स्वास्थ्य तथा जनसङ्‌ख्या मन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुडी र स्वास्थ्य तथा जनसङ्‌ख्या राज्यमन्त्री हसिना खानले प्रधानमन्त्रीसमक्ष दिएको राजीनामा स्वीकृत गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आ-आफ्नो पदबाट राजिनामा दिएकाले प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको सिफारिसमा उनीहरूले सम्हाली आएका उक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री स्वयमले सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।न्युज कारखाना

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीलाई नियमनकारी निकाय बनाउन सुझाव दिएका छन् ।

सोमबार सिंहदरबारमा बसेको सहकारी रकम हिनामिना प्रकरणको छानबिन गर्न गठित संसदीय समितिको बैठकमा आज गभर्नर अधिकारीले सहकारीका लागि नियमनकारी निकाय आवश्यक भएको बताएका हुन् ।

सभापति सूर्यबहादुर थापा क्षेत्रीको अध्यक्षतामा बसेको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असीमित बचत संकलन गर्न दिँदा सहकारी क्षेत्रमा अहिलेको समस्या आएको बताएका थिए ।

समितिका सभापति थापाका अनुसार गभर्नर अधिकारीले भूगोलको सीमा नराखिएको, असीमित बचत संकलन गर्न दिइएको र नियमनकारी निकायको प्रभावकारी उपस्थिति नभएको कारणले सहकारीमा अहिलेको जस्तो विकराल अवस्था आएको बताए ।

समितिको आजको बैठकमा बैंकर्स एशोसिएसनका अध्यक्ष सुनिल केसी, कर्जा सूचना केन्द्रका अध्यक्ष गुणाकर भट्टसहित पछिल्लो सहकारी सुझाव समितिका संयोजक डा. जयकान्त राउतलाई बोलाएर सुझाव लिएको बताए ।न्युज कारखाना

हेटौंडा । बागमती प्रदेश सरकारले भरतपुरस्थित निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालालाई करिब २ करोड रुपैयाँ बजेट थपेको छ  । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्माणाधीन रंगशालाका लागि १ करोड ८० लाख रुपैयाँ रकमान्तर गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठका अनुसार चालु आर्थिक वर्षको लागि उक्त रकम भरतपुर महानगरपालिकालाई अख्तियारी दिने निर्णय भएको हो । प्रदेश सरकार र भरतपुर महानगरपालिकाबिच गत २०८० कात्तिक २१ को सहमति अनुसार क्रिकेट रंगशाला निर्माणका लागि प्रदेश सरकारको तर्फबाट व्यहोर्ने रकममध्ये १ करोड ८० लाख रुपैयाँ थप गरिएको हो ।

प्रदेश सरकारले यसअघि नै सो रंगशाला निर्माणका लागि ५ करोड रुपैयाँ बजेट पठाएको उनले बताए । थप गरिएको १ करोड ८० लाख रुपैयाँ सोमबार नै महानगरपालिकाले खर्च गर्नेगरी रकमान्तर गरिने उनको भनाई छ ।

उक्त रंगशाला निर्माणका लागि प्रदेश सरकार र महानगरपालिकाबिच साझेदारी गर्ने सहमति भए अनुसार महानगरपालिकाले तयार पारेको पहिलो चरणको लागत अनुमानको प्रस्तावका आधारमा काम सुरु गरिएको थियो । महानगरपालिकाले पहिलो चरणमा १० हजार दर्शक अट्ने प्याराफिटसहित क्रिकेट पिच र मैदान निर्माणको काम गर्ने गरी लागत अनुमान प्रतिवेदन तयार गरेको थियो । उक्त कामका लागि महानगरपालिकाले तयार पारेको लागत अनुमान प्रस्ताव अनुसार ७५ करोड रुपैयाँ लगानी लाग्ने र ७० प्रतिशत प्रदेश सरकारले व्यहोर्ने र ३० प्रतिशत रकम महानगरपालिकाले व्यहोर्ने सहमति भएको थियो ।

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आर्थिक वर्ष २०७९/०८० को शासकीय सुधार तथा सुशासन सम्बन्धी प्रतिवेदन स्वीकृत गरेको छ ।

बैठकले प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवको वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले मन्त्रालयका सचिव विनोद कुमार भट्टराईको थाइल्याण्डमा असार २९ देखि साउन ४ गतेसम्म हुने अध्ययन तथा तालिममा सहभागी हुन स्वीकृति दिने निर्णय गरेको हो ।न्युज कारखाना

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नयाँ सरकार गठनमा संवैधानिक बाध्यता नरहेको टिप्पणी गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै सांसद बर्तौलाले संविधानको धारा ७६ को उपधारा २ अनुसारको सरकार बनाउन कुनै पनि संवैधानिक अड्चन नरहेको बताउदै यसअघिका विभिन्न नजिर, सर्वोच्च अदालतले गरेको व्याख्या अनुसार नयाँ सरकार धारा ७६ को उपधारा २ अनुसार बन्नेमा कुनै पनि शंका नरहेको जिकिर गरेका छन् ।

उनले भने- ‘नयाँ सरकार कसरी बन्छ भन्नेबारेमा माननीय ज्यूहरुले आ आफ्ना दलिल पेश गर्नुभयो । म सुन्दैछु, बालुवाटारमा केही कानून व्यवसायीहरुले प्रधानमन्त्रीलाई विभिन्न सुझाव दिनु भएको छ । तर, सत्य के हो भने विभिन्न नजिरहरुले नयाँ सरकार संविधानको धारा ७६ को २ अनुसार बन्नेमा कुनैपनि अड्चन देखाएको छैन् ।’

सांसद बर्तौलाले एमालेका मन्त्रीहरुले राजीनामा दिन बालुवाटार जादा प्रधानमन्त्री प्रचण्डले गाएको गीत गाएको प्रसंग उल्लेख गर्दै भने- ‘एमालेका मन्त्रीले राजीनामा बुझाउन जाँदा प्रधानमन्त्रीज्यूले फत्तेमानको गीत गाउनु भएको थियो,  यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले- कहिले, कसैलाई माया गर्नु एउटा भूल गरेँ मैलै,’ बर्तौलाले म अञ्जु पन्तको गीत स्मरण गर्न चाहन्छु भन्दै भने- तिम्ले पराइ ठानेपछि पराइ हुन के भयो र, तिम्रो मेरो बीचको नाता भन्नु पनि के रह्यो र ?’।

न्युज कारखाना

काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुर गैरेले घोर अल्पमतमा परेको सरकार एक सेकेण्डपनि सत्तामा बस्न नमिल्ने बताएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद गैरेले सरकारले बहुमत गुमाएपछि संविधानको धारा उपधारा खोज्ने नैतिक अधिकार नहुने टिप्पणी गरेका छन् ।

उनले विपक्षमा करिब दुई तिहाई बहुमत भएपछि प्रधानमन्त्रीले तत्काल राजीनामा गरेर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए ।

उनले सरकार अल्पमतमा परेपछि यस्तो पनि हुदो रैछ भन्ने गीत गाउनु भन्दा उडायो सपना सबै हुरीले भन्ने गीत गाउन सुझाव दिए ।न्युज कारखाना

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको संसदीय अनुगमन समिति अध्ययनको क्रममा पोखरा पुगेको छ ।

२०७९ पुस १७ गते उद्घाटन भएको विमानस्थलबाट हालसम्म अन्तर्राष्ट्रिय उडान हुन नसकेको र निर्माणको क्रममा नियमितता भएको उजुरी सार्वजनिक लेखा समितिमा परेको थियो । त्यसपछि समितिले असार १३ गते राजेन्द्र लिङ्देनको अध्यक्षतामा उपसमिति गठन गरेको थियो । समितिले निर्माणका फाइलहरू अध्ययन गर्ने र स्थलगत अध्ययन गर्ने क्रममा पोखरा पुगेको छ ।

समितिले स्थलगत अध्ययनका साथै पोखरामा सरोकारवालाहरुसँग अन्तरक्रिया समेत गर्ने बताइएको छ ।

संसदीय उपसमितिमा संयोजक लिङ्देनसँगै माओवादी केन्द्रका नेता जनार्दन शर्मा, एमाले नेता गोकुलप्रसाद बास्कोटा, नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आले, नेपाली कांग्रेसका देवप्रसाद तिमिल्सिना, अर्जुननरसिंह केसी, दीपक गिरी, रुक्मिणी राना बराइली, तारा लामा तामाङ, रामकृष्ण यादव र अमनलाल मोदी रहेका छन् ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।