२०८३ कार्तिक ५
२०८३ कार्तिक ५

आरके श्रीवास्तव,राैतहट,३० गते माघ ।
राैतहट । मध्य राैतहटकाे गरूडामा रहेको ईलाका प्रहरी कार्यालयमा आजदेखि नागरिक सहायता कक्ष सुरू गरिएको छ । आम नागरिककाे गुनासो सुन्न ईप्रका भित्र रहेको गाेलघरमा ‘नागरिक सहायता कक्ष’ स्थापना गरिएकाे छ ।
जहाँ असहाय गरिब नागरिकहरुको लागि प्रहरी द्वारा नि:शुल्क निवेदन लेखन कार्य सुरुवात गरिएको ईलाका प्रहरी कार्यालय गरूडाका प्रमुख डिएसपी राजन कार्कीले जानकारी गराउनु भएको हाे ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुरु भएको सहायता कक्ष बाट बुधबारदेखि नै सेवा प्रवाह गरिएको उनले बताएका हुन् ।
सहायता कक्षबाट आम नागरिकहरूलाई सहजहुने विश्वास व्यक्त गरिएको छ । सहायता कक्षबाट नागरिकका गुनासाहरूको सुनुवाइ गरिने प्रहरीकाे भनाइ छ ।
स्मरणीयहाेस् गरिबको लागी निःशुल्क निवेदन लेख्न राैतहट प्रहरी प्रमुख एसपी दिलिप घिमिरेले निर्देशन दिएपछि प्रहरीले विना शुल्क निवेदन लेख्न सुविधा मिलाएकाे हाे ।
एसपी दिलीप घिमिरेकाे निर्देशनमा निःशुल्क उजुरी ठाडो निवेदन लेख्ने फर्मेट जिल्लाकाे प्रत्येक थाना चौकीमा पुगेपछि नागरिकलाई अब सहज भएको छ ।
रौतहटमा घरायसी तथा सामान्य बादविवाद हुँदा पनि प्रहरी कार्यालयमा जाँदा बाहिरबाट सानो ठाडो उजुरी लेखाएर ल्याउन ५०० रुपैयाँ लेखाई दिनुपर्ने बाध्यता रहेको थियो । प्रहरीले नै निवेदन लेखिदिएपछि आम नागरिक लाई सहज भएको छ । एसपी दिलीप घिमिरेको यस पहलको जानकारहरुले खुलेरै सराहना गरेका थिए ।

काठमाडौं ।
नेपाल पिछडावर्ग (ओबीसी) महासंघको छैठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट गजेन्द्र ठाकुर ओबीसीको अध्यक्षमा पुनः सर्वसहमतिले चयन भएका हुन् ।
महाधिवेशनका प्रमुख अतिथि पूर्वमन्त्री डा.केशवमान शाक्यले अधिकारका लागि दलित, आदिवासी जनजाति र ओबीसी मिलेर राज्यसँग लड्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘नेपालका मूल निवासी दलित, आदिवासी जनजाति र पिछडावर्गबीच कार्यगत एकता नहुँदा केही खास वर्गले राज्यका निकायहरुमा पकड बनाएका छन् ।’
पूर्वमन्त्री डा.शाक्यले नेपालको संविधानअनुरुप गठन भएका दलित आयोग, आदिवासी जनजाति आयोग, मुस्लिम आयोग, मधेशी आयोग जस्तै पिछडावर्ग आयोग गठन हुनुपर्ने बताए । उनले मधेशी आयोगभन्दा पनि पिछडावर्ग आयोग गठन हुनुपर्नेमा जोड दिएका हुन् ।
ओबीसीका नवनिर्वाचित अध्यक्ष गजेन्द्र ठाकुरले ओबीसीको थर सूचिकरण गरी पिछडावर्ग आरक्षण लागू गर्नुपर्ने माग गरेका छन् । उनले संघीय र प्रादेशिक सरकारले पिछडावर्गको नाममा आएको बजेटलाई कार्यान्वयन नगरी फ्रिज गर्दै आएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
उनले भने, ‘समावेशी आयोगले पिछडावर्गको थर सूचिकरण गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउँदा पनि मन्त्रालयले कुनै वास्ता गरिरहेको छैन । मन्त्रालयले अविलम्ब थर सूचिकरणलाई संसदमा पेस गरी पारित गर्नुपर्छ ।’
पिछडावर्गको आरक्षण लागू नगरिए फागुनदेखि आन्दोलन गर्ने उनले चेतावनीसमेत दिएका छन् ।
मंगलबार काठमाडौंस्थित मधेश मिडिया हाउसमा सम्पन्न महाधिवेशनबाट अध्यक्ष ठाकुरसहित १३ सदस्यीय केन्द्रीय समिति चयन भएको हो । ओबीसीको उपाध्यक्षद्वय सुरेशचन्द्र राय र उपेन्द्र प्रसाद चौधरी, महासचिव तुफानी ठाकुर, सचिवद्वय बुधराम पाल र सुधा कुमारी यादव, कोषाध्यक्ष फुलतारण कुमारी र प्रवक्ता शिवकुमार साह मनोनित भएका छन् ।
कार्यक्रममा संविधानसभा सदस्यद्वय रक्मिनी चौधरी र रामशिला देवी, प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसकी नेतृ विष्णकुमारी सापकोटा, मधेश जनजागरण अभियानका संयोजक रंजित कुमार झा लगायतले महाधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।
महाधिवेशनबाट आर्थिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र आगामी कार्ययोजना प्रतिवेदनहरु समेत पारित गरिएको थियो ।

काठमाडौँ, ३० माघः
नेपाल एलपी ग्यास उद्योग सङ्ले विभिन्न माग राखेर बिहाबारदेखि आब्हान गरेको आन्दोलन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज भएको छलफलपछि आन्दोलन स्थगित गरिएको हो ।
उद्योगमन्त्री दामोदर भण्डारीसहित नेपाल आयल निगमका सञ्चालक समिति पदाधिकारी तथा कर्मचारी र सङ्घका पदाधिकारीबीच भएको छलफलले तत्कालका लागि आन्दोलन स्थगित गरेको जनाइएको छ ।
सङ्घले आन्दोलन घोषणा गरेपछि मन्त्री भण्डारीले छलफलका लागि निगम र सङ्घका पदाधिकारीलाई बोलाउनुभएको थियो । छलफलमा उहाँले सङ्घले राखेकामध्येका जायज माग सम्बोधन गर्ने आश्वासन दिनुभयो । सङ्घले लागतअनुसारको बजार मूल्य वृद्धि गर्नुपर्नेलगायत विभिन्न माग राखेर आन्दोलनको घोषणा गरेको थियो । सङ्घले छ वर्ष पहिलाको समायोजन गरिएकै मूल्यमा अहिले पनि ग्यास वितरण गर्दा घाटा व्यहोर्नुपरिरहेको भन्दै मूल्य समायोजनको माग राखेको बताइएको छ ।
मन्त्रालयले केही समय पहिला वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलको संयोजकत्वमा समिति बनाएको र सो समितिले पेश गरेको प्रतिवेदनको थप अध्ययन गर्न समय लाग्ने भएकाले सङ्घको आन्दोलन १५ दिनका लागि स्थगित गरिएको आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिनुभयो । उक्त अध्ययन प्रतिवेदनमा सङ्घले असहमती जनाएको बताइएको छ ।

जनकपुरधाम ।
तराई–मधेशमा सक्रिय रहेका साना दलहरुबीच महागठबन्धनको तयारी तीव्ररुपमा अगाडि बढिरहेको छ । आठदलीय मधेशी मोर्चामा अटाउन नसकेका दलहरुबीच मोर्चाबन्दीको गृहकार्य सुरु भएको हो ।
पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारीको नेतृत्वमा देश र मधेशमा वैकल्पिक शक्ति निर्माण हुन लागिएको हो । नेपालका उत्पीडित, उपेक्षित र पछाडि पारिएका वर्ग समुदायको हकअधिकारका लागि संघर्ष गर्ने उद्देश्यले देश र मधेशका लागि वैकल्पिक शक्ति निर्माण गर्न विभिन्न १० दलका साथै नागरिक अगुवाहरुको बैठक सम्पन्न भएको छ ।
मंगलबार धनुषाको ढल्केबरमा बसेको बैठकले नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारीलाई महागठबन्धन निर्माणका लागि जिम्मा दिएको हो ।
नेपाल सद्भावना पार्टीको विशेष आयोजनामा विभिन्न पार्टीहरुसँग मोर्चाबन्दीको लागि साझा मुद्दाहरुमा छलफल गरिएको छ ।
नेपाल सद्भावना पार्टीको तर्फबाट राष्ट्रिय अध्यक्ष रामकुमार महतो, उपाध्यक्ष अमरेन्द्र कुमार झा तथा महासचिव पवन कुमार साहको उपस्थिति रहेको थियो ।
त्यसैगरी नेपाल संघीय समाजबादी पार्टीका अध्यक्ष अन्सारी, पूर्व प्रदेश गृह, सञ्चार तथा कानूनमन्त्री बिमला अन्सारी, नेपाली जनता दलको अध्यक्ष हरिचरण साह, इतिहासिक जनता पार्टीका अध्यक्ष बद्री नारायण ठाकुर, बहुजन एकता पार्टी नेपालको वरिष्ठ नेता राजाराम पासवान, जन अधिकार पार्टी नेपालको अध्यक्ष ईमदाद गद्दी, राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय सदस्य संजय सिंह, नेपाली जनता दल, स्वाधिन मधेश अभियानी लगायतले मोर्चाबन्दीको लागि निकट भविष्यमा अर्काे बृहत बैठक बस्ने निर्णय गरेका थिए ।
नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी बीच माघ २४ गते भएको सहमति अनुसार नेपालको उत्पीडित जनताको राजनीतिक र सामाजिक अधिकारलाई सुनिश्चित गर्नका लागि नेपाली  जनताको बलिदानि पुर्न आन्दोलनहरुबाट प्राप्त उप्ल्ब्धी सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक समावेशीकरण लगायत उपलब्धिहरूलाई सरकारद्वारा संविधान संशोधनको नाममा कटौती गर्ने भइरहेको दुष्प्रयासलाई सामना गर्न र यस्तो कुनै पनि षड्यन्त्रलाई सफल हुन नदिन जनताको बलियो राजनीतिक शक्ति आवश्यक भएको हुनाले १० राजनीतिक दल र नागरिक समाज लगायतको बृहत बैठक अन्तरक्रिया सम्पन्न भएको छ।
बैठकले प्राप्त उपलब्धिहरूको रक्षा गर्दै थप उपलब्धिहरूको लागि संघर्ष गर्ने उद्देश्य प्राप्तिको लागि नागरिक समाज तथा राजनीतिक दलको संयुक्त महागठबन्धन निर्माण गर्ने निर्णय गरेको छ । यसको संयोजन गर्नका लागि नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री रिजवान अन्सारीज्यूलाई जिम्मेवारी दिइएको छ ।

बज्जिकाञ्चल संवाददाता,गाैर,२९ गते माघ २०८१ । मधेशी शहीदहरूको सालिक स्थापनाको माग गर्दै समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रीय सचिव तथा युवा नेता ललन यादव नेतृत्वको टोलीले गौर नगरपालिकाका नगर प्रमुख सम्भु साहलाई ज्ञापन पत्र बुझाएका छ्न ।

रौतहटको गौर नगरपालिका-३ स्थित मधेसी क्रान्ति चौकमा नवनिर्मित घन्टाघर चौतारा क्षेत्रमा मधेसी जनताको हक अधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदहरूको सालिक स्थापनाको माग गर्दै मधेसबादी नेताहरू असन्तुष्टि व्यक्त गर्दै आइरहेको अवस्था युवाहरूले गौर नगरपालिकाको नगर प्रमुखको ध्यानाकर्षण गराएका हुन् ।

यादवले मधेसी बलिदानीहरूका योगदानलाई सम्मान गर्दै उनीहरूको स्मरणका लागि गौर नगरपालिकाले विशेष पहल गर्नुपर्ने बताएका छन् । उनले मधेश आन्दोलनमा वीरगति प्राप्त गरेका योद्धाहरूको सम्झनामा स्थायी स्मारक निर्माण आवश्यक रहेको उल्लेख गर्दै, शहीदहरूको सम्मान नगरपालिकाको दायित्व भएको बताएका छन् ।

नगर प्रमुख साहले ज्ञापन पत्र ग्रहण गर्दै यस विषयमा गम्भीर छलफल गरी आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले गौर नगरपालिकालाई ऐतिहासिक र गौरवशाली बनाउन शहीदहरूको योगदानलाई उजागर गर्ने कार्यमा आफ्नो सहयोग रहने आश्वासन समेत दिएका छन् ।

ज्ञापन पत्र बुझाउने क्रममा विभिन्न युवा नेता, विद्यार्थी तथा स्थानीय सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो । स्थानीय युवाहरूले शहीदहरूको सम्मानमा यथाशीघ्र सालिक स्थापनाका लागि पहल गर्नुपर्ने माग गर्दै नगरपालिकालाई दवाव दिएको बताएका छन् ।

बज्जिकाञ्चल संवाददाता,गाैर,२९ गते माघ २०८१ । 

मिडिया काउन्सिल र सामाजिक सञ्जाल विधेयक खारेजीको माग गर्दै श्रमजीवी पत्रकार संघ, रौतहट शाखाको आयोजनामा मौन जुलुस प्रदर्शन तथा ज्ञापन पत्र बुझाउने कार्यक्रम सम्पन्न भएको छ ।

मधेसी क्रान्ति विपी चौक, गौरमा जिल्लाका सम्पूर्ण श्रमजीवी पत्रकारहरूको सहभागितामा सरकारको प्रेस दमन नीति विरुद्ध आवाज उठाइएको थियो । पत्रकारहरूले “मलाई लेख्न र बोल्न दे सरकार” भन्ने नारासहित मौन जुलुस प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी (सीडीओ) मार्फत सम्बन्धित निकायलाई ज्ञापन पत्र बुझाएका छन् ।

पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तामाथि अंकुश लगाउने नियतले ल्याइएको विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धको कदम भएकाले तुरुन्त फिर्ता लिनुपर्ने श्रमजीवी पत्रकार संघका जिल्ला अध्यक्ष संतोष पौडेले माग गरेका छन् ।

कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधि, स्वतन्त्र पत्रकार तथा समाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले विधेयक खारेज नभएसम्म चरणबद्ध संघर्ष जारी राख्ने चेतावनी समेत दिएका छन् ।

 

काठमाडौं ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले शान्तिपूर्ण विरोध सभा गर्नका लागि नागरिकको हकमाथि सरकारले प्रतिबन्ध लगाएको आरोप लगाएका छन् । संविधानमा भएको मौलिक हक अनुसार नै आफ्ना कुरा राख्न पाईने, शान्तिपूर्ण सभा, विरोध गर्न पाउँने भए पनि अहिले त्यस्तो अभिव्यक्ति व्यक्ति गर्नका लागि काठमाण्ड़ौमा ठाउँ नै नभएको उनले गुनासो गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा साहले ‘नेपालमा लोकतन्त्र छ की निरंकुशता छ ?’ भन्ने प्रश्न गर्दै लोकतन्त्रमा सरकारले अभिव्यक्ति स्वतन्त्रता किन हनन गर्न खोजेको भनेर सरकारसंग जवाफ माग गरेका छन् ।

‘नेपालमा लोकतन्त्र छ कि निरंकुशता छ ? निरंकुश भनिएको राजतन्त्रको बेलामा उफ्रिउफ्री विरोध र सभाहरु गर्ने नेता आज सत्तामा पुगेपछि आफैं निरंकुश बन्नु भएको छ । नेपाली जनताले विरोध गर्न खोज्दा विरोध गर्न पाउँने ठाउँ कहाँ छ ?’, सरकारसंग प्रश्न गर्दै साहले भने, ‘हामी निर्वाचित सांसद भएकाले त ठाउँ पाउँदैनौं भने सर्वसधारणको हालत के होला ? यस बारेमा यो संसदले सरकारलाई निर्देश गरोस् ।’

प्रधानमन्त्री केपी शर्मा ओली र उनको दल नेकपा (एमाले)ले व्यस्त सडकमै मञ्च बनाएर कार्यक्रम गर्ने छुट पाएपनि आम नागरिकले विरोध गर्ने ठाउँ कहीँ कतै नपाएको उनले बताए । आजपा अध्यक्ष साहले सरकारले जनतालाई रून, हाँस्नसमेत नदिएको टिप्पणी गरे ।

‘ठूला–ठूला नेता, प्रधानमन्त्रीज्यूहरुले सडकमै मञ्च लगाउनुहुन्छ । व्यवस्त सडकमा मञ्च बनाउनुहुन्छ, त्यो आम जनताले पाउँछ कि पाउँदैन । जो शासक छ, उही सडकमा सभा गर्छ । जनताले कहाँ सभा गर्ने ? कुनै ठाउँ दिँदैन’, आजपा अध्यक्ष साहले भने, ‘अरु पनि देशमा लोकतन्त्र छ, लोकतान्त्रिक व्यवस्था छ । सबै देशहरुमा सभा सम्मेलन गर्ने ठाउँ दिइएको हुन्छ । हिजो राजतन्त्र हुँदा सभा सम्मेलन गर्ने ठाउँ खुल्ला थिए । त्यतिबेला निरंकुश राजा भन्नेहरु आजको सिस्टमलाई के भन्ने ? आजको सिस्टमलाई लोकतन्त्र भन्ने ? जनतालाई रुन पनि नदिने, हाँस्न पनि नदिने ?’

राजतन्त्रको समयमा उफ्रिउफ्रि सभा गर्ने, भाषण गर्ने नेताहरुले आज ति ठाउँमा ताल्चा लगाइएको किन नदेखेका होलान भन्दै उनले सरकार राजाभन्दा पनि बढी निरंकुश बनेको टिप्पणी गरे ।

यस्तै आजपा अध्यक्ष साहले सरकारले संसदीय समितिको बैठकहरुमा सरकारले सुराकी पठाएको गम्भिर आरोप लगाएका छन् । उनले सरकारले समिति र सदनमा सांसदहरुले के बोल्छन् भनेर सुराकीको रुपमा केही प्रहरी खटाएको गम्भिर आरोप लगाएका हुन् । उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकार राजाको शासन कालभन्दा पनि निरंकुश भएको टिप्पणी गरे ।

‘यतिसम्म कि अब मोबाइल (सामाजिक सञ्जाल) मा पनि विरोध गर्न बन्द गर्ने । संसदमा पनि कुन दिन अभिव्यक्ति स्वतन्त्रतामाथि प्रतिबन्ध हुन्छ । हामी सुन्छौं, सरकारका प्रहरीहरु सुराकीको काम गर्दैछन्, समितिमा के बोल्छन् सांसदहरु ? संसदमा सांसदहरु कसरी प्रस्तुत भइरहेको छ ? यतिसम्म त राजाले पनि गर्दैन थियो’ साहले भने ।

प्रेमचन्द्र झा,राैतहट,माघ २९ गते
राैतहट । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले नेपाली काग्रेस र नेकपा एमाले सतासाझेदार मात्र हाेईन एक अर्काेकाे प्रतिस्पर्धि समेत रहेकाे कुरा बताएका छन।
। नेकपा एमाले जिल्ला कमिटी राैतहटको आयोजनामा “तीन महिने वडा वा जरा केन्द्रीत अभियान” सम्बन्धी अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा बाेल्दै उपमहासचिव ज्ञवालीले काग्रेस – एमालेको सहकार्यले आयाराम गयाराको निन्द हराम भएको बताए । काग्रेससंगको हाम्रो सहकार्यले प्रचन्डको जादुई नम्बर ३२जना सांसद भएको पाट्रीको प्रधानमन्त्री हुने सिष्टम फेल भएको नेता ज्ञावलीले बताए । सता सहकार्यसगै देशमा स्थिर सरकार आएको छ ।


आया राम गया रामको काम छैन ।पुजिगत खर्च बढेको छ । आयात निर्यातमा सुधार भएका छन ।
सरकार आएपछी सत्य निरुपण तथा मेलमिलाप आयोग सर्वसहमतिले पारीत भएका छन । सास छ न लास छ पिडित परिवार वेहालको अवस्था थियाे । अब उनि न्याय पाउने भएका छन ।भारत र चिन दुबैका पक्षधर न बिरोधि हो हामी नेपाल पक्षधर हाै । नेपालको विकास दुबै संग मिलेर हुन्छ ।

सो कार्यक्रममा स्थायी कमिटी सदस्य तथा संगठन बिभाग प्रमुख काशीनाथ अधिकारी,स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश कमिटी इन्चार्ज ।लीलानाथ श्रेष्ठ,केन्द्रीय सदस्य तथा राैतहट जिल्ला इन्चार्ज अजय कुमार गुप्ता , मधेस प्रदेश कमिटी अध्यक्ष चन्देश्वर मण्डल सहितका वक्ताले संगठनलाई सदृढ गरेर आगाडी बढाउनु पर्ने कुरामा जाेड दिएका थिए । सो अवसरमा केन्द्रीय रेखा झा, उधव रेग्मी र कुन्दन कुशवाहा,मधेस प्रदेस का सचिव आरती भण्डारी सहितका नेतावहरुको उपस्थिति रहेको थियो ।

नेकपा (एमाले) जिल्ला कमिटी,सर्लाही अध्यक्ष सचितानन्द साहकाे अध्यक्षतामा तुलसीलाल स्मृति सभा भवन गरुडामा भएको कार्यक्रममा जिल्लाका सवै वडा, नगर क्षेत्र र जिल्ला स्तरीय करिब ५ सय कार्यकर्ताको सहभागिता रहेको थियो।

सागर संगम ठाकुर,रौतहट,माघ २८ गते
रौतहटको देवाही गोनाही नगरपालिकाको धरहरीमा सडक ढलानको शिलान्यास गरिएको छ ।देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साहले वडा नं.९ धरहरीमा सडक ढलान कार्यको शिलान्यास गर्नु भएको हो ।
नगरपालिकाको नगर स्तरिय बजेट कुल ८ लाखको लागतमा निर्माण हुने उक्त सडकको मेयर साहले सोमबार एक कार्यक्रमका बिच शिलान्यास गर्नु भएको छ ।

उपभोक्ता समिती मार्फत हुने उक्त सडक ढलान कार्यको अध्यक्षमा स्थानिय कमलकान्त मिश्र उपाध्यक्ष रेनु कुमारी बैठा र सचिवमा नन्दकिशोर यादव रहेको छ ।
वडा अध्यक्ष वीर बहादुर साहको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य रामजी साह,वडा सदस्यहरु खुबलाल दास,महिला सदस्य प्रमिला देवी साह,संजोगिया देवी दास,श्री जय किसान माध्यमिक बिद्यालय धरहरीका पुर्व प्रधानाध्यापक राजकिशोर प्रसाद यादव,शिक्षक रामचन्द्र राय यादव,युवा नेता नन्दकिशोर यादव,हरिश्चन्द्र यादव,लगाएत स्थानीयहरुको उपस्थिति रहेको थियोे ।

आरएन पटेल,राैतहट,माघ २८ गते ।
स्थानीय तहको वितरणमुखी कार्यक्रमले समाजमा मुडभेड़को अवस्था सृजना भएको देखिन्छ। सस्तो लोकप्रियता कमाउन जिल्लाका विभिन्न पालिकाका नगर प्रमुखहरुले नगर स्तरीय बजेटबाट वितरणमुखी कार्यक्रमको आयोजन गरि समाजमा मुडभेड़को अवस्था सृजना गरेको देख्न पाइन्छ।

उदाहरणका लागि गरुडा नगरपालिकाको वडा नम्बर ६ अमरपट्टी गाउँमा भएको सिरक वितरण कार्यक्रममा हालै भएको विवादले प्रष्ट पारेको छ।
मध्य राैतहटकाे गरूडा नगरपालिका वडा नम्बर ६ अमरपट्टी गाउँमा मेयर कन्थमनी जयसवालले आइतबार गरिब,विपन्नकाे सट्टा हुनेखानेलाई सिरक/कम्बल वितरण गर्न थालेपछि स्थानीयले विराेध गर्दै मेयर जयसवाललाई घेरेका थिए। सुखी सम्पन्न तथा आफ्ना आसेपासे परिवारलाई सिरक बाँड्न थालेपछि स्थानीय आक्राेशित भई करिब २/३ घण्टा सम्म उनलाई स्थानीयहरुले घेरेका थिए। गरीब निमुखा तथा विपन्न परिवारलाई बाईपास गरि एउटै घरका ५ जनालाई दिन थालेपछि थप विवाद उत्पन्न भएको स्थानीय सुरेश जयसवालले जानकारी गराएका हुन् ।

केही बेरसम्म त्यहाँ अवस्था तनावग्रस्त बनेकाे थियोे । पछि ईलाका प्रहरी कार्यालय शिवनगरबाट गएको टाेली स्थिति साम्य पारेकाे थियोे । सिरकहरू नबाँडीकन नगरपालिकामा फिर्ता लानेभएपछि मात्र स्थानीयहरू शान्त बनेका थिए ।
जनताकाे भिडबाट पछि प्रहरीले नगर प्रमुख जयसवाललाई स्कटिङ्ग गरेर त्यहाँ बाट निकालेका थिए । बाक्लो संख्यामा नेपाल प्रहरी र नगर प्रहरी परिचालन पनि गरिएको थियोे ।
त्यहाँका स्थानीयहरूले वास्तविक पीडित,गरिब, विपन्न, एक घर एक सिरक बाड्न भनिरहेका थिए । तर मेयर जयसवालले त्यसाे नगरि गाउँमा झैझगडा गराउन खाेज्दा जनताले विरोध गरि सम्पूर्ण दलित, गरिब तथा विपन्न परिवारलाई वितरण नगरेकाले उक्त वितरण कार्यलाई अवरोध गरेको स्थानियहरुले बताएका छन।

यस अघि पनि सिरक तथा दाउरा वितरण कार्यमा गरूडाकाे दलित बस्तीलाई बाईपास गरि मेयर जयसवालले वितरण गरेकाे दलित बस्तीका पीड़ित परिवारहरुले आराेप लगाईएकाे थियोे । नगरप्रमुख कन्थमनी जयसवालले कम्बल र सिरक वितरणमा काखापाखा गरेकाे तथा आफ्ना आसेपासे लगायतका व्यक्तिहरुलाई उच्च प्राथमिकतामा राखेर वितरणमुखी कार्यक्रमहरु सञ्चालन गर्दै आएको पीडितहरुको भनाई रहेको छ।
साथै आइतबार गरुडाको अमरपट्टीमा सिरक वितरण कार्यक्रममा भएको विवाद विस्तार हुदै सोमबार पनि विवाद बढेर अमरपट्टीमा केही बेरसम्म अवस्था तनावग्रस्त बनेकाे थियोे। अवस्थालाई नियन्त्रण गर्न ठुलो संख्यामा प्रहरी परिचालन गरि स्थिति साम्य पारेकाे थियोे ।

रौतहटको गरुडा नगरपालिका मात्र नभएर अन्य अधिकांश पालिकाहरुले त्यस्ता विभिन्न वितरणमुखी कार्यक्रम सञ्चालन गरि आफ्ना नजदीकी तथा आसेपासे लगायतका व्यक्तिहरुलाई ग्रस्ता दिएर वितरण कार्य सञ्चालन गर्दा समाजका सचेत नागरिकद्वारा विरोध जनाउदा समाजमा द्वन्द समेत सृजना भइरहेको जानकारहरुको बुझाई रहेको छ।

जनता सचेत भएपछी जनप्रतिनिधिले जे मन लाग्यो त्यही गर्न त्यति सजिलो नहुने तथा अहिलेको जनप्रतिनिधिहरुलाई मनपर्दी कार्य गर्न अपठ्यारो भैरहेकाले दिनप्रतिदिन स्थानीय स्तरमा विवाद बढ्दै गएको बुद्धिजीवीहरुको भनाई रहेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।