काठमाडौँ । आज २०औ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ ।
तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् विसं २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए । संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृंखलानै चल्यो ।
तत्कालिन राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरेका थिए । विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र सशस्त्र युद्धरत नेकपा माओवादीबीच १२ बुँदे समझदारी भयो ।
विसं २०६२ मंसिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । विसं २०६२ फागुनदेखि शुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो । नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलको मार्गचित्रमा सहमत भए । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ ।
विसं २०६३ जेठ ४ गते पुनःस्थापित संसद्ले राजदरबारको अधिकार कटौती गर्यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो ।
यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको विसं २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षीय राजसंस्थाको विधिवत् अन्त्य गर्यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो । विसं २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले विसं २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भएको छ । सोअनुसार संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् । यो परिवर्तनको प्रवेशद्वार भएकाले वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । अप्रिल महिनाको अन्तिम हप्तालाई विश्वभरी खोप सप्ताहको रुपमा मनाइन्छ भने नेपालमा बैशाख महिनालाई नै खोप महिनाको रुपमा मनाउने गरिन्छ ।
यस बर्षको खोप सप्ताहको विषयवस्तु ‘प्रत्येक पुस्ताको लागि, खोपले काम गर्छ’ भन्ने रहेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विगत ५० वर्षमा खोपका १५ करोड ४० लाख जीवन जोगिएको छ । शिशुको बाँच्ने अवस्थामा ४० प्रतिशतले योगदान पुगेको तथा बचाइएका जीवनको ६० प्रतिशत हिस्सा दादुरा खोपले ओगटेको छ ।
बालकदेखि वृद्धसम्मलाई रोगप्रतिरोधात्मक क्षमतायुक्त बनाउने विभिन्न खोपले औलो, इन्फ्लुएन्जा, गर्भवतीहरूलाई टिटानस किशोरीहरुलाई एचपिभीबाट जोगाउँछ ।
यो सप्ताहमा पाँच वर्षमुनिका बालबालिकाले कुनै खोप लगाउन छुट भएकालाई गाउँ टोलमा सोध खोज गरेर खोप लगाउन छुट भएका बालबालिका पहिचान गरिन्छ र छुट खोप लगाउने गरिन्छ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको जनाएको छ । हाल देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ तथा तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने र बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा , बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका साथै कोशी प्रदेशको तराईको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ ।
त्यस्तै आज राती देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, पहाडी भू-भाग आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी देशका अधिकांश स्थानहरूमा तापक्रम बढ्ने क्रममा रहेको छ । मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिएकोले विभागको पछिल्लो सूचनामा अध्यावधिक रहनुहुन तथा अवश्यक सतर्कता अपनाउनुहुन विभागले अनुरोध गरेको छ । एभरेष्ट न्यूज एजेन्सी
आजको राशिफल बिस २०८३ बैशाख ११ गते शुक्रबार ईस २०२६ अप्रल २४ नेपाल सम्बत ११४६ वछलाथ्व अष्टमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, बैशाख कृष्ण पक्ष अष्टमी, चन्द्रमा कर्कट राशिमा, तिष्य नक्षत्र, शूल योग, विष्टी करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ३२ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ३४ मिनेटमा हुनेछ ।
आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज लोकतन्त्र दिवस परेको छ भने आजदेखि विश्व खोप सप्ताह शुरु हुदैछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
बौद्धिकतामा निखार आउने दिन हो, अतः विषयवस्तुप्रति गम्भीर बन्न प्रयास गर्नुहोला, पढाइमा लगाव बढाउनुपर्छ, सोचेजस्तै रिजल्ट पाउन सकिने छ । शिक्षादीक्षाका क्षेत्रमा लागेका व्यक्तिले क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्ने दिन हो । सामान्य जनले समेत ज्ञानगुन, अध्यात्म र दार्शनिक विषयमा आकर्षण देखाउनेछन् । बौद्धिक र लेखनकार्यमा सफलता मिल्नेछ । ईष्र्या गर्नेहरूले आफ्ना प्रयास जारी राख्दासमेत तपाईंको बुद्धि र मिहिनेतले रङ देखाउने समय हो । व्यक्तित्व विकास वा थप अध्ययनको अवसर प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पार्टनर र घरपरिवारका लागि समय व्यवस्थापन गर्न सके सहज हुनेछ, अपेक्षित माया, विश्वास एवं समझदारी कायम रहनेछ । पदप्रतिष्ठामा अभिबृद्धि हुने तथा आम्दानीका मार्गहरू सहज हुने सुन्दर दिन छ, घरपरिवारमा सम्पर्क राखी भावना साटासाट गर्न पाउँदा शान्तिको अनुभूति हुनेछ । घरजग्गा, स्थिर सम्पत्ति र वाहनसुखको व्यवस्थापन गर्ने मनसाय बन्नसक्छ । दौडधूप गर्नुपर्ने काम वा भ्रमणमूलक कामबाट आर्थिक सन्तुलन कायम हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
पारिवारिक वातावरण सुखमय रहनेछ, सँगीसाथीसित भेटघाट गर्दै नयाँ योजना बनाउने समय हो, कहीं कतै भ्रमणमा निस्कने योगसमेत बनेको छ । नजानेको वा नसुल्झिएको विषयवस्तुमा सहपाठीको सहयोग लिनुहोला, किनकि जब तपाईंको उद्देश्य सुदृढ हुन्छ, कडा परिश्रम विकल्प होइन आवश्यकता बन्ने गर्दछ । उत्कृष्ट खाना, रोमान्टिक पलहरू र इष्टमित्रको साथ नै आजको विशेषता हो भन्दा फरक पर्दैन, व्यक्तित्व विकास र करियर निर्माणको सही समय भएकाले उचित कार्ययोजनाका साथमा अघि बढ्नु जायज हुन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
अतिरिक्त आम्दानीका लागि कुनै व्यवसाय, पेसा वा नोकरीका बारेमा आकर्षण छ भने अनुभवी र जान्नेबुझ्नेको राय लिएर अघि बढ्दा जाती हुन्छ । सकेसम्म समुचित कार्यका लागि कम बोलेको ठीक हुन्छ, तर बोल्न नपाए पनि हाउभाउ र सङ्केतका आधारमा काम निकाल्न सकिने छ । धनको कारोबार वा किनमेलका क्षेत्रबाट विशेष लाभ हुनेछ, घरबाट पनि धार्मिक कृत्य वा शुभ कर्म गर्ने सन्देश आउन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
परिवारमा सुखसुविधाको जोहो गर्ने समय हो, फुटकर सामाग्रीका विक्रेता र खाद्यसामाग्रीको कारोबार छ भने अझ राम्रो गर्न सकिने छ । मनमस्तिष्क नै हलुका र उत्साही बन्नेछ, कामको चापबाट फुर्सद पाइने छ, जीवनसाथीका साथ कुनै सानोतिनो यात्रामा निस्कने योग बनेको छ । लगनशील भई परिश्रम गरेमा उत्कृष्ट परिणाम प्राप्त हुनेछ, आजको सानो प्रयासमा भाग्यको समेत साथ पाउनाले राम्रो रिजल्ट आउने छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
राखनधरनप्रति सचेत हुने र तालसाँचो बलियो बनाउनुपर्ने दिन हो, अझ घरमा नयाँ र नौलो मानिसको उपस्थिति छ भने सतर्कता अपनाउनु होला । महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला, बरु मन स्थिर छैन भने एकछिन आराम गरेर फेरि पठनपाठनमा जुट्नु ठीक हुनेछ । एकाग्रतामा कमी हुने भएकाले कुनै एउटा विषयमा मात्र ध्यान केन्द्रित गर्न सकिंदैन, हेर्दा बाहिरबाट सामान्य झैं देखिनु हुन्छ, तर भित्रबाट मँडारिएको भावनाको बेगलाई कसैले पनि बुझ्न सक्दैनन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
एकअर्काका भावना बुझेर चल्नुपर्ने दिन हो, सहकर्मी वा सहपाठीका बीचमा प्रेम सम्बन्ध रहेको छ भने आजको दिन विशेष दिन बन्नसक्छ । उच्चकोटिको पारिवारिक सुख मिल्नेछ, लामो समयदेखि सम्पर्क भएको छैन भने आजको केही समय घरपरिवार र आफन्तलाई पनि छुट्याउनु होला । सरकारी कामका माध्यमबाट धनार्जन गर्न सकिने छ, कुनै प्रतिष्ठान वा कार्यालयको बाँकीबक्यौता उठाउनु छ भने प्रयास गर्नुहोला ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
करियर र भविष्यको सोच सलबलाउनेछ, कोसिस गरेमा कला, वाणिज्य, व्यवस्थापन र शिक्षाशास्त्रका उच्च तहका विद्यार्थीले कुनै अवसरसमेत पाउन सक्नुहुन्छ । उत्साहमा बृद्धि हुने समाचार सुन्न पाइने छ, सानो मिहिनेतले मानसम्मान बढ्नुका साथै ठूलाबडाको सद्भाव प्राप्त हुनेछ । प्रयास गरेमा आश मारेको काम अर्थात् नबन्ने काम पनि बनाउन सकिने छ । हाकिम वा वरिष्ठ कर्मचारीसँग निकटता बढ्नाले विशेष लाभ लिनसक्ने समय हो, अतिरिक्त आम्दानी हुनाले तत्कालको गर्जो टार्न सघाउ पुग्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
हातमा सह भएको दिन छ, नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने यसले सकारात्मक गति समात्नेछ । सही समय र स्थान छनौट गर्न सके हरेक कदम सफल हुनेछन् । कुनै नौलो विषयको अनुभव प्राप्त हुनेछ, जसले तपाईंको कार्यशैलीमा सुधार गर्नेछ । वरिष्ठ कर्मचारीको मद्दतले नसुल्झिएको गुत्थी सुल्झाउन सकिने छ । पारिवारिक बाध्यता वा कुनै सामाजिक व्यस्तताका कारण बेफुर्सदिलो भइने समय छ, तर अचानक पार्टनरसँग भेटघाट हुँदा मन फुरुङ्ग बन्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आफन्त वा मित्रवर्गमा विरोधाभास र मतभेद बढ्ने समय हो । बल प्रदर्शन गर्ने र तुजुक देखाउने काममा पछि हट्नु ठीक हुन्छ । चुनौतीका बीचमा सम्भावनाका बाटाहरू फेला पर्नेछन् । नयाँ काम गर्नु छ भने कानूनी पाटो ख्याल गरी सुरु गर्नु उचित हुनेछ । स्वास्थ्यस्थितिप्रति चनाखो हुनुपर्छ, ढाडकम्मर, पेट र आँखाका बिरामीहरूले सतर्कता अपनाउने तथा दवाइपानी र आहारविहारमा ध्यान पुर्याउने समय हो ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पारिवारिक जीवन र दाम्पत्य जीवन सुखमय रहनेछ । आज मिलनसार स्वभावको विकास हुनाका साथै ठूलाबडासँग सम्बन्ध बन्ने दिन हो । मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल, सुगन्ध र रेडिमेड वस्त्रका व्यवसायीले लाभ पाउने सङ्केत छ । पारिवारिक सुखमा कमी देखिंदैन, तथापि आजको कुनै समय वैवाहिक सम्बन्धका सुमधुर पलहरूको स्मृतिमा बित्ने तथा हृदय भावुक बन्नसक्ने दिन हो ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
ताकेको काम सम्पन्न हुनेछ, तर सानातिना विवादको बेवास्ता गर्दै अघि बढ्नुपर्छ । शत्रु र प्रतिद्वन्द्वीसँग सतर्क रहने समय हो, त्यस्तै रिस र घमण्ड बढ्नाले पनि अप्ठ्यारोमा पर्न सकिन्छ । निरङ्कुशता, घमण्ड र अहङ्कारलाई त्यागेर प्रगतिपथमा लम्कने समय हो, आजको कुनै एउटा राम्रो निणर्य तपाईंको सुखद अनुभवको कारक बन्नेछ । भेटघाट र मिलनको समय हो, तथापि मानसिक उलझन र चिडचिडेपन बढ्ने दिन छ, त्यसैले बेकारका कुराकानी र ख्यालठट्टामा कन्ट्रोल गर्नुपर्छ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सका पूर्व अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरोले गोल्छालाई धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा पक्राउ गरेको जानकारी दिएको छ ।
शेखर गोल्छा समेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसूरमा थप अनुसन्धान तथा कारबाहीका लागि पक्राउ गरेको ब्यूरोले जनाएको छ ।
ब्युरोले विहिबार काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमती लिई गोल्छालाई काठमाडौंको नक्सालबाट पक्राउ गरिएको जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी
बज्जिकाञ्चल संवाददाता,राैतहट,वैशाख ९ गते ।
रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नं. १ मा आगामी स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। यसै सन्दर्भमा निर्माण व्यवसायी तथा निर्माण व्यवसाय संघ रौतहटका निर्वाचित जिल्ला सदस्य सरोज कुमार यादवले वडा अध्यक्ष पदमा उम्मेदवारी दिने चाहना सार्वजनिक गरेसँगै चुनावी माहोल थप तातेको देखिएको छ। आउँदो स्थानीय तह निर्वाचनमा कटहरिया–१ बाट सरोज कुमार यादव वडा अध्यक्षको तयारीमा रहेका छन्।
लामो समयदेखि निर्माण क्षेत्रमा सक्रिय रहँदै आएका यादवले वडाको समग्र विकास, पूर्वाधार विस्तार र रोजगारी सिर्जनालाई आफ्नो मुख्य प्राथमिकता बनाउने बताएका छन्। उनले सडक, नाला, खानेपानी, सरसफाइ लगायत आधारभूत सेवामा सुधार ल्याउँदै वडालाई नमुना बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
यादवले पारदर्शी, जवाफदेही र जनमुखी नेतृत्व प्रदान गर्ने अठोट व्यक्त गर्दै युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने, सीपमूलक अवसर सिर्जना गर्ने तथा स्थानीय स्रोत–साधनको अधिकतम उपयोगमार्फत दिगो विकास अघि बढाउने योजना अघि सारेका छन्। उनले आफ्नो उम्मेदवारीलाई विशेषगरी जेनेरेसन–जेड (Gen Z) युवाहरूको चाहना, सोच र अपेक्षासँग जोडिएको बताउँदै आधुनिक, पारदर्शी र परिणाममुखी नेतृत्वको मागलाई सम्बोधन गर्ने दाबी गरेका छन्।
उनको सम्भावित उम्मेदवारीलाई लिएर स्थानीय बासिन्दाहरूबीच, विशेषगरी युवा तथा जेन्जि पुस्तामा उत्साह र चासो बढ्दै गएको छ। कटहरिया–१ मा यसपटकको चुनाव प्रतिस्पर्धात्मक र थप रोचक हुने संकेत देखिन थालेको छ।
आरके श्रीवास्तव,रौतहट,०९ गते वैशाख ।
नेपाल कम्युनिस्ट पार्टी को ७७ औँ स्थापना दिवसको अवसरमा नेकपा एमाले रौतहट जिल्ला जनसङ्गठनद्वारा देवाही गोनाही नगरपालिका–८, गोनाही बजारमा बृहत्तर रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ ।
कार्यक्रम जनसङ्गठनका प्रमुख रुपेश पटेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा एमाले रौतहट जिल्ला अध्यक्ष सचितानन्द साह को उपस्थिति रहेको थियो ।

त्यस्तै, विशिष्ट अतिथिहरूमा नेपाल रेडक्रस सोसाइटीका मन्त्री धर्मेन्द्र सिंह, वडा नं. ८ का अध्यक्ष विजय पटेल, वडा नं. ७ का अध्यक्ष उपेन्द्र राय यादव तथा इलाका प्रहरी कार्यालयका प्रमुख लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

विभिन्न पालिकाबाट आएका नेता–कार्यकर्ता, युवाहरू तथा सर्वसाधारणको उत्साहजनक सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ । कार्यक्रममा वक्ताहरूले रक्तदानलाई जीवनदानको महत्वपूर्ण कार्यका रूपमा व्याख्या गर्दै यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

रक्तदान कार्यक्रममा ठूलो संख्यामा स्थानीय बासिन्दाले सहभागिता जनाउँदै सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेका छन् । आयोजकका अनुसार आगामी दिनहरूमा पनि यस्ता जनहितका कार्यक्रमहरूलाई निरन्तर अघि बढाइनेछ ।
बज्जिकाञ्चल संवाददाता,वैशाख ०८ गते ।
काठमाडौं । सद्दाम हुसेन र रेबिका अधिकारी को अभिनय रहेको नयाँ गीत ‘नाच रे पतरकी’ सार्वजनिक भएको छ। सप्तरङ्गी फिल्म को प्रस्तुतिमा तयार भएको यो गीत सार्वजनिक भएसँगै दर्शकमाझ चर्चा बटुल्न थालेको छ।
सार्वजनिक पोस्टर र भिडियोमा देखिएको रंगीन मेला, उत्सवमय वातावरण र आकर्षक दृश्य संयोजनले गीतलाई थप जीवन्त बनाएको छ। विशेषगरी सद्दाम र रेबिकाबीचको रोमान्टिक केमेस्ट्री तथा ऊर्जावान नृत्य प्रस्तुति दर्शकलाई लोभ्याउने खालको देखिन्छ।
गीतका शब्द अजित मण्डलले लेखेका हुन् भने स्वर श्याम राउत र शिल्पी राजले दिएका छन्। संगीत तथा कम्पोज आर्या शर्माको रहेको छ, जसले गीतलाई आधुनिक र नाच्न मिल्ने शैलीमा प्रस्तुत गरेको छ।
गीतको निर्देशन तथा कोरियोग्राफी सुरेश पाण्डेले सम्हालेका छन्। क्यामेरा मिलन थापाले गरेका छन् भने सम्पादन, कलर तथा पोस्टर डिजाइन शौखिन तिमल्सिनाले गरेका छन्।

सार्वजनिक भएको छोटो समयमै ‘नाच रे पतरकी’ले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ। आकर्षक प्रस्तुति, संगीत र नृत्यका कारण यो गीत आगामी दिनमा झन् लोकप्रिय हुने अपेक्षा गरिएको छ।
आरके श्रीवास्तव,राैतहट,०७ गते वैशाख ।
रौतहटको कटहरियामा “मितेरी बचत तथा ऋण सहकारी संस्था लि.” को औपचारिक उद्घाटन गरिएको छ । वि.सं. २०७० सालमा स्थापना भएको उक्त संस्थाले आजदेखि आफ्नै कार्यालय स्थापना गरी औपचारिक रूपमा कारोबार सुरु गरेको हो । यसअघि नेपाल बैंक लिमिटेड कटहरिया शाखा रहेको भवनमै सहकारीले आफ्नो कार्यालय सञ्चालनमा ल्याएको हो ।

कटहरिया नगरपालिकाभर कार्यक्षेत्र रहेको यस सहकारीबाट स्थानीय व्यवसायी तथा सर्वसाधारण प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । संस्थामार्फत नागरिकहरूले बचत गर्नका साथै सहज रूपमा ऋण सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

सहकारीका सञ्चालक श्याम यादवले विधिवत् पूजापाठ गरी संस्थाको उद्घाटन गर्नुभएको हो । उक्त सहकारी अन्य लगानीकर्ताहरूको संयुक्त पहलमा सञ्चालनमा आएको हो । साथै, चन्दन दास बाँनियालाई शाखा प्रबन्धकको जिम्मेवारी दिइएको छ ।

एक कार्यक्रमका बीच कटहरिया–४ का वडा अध्यक्ष चन्दन कुशवाहाले सहकारीको उद्घाटन गर्नुभयो । सो अवसरमा कटहरिया वडा नम्बर १ वडा अध्यक्ष भूपेन्द्र महताे,कटहरिया ४ का वडा सदस्य रामईश्वर यादव लगायत स्थानीय व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष चन्दन कुशवाहाले सहकारी संस्थाले स्थानीय स्तरमा आर्थिक गतिविधि बढाउने, साना तथा मध्यम व्यवसायीलाई सहयोग पुर्याउने र बचत संस्कृतिको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सहकारीलाई पारदर्शी, विश्वसनीय र सेवामुखी रूपमा सञ्चालन गर्न सुझाव दिँदै स्थानीय बासिन्दालाई सहकारीसँग जोडिन आग्रह गर्नुभयो ।
त्यस्तै, सञ्चालक श्याम यादवले पनि सबैलाई सहकारीसँग आबद्ध हुन आह्वान गर्दै आधुनिक प्रविधियुक्त सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, संस्थाको दिगो विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
आजको राशिफल बिस २०८३ बैशाख ७ गते सोमबार ईस २०२६ अप्रिल २० नेपाल सम्बत ११४६ वछलाथ्व तृतीया, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, बैशाख कृष्ण पक्ष तृतीया, चन्द्रमा वृष राशिमा, रोहणी नक्षत्र, सौभाग्य योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ३६ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ३२ मिनेटमा हुनेछ ।
आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज अक्षय तृतीया व्रत, शिव पार्वती विवाह महोत्सव र राष्ट्रिय याक दिवस परेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्यवहारिक कारणले कारोबारमा बाधा हुनसक्छ, तर सागपात, फलफूल, रत्नमाणिक्य, फोटोग्राफी वा भिडियोमिक्सिङ आदिको कारोबारमा मनग्ये लाभ पाउने समय हो । पारिवारिक खुसीलाई मध्यनजर गर्दै कुनै काम लुकाएर गर्नुपर्ने परिस्थिति बन्नेछ, हिसाबकिताबको कुरा हो भने पछि हट्नु ठीक हुन्छ । सोच्ने शक्ति र निर्णयात्मक क्षमतामा कमी आउने दिन हो । आज हरेक कुरामा यो गरौं कि त्यो गरौं भन्ने अलमल हुनसक्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पेसा वा कार्यक्षेत्रप्रतिको व्यवहारिक दृष्टिकोणले तपाईलाई आर्थिक रूपमा समृद्ध बन्न मद्दत गर्नेछ, धार्मिक वा सामाजिक गतिविधिमा सक्रिय हुँदा वा दुःखमा परेका व्यक्तिको सहयोग गर्न पाउँदा भाग्यबृद्धि हुनेछ । व्यक्तित्व विकासका निमित्त प्रयास गर्ने समय हो । परीक्षा÷अन्तर्वार्ता आदिमा सफलता हात पर्नेछ, काममा सहयोगीको साथ पाइने समय छ । भावना र मनको कुरो सेयर गर्ने कुनै साथी छ भने ऊ तपाईंप्रति आकर्षित भएको हुनुपर्छ, अतः उसको निकटतालाई नगुमाउनु राम्रो हुन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
धनको कारोबारमा जोखिम र रिस्क भएको दिन हो, नयाँ कारोबार वा व्यवसाय फाप्दैन, अनि कुनै करार वा समझौता गर्नुछ भने राम्ररी पढ्नु बेस हुन्छ । नयाँ परियोजना वा काम थाल्न अनुकूल समय छ, सामूहिक क्रियाकलाप वा क्लबमा सहभागी हुँदा नयाँ विचार र योजनाहरू प्रकट हुनेछन् । जीवनसाथी र परिवारका सदस्यहरूबाट अपेक्षित सहयोग एवं सद्भाव मिल्नेछ, कुनै आर्थिक समस्या छ भने प्रयास गरेमा हल हुने समय हो ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आत्मविश्वास जाग्नेछ, नयाँ कुरो जान्ने उत्सुकता बढ्नेछ, आलस्य नगरी लक्षप्रति उन्मुख भएमा उच्च सफलता हासिल गर्ने दिन हो । मिहिनेत र लगनशीलता नै तपाईंको पहिचान हो भन्ने बुझी यसलाई जारी राख्नु ठीक हुन्छ । आफ्नो करियरसँग सम्बन्धित विषयहरू खास गरी महत्वाकाङ्क्षी प्रयासहरूमा थप जोड दिने समय हो । मिहिनेतका बलमा सम्मान र प्रतिष्ठा कमाउन सकिने राम्रो समय छ, प्रतिस्पर्द्धीहरू पछि पर्नेछन्, लगनशील बन्नसके दायित्व र जिम्मेवारीसमेत बढ्ने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कार्यक्षेत्रमा व्यस्त रहनाले आपसी समन्वय र भेटघाटको असहजता हुने तथा मन पिरोलिने दिन हो, अझ साँझपख मन हतास र भावुक बन्नसक्छ । मनमा सार्वजनिक हीत र परोपकारको भावना पलाउन सक्छ । कमाएको धनको व्यवस्थापन गर्ने तथा व्यक्तित्वविकासका लागि प्रयास गर्ने समय छ । लगानी गर्दा जोखिम र सङ्कटका बारेमा चिन्तन गर्नुहोला, व्यवसाय तर्फ मार्केटिङ, यातायात व्यवसायी र ढुवानीको क्षेत्रमा लाभ लिन सक्नुहुन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आम्दानीका स्रोतहरू बढ्नेछन्, पछिसम्म फाइदा हुने कुनै काम प्रारम्भ गर्न सकिने छ । प्रशासनिक वा राज्यपक्षका काम गर्न अनुकूल समय छ । घरजग्गा व्यवसायीले कुनै लाभदायक सम्झौता गर्नसक्छन्, तर सहकार्यमा कुनै काम गर्दै हुनुहुन्छ भने अर्काको भरमा मात्र ढुक्क पर्नु ठीक हुँदैन । सुखसुविधा वा सजावटका सामान वा भाँडाकुडा खरिद गर्न अनुकूल समय छ, तर घरव्यवहार र दैनिक कामधन्दामा निकै खट्नुपर्ने परिस्थिति छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
प्रतियोगिता वा प्रतिस्पर्द्धामा सफल भइने दिन हो, कुनै कामलाई टुङ्गोमा पुर्याउन प्रयास गरिने छ, परिश्रमको विकल्प छैन, त्यसैले सर्टकट वा छोटो बाटो छोडेर मिहिनेत गरेर अगाडि बढ्नु ठीक हुन्छ । धन, मान र प्रतिष्ठा बढ्ने दिन हो । चाहेको जिम्मेबारी पाउनुका साथै प्रशंसा र पुरस्कार प्राप्तिको योग छ । व्यक्तित्व विकासका दृष्टिले राम्रो दिन छ, सकेसम्म आफ्नो कुरा एवं विचारलाई तर्कसङ्गत रूपले राख्न सकेमा पार्टनरले तपाईंको मनोभाव र विचारको कदर गर्नेछन् ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
धार्मिक÷सामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिने दिन हो, तर पनि आफ्नो कामप्रतिको लगनशीलताका कारण कारोबारमा कुनै प्रभाव पर्नेछैन । आफन्त वा छरछिमेकको काममा खट्नुपर्ने समय छ, घरव्यवहारकै काममा पनि व्यस्तता रहनेछ, आज बहुप्रतीक्षित अभिलाषा र इच्छाको पूर्ति हुने दिन हो । ज्ञानको भण्डार पूर्ण हुने तथा दार्शनिक भावना जाग्ने समय हो, साथीहरू र गुरुसँग छलफल गरेमा दिमागलाई अझ तिखार्न पाइने छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु उचित हुनेछ, जीवनसाथी र घरपरिवारसँगै रमाएको जाती हुन्छ । मनोरञ्जनमा केन्द्रित भइदिनाले पढाइ बिथोलिने दिन हो, सानो लापरबाहीले पनि भविष्य बिग्रन्छ भन्ने बुझेर थप मिहिनेत गर्नुपर्ने समय छ । स्वास्थ्यस्थिति कमजोर हुने दिन हो । खानपानमा पनि अरुचि हुनसक्छ । आफ्ना कुरा छाडी आफन्त र खासगरी जीवनसाथीको भावना बुझिदिनु, कुरा सुन्नु अनि आफू व्यवहारिक बन्नु राम्रो हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
नयाँ कामतर्फ अग्रसर भइने छ, आफ्नो पुरुषार्थ बढ्नाले प्रतिद्वन्द्वीको मनोबल कमजोर बन्नेछ, आजको केही समय आफन्त वा घरपरिवारका लागि छुट्याउनुपर्ने हुन्छ । घरपरिवारको आँखा छलेर पार्टनरलाई समय छुट्याउन अप्ठ्यारो पर्नसक्छ, तर कसोकसो भेटघाट, मनोरञ्जन र घुमघामको मेसो मिल्ने दिन हो । विशेष काम गर्ने परिस्थितिमा दुविधा वा दोधारको अवस्थामा निर्णय नलिनु नै बेस हुनेछ, बरु जानकार व्यक्तिको सल्लाह लिएरमात्र काम थाल्नु होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कार्यालयमा सहयोगी साथीहरू र घरमा परिवारका सदस्यहरूले तपाईंका कुरा नबुझिदिंदा दिक्क मान्न सक्नुहुन्छ, तर आज रिस र आवेगमा नियन्त्रण गरेको असल हुन्छ । प्रेमीको स्वास्थ्यस्थिति वा कार्यक्षेत्रमा समस्या उत्पन्न हुनाले मन निराश बन्नसक्छ, तर पनि मौका मिलाएर भावना साटासाट गर्न पाउँदा शान्तिको अनुभूति हुनेछ । यात्रामूलक कामबाट लाभ लिन सकिने छ, तर रिसाहा, घमण्डी र अहङ्कारी स्वभावको विकास हुनसक्छ, हरेक व्यवहारमा संयमता अपनाउनुपर्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
पारिवारिक वातावरण ठीकै छ, तर छोराछोरीको इच्छा बुझेर काम गर्ने हुँदा बजेट डगमगाउने तथा पारिवारिक जीवनमा मनोमालिन्य बढ्नसक्ने समय छ । पठनपाठन र सीप देखाएर भाग्य चम्काउने समय हो । सिनियर विद्यार्थी वा गुरुजनको सहयोग पाउनाले आत्मबल र हौसलामा समेत बृद्धि हुनेछ । अनुभव वा ज्ञानको कमीलाई हटाउन सकिने छ, आर्थिक शुभताको विशेष समाचार प्राप्त हुनेछ । केही समय घरपरिवार र सन्ततिको जिम्मेबारीमा बित्नसक्छ । सम्झौता वा करार गर्न अनुकूल समय छ ।
एभरेष्ट न्यूज एजेन्सी,