२०८३ कार्तिक ६
२०८३ कार्तिक ६

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि सुशासन, पूर्वाधार, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिँदै सार्वजनिक सेवामा प्रविधिको प्रयोग बढाउने जनाएको छ। युवालाई सरकारी सेवामा आकर्षित गर्न ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम सञ्चालन गरिने भएको छ ।

पूर्वाधारतर्फ सडक विस्तार, तमोर–चिसाङ डाइभर्सन, तमोर–लेउती सुरुङमार्ग र चतरा–चौरीखर्क रेलमार्गको सम्भाव्यता अध्ययन अघि बढाइने भएको छ। ‘एक घर एक धारा’ कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

सरकारले २०८३ साउनदेखि २०८५ असारसम्म ‘कोशी प्रदेश भ्रमण वर्ष’ मनाउने घोषणा गरेको छ। पाथीभरा, हलेसी, कन्याम, श्रीअन्तुलगायत पर्यटकीय क्षेत्रको प्रवर्द्धन गरिनेछ ।

कृषिमा चिया, अलैँची, अदुवा, दूध तथा तरकारी उत्पादन र निर्यातमा जोड दिइएको छ भने शिक्षातर्फ प्राविधिक शिक्षा र ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।

स्वास्थ्य क्षेत्रमा प्रदेश अस्पताललाई स्तरोन्नति गरी विशेषज्ञ सेवा विस्तार गरिने तथा मानसिक स्वास्थ्य र लागुपदार्थ दुर्व्यसन नियन्त्रणका कार्यक्रम सञ्चालन गरिने सरकारले जनाएको छ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले विभिन्न राजनीतिक व्यक्तित्वसँग छलफल सुरु गरेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा संविधान संशोधन बहसपत्र सम्बन्धी सुझाव संकलनका लागि राजनीतिक व्यक्तित्व छलफल गरिरहेको छ।

काठमाडौँ । जर्मनीले फिफा विश्वकप फुटबल प्रतियोगिताका लागि आफ्नो टिमको घोषणा गरेको छ । अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुने विश्वकप सुरु हुन तीन सातामात्र बाँकी रहँदा मुख्य प्रशिक्षक युलियन नागेल्समानले बिहीबार अन्तिम टोली सार्वजनिक गरेका हुन् ।

घाइते भएका कारण सर्ज ग्नाब्री र मार्क आन्द्रे टर स्टेगन टोलीमा परेका छैनन् । यसअघि टोलीमा पर्ने चर्चा चलेका कोलोनका सइद एल माला पनि अन्तिम सूचीमा अटाउन सकेनन् ।

बायर्न म्युनिखका अनुभवी गोलरक्षक मानुएल नोयर अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास फिर्ता गर्दै टोलीमा समावेश भएका छन् ।

जर्मनीको विश्वकप टोलीः

गोलरक्षकः ओलिभर बाउमान, मानुएल नेउएर, अलेक्जान्डर न्युबेल ।

डिफेन्डर: जोसुआ किमिच, निको श्लोटरबेक, नाथानिएल ब्राउन, डेभिड राउम, वाल्डेमार एन्टोन, एन्टोनियो रुडिगर, जोनाथन टा, र मलिक थियाउ ।

मिडफिल्डर: जमाल मुसियाला, जेमी लेवेलिङ, अलेक्जान्डार पाभ्लोभिच, नादिम अमिरी, लियोन गोरेट्स्का, पास्कल ग्रोस, लेनार्ट कार्ल, फेलिक्स नमेचा, लिरोय साने, एन्जेलो स्टिलर र फ्लोरियन भिर्ट्ज ।

फरवार्ड: काइ हाभर्ट्ज, डेनिज उन्डाभ, म्याक्सिमिलियन बाएर र निक वोल्टेमाडे ।

जर्मनी विश्वकपमा समुह इ मा कुराकाओ, आइभरी कोष्ट र इक्वेडरसँग रहेको छ । जर्मनीले विश्वकपमा आफ्नो पहिलो खेल जुन १४ मा कुरकाओसँग खेल्ने छ भने दोस्रो खेल जुन २० मा आइभरी कोष्टसँग र तेस्रो खेल इक्वेडरसँग जुन २५ मा खेल्ने तालिका रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ ।

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ। साथै बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको छ। । बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भैरहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको तराई भू-भाग र बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागको थोरै स्थानहरूमा, मधेश प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागका साथै बागमती र गण्डकी प्रदेशका तराई भू-भागका एक-दुई स्थानहरूमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका  पहाडी तथा तराई  भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ।

त्यस्तै आज राती कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा, मधेश प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित  मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी

आजको राशिफल बिस २०८३ जेठ ७ गते विहिबार ईस २०२६ मे २१ नेपाल सम्बत ११४६ अनालाथ्व पञ्चमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल पञ्चमी, चन्द्रमा कर्कट राशिमा, तिष्य नक्षत्र, गण्ड योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १३ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ४९ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ८ बजेर १२ मिनेटदेखि १० बजेर ४८ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।

मेष राशि

आज कामकाजमा राम्रो गति आउनेछ। रोकिएका काम अघि बढ्ने संकेत देखिन्छ। जिम्मेवारी बढे पनि तपाईंको क्षमता अनुसार नतिजा राम्रो आउनेछ। आर्थिक रूपमा सामान्य सुधार देखिए पनि खर्च नियन्त्रणमा राख्नु आवश्यक हुनेछ। परिवारमा सानो खुसी वा भेटघाटले वातावरण रमाइलो बन्न सक्छ। स्वास्थ्यतर्फ थकान महसुस हुन सक्छ, त्यसैले आरामलाई प्राथमिकता दिनु राम्रो हुनेछ।

वृष राशि

आजको दिन स्थिर र सन्तुलित रहनेछ। काममा धैर्य राखे राम्रो परिणाम प्राप्त हुनेछ। व्यापार वा रोजगारी दुवैतर्फ सामान्य लाभको संकेत छ। परिवारबाट साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्धमा विश्वास र समझदारी बढ्नेछ। आर्थिक रूपमा ठूला उतारचढाव नदेखिए पनि सानो खर्च बढ्न सक्छ।

मिथुन राशि

आज आत्मविश्वास बढ्ने दिन हो। नयाँ योजना सुरु गर्न वा पुराना कामलाई गति दिन अनुकूल समय छ। साथीभाइ वा सहकर्मीको सहयोगले काम सहज बन्नेछ। आर्थिक रूपमा सुधारका संकेत छन्। अध्ययन, लेखन वा सञ्चारसम्बन्धी क्षेत्रमा राम्रो प्रगति हुन सक्छ। परिवारमा खुसीको वातावरण बन्नेछ।

कर्कट राशि

आज मन केही संवेदनशील बन्न सक्छ। कामको चाप र जिम्मेवारीले तनाव बढाउन सक्छ। आर्थिक रूपमा सामान्य अवस्था रहनेछ, तर अनावश्यक खर्चबाट बच्नु राम्रो हुनेछ। परिवारसँग समय बिताउँदा मन हलुका हुनेछ। स्वास्थ्यतर्फ पाचन वा पेटसम्बन्धी समस्या देखिन सक्ने भएकाले सावधानी अपनाउनु उपयुक्त हुनेछ।

सिंह राशि

आज प्रतिस्पर्धामा सफलता प्राप्त हुने सम्भावना छ। काममा तपाईंको मेहनतको राम्रो मूल्यांकन हुनेछ। सामाजिक रूपमा मान–सम्मान बढ्न सक्छ। व्यवसायमा लाभको संकेत देखिन्छ। परिवारको साथले आत्मबल बढ्नेछ। यात्राको सम्भावना पनि देखिन्छ। स्वास्थ्य सामान्य रहनेछ।

कन्या राशि

आज निर्णय गर्दा हतार नगर्नु राम्रो हुनेछ। काममा साना अवरोध आउन सक्छन् तर धैर्यले समाधान दिनेछ। आर्थिक अवस्था स्थिर रहनेछ। परिवारसँगको सम्बन्धमा समझदारी आवश्यक हुनेछ। नयाँ काम वा योजना अघि बढाउँदा सोचविचार आवश्यक छ। स्वास्थ्यमा सामान्य कमजोरी महसुस हुन सक्छ।

तुला राशि

आजको दिन उत्साहजनक रहने संकेत छ। नयाँ अवसर प्राप्त हुने सम्भावना बलियो छ। आर्थिक रूपमा सुधार देखिन सक्छ। प्रेम सम्बन्धमा खुसी र निकटता बढ्नेछ। सामाजिक भेटघाट बढ्नेछ र मान–सम्मान प्राप्त हुन सक्छ। सिर्जनात्मक काममा राम्रो प्रगति हुने समय हो।

वृश्चिक राशि

आज जिम्मेवारी बढ्नेछ। काममा दबाब भए पनि नतिजा राम्रो आउनेछ। आर्थिक लाभको सम्भावना छ, तर खर्च पनि बढ्न सक्छ। परिवारबाट सहयोग मिल्नेछ। पुराना समस्या समाधानतर्फ अघि बढ्ने संकेत छ। स्वास्थ्यमा थकान वा तनाव देखिन सक्छ, त्यसैले आराम आवश्यक हुनेछ।

धनु राशि

आज नयाँ अवसरहरू प्राप्त हुन सक्छन्। रोकिएका काम अघि बढ्नेछन्। आत्मविश्वास बढ्नेछ। यात्राबाट लाभ मिल्ने संकेत छ। आर्थिक रूपमा सुधार देखिन्छ। परिवार र साथीभाइसँगको सम्बन्ध राम्रो रहनेछ। विद्यार्थीहरूका लागि दिन उपयोगी बन्न सक्छ।

मकर राशि

आज काममा स्थिरता आउनेछ। जिम्मेवारी बढे पनि मेहनतले राम्रो परिणाम दिलाउनेछ। आर्थिक रूपमा सन्तुलन कायम रहनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। भविष्यका योजना बनाउन उपयुक्त समय हो। स्वास्थ्य सामान्य रहनेछ।

कुम्भ राशि

आज सोचविचार गरेर निर्णय लिनु राम्रो हुनेछ। खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापन आवश्यक छ। काममा सहकर्मीको सहयोग मिल्नेछ। नयाँ अवसर आए पनि हतार नगर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्धमा धैर्य आवश्यक हुनेछ। स्वास्थ्यमा सामान्य थकान देखिन सक्छ ।

मीन राशि

आज मन शान्त र सकारात्मक रहनेछ। काममा क्रमिक प्रगति हुनेछ। परिवारबाट साथ र हौसला प्राप्त हुनेछ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। अध्ययन, कला वा सिर्जनात्मक क्षेत्रमा रुचि बढ्न सक्छ। आर्थिक अवस्था सामान्य रहे पनि सानो लाभ प्राप्त हुने सम्भावना छ। दिन समग्रमा सुखद रहनेछ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । सरकारले निर्वाचनसँग सम्बन्धित दुई विधेयक प्रतिनिधसभामा प्रस्तुत गरेको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले यी विधेयकहरु प्रस्तुत गरेकी हुन् ।

जसमा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ प्रस्तुत गरिएको छ । जनसंख्याको प्रतिशतका आधारमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारु तथा मुस्लिम जनसंख्याको आधारमा प्रतिशत कायम गर्न प्रतिनिधिसभा सदस्य निर्वाचनस्म्बधी विधेयक ल्याइएको मन्त्री गौतमले बताएकी थिइन् ।

प्रतिनिधसभाको अर्को बैठक जेठ ७ गते बिहीबार विहान ११ बजे बस्ने गरि बोलाइएको छ ।एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले संसद राम्रोसँग चलेको प्रतिक्रिया दिएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकपछि संसद् भवनबाहिर प्रतिक्रिया दिदै संसदमा विपक्षीको आवाज अलि बढी सुनिने र अहिले त्यो भइरहेको बताउदै संसद राम्रोसँग चलिरहेको प्रतिक्रिया दिएका छन् ।

उनले सरकारले संसदमा उठेका विषयको जवाफ दिने बताउदै त्यसको तयारी सरकारले गरिरहेको बताए । उनले सबै बैठकमा सबै मन्त्री बसेर त्यसको जवाफ दिन सम्भव नहुने भन्दै सिस्टमेटिक ढंगले संसदमा उठेका प्रश्नको जवाफ सरकारले दिने गरि तयारी भइरहेको जानकारी दिए  ।

साथै उनले रास्वपा महाधिवेशनको तयारीमा लागेको बताउदै पार्टीको सभापति रवि लामिछाने नै हुने बताए ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । स्वीजरल्याण्डले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम २६ सदस्यीय टोली सार्वजनिक गरेको छ । १३औँ पटक विश्वकपमा सहभागिता जनाउने तयारीमा रहेको स्वीजरल्याण्डको सबैभन्दा राम्रो उपलब्धि सन् १९३४, १९३८ र १९५४ मा पुगेको क्वार्टरफाइनल नै हो ।

मुख्य प्रशिक्षक याकिनले अनुभवी खेलाडी र युवा प्रतिभालाई समेट्दै सन्तुलित टोली तयार गरेका छन् । लामो समयदेखि चोटका कारण कम खेलिरहेका फरवार्ड जेकी आम्दोनी पनि अन्तिम टोलीमा परेका छन् । उनको घुँडामा गम्भीर चोट लागेको थियो तर उनी पुनः टोलीमा फर्किएका छन् ।

टोलीको नेतृत्व ३३ वर्षीय मिडफिल्डर ग्रानिट जाकाले गर्नेछन् । उनले योसँगै लगातार चौथो विश्वकपमा कप्तानी गर्दै आफ्नो राष्ट्रिय कीर्तिमान १४४ क्याप पनि विस्तार गरेका छन् ।

याकिनको छनोटमा केही अप्रत्याशित नाम पनि परेका छन् । क्रिस्टियन फास्नाख्ट र सेड्रिक इत्तेन पछिल्ला वर्षमा धेरै कम खेल्ने भए पनि उनीहरूलाई टोलीमा समावेश गरिएको छ। फास्नाख्टले भने यस सिजन घरेलु लिगमा १८ गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेका छन्।

स्विस क्लबबाट भने सीमित खेलाडी मात्र समावेश भएका छन्। फास्नाख्ट र गोलकिपर मार्विन केलर मात्र घरेलु क्लबबाट टोलीमा परेका हुन्।

स्विट्जरल्यान्डलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सधैं अन्डरडग टोलीका रूपमा हेरिन्छ। तर उनीहरूले ठूला टोलीविरुद्ध पनि महत्वपूर्ण जित निकाल्दै आश्चर्यजनक प्रदर्शन गर्ने गरेका छन्। यस पटक पनि उनीहरू प्रतियोगितामा प्रभाव छोड्ने लक्ष्यमा छन्।

विश्वकप खेल्ने टिम: 

गोलकिपर: ग्रेगर कोबेल, योभोन म्भोगो । मार्विन केलर

डिफेन्डर: म्यानुएल अकान्जी, निको एलभेदी, रिकार्डो रोड्रिगेज, सिल्भान विडमर, मिरो मुहाइम, अरेल आमेन्दा, एराय कोमर्ट र लुका याकेज ।

मिडफिल्डर:  ग्रानित झाका, जोहान मान्जाम्बी, रेमो फ्रुलर, डेनिस जाकारिया, आर्डोन जाशारी, द्जिब्रिल सोउ, क्रिस्टियन फास्नाख्ट, मिशेल आबिशेर, फाबियन रिडर र रुबेन वर्गास ।

फरवार्ड; ब्रिल एम्बोलो, नोआ ओकाफोर, डान न्दोये, जेकी आम्दोनी र सेड्रिक इत्तेन ।

विश्वकपमा स्विट्जरल्यान्डले जुन १३ मा कतारसँग, जुन १८ मा बोस्निया र हर्जगोभिनासँग र  जुन २४ मा क्यानडासँग खेल्ने छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको प्रभाव रहेको जानकारी दिएको छ ।

हाल देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ । बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई  भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ।

त्यस्तै आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। साथै बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी

 

आजको राशिफल बिस २०८३ जेठ ६ गते बुधवार ईस २०२६ मे २० नेपाल सम्बत ११४६ अनालाथ्व चतुर्थी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल चतुर्थी, चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र, शूल योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १३ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ४९ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर १२ मिनेट देखि ०६ बजेर ५४ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।

मेष राशि

आजको दिन कामकाजमा प्रगति हुने संकेत देखिन्छ। विगतदेखि रोकिएका केही कामहरू पूरा हुन सक्छन्। कार्यक्षेत्रमा तपाईंको मेहनत र सक्रियताको प्रशंसा हुने सम्भावना छ। आर्थिक रूपमा सामान्य सुधार देखिए पनि अनावश्यक खर्च नियन्त्रणमा राख्नु आवश्यक हुनेछ। परिवारका सदस्यसँगको सम्बन्ध राम्रो रहनेछ, तर सानो विषयमा विवाद हुन नदिन संयमित बोली उपयोगी हुनेछ। स्वास्थ्यतर्फ थकान र तनाव बढ्न सक्ने भएकाले आरामलाई प्राथमिकता दिनु राम्रो हुनेछ।

वृष राशि

आज धैर्य र समझदारीले राम्रो परिणाम दिलाउने दिन हो। व्यवसाय वा जागिरमा स्थिरता आउनेछ। आर्थिक रूपमा लाभको संकेत देखिन्छ, विशेष गरी रोकिएका रकम प्राप्त हुन सक्छन्। परिवारको साथ र सहयोगले आत्मविश्वास बढाउनेछ। प्रेम सम्बन्धमा विश्वास र निकटता बढ्ने सम्भावना छ। खानपानमा ध्यान दिनु राम्रो हुनेछ, किनकि सामान्य स्वास्थ्य समस्या देखिन सक्छ।

मिथुन राशि

आज आत्मविश्वास र उत्साह दुवै बढ्नेछन्। नयाँ योजना सुरु गर्न वा महत्वपूर्ण निर्णय लिन अनुकूल समय देखिन्छ। साथीभाइ तथा सहकर्मीको सहयोगले काम सहज बन्नेछ। आर्थिक रूपमा सुधारका संकेत छन्। अध्ययन, सञ्चार, लेखन वा सिर्जनात्मक क्षेत्रमा राम्रो प्रगति हुने सम्भावना छ। यात्राको अवसर पनि आउन सक्छ। परिवारमा खुसीको वातावरण बन्नेछ।

कर्कट राशि

आज भावनात्मक रूपमा केही संवेदनशील बन्न सक्नुहुन्छ। कामको चापले थकान बढाउन सक्छ। आर्थिक रूपमा सामान्य अवस्था रहनेछ, तर खर्च बढ्ने सम्भावना भएकाले सावधानी आवश्यक छ। परिवारका सदस्यसँग समय बिताउँदा मानसिक शान्ति मिल्नेछ। स्वास्थ्यतर्फ पेट वा पाचनसम्बन्धी समस्या देखिन सक्ने भएकाले खानपानमा विशेष ध्यान दिनु राम्रो हुनेछ।

सिंह राशि

आज प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता प्राप्त हुने सम्भावना छ। काममा तपाईंको नेतृत्व क्षमता देखिनेछ र वरिष्ठ व्यक्तिबाट प्रशंसा प्राप्त हुन सक्छ। व्यवसायमा लाभको संकेत छ। सामाजिक रूपमा मान–सम्मान बढ्नेछ। परिवारको साथले आत्मबल बढाउनेछ। यात्राबाट लाभ मिल्ने सम्भावना पनि देखिन्छ। स्वास्थ्य सामान्य रहनेछ।

कन्या राशि

आज निर्णय गर्दा धैर्य अपनाउनु आवश्यक हुनेछ। काममा केही ढिलाइ वा अवरोध आउन सक्छ, तर निरन्तर प्रयासले सफलता दिलाउनेछ। आर्थिक रूपमा स्थिरता रहनेछ। परिवारसँगको सम्बन्धमा समझदारी आवश्यक हुनेछ। अध्ययन वा नयाँ सीप सिक्न चाहनेहरूका लागि दिन उपयोगी बन्न सक्छ। स्वास्थ्यमा सामान्य कमजोरी वा थकान महसुस हुन सक्छ।

तुला राशि

आजको दिन उत्साहजनक रहने संकेत छ। नयाँ अवसर प्राप्त हुन सक्छ र सामाजिक भेटघाट बढ्न सक्छ। आर्थिक पक्ष बलियो बन्ने सम्भावना छ। प्रेम सम्बन्धमा खुसी र विश्वास बढ्नेछ। सिर्जनात्मक तथा कलात्मक क्षेत्रमा लागेकाहरूका लागि दिन राम्रो रहनेछ। परिवारमा रमाइलो वातावरण बन्नेछ।

वृश्चिक राशि

आज जिम्मेवारी बढ्न सक्छ। काममा दबाब भए पनि तपाईंको मेहनतले सकारात्मक परिणाम ल्याउनेछ। आर्थिक लाभको संकेत भए पनि खर्च पनि बढ्न सक्छ। परिवारबाट सहयोग प्राप्त हुनेछ। पुराना समस्या समाधानतर्फ जाने सम्भावना छ। स्वास्थ्यतर्फ आरामको कमीले थकान बढ्न सक्छ।

धनु राशि

आज नयाँ अवसर र नयाँ योजना दुवै प्राप्त हुन सक्छन्। आत्मविश्वास बढ्नेछ र रोकिएका कामहरू अघि बढ्नेछन्। यात्राबाट लाभ मिल्ने सम्भावना छ। आर्थिक रूपमा सुधारका संकेत देखिन्छन्। साथीभाइ तथा परिवारसँगको सम्बन्ध अझ राम्रो बन्नेछ। विद्यार्थीहरूका लागि अध्ययनमा प्रगति हुने समय हो।

मकर राशि

आज काममा स्थिरता र जिम्मेवारी दुवै बढ्नेछन्। धैर्य र मेहनतले राम्रो परिणाम ल्याउनेछ। आर्थिक रूपमा सन्तुलन कायम रहनेछ। परिवारबाट सहयोग प्राप्त हुनेछ। भविष्यका योजना र लगानीबारे सोच्ने समय अनुकूल देखिन्छ। स्वास्थ्य सामान्य रहनेछ, तर अत्यधिक कामले थकान बढ्न सक्छ।

कुम्भ राशि

आज सोचविचार गरेर निर्णय लिनुपर्ने दिन हो। खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ। सहकर्मी वा साथीभाइको सहयोगले काम सहज बन्नेछ। नयाँ अवसर आए पनि हतारमा निर्णय नगर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्धमा धैर्य र समझदारी आवश्यक रहनेछ। स्वास्थ्यमा सामान्य तनाव महसुस हुन सक्छ।

मीन राशि

आज मन शान्त र सकारात्मक रहनेछ। काममा क्रमिक प्रगति हुनेछ र मेहनतको फल प्राप्त हुन थाल्नेछ। परिवारबाट साथ र हौसला प्राप्त हुनेछ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। कला, लेखन, अध्ययन वा सिर्जनात्मक क्षेत्रमा रुचि बढ्न सक्छ। आर्थिक अवस्था सामान्य रहे पनि सानो लाभ प्राप्त हुने सम्भावना छ। दिन समग्रमा सुखद र सन्तुलित रहने संकेत देखिन्छ ।एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।