काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने महिला च्याम्पियनसिप आजदेखि शुरु हुदैछ ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले आज भुटानको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार दिउसो ४: ४५ बजेदेखि गोवास्थित फतोरदा रंगशालामा शुरु हुदैछ । त्यस्तै आजै दोस्रो खेल भारत र माल्दिभ्सबीच साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ ।
साफ महिला च्याम्पियनसिप प्रतियोगिता आज देखि जेठ २३ गतेसम्म भारतको सञ्चालन हुदैछ । यस प्रतियोगितामा नेपालसहित भुटान, भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशले भाग लिएका छन् । समुह ए मा नेपाल, भुटान र श्रीलंका रहेका छन् भने समुह बी मा भारत, माल्दिभ्स र बंगलादेश रहेका छन् ।
प्रतियोगितामा नेपालले दोस्रो खेल जेठ १७ गते श्रीलंकासँग खेल्ने छ । प्रतियोगिताको सेमिफाइनल खेल जेठ २० गते र फाइनल खेल जेठ २३ गते हुने तालिका रहेको छ ।
साफ च्याम्पियनसिप खेल्ने नेपाली टिममा गोलकिपरमा अञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर र उषा नाथ रहेका छन् । त्यस्तै डिफेन्डरहरुमा पूजा राना, गीता राना, विमला बि.के., हिरा कुमारी भुजेल, प्रतिश्या चौधरी, समीक्षा घिमिरे, निशा ठोकर र सबिना चौधरी रहेका छन् । मिडफिल्डरहरुमा रेणुका नगरकोटी, दिपा शाही, प्रीति राई, सारु लिम्बु, बिर्शना चौधरी, अनिता बस्नेत, अनिता लाम्जेल र अनिता केसी रहेका छन् । त्यसैगरी फरवार्डमा रश्मि घिसिङ, रेखा पौडेल, पूर्णिमा राई र मिना देउवा रहेका छन् ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । आज प्रतिनिधि सभा अन्तर्गतका कानुन, न्याय तथा मानव अधिकार समिति र सार्बजनिक लेखा समितिको बैठक बस्दैछ ।
कानुन समितिको बैठक अपराहन्न साढे १२ बजे बस्ने कार्यसूची रहेको छ । बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक बर्षको प्रगति समिक्षा र आगामी कार्ययोजना बारे छलफल हुने समितिले जानकारी दिएको छ । त्यस्तै होल्डिङ सेन्टरमा समितिले गरेको स्थलगत अनुगमन प्रतिवेदन बारे पनि छलफल हुने कार्यसूची रहेको समितिले जनाएको छ ।
त्यस्तै विहान ११ बजेदेखि शुरु हुने सार्बजनिक लेखा समितिको बैठकमा बेरुजुको आयतन उच्च भएका मन्त्रालयका लेखा उत्तरदायी अधिकृतहरुसँग बेरुजु न्यूनीकरण सम्बन्धी विषयमा छलफलको कार्यसूची रहेको समितिले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । प्रतिकूल मौसमका कारण विभिन्न प्रसारण लाइन क्षेत्रमा रुख ढल्दा केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा प्राविधिक टोलीहरू निरन्तर खटिएर मर्मत तथा पुनः सञ्चालनको काम तीव्र रूपमा अघि बढाइरहेका छन् ।
जस अन्तर्गत पिलुवा (पथलैया)–चन्द्रनिगाहपुर प्रसारण लाइन अन्तर्गत टावर नम्बर १२२ र १२३ बीच रुख ढलेर लाइन प्रभावित भएकोमा रुख हटाउने काम सम्पन्न भइसकेको र हाल सर्किट चार्ज गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ ।
सोही खण्डको टावर नम्बर १३६ र १३७ बीच ढलेका तीन वटा रुख हटाइसकिएको र लाइन पुनः सञ्चालनका लागि आवश्यक प्राविधिक काम जारी रहेको बताइएको छ ।
यस्तै अमलेखगञ्ज–कामाने खण्ड अन्तर्गत टावर नम्बर ४६ र ४७ बीच रुख ढल्दा उच्च क्षमताको तारमा क्षति पुगेको छ । मर्मतका लागि प्राविधिक टोली घटनास्थलमा पुगिसकेको र तार जडानको काम सुरु गरिएको प्राधिकरणले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । वरिष्ठ पत्रकार ऋषि धमलाको नेतृत्वमा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा गरिएको छ । काठमाडौँमा आयोजित कार्यक्रममा अभियानले सुशासन, पारदर्शिता, सामाजिक न्याय र आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई मुख्य लक्ष्य बनाएको जनाएको हो।
अभियानले भ्रष्टाचार, नातावाद र दण्डहीनताको अन्त्य गर्दै नागरिक अधिकार र सम्मानको सुनिश्चितताका लागि जनअभियान सञ्चालन गर्ने बताएको छ ।
अभियानले स्थानीय तहको निर्वाचन निर्दलीय बनाउनुपर्ने, सुकुम्बासी तथा भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउनुपर्ने, मिटरब्याज पीडितलाई न्याय दिलाउनुपर्ने, निःशुल्क शिक्षा र स्वास्थ्य सेवा विस्तार गर्नुपर्ने लगायतका प्रतिबद्धता सार्वजनिक गरेको छ ।
यस्तै, डिजिटल सुरक्षा, कृषि आधुनिकीकरण, युवा उद्यमशीलता, छिटो न्याय प्रणाली, सहकारी तथा बैंकिङ समस्या समाधान र २०४६ सालपछि सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग पनि अभियानले अघि सारेको छ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । टेस्ट क्रिकेटमा चाँडै ठूलो परिवर्तन देखिन सक्ने संकेत देखिएको छ । अब दिनको समयमा खेलिने टेस्ट खेलमा पनि गुलाबी बल प्रयोग गर्ने विषयमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले छलफल सुरु गरेको छ।
हालसम्म गुलाबी बल केवल दिन-रात टेस्ट खेलमा मात्र प्रयोग हुँदै आएको थियो । तर हालै जिम्बाब्वेको हरारेमा बसेको आईसीसी क्रिकेट समितिको बैठकमा दिनको टेस्ट खेलमा रातो बलको सट्टा गुलाबी बल प्रयोग गर्न सकिने प्रस्तावमाथि छलफल भएको बताइएको छ ।
प्रतिवेदनअनुसार खराब प्रकाश वा वर्षाका बेला रातो बल स्पष्ट नदेखिने समस्या खेलाडी र अम्पायरले झेल्दै आएका छन् । यस्तो अवस्थामा गुलाबी बल बढी स्पष्ट देखिने भएकाले यसको प्रयोग विस्तार गर्ने सुझाव आएको हो ।
आईसीसी बैठक मे २१ मा बसेको थियो भने अब फेरी मे ३०- ३१ मा अहमदावादमा सकिएको थियो । त्यसपछि आगामी अक्टोबर १ देखि नयाँ नियम लागू हुन सक्ने चर्चा सुरु भएको छ । यद्यपि अन्तिम निर्णय भने आईसीसी बोर्डको स्वीकृतिपछि मात्रै हुने बताइएको छ ।
क्रिकेट समितिले गुलाबी बल प्रयोग गर्नुअघि दुवै टोलीको सहमति आवश्यक हुने धारणा राखेको छ । रातो र गुलाबी बलको व्यवहार फरक हुने भएकाले त्यसले ब्याटिङ र बलिङ दुवैमा असर पार्न सक्ने बताइएको छ । यदि यो नियम लागू भएमा टेस्ट क्रिकेटको परम्परागत स्वरूपमै ठूलो परिवर्तन आउने विश्वास गरिएको छ। साथै खराब प्रकाशका कारण खेल रोक्नुपर्ने समस्या पनि कम हुन सक्ने अपेक्षा गरिएको छ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ ।
हाल कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा साधारणतया बादल लागेको छ । मधेश प्रदेश लगायत बाँकी लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल तथा बाँकी तराई भू-भागमा मुख्यतया सफा रहेको छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा साथै बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेश केही स्थानहरूमा, मधेश प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा तातो दिन तथा तराई भू–भागमा तातो लहर हुने सम्भावना रहेको छ ।
त्यस्तै आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । एभरेष्ट न्यूज एजेन्सी
आजको राशिफल बिस २०८३ जेठ ११ गते सोमबार ईस २०२६ मे २५ नेपाल सम्बत ११४६ अनालाथ्व नवमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल नवमी, चन्द्रमा सिहं राशिमा, उत्तरफल्गुनी नक्षत्र, वज्र योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ११ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ६ बजेर ५२ मिनेटमा हुनेछ ।
आज जन्म लिने बच्चा सिहं राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर १० मिनेट देखि ०६ बजेर ५२ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।
मेष राशि
आजको दिन कामकाजका हिसाबले निकै सक्रिय रहनेछ। बिहानदेखि नै जिम्मेवारी बढ्ने र विभिन्न काम एकसाथ सम्हाल्नुपर्ने अवस्था आउन सक्छ। विगतमा रोकिएका केही काम अघि बढ्ने संकेत देखिन्छ, जसले मनमा उत्साह ल्याउनेछ। आर्थिक रूपमा सामान्य सुधार देखिए पनि अनावश्यक खर्च बढ्न सक्ने भएकाले सतर्क रहनु राम्रो हुन्छ। कार्यक्षेत्रमा तपाईंको निर्णय क्षमता र मेहनतको प्रशंसा हुन सक्छ। परिवारसँग सानो विषयमा मतभेद देखिन सक्छ, तर धैर्य राखे सम्बन्ध सहज हुनेछ। स्वास्थ्यमा थकान, तनाव वा निद्राको कमीले असर गर्न सक्छ, त्यसैले पर्याप्त आराम आवश्यक हुनेछ।
वृष राशि
आज धैर्य, स्थिरता र समझदारीले मात्र राम्रो परिणाम दिलाउने दिन हो। काममा केही ढिलाइ वा सानो अवरोध आउन सक्छ, तर अन्ततः परिस्थिति तपाईंको पक्षमा आउने सम्भावना छ। आर्थिक रूपमा सानो लाभ वा रोकिएको रकम प्राप्त हुने संकेत छ। व्यवसाय वा रोजगारीमा स्थिरता देखिनेछ। परिवारबाट साथ र सहयोग मिल्नेछ, जसले आत्मबल बढाउनेछ। प्रेम सम्बन्धमा सामान्य असमझदारी हुन सक्छ, तर खुलेर कुरा गर्दा समाधान हुनेछ। स्वास्थ्य सामान्य रहनेछ, तर खानपानमा ध्यान दिनु आवश्यक छ।
मिथुन राशि
आज आत्मविश्वास उच्च रहनेछ र नयाँ योजना सुरु गर्न वा पुराना योजना अघि बढाउन उपयुक्त समय देखिन्छ। साथीभाइ तथा सहकर्मीको सहयोगले काम सहज बन्नेछ। आर्थिक रूपमा सुधार आउने संकेत छ, विशेष गरी अड्किएको रकम वा अवसर प्राप्त हुन सक्छ। अध्ययन, सञ्चार, लेखन वा सिर्जनात्मक क्षेत्रमा लागेकाहरूका लागि दिन विशेष फलदायी बन्न सक्छ। परिवारसँगको सम्बन्ध मधुर रहनेछ र घरमा खुसीको वातावरण बन्न सक्छ। यात्राको सम्भावना पनि देखिन्छ, जसबाट लाभ हुने संकेत छ।
कर्कट राशि
आज मन भावनात्मक रूपमा संवेदनशील बन्न सक्छ। कामको चाप र जिम्मेवारीले मानसिक थकान बढाउन सक्छ, जसले निर्णय क्षमतामा असर पार्न सक्छ। आर्थिक रूपमा सामान्य अवस्था रहनेछ, तर अनावश्यक खर्च बढ्न सक्ने भएकाले सावधानी आवश्यक छ। परिवारसँग समय बिताउँदा मानसिक राहत मिल्नेछ र तनाव कम हुनेछ। स्वास्थ्यतर्फ पेट, पाचन वा खानपानसम्बन्धी समस्या देखिन सक्ने भएकाले विशेष ध्यान दिनु राम्रो हुनेछ। दिनको अन्त्यतिर स्थिति केही सहज बन्ने संकेत देखिन्छ।
सिंह राशि
आज प्रतिस्पर्धात्मक वातावरणमा तपाईंको क्षमता प्रमाणित हुने अवसर मिल्नेछ। काममा नेतृत्व गर्ने मौका आउन सक्छ र तपाईंको मेहनतको प्रशंसा हुने सम्भावना बलियो छ। व्यवसायमा लाभको संकेत देखिन्छ र नयाँ अवसर पनि प्राप्त हुन सक्छ। सामाजिक रूपमा मान–सम्मान बढ्नेछ। परिवारको साथ र समर्थनले आत्मविश्वास अझ मजबुत बन्नेछ। यात्राबाट फाइदा मिल्ने सम्भावना छ। स्वास्थ्य सामान्य रहनेछ, तर अत्यधिक कामका कारण थकान बढ्न सक्छ।
कन्या राशि
आज निर्णय गर्दा हतार नगर्नु अत्यन्त आवश्यक हुनेछ। काममा साना अवरोध वा ढिलाइ आउन सक्छ, तर धैर्य र निरन्तर प्रयासले समाधान मिल्नेछ। आर्थिक रूपमा स्थिरता कायम रहनेछ, तर ठूलो लगानी गर्दा विचार गर्नुपर्छ। परिवारसँगको सम्बन्धमा समझदारी आवश्यक हुनेछ, नत्र सानो कुराले तनाव सिर्जना गर्न सक्छ। स्वास्थ्यमा सामान्य कमजोरी वा थकान महसुस हुन सक्छ, त्यसैले पर्याप्त आराम लिनु उपयोगी हुनेछ।
तुला राशि
आजको दिन उत्साह, अवसर र सकारात्मक परिवर्तनले भरिएको रहनेछ। नयाँ व्यक्तिसँग भेटघाट वा सहकार्यको अवसर प्राप्त हुन सक्छ। आर्थिक रूपमा सुधार देखिनेछ र नयाँ आम्दानीको बाटो खुल्न सक्छ। प्रेम सम्बन्धमा खुसी, विश्वास र निकटता बढ्नेछ। सामाजिक गतिविधिमा सक्रियता बढ्नेछ र मान–सम्मान प्राप्त हुन सक्छ। कला, संगीत वा सिर्जनात्मक क्षेत्रमा लागेकाहरूका लागि दिन विशेष राम्रो रहनेछ।
वृश्चिक राशि
आज जिम्मेवारी र कामको दबाब बढ्न सक्छ, तर तपाईंको मेहनत र लगनशीलताले राम्रो परिणाम ल्याउनेछ। आर्थिक लाभको सम्भावना भए पनि खर्च पनि बढ्न सक्छ, त्यसैले सन्तुलन आवश्यक हुनेछ। परिवारबाट सहयोग प्राप्त हुनेछ र पुराना समस्या समाधानतर्फ अघि बढ्ने संकेत देखिन्छ। स्वास्थ्यमा थकान, तनाव वा कमजोरी महसुस हुन सक्छ, त्यसैले आरामलाई प्राथमिकता दिनु राम्रो हुनेछ।
धनु राशि
आज नयाँ अवसर र योजना दुवै प्राप्त हुने संकेत बलियो छ। रोकिएका काम अघि बढ्नेछन् र आत्मविश्वास बढ्नेछ। यात्राबाट लाभ मिल्ने सम्भावना छ। आर्थिक रूपमा सुधार देखिन्छ र नयाँ स्रोतहरू खुल्न सक्छन्। परिवार र साथीभाइसँगको सम्बन्ध राम्रो रहनेछ। विद्यार्थी तथा अध्ययनरत व्यक्तिहरूका लागि दिन उपलब्धिमूलक बन्न सक्छ। सकारात्मक सोचले आजको दिनलाई अझ सफल बनाउनेछ।
मकर राशि
आज काममा स्थिरता आउनेछ र जिम्मेवारी बढे पनि परिणाम सकारात्मक रहनेछ। धैर्य र निरन्तर प्रयासले सफलता दिलाउनेछ। आर्थिक रूपमा सन्तुलन कायम रहनेछ र सानो लाभ प्राप्त हुन सक्छ। परिवारको साथ र समर्थनले मनोबल बढ्नेछ। भविष्यका योजना वा लगानीका विषयमा सोच्न उपयुक्त समय हो। स्वास्थ्य सामान्य रहनेछ, तर कामको चापले थकान बढ्न सक्छ।
कुम्भ राशि
आज सोचविचार गरेर मात्र निर्णय लिनु उपयुक्त हुनेछ। खर्च बढ्ने सम्भावना भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ। काममा सहकर्मी वा साथीभाइको सहयोगले सहजता ल्याउनेछ। नयाँ अवसर प्राप्त भए पनि हतारमा निर्णय नगर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्धमा धैर्य र समझदारी आवश्यक हुनेछ। स्वास्थ्यमा सामान्य तनाव वा थकान महसुस हुन सक्छ।
मीन राशि
आज मन शान्त र सकारात्मक रहनेछ। काममा क्रमिक प्रगति हुनेछ र मेहनतको फल प्राप्त हुन थाल्नेछ। परिवारबाट साथ, सहयोग र हौसला मिल्नेछ। प्रेम सम्बन्धमा विश्वास र निकटता बढ्नेछ। अध्ययन, कला, लेखन वा सिर्जनात्मक क्षेत्रमा रुचि बढ्न सक्छ। आर्थिक अवस्था सामान्य रहे पनि सानो लाभ प्राप्त हुने सम्भावना छ। दिन समग्रमा सन्तुलित, सुखद र आशावादी रहने संकेत देखिन्छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ ।
हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षा भईरहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागको केही स्थानहरूमा, मधेश प्रदेश लगायत बागमती, गण्डकी प्रदेशका तराई भू-भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा तातो दिन तथा तराई भू–भागमा तातो लहर हुने सम्भावना रहेको छ। मधेश र कोशी प्रदेशको तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।
त्यस्तै आज राती कोशी प्रदेश लगायत बाँकी हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी पहाडी र तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेश लगायत, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र हिमाली भु_भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना रहेको छ।
आजको राशिफल बिस २०८३ जेठ १० गते आईतबार ईस २०२६ मे २४ नेपाल सम्बत ११४६ अनालाथ्व अष्टमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल अष्टमी, चन्द्रमा सिंह राशिमा, पूर्वफाल्गुनी नक्षत्र, हर्षण योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १२ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५१ मिनेटमा हुनेछ ।
आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ८ बजेर ३५ मिनेटदेखि १० बजेर १८ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।
मेष राशि
आजको दिन कामकाजमा सकारात्मक प्रगति हुने संकेत देखिन्छ। लामो समयदेखि रोकिएका कामहरू फेरि अघि बढ्न सक्छन्। कार्यक्षेत्रमा तपाईंको मेहनत र सक्रियताको प्रशंसा हुने सम्भावना छ। आर्थिक रूपमा सामान्य सुधार देखिए पनि खर्च नियन्त्रणमा राख्नु आवश्यक हुनेछ। परिवारसँगको सम्बन्ध मधुर रहनेछ, तर सानो विषयमा विवाद हुन नदिन संयमित बोली उपयोगी हुनेछ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। स्वास्थ्यतर्फ थकान र तनावले असर गर्न सक्ने भएकाले आराममा ध्यान दिनु राम्रो हुनेछ।
वृष राशि
आजको दिन स्थिर र सन्तुलित रहनेछ। व्यवसाय वा रोजगारीमा क्रमिक सुधार देखिन सक्छ। आर्थिक रूपमा लाभको संकेत छ, विशेष गरी रोकिएको रकम प्राप्त हुन सक्छ। परिवारको साथ र सहयोगले आत्मविश्वास बढाउनेछ। प्रेम सम्बन्धमा निकटता बढ्ने सम्भावना छ। खानपानमा सावधानी अपनाउनु राम्रो हुनेछ, किनकि सामान्य स्वास्थ्य समस्या देखिन सक्छ।
मिथुन राशि
आज आत्मविश्वास र उत्साह बढ्नेछ। नयाँ योजना सुरु गर्न वा महत्वपूर्ण निर्णय लिन उपयुक्त समय देखिन्छ। साथीभाइ तथा सहकर्मीको सहयोगले काम सहज बन्नेछ। आर्थिक रूपमा सुधारका संकेत छन्। अध्ययन, लेखन, सञ्चार वा सिर्जनात्मक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुन सक्छ। परिवारमा खुसीको वातावरण बन्नेछ। यात्राबाट लाभ मिल्ने सम्भावना पनि देखिन्छ।
कर्कट राशि
आज मन केही संवेदनशील बन्न सक्छ। कामको चाप र जिम्मेवारीले मानसिक थकान बढाउन सक्छ। आर्थिक रूपमा सामान्य अवस्था रहनेछ, तर खर्च बढ्न सक्ने भएकाले सावधानी आवश्यक छ। परिवारसँग समय बिताउँदा मानसिक शान्ति मिल्नेछ। स्वास्थ्यतर्फ पेट वा पाचनसम्बन्धी समस्या देखिन सक्ने भएकाले खानपानमा विशेष ध्यान दिनु राम्रो हुनेछ।
सिंह राशि
आज प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता प्राप्त हुने सम्भावना छ। काममा तपाईंको नेतृत्व क्षमता र निर्णय शक्ति प्रभावकारी देखिनेछ। व्यवसायमा लाभको संकेत छ। सामाजिक रूपमा मान–सम्मान बढ्नेछ। परिवारको साथले आत्मबल बढाउनेछ। यात्राबाट लाभ मिल्ने सम्भावना पनि देखिन्छ। स्वास्थ्य सामान्य रहनेछ।
कन्या राशि
आज निर्णय गर्दा धैर्य र सोचविचार आवश्यक हुनेछ। काममा केही ढिलाइ वा अवरोध आउन सक्छ, तर निरन्तर प्रयासले समाधान भेटिनेछ। आर्थिक रूपमा स्थिरता रहनेछ। परिवारसँगको सम्बन्धमा समझदारी आवश्यक हुनेछ। नयाँ योजना वा लगानी अघि बढाउँदा हतार नगर्नु राम्रो हुनेछ। स्वास्थ्यमा सामान्य कमजोरी वा थकान महसुस हुन सक्छ।
तुला राशि
आजको दिन उत्साहजनक र उपलब्धिमूलक रहने संकेत छ। नयाँ अवसर प्राप्त हुने सम्भावना बलियो छ। आर्थिक रूपमा सुधार आउने संकेत देखिन्छ। प्रेम सम्बन्धमा खुसी र निकटता बढ्नेछ। सामाजिक भेटघाट र सहकार्यबाट लाभ मिल्न सक्छ। कला, संगीत वा सिर्जनात्मक क्षेत्रमा रुचि बढ्ने समय हो। परिवारमा रमाइलो वातावरण बन्नेछ।
वृश्चिक राशि
आज जिम्मेवारी र कामको दबाब बढ्न सक्छ। मेहनतअनुसार राम्रो परिणाम प्राप्त हुने सम्भावना छ। आर्थिक लाभको संकेत भए पनि खर्च पनि बढ्न सक्छ। परिवारबाट सहयोग प्राप्त हुनेछ। पुराना समस्या समाधानतर्फ अघि बढ्ने संकेत देखिन्छ। स्वास्थ्यतर्फ आरामको कमीले थकान महसुस हुन सक्छ।
धनु राशि
आज नयाँ अवसर र नयाँ योजना दुवै प्राप्त हुन सक्छन्। रोकिएका कामहरू अघि बढ्नेछन्। आत्मविश्वास बढ्नेछ र सकारात्मक सोचले सफलता दिलाउनेछ। यात्राबाट लाभ मिल्ने सम्भावना छ। आर्थिक रूपमा सुधारका संकेत छन्। परिवार र साथीभाइसँगको सम्बन्ध राम्रो रहनेछ। विद्यार्थीहरूका लागि दिन उपलब्धिमूलक बन्न सक्छ।
मकर राशि
आज काममा स्थिरता आउनेछ। जिम्मेवारी धेरै भए पनि मेहनत र धैर्यले राम्रो परिणाम दिलाउनेछ। आर्थिक रूपमा सन्तुलन कायम रहनेछ। परिवारको साथ र सहयोगले मनोबल बढाउनेछ। भविष्यका योजना वा लगानीबारे सोच्ने समय उपयुक्त देखिन्छ। स्वास्थ्य सामान्य रहनेछ।
कुम्भ राशि
आज सोचविचार गरेर निर्णय लिनुपर्ने दिन हो। खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ। सहकर्मी वा साथीभाइको सहयोगले काम सहज बन्नेछ। नयाँ अवसर प्राप्त भए पनि हतारमा निर्णय नगर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्धमा धैर्य र समझदारी आवश्यक रहनेछ। स्वास्थ्यमा सामान्य तनाव महसुस हुन सक्छ।
मीन राशि
आज मन शान्त र सकारात्मक रहनेछ। काममा क्रमिक प्रगति हुनेछ र मेहनतको फल प्राप्त हुन थाल्नेछ। परिवारबाट साथ, सहयोग र हौसला प्राप्त हुनेछ। प्रेम सम्बन्धमा विश्वास र निकटता बढ्नेछ। अध्ययन, कला, लेखन वा सिर्जनात्मक क्षेत्रमा रुचि बढ्न सक्छ। आर्थिक अवस्था सामान्य रहे पनि सानो लाभ प्राप्त हुने सम्भावना छ। दिन समग्रमा सुखद र सन्तुलित रहने संकेत देखिन्छ।एभरेष्ट न्यूज एजेन्सी
रौतहट, ८ जेठ । खाने मुखलाई जुंगाले छेक्दैनन् भन्ने उखान झै स्थानीय तहमा खान पल्केकाहरुलाई जुन सुकै सरकार आएपनि बालै मतलब छैन् तर फसेपछि सबै कर्तुत बाहिर आउँछ ठिक त्यसै आजको घटनाले साबित गरिदिएको छ ।
महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव ७२ हजार घुसको रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वर्दीवासको टोलीले शुक्रवार दिउसो नियन्त्रणमा लिएको हो ।
अख्तियार श्रोतका अनुसार उपभोक्ता समितिका अध्यक्ष संग आर्थिक लेनदेन भईरहेको सूचनाका आधारमा खटिएका टोलीले औरही सडक खण्डबाट प्रमुख प्रशासकीय अधिकृत यादवलाई नियन्त्रणमा लिए । पक्राउ परेका प्रमुख प्रशासकीय अधिकृत यादवको साथबाट ७२ हजार रुपैयाँ बरामद भएको बताइएको छ ।
यादव संग थप रकम समेत रहेको आशंका गरिएकाले घटनाको सुक्ष्म अनुसन्धान जारी रहेको तथा यादवलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको आयोग श्रोतबाट बुझिएको छ ।
स्थानीय तहका उच्च कर्मचारीनै घुसकाण्डमा पक्राउ परेपछि उक्त घटनाले महोत्तरी सहित मधेश प्रदेश भरीको माहौललाई तरंगीत बनाएका छन् ।
रौतहटमा रहदा श्रीदेव यादवको कर्तुत
अख्तियारद्वारा पक्राउ परेका यादव रौतहटको माधवनारायण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहदा आर्थिक चलखेलको आधारमा कानुनले नमिल्ने गैरकानुनी रुपमा एउटा सब ओभरसियरलाई सातौं तहमा तहवृद्धि गरेका थिए । त्यती मात्रै नभई तहवृद्धि भएका कर्मचारी महागढीमाई नगरपालिका वारामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएर लाखौं रकम अनाधिकृत रुपमा चलाएको थियो ।
श्रीदेव यादवले चौथो तहमा भर्ना भएका व्यक्तिलाई ऐन कानुनलाई धज्जी उडाउदै लक्ष्मण साहलाई सातौं तहमा तहवृद्धि गरे वापत आर्थिक चलखेल गरेका थिए । रौतहटको अन्य स्थानीय तहमा समेत यादवले जिम्मेवारी निर्वाह गर्दा नियमबाट नमिल्ने कर्मचारीलाई सातौं तहमा तहवृद्धि गरेको हुँदा उक्त कार्यहरुको पनि सुक्ष्म अनुगमन एवं अनुसन्धान गर्नुपर्ने यहाँका न्याय प्रेमी जनताहरुले माग गरेका छन् । तराई टप