२०८३ कार्तिक ६
२०८३ कार्तिक ६

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुस्लिम समुदायको पर्व ईद–उल–अज्हा (बकर इद) का अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै यस पर्वले मातृभूमिप्रतिको आत्मीय सम्बन्धलाई अझ बलियो बनाउँदै राष्ट्रिय समृद्धि र विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा मुस्लिम समुदायले ईद–उल–अज्हाका अवसरमा आपसी रिस, राग र द्वेष बिर्सेर खुसी, सद्भाव र शुभकामना साटासाट गर्ने परम्पराले समाजमा मेलमिलाप र भाइचाराको भावना बलियो बनाउने उल्लेख गरिएको छ । खुला स्थान, इदगाह तथा मस्जिदमा नमाज अदा गर्दै हर्षोल्लासका साथ पर्व मनाइने परम्पराले सामाजिक एकता प्रवर्द्धन गर्ने राष्ट्रपति पौडेलको भनाइ छ ।

राष्ट्रपति पौडेलले विश्वास, समर्पण र समाज सेवाको सन्देश बोकेका यस्ता चाडपर्वले धार्मिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता, सद्भाव, एकता र सहअस्तित्वको भावना मजबुत बनाउने बताउदै विविधताबीचको एकताले राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै समानता र भाइचाराको सन्देश फैलाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

सन्देशको अन्त्यमा राष्ट्रपति पौडेलले ईद पर्वले प्रेम, करुणा, त्याग, सहिष्णुता र राष्ट्रिय एकताको भावना थप मजबुत बनाउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट शुक्रबार सार्वजनिक हुने भएको छ ।

हरेक वर्षको जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सरकारले यही शुक्रबार बजेट ल्याउन लागेको हो।

यसका लागि संघीय संसदका दुवै सदनको संयुक्त बैठक शुक्रबार अपराह्न ४ बजेका लागि बोलाइएको छ । सोही बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले बजेट सार्वजनिक गर्ने कार्यसूची संघीय संसद सचिवालयले सार्बजनिक गरको छ । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । राजस्थान रोयल्स जारी आइपिएलको दोस्रो क्वालिफायरमा पुगेको छ । गएराती सम्पन्न खेलमा राजस्थानले सनराइजर्स हैदरावादलाई ४७ रनले पराजित गरेर दोस्रो क्वालिफायरमा पुगेको हो ।

राजस्थान रोयल्सले दिएको २४४ रनको लक्ष्य पछाएको सनराइजर्सले १९.२ ओभरमा अल आउट हुदै १९६ रन बनाएको थियो ।

सनराइजर्सका लागि नितिश रेड्डीले ३८, सलिल अरोराले ३५ र इशान किशनले ३३ र शिभांग कुमारले २७ रन बनाएका थिए । त्यस्तै राजस्थानका बलर जोफ्रा आर्चरले ३ विकेट लिएका थिए भने नान्द्रे बर्गर, सुशान्त मिश्रा र रविन्द्र जडेजाले २-२ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउदै २४३ रन बनाएको थियो । राजस्थानका लागि वैभव सुर्यबंशीले २९ बलमा ९७ रन बनाएका थिए । उनले आफ्नो इनिंगमा १२ छक्का र ५ चौका प्रहार गरेका थिए । त्यस्तै ध्रुव जुरेलले २१ बलमा ५० रन बनाएका थिए भने यशश्वी जैसवालले २९ र कप्तान रियान परागले २६ रन बनाएका थिए ।

अब राजस्थानले दोस्रो क्वालिफायरमा गुजरात टाइटन्ससँग शुक्रबार खेल्ने छ । यस खेलको विजेताले आइतबार हुने फाइनल खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुसँग खेल्ने छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद आज मुस्लिम समुदायले मनाउदैछन् ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ ।

यस अवसरमा जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको बताइन्छ । ऐतिहासिक बकर ईद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताइन्छ ।

यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ । मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ । मक्का मदिना जान नपाउने हजयात्रीले समेत घर घरमै बकर ईद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बलि) दिन्छन् ।

धार्मिक मान्यताअनुसार अल्लाहका नवी(दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो । जसलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग (जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ । यसैकारण अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ ।

निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मनन्नत मागेका थिए । अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु भन्ने इब्राहिमको प्रतिबद्धता थियो । सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्न पर्छ भनेका थिए भन्ने मुस्लिम धर्मावलम्बीको विश्वास छ ।

उनले धेरै जनावर कुर्बानी गरे तर अल्लााह खुशी भएका थिएनन् । अन्तिममा  आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए । यस घडीमा उनको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान(बलि) भएको थियो । कुर्बानीको मासु तीन भागमा बाँडी  वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ ।

हाल कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ। मधेश प्रदेशमा आंशिक बादल लागेको छ र बाँकी तराई भू-भागमा मुख्यतया सफा रहेको छ। कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भैरहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ तथा तराई भू-भागमा आंशिक बादल लाग्नेछ।  कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा,  मधेश प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई  भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ।

त्यस्तै आज राती देशभर साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भू–भाग तथा बाँकी तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी

आजको राशिफल बिस २०८३ जेठ १४ गते बिहिबार ईस २०२६ मे २८ नेपाल सम्बत ११४६ अनालाथ्व  द्धादशी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल द्धादशी, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, वरियान योग, बालब करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १० मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५३ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ५ बजेर  ९ मिनेट देखि ६ बजेर ५२ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आज मुस्लिम समुदायको बकर ईद (ईद-उल-अधा) पर्व परेको छ ।

मेष राशि

आजको दिन कामकाजमा सकारात्मक परिवर्तन ल्याउने खालको रहनेछ। रोकिएका योजना अघि बढ्न सक्छन् र नयाँ अवसरहरू पनि प्राप्त हुने संकेत देखिन्छ। कार्यक्षेत्रमा तपाईंको मेहनत र निर्णय क्षमताको प्रशंसा हुन सक्छ। आर्थिक रूपमा सामान्य सुधार भए पनि खर्च बढ्न सक्ने भएकाले सावधानी आवश्यक हुनेछ। परिवारसँगको सम्बन्ध राम्रो रहनेछ र घरमा रमाइलो वातावरण बन्न सक्छ। प्रेम सम्बन्धमा खुलेर संवाद गर्दा सम्बन्ध अझ मजबुत बन्नेछ। स्वास्थ्यतर्फ थकान र तनाव बढ्न सक्ने भएकाले आराममा ध्यान दिनु राम्रो हुनेछ।

वृष राशि

आजको दिन स्थिर र सन्तुलित रहनेछ। व्यवसाय वा रोजगारीमा क्रमिक प्रगति हुने संकेत छ। आर्थिक रूपमा सानो लाभ प्राप्त हुन सक्छ वा रोकिएको रकम फिर्ता आउने सम्भावना देखिन्छ। परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्धमा विश्वास र समझदारी बढ्नेछ। स्वास्थ्य सामान्य रहनेछ, तर खानपानमा लापरवाही नगर्नु राम्रो हुनेछ।

मिथुन राशि

आज आत्मविश्वास र उत्साह दुवै बढ्नेछन्। नयाँ योजना सुरु गर्न वा अधुरा काम पूरा गर्न उपयुक्त समय देखिन्छ। साथीभाइ तथा सहकर्मीको सहयोगले काम सहज बन्नेछ। आर्थिक रूपमा सुधारका संकेत छन्। अध्ययन, सञ्चार, लेखन वा सिर्जनात्मक क्षेत्रमा राम्रो उपलब्धि हासिल हुन सक्छ। यात्राको सम्भावना पनि देखिन्छ। परिवारमा खुसीको वातावरण बन्नेछ।

कर्कट राशि

आज मन केही संवेदनशील बन्न सक्छ। कामको चाप र जिम्मेवारीले मानसिक थकान बढाउन सक्छ। आर्थिक रूपमा सामान्य अवस्था रहनेछ, तर खर्च नियन्त्रणमा राख्नु आवश्यक हुनेछ। परिवारसँग समय बिताउँदा राहत महसुस हुनेछ। स्वास्थ्यतर्फ पेट वा पाचनसम्बन्धी समस्या देखिन सक्ने भएकाले सावधानी अपनाउनु राम्रो हुनेछ। दिनको अन्त्यतिर मन हलुका बन्ने संकेत देखिन्छ।

सिंह राशि

आज प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता प्राप्त हुने सम्भावना बलियो छ। कार्यक्षेत्रमा तपाईंको नेतृत्व क्षमता र निर्णय शक्ति प्रभावकारी देखिनेछ। व्यवसायमा लाभको संकेत छ। सामाजिक रूपमा मान–सम्मान बढ्नेछ। परिवारको साथले आत्मबल बढाउनेछ। यात्राबाट लाभ मिल्ने सम्भावना पनि देखिन्छ। स्वास्थ्य सामान्य रहनेछ, तर अत्यधिक कामले थकान बढाउन सक्छ।

कन्या राशि

आज धैर्य र संयम आवश्यक पर्ने दिन हो। काममा केही ढिलाइ वा अवरोध आउन सक्छन्, तर निरन्तर प्रयासले समाधान मिल्नेछ। आर्थिक रूपमा स्थिरता कायम रहनेछ। परिवारसँगको सम्बन्धमा समझदारी आवश्यक हुनेछ। नयाँ योजना वा लगानी अघि बढाउँदा सोचविचार गर्नु उपयुक्त हुनेछ। स्वास्थ्यमा सामान्य कमजोरी वा थकान महसुस हुन सक्छ।

तुला राशि

आजको दिन उत्साहजनक र उपलब्धिमूलक रहने संकेत छ। नयाँ अवसर प्राप्त हुने सम्भावना बलियो छ। आर्थिक रूपमा सुधार आउने संकेत देखिन्छ। प्रेम सम्बन्धमा खुसी र निकटता बढ्नेछ। सामाजिक भेटघाट र सहकार्यबाट लाभ मिल्न सक्छ। कला, संगीत वा सिर्जनात्मक क्षेत्रमा राम्रो प्रगति हुने समय हो। परिवारमा रमाइलो वातावरण बन्नेछ।

वृश्चिक राशि

आज जिम्मेवारी र कामको दबाब बढ्न सक्छ। मेहनतअनुसार राम्रो परिणाम प्राप्त हुने सम्भावना छ। आर्थिक लाभको संकेत भए पनि खर्च पनि बढ्न सक्छ। परिवारबाट सहयोग प्राप्त हुनेछ। पुराना समस्या समाधानतर्फ अघि बढ्ने संकेत देखिन्छ। स्वास्थ्यमा आरामको कमीले थकान महसुस हुन सक्छ, त्यसैले पर्याप्त विश्राम आवश्यक हुनेछ।

धनु राशि

आज नयाँ अवसर र नयाँ योजना दुवै प्राप्त हुन सक्छन्। रोकिएका कामहरू अघि बढ्नेछन्। आत्मविश्वास बढ्नेछ र सकारात्मक सोचले सफलता दिलाउनेछ। यात्राबाट लाभ मिल्ने सम्भावना छ। आर्थिक रूपमा सुधारका संकेत छन्। परिवार र साथीभाइसँगको सम्बन्ध राम्रो रहनेछ। विद्यार्थीहरूका लागि दिन उपलब्धिमूलक बन्न सक्छ।

मकर राशि

आज काममा स्थिरता आउनेछ। जिम्मेवारी धेरै भए पनि मेहनत र धैर्यले राम्रो परिणाम दिलाउनेछ। आर्थिक रूपमा सन्तुलन कायम रहनेछ। परिवारको साथ र सहयोगले मनोबल बढाउनेछ। भविष्यका योजना वा लगानीबारे सोच्ने समय उपयुक्त देखिन्छ। स्वास्थ्य सामान्य रहनेछ।

कुम्भ राशि

आज सोचविचार गरेर निर्णय लिनुपर्ने दिन हो। खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ। सहकर्मी वा साथीभाइको सहयोगले काम सहज बन्नेछ। नयाँ अवसर प्राप्त भए पनि हतारमा निर्णय नगर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्धमा धैर्य र समझदारी आवश्यक रहनेछ। स्वास्थ्यमा सामान्य तनाव महसुस हुन सक्छ।

मीन राशि

आज मन शान्त र सकारात्मक रहनेछ। काममा क्रमिक प्रगति हुनेछ र मेहनतको फल प्राप्त हुन थाल्नेछ। परिवारबाट साथ, सहयोग र हौसला प्राप्त हुनेछ। प्रेम सम्बन्धमा विश्वास र निकटता बढ्नेछ। अध्ययन, कला, लेखन वा सिर्जनात्मक क्षेत्रमा रुचि बढ्न सक्छ। आर्थिक अवस्था सामान्य रहे पनि सानो लाभ प्राप्त हुने सम्भावना छ। दिन समग्रमा सुखद र सन्तुलित रहने संकेत देखिन्छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल तथा बाँकी तराई भू-भागमा मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानहरू लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ, बाँकी हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र  तराई भू-भागमा मुख्यतया सफा रहनेछ।  कोशी र मधेश  प्रदेश लगायत बागमती र गण्डकी प्रदेश हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा, लुम्बिनी प्रदेशको  हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराईका भूभाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी,  बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भू–भागका थोरै स्थानहरूमा अपरान्ह पछि  हावाहुरीको सम्भावना रहेको छ।

त्यस्तै आज राती कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ।  मधेश प्रदेश तथा बाँकी हिमाली र पहाडी  भू-भागमा आंशिक बादल लाग्नेछ र तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी,  बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भू–भागका केही स्थानहरूमा  हावाहुरीको सम्भावना रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी

आजको राशिफल बिस २०८३ जेठ १३ गते बुधबार ईस २०२६ मे २७ नेपाल सम्बत ११४६ अनालाथ्व एकादशी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल एकादशी, चन्द्रमा कन्या राशिमा, हस्त नक्षत्र, व्यतीपात योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ११ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५३ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर १२ मिनेट देखि ८ बजेर ४४ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।

मेष राशि

आजको दिन कामकाजमा सुधार देखिनेछ। रोकिएका योजना अघि बढ्ने सम्भावना बलियो छ। कार्यक्षेत्रमा तपाईंको सक्रियता र मेहनतको प्रशंसा हुनेछ। आर्थिक रूपमा सामान्य सुधार भए पनि अनावश्यक खर्च बढ्न सक्ने भएकाले सावधानी अपनाउनु राम्रो हुन्छ। परिवारमा सानो खुसी वा भेटघाटले वातावरण रमाइलो बन्न सक्छ। स्वास्थ्यतर्फ थकान वा मानसिक तनाव महसुस हुन सक्ने भएकाले आराम आवश्यक हुनेछ।

वृष राशि

आजको दिन स्थिर र सन्तुलित रहनेछ। काममा धैर्य राखे राम्रो नतिजा प्राप्त हुनेछ। व्यवसाय वा रोजगारीमा क्रमिक प्रगति देखिन सक्छ। आर्थिक रूपमा सानो लाभ वा रोकिएको रकम प्राप्त हुने सम्भावना छ। परिवारबाट सहयोग मिल्नेछ र आत्मविश्वास बढ्नेछ। प्रेम सम्बन्धमा समझदारी कायम रहनेछ।

मिथुन राशि

आज आत्मविश्वास बढ्नेछ र नयाँ योजना अघि बढाउन अनुकूल समय देखिन्छ। साथीभाइ तथा सहकर्मीको सहयोगले काम सहज बन्नेछ। आर्थिक रूपमा सुधारका संकेत छन्। अध्ययन, लेखन वा सिर्जनात्मक क्षेत्रमा राम्रो उपलब्धि हासिल हुन सक्छ। परिवारमा खुसीको वातावरण बन्नेछ। यात्राको सम्भावना पनि देखिन्छ।

कर्कट राशि

आज मन केही संवेदनशील बन्न सक्छ। कामको चाप र जिम्मेवारीले मानसिक थकान बढाउन सक्छ। आर्थिक रूपमा सामान्य अवस्था रहनेछ, तर खर्च नियन्त्रण आवश्यक हुनेछ। परिवारसँग समय बिताउँदा राहत मिल्नेछ। स्वास्थ्यतर्फ पेट वा पाचनसम्बन्धी समस्या देखिन सक्ने भएकाले सावधानी अपनाउनु राम्रो हुनेछ।

सिंह राशि

आज प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता प्राप्त हुने सम्भावना छ। कार्यक्षेत्रमा तपाईंको नेतृत्व क्षमता देखिनेछ र प्रशंसा प्राप्त हुन सक्छ। व्यवसायमा लाभको संकेत छ। सामाजिक रूपमा मान–सम्मान बढ्नेछ। परिवारको साथले आत्मबल बढाउनेछ। यात्राबाट लाभ मिल्ने सम्भावना पनि देखिन्छ।

कन्या राशि

आज निर्णय गर्दा हतार नगर्नु राम्रो हुनेछ। काममा केही ढिलाइ वा अवरोध आउन सक्छन्, तर धैर्य राख्दा समाधान मिल्नेछ। आर्थिक रूपमा स्थिरता रहनेछ। परिवारसँगको सम्बन्धमा समझदारी आवश्यक हुनेछ। नयाँ योजना अघि बढाउँदा सोचविचार गर्नु उपयुक्त हुनेछ। स्वास्थ्य सामान्य रहनेछ।

तुला राशि

आजको दिन उत्साहजनक रहनेछ। नयाँ अवसर प्राप्त हुने सम्भावना बलियो छ। आर्थिक रूपमा सुधार आउने संकेत देखिन्छ। प्रेम सम्बन्धमा खुसी र निकटता बढ्नेछ। सामाजिक भेटघाट र सहकार्यबाट लाभ मिल्न सक्छ। कला, संगीत वा सिर्जनात्मक क्षेत्रमा राम्रो प्रगति हुने समय हो।

वृश्चिक राशि

आज जिम्मेवारी बढ्न सक्छ। काममा दबाब भए पनि मेहनतअनुसार राम्रो परिणाम प्राप्त हुनेछ। आर्थिक लाभको सम्भावना भए पनि खर्च पनि बढ्न सक्छ। परिवारबाट सहयोग प्राप्त हुनेछ। पुराना समस्या समाधानतर्फ अघि बढ्ने संकेत छ। स्वास्थ्यमा थकान वा तनाव महसुस हुन सक्छ।

धनु राशि

आज नयाँ अवसर र योजना दुवै प्राप्त हुन सक्छन्। रोकिएका काम अघि बढ्नेछन्। आत्मविश्वास बढ्नेछ र सकारात्मक सोचले सफलता दिलाउनेछ। यात्राबाट लाभ मिल्ने सम्भावना छ। आर्थिक रूपमा सुधारका संकेत छन्। परिवार र साथीभाइसँगको सम्बन्ध राम्रो रहनेछ।

मकर राशि

आज काममा स्थिरता आउनेछ। जिम्मेवारी धेरै भए पनि मेहनतले राम्रो परिणाम दिनेछ। आर्थिक रूपमा सन्तुलन कायम रहनेछ। परिवारको साथ र सहयोगले मनोबल बढाउनेछ। भविष्यका योजनामा ध्यान केन्द्रित गर्न उपयुक्त समय हो।

कुम्भ राशि

आज सोचविचार गरेर निर्णय लिनु राम्रो हुनेछ। खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ। सहकर्मीको सहयोग मिल्नेछ। नयाँ अवसर आए पनि हतार नगर्नु राम्रो हुनेछ। परिवारसँग समझदारी आवश्यक हुनेछ।

मीन राशि

आज मन शान्त र सकारात्मक रहनेछ। काममा क्रमिक प्रगति हुनेछ। परिवारबाट साथ र हौसला मिल्नेछ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। अध्ययन, कला वा सिर्जनात्मक क्षेत्रमा रुचि बढ्न सक्छ। दिन समग्रमा सुखद र सन्तुलित रहने संकेत छ।एभरेष्ट न्यूज एजेन्सी

जनकपुरधाम । मधेश प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले सरकार विस्तार गर्दै १२ सदस्यीय मन्त्रिपरिषद्को गठन गरेका हुन् ।

यसअघि सोमबार नै मन्त्रिपरिषद्को विस्तार गर्ने तयारी भएपनि सत्ता गठबन्धन दलमा भागबण्डा नमिले पछि रोकिएको थियो ।

मंगलबार साँझ विस्तार गरिएको मन्त्रिपरिषद्‌मा नेकपा एमालेलाई ४ र नेकपालाई थप एक अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

एमालेबाट शारदा थापालाई श्रम तथा यातायात, मनोज सिंहलाई शिक्षा तथा संस्कृति, लखनदास तत्मालाई खेलकुद तथा समाज कल्याण मन्त्रालय र मोहम्मद समिरलाई भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै, नेकपाबाट संसदीय दलका नेता युवराज भट्टराईलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । नेकपाले यसअघि नै तीन मन्त्रालयको जिम्मेवारी सम्हालेको छ ।

त्यस्तै मुख्यमन्त्री कृष्णप्रसाद यादवले कांग्रेसको जिम्मामा रहेको स्वास्थ्य मन्त्रालयका मन्त्री जंगीलाल राईलाई हटाएर त्यो ठाउँमा कांग्रेसकै सांसद नागेन्द्र साहलाई स्वास्थ्यमन्त्री बनाएका छन् ।एभरेष्टन्यूजएजेन्सी

मकवानपुर । आफ्नै श्रीमती ४२ वर्षीया ओम कुमारी भुजेलको हत्या गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका-१ चौकीटोल तरकारी मण्डी डेरा गरी बस्ने मनहरी गाउँपालिका-३ घर भएका ४५ वर्षीय रामलाल ब्लोनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

रामलाले कुटपिट गर्दा ओम कुमारी गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएकी ओम कुमारीको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी,

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।