२०८३ कार्तिक ५
२०८३ कार्तिक ५

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले महिलाका लागि सीसी क्यामेरासहितको ब्लूबस सेवा सञ्चालनको घोषणा गरेको छ ।

बजेट भाषणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ब्लूबस सेवा संचालन गर्ने घोषणा गरेका हुन् ।

साथै अर्थमन्त्रीले काठमाडौं उपत्यकासहित देशभरका सडकलाई धुलोरहित बनाउन बजेटको व्यवस्था गरेको घोषणा गरेका छन् ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब  ३० करोड बजेट विनियोजन गरेको घोषणा गरेका छन् ।

बजेट भाषणमा अर्थमन्त्री वाग्लेले शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब  ३० करोड बजेट विनियोजन गरेको घोषणा गरेका हुन् ।

अर्थमन्त्री डा. वाग्लेले संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको आय र व्ययको विवरण (बजेट) प्रस्तुत गरिरहेका छन् । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उर्जा क्षेत्रमा ८५ अर्ब ५४ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।

बजेट भाषणमा अर्थमन्त्री वाग्लेले उर्जा, उत्पादन प्रशारण र वितरण लाइन निर्माणका लागि ८५ अर्ब ५४ करोड बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।

अर्थमन्त्री डा. वाग्लेले संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको आय र व्ययको विवरण (बजेट) प्रस्तुत गरिरहेका छन् ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आउँदो आर्थिक वर्षमा एक हजार किलोमिटर सडक कालोपत्र गर्ने घोषणा गरेका छन् ।

बजेट भाषणमा अर्थमन्त्री डा. वाग्लेले आउदो आर्थिक वर्षमा एक हजार किलोमिटर सडक कालोपत्र गर्ने घोषणा गर्दै २ सय सडक पुल निर्माण गरिने घोषणा गरेका छन् ।

उनले पूर्व–पश्चिम राजमार्ग चार लेनमा बिस्तार गर्ने काम ५ वर्ष भित्र सम्पन्न गरिने घोषणा गरेका छन् । त्यस्तै नारायणगढ बुटवल सडक खण्ड र कमला–कन्चनपुर खण्ड निर्माण सम्पन्न गरिने घोषणा गरेका छन् ।

अर्थमन्त्रीले अर्को दुई वर्ष भित्र ८० किलोमिटर निर्माण सकिने बताउदै सो राजमार्गका लागि ३७ अर्ब ४६ करोड विनियोजन गरिएको घोषणा गरेका छन् ।

उनले द्रूतमार्गको ४० पुल र ४ सुरुङ द्रूतमार्गका लागि १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको घोषणा गरेका छन् भने हुलाकी राजमार्गलाई ४ अर्ब ६५करोड, कर्णाली राजमार्गका लागि १ अर्ब र मध्यपहाडी लोकमार्गका लागि २ अर्ब १६ करोड विनियोजन गरिएको अर्थमन्त्रीले घोषणा गरेका छन् ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्र बैंकको सुपरिवेक्षणमा फिनटेक मार्केटप्लेस स्थापना गर्ने घोषणा गरेका छन् ।

बजेट भाषण मार्फत अर्थमन्त्री डा. वाग्लेले  राष्ट्र बैंकको सुपरिवेक्षणमा फिनटेक मार्केटप्लेस स्थापना गर्ने घोषणा गरेका हुन् ।

त्यस्तै, उनले सूचनाप्रविधि सेवा क्षेत्र विस्तारका लागि विदेशमा लगानी खुला गर्ने प्रबन्ध गरेको बताएका छन् । उनले भनेका छन्- ‘नेपालमा बसेर विदेशी रोजगारदाताका लागि काम गर्न पाउने तथा रिमोट वर्कलाई आकर्षित गर्न स्पष्ट कानुनी प्रबन्ध मिलाउने छौँ । डिजिटल सार्वजनिक विकास पूर्वाधारमा लगानी विस्तार गर्ने छौँ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीगत आगामी आर्थिक वर्षदेखि पूँजीगत लाभकरलाई अन्तिम करका रूपमा घोषण गरेका छन् ।

अर्थमन्त्री डा. वाग्लेले आगामी आव २०८३/८४ को बजेट मार्फत सेयर कारोबारमा भएको लाभमा लाग्ने पूँजीगत लाभकर अन्तिम हुने घोषण गरेका हुन् ।

यस घोषणासँगै पूँजीगत लाभ कर तिरेको आय व्यक्तिको आयमा गणना हुने वा व्यक्तिगत आयकर सीमाभित्र पर्ने छैन । पूँजीगत लाभकरको व्यवस्था एक वर्षभन्दा कम अवधि सेयर होल्ड गर्नेले ७.५ प्रतिशत तथा १ वर्षभन्दा लामो अवधि होल्ड गर्नेले ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका छन् ।

त्यस्तै पूँजी बजारमा गैर आवासीय नेपालीको लगानी सहजीकरण गर्न अर्थमन्त्रीले विभिन्न नीतिगत संशोधन गर्ने घोषणा गरेका छन् ।

बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. वाग्लेले गैरआवासीय नेपालीलाई धितोपत्र बजारको दोस्रो बजारमा सहभागी गराउन विदेशी लगानी स्वीकृति, लगानीको लेखाकंन, नाफा फिर्ता र पूँजीगत लाभकर सम्बन्धी कानुनी व्यवस्थामा परिमार्जन गर्ने बताएका छन् ।

अर्थमन्त्री डा. वाग्लेले संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको आय र व्ययको विवरण (बजेट) प्रस्तुत गरिरहेका छन् ।एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले ३१ निकाय खारेज गर्ने घोषणा गरेका छन् ।

बजेट भाषणमा अर्थमन्त्री डा. वाग्लेले सरकारी संरचना चुस्त बन्ने, दरबन्दी कटौती गरिने र ३१ निकाय खारेज हुने तथा १८ निकायको पुनर्संरचना हुने घोषणा गरेका हुन् ।

उनले अनावश्यक संरचना र निकाय खारेजबाट २० अर्ब बचत हुने बताएका छन् ।

अर्थमन्त्री डा. वाग्लेले संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको आय र व्ययको विवरण (बजेट) प्रस्तुत गरिरहेका छन् ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण शुरु गरेका छन् ।

अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक बर्षको आय र व्ययको विवरण (बजेट) प्रस्तुत गर्न शुरु गरेका हुन् ।एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३-८४ को वार्षिक बजेट स्वीकृत गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले बजेट वक्तव्यलाई संघीय संसदमा पेश गर्न लाई स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आजै अपराह्न ४ बजे संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण (बजेट) पेस गर्ने कार्यक्रम रहेको छ ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते नै सरकारले नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । आज राष्ट्रिय योजना आयोगको पूर्ण बैठक र मन्त्रिपरिषद्को बैठकको बस्दैछ ।

आज बजेट पारित गर्न प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा योजना आयोगको पूर्ण बैठक दिउसो १ बस्दैछ भने त्यसपछि स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेस हुने भएको छ ।

मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेपछि बजेट वक्तव्य संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्ने व्यवस्था रहेको छ ।

आर्थिक वर्ष २०८३/८४ को बजेट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अपराह्न ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी,

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।