२०८३ कार्तिक ५
२०८३ कार्तिक ५

 

बागलुङ, २५ साउन ।

बाग्लुङमा बेवारिसे अबस्थामा रहेका ६ नाल अवैध भरुवा बन्दुक फेला परेका छन् ।

 

 

जिल्ला प्रहरी कार्यालयका अनुसार हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरुवा बन्दुक बेबारिसे अवस्थामा फेला पारेका हुन ।

 

जिल्ला प्रहरी कार्यालय प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार गस्ती गर्ने क्रममा प्रहरीले गलकोट नगरपालिका–१ स्थित जनएकता सामुदायिक वनबाट एक थान र सोही नगरपालिका– ३ को भगवतीस्थानको ओडारमा बेवारिसे अवस्थामा रहेका पाँच नाल भरुवा बन्दुक फेला पारी प्रहरी कार्यालयमा ल्याईएको छ ।

 

बेवारिसे अवस्थामा बन्दुकलाई जंगल र ओडारमा कसले र किन प्रयोजनका लागि राखेको थियो ? भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीका अनुसार शिकार खेल्ने शिकारीले उक्त बन्दुक प्रयोग गर्ने गरेको तथा प्रहरी देखे पछि बन्दुक छाडेर भागेको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ ।

 

नयाँदिल्ली, २५ साउन ।

केरलाको दक्षिणी राज्यलाई ‘भगवानको आफ्नै देश’ भनिन्छ। अब केरलाले आफ्नो पुरानो नाम फेरि अपनाउन चाहन्छ।

 

केरलाका मुख्यमन्त्री पिनाराई विजयनले बुधबार विधानसभामा राज्यको नाम परिवर्तन गर्ने प्रस्ताव पेश गरेका छन्। प्रस्ताव प्रस्तुत गर्दै उनले केरलाको आधिकारिक नाम परिबर्तन गरेर  ‘केरलम’ राख्नुपर्ने बताए ।

 

सीएम विजयनले भने, ‘यस सदनमा नियम ११८ अन्तर्गत एउटा प्रस्ताव पेश गरिएको छ, केन्द्र सरकारलाई हाम्रो राज्यको आधिकारिक नाम परिवर्तन गरेर भारतको संविधानको आठौं अनुसूचीमा समावेश सबै भाषाहरूमा ‘केरलम’ गर्न अनुरोध गर्दछु।’

 

मुख्यमन्त्रीले अगाडी भने कि १ नोभेम्बर १९५६ मा भाषाको आधारमा राज्य बनेको थियो र मलयालम भाषामा राज्यको नाम ‘केरला’ राखिएको थियो जबकि संविधानको पहिलो अनुसूचीमा हाम्रो राज्यको नाम लेखिएको छ। केरला जस्तै केरला दिवस पनि नोभेम्बर १ मा छ। मलयालम भाषी समुदायहरूका लागि केरलालाई एकीकरण गर्ने आवश्यकता राष्ट्रिय स्वतन्त्रता संग्रामको समय देखि नै थियो।

 

मुख्यमन्त्रीले भने, ‘यद्यपि, हाम्रो राज्यको नाम संविधानको पहिलो अनुसूचीमा केरलाको रूपमा सूचीबद्ध छ। यो सभाले सर्वसम्मतिले संविधानको धारा ३ अन्तर्गत ‘केरलम’लाई संशोधन गर्न तत्काल कदम चाल्न केन्द्र सरकारलाई अनुरोध गर्दछ, यो कदम तत्काल कदम चाल्नु पर्छ। यो सदनले हाम्रो राज्यलाई संविधानको आठौं अनुसूचीमा उल्लिखित सबै भाषाहरूमा ‘केरलम’ नाम दिन पनि अनुरोध गर्दछ।

वर्षौंको प्रयास पछि केरलाले यसका धेरै सहर र सहरहरूको मूल नाममा फर्काएको छ । यसमा राजधानी त्रिवेन्द्रम पनि समावेश छ, जसलाई अहिले तिरुवनन्तपुरम भनिन्छ। यससँगै कोचीनको नाम कोच्चि, कोल्लमको क्विलोन र त्रिचुरको त्रिशूरमा परिवर्तन गरिएको थियो ।

 

तेहरान, २६ साउन ।

दक्षिण कोरियामा जम्मा गरेको अर्बौं डलरको बदलामा  इरानले पाँच इरानी–अमेरिकी नागरिकलाई जेलबाट रिहा गरेको छ । तर, यसरी रिहा भए पनि उनीहरुलाई घरमै नजरबन्दमा राखेको छ।

 

इरान र अमेरिका दुई देशबीच लामो समयदेखि चलेको तनावपछि यो सम्झौता भएको हो । हालै भएको सो सम्झौताका बारेमा अमेरिकी र इरानी अधिकारीहरूले बिहीबार यो जानकारी दिएका हुन । । संयु

 

उता, संयुक्त राष्ट्रसङ्घका लागि इरानको नियोगका अधिकारीहरूले सञ्चारमाध्यमलाई भने कि बन्दी हस्तान्तरण संयुक्त राज्य अमेरिकासँगको सम्झौताको कार्यान्वयनको लागि महत्त्वपूर्ण प्रारम्भिक चरण हो।

 

अमेरिकी प्रतिबन्धका कारण अलपत्र परेको उक्त सम्झौतामा इरानले ६ अर्बदेखि ७ अर्ब डलरसम्म संलग्न रहेको स्वीकार गरेको छ । संयुक्त राष्ट्र नियोगले इरान पठाउनु अघि सम्झौता पूरा भएपछि रकम कतारमा हस्तान्तरण गरिने जनाएको छ। वित्तीय लेनदेनको जटिलताका कारण कोषको अन्तिम स्थानान्तरण र पाँच अमेरिकीको रिहाई अर्को महिना हुनसक्ने अधिकारीहरूले बताएका छन्।

 

इरान र अमेरिका बीचको सम्झौता पर्शियन खाडीमा अमेरिकी सेनाको ठूलो निर्माणको बीचमा आएको छ, अमेरिकी सेनाहरूले स्ट्रेट अफ हर्मुजमा व्यापारिक जहाजहरू चढ्ने र सुरक्षा गर्ने अपेक्षा गरिएको छ, जसबाट सबै तेल ढुवानीको २० प्रतिशत जान्छ।

 

उही समयमा, अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले रिपब्लिकन र अरूबाट नयाँ आलोचनाको सामना गर्नेछ किनभने यो सम्झौताले इरानको अर्थतन्त्रलाई बढावा दिनेछ जबकि इरान अमेरिकी सेना र मध्य पूर्व सहयोगीहरूका लागि बढ्दो खतराको रूपमा देखा परेको छ।

 

इस्तानबुल, २६ साउन ।

टर्कीमा फेरी भुकम्प गएको छ ।

 

टर्कीको दक्षिणी क्षेत्रमा बिहीबार राति ५.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

 

मिडिया रिपोर्टका अनुसार भूकम्पका कारण धेरै भवनमा क्षति पुगेको छ भने २३ जना घाइते भएका छन् । भूकम्पको केन्द्रविन्दु मलात्या प्रान्तको येसिलुरट सहरमा रहेको जनाईएको छ । सञ्चारमाध्यमका अनुसार अदियामानमा पनि भूकम्पको धक्का महसुस भएको छ ।

 

टर्कीका स्वास्थ्य मन्त्री फहरेटिन कोकाले एक सामाजिक सञ्जाल पोस्ट गर्दै मालत्या र अदियामानमा भवनहरू भत्किँदा मानिसहरू घाइते भएको बताएका छन्। भूकम्पबाट बच्न मानिसहरु भवनबाट हाम फालेका छन् भने केही घाइते भएका छन् ।

 

सोही क्रममा स्थानिय टिभीमा प्रशारण गरिएको भिडियोमा भूकम्पले भवनहरु भत्काईएको दृश्य देखाईएको छ ।
गत फेब्रुअरीमा गएको विनाशकारी महाभूकम्पबाट दुवै स्थानहरु प्रभावित भएका थिए, जसमा ५० हजारभन्दा बढीको ज्यान गएको थियो ।

 

रौतहट,गते २५ साउन ।

जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ९ ब्रह्मपुरी स्थित काली मन्दिरकाे छेउमा बागमती नदिले गरिरहेकाे कटानलाई नियन्त्रणकाे लागि प्रयास कार्य सुरु गरेक छन् । केही दिन देखि लगातार भईरहेको वर्षाका कारण आएको बाढीको पानीको जल स्तर घटे पछी पानीको बहाव तेज गति भए संगै कटान भईरहेको थियो ।

कटान वारे जनकारी भए लगतै राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी प्रसाद यादव, जिल्ला प्रशासन कार्यालय रौतहट गौरका प्रमुख धर्मेन्द्र कुमार मिश्रा, लगायतका टोली निरिक्षण गरी रोकथामको लागि संबंधित निकाय संग पहल गरेका थिए । नदि नियन्त्रण कार्यालयले टोलीको पहलमा प्रारम्भिक रूपमा कटान राेक्नकाे लागि बाँसका झ्याङ्गहरू राखेर पानीको वेगलाई नियन्त्रण गर्ने प्रयास भई रहेकाे छ ।

 

नदि नियन्त्रण कार्यालयबाट बाेरा र जाली पनि ल्याइएको छ । बाेरामा बालुवा हाली भाेली बिहानैबाट जालीमा हालेर कटान नियन्त्रणकाे लागि काम सुरु हुने स्थानीय वडा अध्यक्ष प्रत्याशी अनिल कुमार पटेलले बताएका छन् । कटान नियन्त्रणकाे लागि सहयोग गर्ने कार्यालय र सम्बन्धि सराेकारवालामा उनले हार्दिक धन्यबाद समेत गरेका छन् । तर याे चाहिँ स्थायी उपाय पक्कै पनि हाेइन । कटान राेक्न स्थायी काम गर्न सम्बन्धित सबैकाे पहल हाेस् भने उनले आग्रह समेत गरेका छन् ।

हनुमत कुमार यादव,गाैर,गते २५ साउन ।

रौतहट जिल्लाको गौर नगरपालिका वडा नं ८ पुरेनमा रहेको गाैर आँखा अस्पताल पुरेनवामा आज सम्पन्न साधारण सभा र जिल्ला अधिवेशनबाट विजय कुमार सिंह दाेश्राे कार्यकालकालागि पुनः निर्वाचित भएका छन् । नेपाल नेत्र ज्याेती सङ्घ राैतहटकाे सभापतिमा सिंह दाेश्राे कार्यकालकालागि पुन: निर्वाचित हुनुभएकाे छ । गाैर आँखा अस्पताल पुरेनवामा आज सम्पन्न साधारण सभा र जिल्ला अधिवेशनबाट वहाँ दाेश्राे कार्यकालकालागि निर्वाचित हुनु भएकाे हाे । अधिवेशनमा सभापतिकाेलागि सहमति जुटाउने प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया गराइएको थियाे ।

२ जनाकाे उम्मेदवारी परेकाे सभापतिमा ७० मत प्राप्तगरी सिंह निर्वाचित भएकाे हाे । भने वहाँकाे प्रतिस्पर्धी ज्ञानी राय यादवले २८ मत प्राप्त गरेका थिए भने १ मत बदर भएकाे निर्वाचन अधिकृत तथा सङ्घकाे केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्याम कुमार पाेखरेलले जानकारी गराउनु भयो । सङ्घकाे जिल्ला कार्य समितिकाे सदस्यहरूमा बच्चा प्रसाद यादव , नवीन कुमार केसरी,शिव मङ्गल साह, , रामेश्वर सिंह राजपुत, अयुद मिया कवारी, राजेन्द्र प्रसाद साह, सुरेन्द्र कुमार यादव,नवल किशोर पंडित, उमेश प्रसाद पटेल, संजिव कुमार मल्लिक र महिला सदस्यमा भुवनी गिरी श्रेष्ठ, निर्माला श्रेष्ठ उप्रेती लगायतका चुनिएका छन् । यसभन्दा अघि आजै एक कार्यक्रम मार्फत साधारणसभा तथा जिल्ला अधिवेशनकाे उद्घाटन गरिएको थियाे ।

नेपाल नेत्र ज्याेति सङ्घ राैतहटकाे सभापति विजय कुमार सिंहकाे सभापतित्व तथा गाैर नगरपालिकाकाे नगर प्रमुख शम्भु साहकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रम मार्फत उद्घाटन गरिएको थियाे । राैतहट एफ एमकाे समाचार प्रमुख राम विश्वास मुखियाले सञ्चालन गरेकाे साे कार्यक्रममा सङ्घकाे केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्याम कुमार पाेखरेल, सङ्घकाे पूर्व जिल्ला सभापति दुर्गा प्रसाद यादव, गाैर न पा ५ काे वडाध्यक्ष शिव शंकर यादव, वडा नम्बर ८ काे अध्यक्ष जनार्दन साह,राैतहट एफ एमकाे अध्यक्ष रेवन्त झा, नेपाल पत्रकार महासङ्घ राैतहटकाे सभापति प्रेम चन्द्र झा, माेहन कुमार यादव, पत्रकार शैलेन्द्र गुप्ता तथा आजिवन सदस्यहरूकाे सहभागीता रहेकाे थियाे ।

 

काठमाडौं, २६ साउन ।

नेपालमा मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखी सामान्य बदली रही लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

 

राती भने देशभर सामान्य देखि पुर्ण बदली रहनेछ। कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

 

बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै कोशी र मधेश प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

 

यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

काठमाडौं, २६ साउन ।

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

 

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।

नयाँ बानेश्वरस्थित् सघीय संसद भवनको ल्होत्से बैठक कक्षमा बस्न लागेको उक्त बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर गरेको संसद अबरोध देखी हिजो मात्रै पक्राउ परेका पार्टीका सांसद सुनिल शर्मालगायत समसमायिक राजनीतिक बिषयमा छलफल गरिनेछ ।

काठमाडौं, २६ साउन ।

प्रतिनिधिसभा बैठक बस्दैछ ।

 

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।

 

आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र बिद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।

 

संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसुची अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद (सचिव) टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् ।

 

उता, बाधा अडकाऊ फुकाउ आदेश पेश गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यबिधि थप गर्ने प्रस्ताव पेश गर्नेछन ।

 

साथै शिक्षा मन्त्री अशोककुमाार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल बिश्वबिद्यालय बिद्येयक २०८० लाई बफादार छलफलका लागि सबन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्नेछन भने सभामुखले १० वा सो भन्दा बडी बैठकमा अनुपस्थित सांसदहरुको सुचनाहरु सभाको स्विकृतिका लागि पेश गर्ने कार्यसुची रहेको छ ।

 

उता, बिषयगत समितिको सदस्य हेरफेर देखी १० पटकसम्म बैठकमा अनुपस्थित सांसदहरूको नामावली बाचन गरेर सुनाइनेछ ।

 

 

आरके श्रीवास्तव,राैतहट,साउन २४ गते ।

शिक्षक हकहित मंच राैतहट कार्यसमितिको गठन भएको छ । आज मिति २०८० श्रावण २४ गते बुधबारका दिन श्री मावि महम्दपुरको प्रांगणमा एक कार्यक्रमका बिच साे कमिटी गठन गरिएको छ ।

विभिन्न संचार माध्यमबाट प्राप्त जानकारीअनुसार प्रास्तावित शिक्षा ऐन-२०८० को मस्यौदाको धेरै दफाहरु शिक्षक हकहित विपरीत भएको, शिक्षा ऐन-२०२८ ले प्रदान गरेको सेवा सुविधा कटौती गर्न लागेको त्यसमा पनि २०७५ चैत्र ४ गते पछि स्थायी भएका शिक्षकहरूलाई पेन्सनबाट समेत बन्चित गराउने असहनीय र अमानवीय प्रस्ताव राखेकोले यसको बिरूद्ध आवाज बुलन्द पार्न, सरकार एवं संबंधित निकाय,संघ संस्था तथा व्यक्तिहरूलाई दबाब दिन साथै शिक्षक हकहितको संरक्षण गर्न आई परे क्रान्तिको बिगुल फुकेर भए पनि शिक्षकहरूको जायज मागलाई सम्बोधन गर्न सरकार र संवन्धित निकायहरुलाई बाध्य पार्न २०७५ साल चैत ४ गते पछि स्थायी भएका रौतहट जिल्लाका शिक्षकहरूको वृहत भेलाले साे कमिटी गठन गरेको हाे । शिक्षक रामाश्रय राय यादवको अध्यक्षतामा २१ सदस्यीय शिक्षक हकहित मंच जिल्ला कार्यसमिति रौतहटको गठन गर्नुकाे साथै सोही भेलाले प्रदेश प्रतिनिधि, केन्द्रीय प्रतिनिधि, वरिष्ठ सल्लाहकार र पालिकागत फाेकल पर्सन समेत चयन गरेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।