भक्तपुर । भक्तपुरको मध्यपुर थिमिमा वः महोत्सव हुने भएको छ । वः मास, मुगी तथा अन्य विभिन्न गेडागुडी भिजाइ सफा गरी पिसेर आफूलाई मनपर्ने अण्डा, माछा, मासु तथा मरमसला मिलाइ टावामा विभिन्न आकारप्रकार दिइ पकाइने विशेष प्रकारको रोटी हो । यो नेवार समुदायको विशिष्टकृत खानाको परिकार पनि हो ।
नेवार समुदायको महान चाडहरुमध्ये एक चाड सिथि नखः को दिन वः खाएर पर्व मनाइन्छ । यही दिनको पावन अबसरमा महोत्सव हुनेछ । यो वर्ष यो पर्व जेठ ३० गते परेको छ । तर महोत्सव भने भोलि शनिबार हुनेछ ।
मध्यपुर थिमि नगरपालिकाको सहयोगमा मध्यपुर पर्यटन विकास समिति आयोजनामा महोत्सव हुने भएको हो । महोत्सव दोश्रो पटक हुन लागेको हो ।
महोत्सवमा नेवार समुदायको अद्वितीय अन्य विभिन्न परिकार र खानाको स्वाद चखाउने कार्यक्रम रहेको आयोजकले जनाएको छ । त्यस अवसरमा स्थानीय गाजरको प्रयोगबाट बनेको वाइन (रक्सी वा पेय पदार्थ) को स्वाद पनि चाख्न सकिने जनाइएको छ ।
प्रदर्शनीको क्रममा ग्रिन भिजिटेबल प्रदर्शन र सो खानाको बारेमा आन्तरिक र बाह्य पर्यटकलाइ विशेष जनाकारीको पनि व्यवस्था रहेको जनाइएको छ । मध्यपुर थिमिको पहिचान समेत गराउने उद्देश्य लिइ महोत्सव गर्न लागेको जनाइएको छ ।
महोत्सवले मध्यपुरको जनतालाई आयआर्जन गराउने र समृद्ध मध्यपुर बनाउने अभियानलाई सार्थक बनाउन सहयोग गर्ने आयोजकको विश्वास छ । मध्यपुरमा अनवरत रुपमा रहेका प्राकृतिक सौन्दयता, विभिन्न पर्यटकीय आर्कषणका कला संस्कृक्ति र सम्पदा, कलात्मक मठमन्दिर, पाटीपौवा, सत्तल, बिहार र कैयौ उत्कृष्ट तथा साम्प्रदायिक सहिष्णुत्ताको बस्ती र स्मारकको पनि अवलोकन भ्रमण गर्न सकिने जनाइएको छ । यसबाट यी क्षेत्रहरु देश विदेशको कुनाकाप्चा पुगेर यहाको हरेक ठाउँ र हरेक अद्धितीय अनमोल रत्नहरुको सौहादपूर्ण र अमूल्य प्याकेज निर्माण गर्न सफल हुने विश्वास गरिएको छ ।
साथसाथै मध्यपुरमा भएको माटोको भाँडो बनाउने सेरामिक्स र अनेकौं हस्तकलालाई संरक्षण गरी मध्यपुरलाई पर्यटकीय गन्तब्य बनाउने उद्देश्य राखेको जनाइएको छ । यसै महोत्सवबाट मध्यपुरका जनताबाट सेवा प्रदान गरी मध्यपुरबासीले गर्ने सम्मान, सत्कार र संस्कार समेतको पहिचान नेपाल भित्रिएका विभिन्न देशका पर्यटकहरुलाई तथा आन्तरिक पर्यटकहरुलाई देखाउनको निमित्त महोत्सव गर्न लागिएको जनाइयो ।
पत्रकार सम्मेलन गरी आयोजकले मध्यपुर थिमि नगरपालिकाले ६ लाख बजेट उपलव्ध गराउने जनाइयो । आफ्नै लागत सहभागिता र बांकी दुई लाख पनि महोत्सवको लागि खर्चिने सम्मेलनमा जनाइयो । स्वतःस्फुर्त रुपमा सहयोग गर्न चाहने व्यापारिक संघसंस्थाको सहयोगमा गरी कुल रु आठ लाखको बजेट सिमाभित्र रही महोत्सव गर्न लागेको जनाइयो ।
गतवर्ष मध्यपुर थिमि नगरपालिका अन्तर्गत पर्यटन विकास समितिद्वारा प्रवद्धित मेलाले एउटा छुट्टै पहिचान बनाइसकेको सम्मेलनमा बताइयो । यस किसिमको मेलाहरुलाई निरन्तरता दिनु मध्यपुर थिमि नगरपालिका लगायत सम्पूर्ण नगरवासीहरुको दायित्व हो, सम्मेलनमा आयोजक समितिका अध्यक्ष रमेश प्रजापतिले भने । सम्मेलनमा आयोजक मध्यपुर पर्यटन विकास समितिका उपाध्यक्ष कविदास श्रेष्ठ महोत्सवको महत्वबारे चर्चा गरे ।
न्युज कारखाना
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ किर्तिमान बनाएको छ ।
शुक्रबार सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ४५ हजार पुगेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मुल्य एक लाख ४४ हजार ३०० पुगेको छ ।
यस अघि विहिबार सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । चाँदी तोलामा ५० रुपैयाँले घटेर प्रतितोला १९०० रुपैयाँमा कारोबार भइरहेको छ ।न्युज कारखाना
रौतहट,२५ जेठ । चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफ्लेले चन्द्रपुर नगरपालिका वाड नं. २ जुडिबेलाको मुख्य बाटोको कालोपत्रे काम गुणस्तरहिन भएको बताएका छन् ।
नगर प्रमुख काफ्लेले हाल गदै आएको सडकको काम गुणस्तरहिन भएको र सडकमा नै जलासय बनेको कारण तुरुन्त सच्चाउन निमार्ण कम्पनीलाइ निर्देशन दिनुभएको छ । सडकको मापदण्ड अनुसार तोकिए बमोजिमको काम गर्न उहाँले निर्माण कम्पनीलाई सुझाव दिएका थिए ।
चन्द्रपुर नगरपालिका वडा नं. २ स्थित जुडिवेलामा निर्माण कार्य भै रहेको कालोपत्रे सडकको विहिबार स्थलगत निरिक्षण गर्दै उहाँले उतm निर्देशन दिएका छन् । कालोपत्रे सडक मापदण्ड अनुसार नभएको र काममा लापरवाहि भएको जनगुनासो आएपछि आफु स्थलगत निरिक्षणका लागि आएको उनले बताए ।
सडक कालोपत्रेको काम जुनसुकै निकायले गरेको काम भएपनि कमसल र झाराटारी नगर्न र गुणस्तरीय हुनुपर्नेमा उनले बताए । सडक मोटाइ नपुगेको, लेभलिङ नमिलेको, पानी परेको अवस्थामा समेत ठेकेदार कम्पनीले कालोपत्रे गरेको गुनासोका आधारमा आफु अनुगमनमा आएको बताए ।
नगर प्रमुख काफ्लेले सडकको बेस निर्माणमा कमसल कच्चापदार्थ बढी मात्रामा प्रयोग गरेको तथा रोलरको कम प्रयोग गरेका कारण समस्या देखिएको हुन सक्ने बताए । यदपी प्राविधिक तथा ईन्जिनियरले यसको मुल्याङ्गन गर्नु पर्ने उनको तर्क छ । जुडिवेलाका अगुवा नेता प्यारो कार्कीका अनुसार कालोपत्रे सडकमा नै बर्षातको पानी जम्ने गरेको पाईएको छ । कालोपत्रे सडकबाट पानी नालामा नबग्नुले लापरवाहि तरिकाले काम भएको आरोप लगाए । पटक पटक निर्माण कम्पनीका प्रतिनिधिहरुलाई सम्झाउँदा समेत वेवास्ता गरेको उनको आरोप छ ।
जुडिबेलाको प्रवेशद्धार देखी असनवा सम्मको मुल सडकको दाँया बाया नाला सहितको कालोपत्रे,नयाबस्तीको सडक ढलान तथा गैडाटारको हाट बजार ब्यबस्थापनको लागी ठेक्का लागेको थियो । सो ४ वटा योजना सम्पन्न गर्नको लागी १६ करोड १२ लाख २१ हजार ३ सय ६५ रुपैयाको लागतमा बिनायक ÷ प्रजिल जेभि भक्तपुरले ठेक्का लिएको छ । सो ४ वटा योजनाको अनुमानित लागत २४ करोड ८८ लाख ४३ हजार ८८६ रहेको भएतापनि निमार्ण कम्पनीले १६ करोड १२ लाख २१ हजार ३६५ रुपैयामा सकार गरेको छ । अहिले सोहि अन्तर्गत जुडिवेला प्रवेशद्धारबाट कालो पत्रे सडक निर्माण कार्यले तिव्रता पाएको हो ।
दुई तर्फ नालाको काम सकिएको छ भने कालोपत्रेको काम पनि आन्तिम चरणमा पुगेको ठेकेदार निमार्ण कम्पनीले जनाएको छ । सहरी बिकास मन्त्रालय अन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजनामा यो बसपार्क बन्न लागेको हो । ठेकेदार निमार्ण कम्पनीले सो योजना आउदो २०८१ असोज १५ गते भित्र निमार्ण गरिसक्नुपर्ने छ ।
चन्द्रपुर नगरपालिकका प्रमुख प्रशासकिय अधिकृत किरण निधि तिवारी, नगरपालिकाका ईन्जिनियर महेश वोहरा र पत्रकार लगायतले अनुगमन गरेका हुन् ।
अनुगमनमा पुगेको टोलीलाई स्थानियले सडक निर्माणका क्रममा भएको त्रुटी वा कमिकमजोरीको बारेमा बताएका हुन् ।चन्द्रपुर नगरपालिकाले सडक ढलान, कालोपत्रे तथा नाला निर्माणको काम पनि प्रथामिकता दिदै आएको जनाएको छ।न्युज कारखाना
काठमाडौं । आज सेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक १.९३ अंकले घटेर २०७७.७८ विन्दुमा रोकिएको छ ।
आज सेन्सेटिभ इण्डेक्स ०.३४ प्रतिशतले घटेर ३७०.३४ विन्दुमा कायम भएको छ ।
आज ३२२ कम्पनिको ८८ लाख १३ हजार ३७४ कित्ता सेयर ४ अर्ब ३८ करोड ८२ लाख ७८ हजार ७२० रुपैयाँमा खरिदबिक्री भएका छन् ।
आज इमर्जिंग नेपाल लिमिटेड, भगवती हाइड्रो र मिड सोलु हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने माइखोला हाइड्रोको सबैभन्दा बढी ६.४० प्रतिशतले घटेको छ ।
आज सबैभन्दा बढी एनआरएन इन्फ्रा डेभलपमेन्ट बैंकको सबैभन्दा बढी १८ करोड ६८ लाखको शेयर कारोबार भएको छ । न्युज कारखाना
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ ।
विहिबार सुन तोलामा १८ सयले बढेर तोलाको एक लाख ४४ हजार पुगेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मुल्य एक लाख ४३ हजार ३०० पुगेको छ ।
यस अघि बुधबार सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १८५० रुपैयाँमा कारोबार भइरहेको छ ।न्युज कारखाना
काठमाडौं । नेप्सेमा सामान्य गिरावट आएको छ । साताको चौथो कारोबार दिन आज नेप्से परिसूचक ५.५८ अंकले घटेर २०७९.७१ विन्दुमा रोकिएको छ । त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ०.११ प्रतिशतले घटेर ३७१.६१ विन्दुमा कायम भएको छ ।
आज ३०६ कम्पनीका ८० लाख ४२ हजार ७६७ कित्ता सेयर ३ अर्ब ९९ करोड २९ लाख ७६ हजार ४९२ रुपैयाँमा खरिदबिक्री भएका छन् ।
आज भगवती हाइड्रोपावर डेभलपेन्टको मात्रै सेयर सकारात्मक सर्किट लागेको थियो भने मनकामना स्मार्ट लघुवित्त वित्तीय र माइ खोला हाइड्रोपावरको सेयर ९ प्रतिशत बढिले बढेको थियो ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो । सो कम्पनीको १९ करोड मूल्य बराबरको सेयर कारोबार भयो ।
त्यस्तै सीईडीबी हाइड्रो पावर डेभलपमेन्टको १८ करोड,सानिमा माइ हाइड्रोपावरको १६ करोड,पोखरा फाइनान्सको १२ करोड र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको ८ करोड मूल्य बराबरको सेयर कारोबार भएको छ ।
आज फाइनान्स, उत्पादन, माइक्रो फाइनान्स र म्युचुअल फण्डको समूहको उपसूचक सकारात्मक देखिएका छन् । जसमा म्युचुअल फण्डको सूचक सर्वाधिक ४.९२ प्रतिशतले बढेको छ ।न्युज कारखाना
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
बुधबार सुन तोलाको ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ५०० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन प्रतितोला १ लाख ४२ हजार ७ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १८२५ रुपैयाँमा कारोबार भइरहेको छ । न्युज कारखाना
काठमाडौं । आज सेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ६.२२ अंकले बढेर २०८५.३० विन्दुमा रोकिएको छ ।
आज सेन्सेटिभ इण्डेक्स ०.५२ प्रतिशतले बढेर ३७२.०२ विन्दुमा कायम भएको छ ।
आज ३१५ कम्पनिको ८३ लाख ५ हजार ७८६ कित्ता सेयर ४ अर्ब ८ करोड ४७ लाख १५ हजार ८७७ रुपैयाँमा खरिदबिक्री भएका छन् ।
आज ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको छ भने कारोबार रकमका आधारमा सीएचडीएच हाइड्रोपावर डेभलपमेन्ट शीर्षस्थानमा रहेको छ ।
आज सबैभन्दा बढीबुद्ध भुमि नेपाल हाइड्रोको ५.५१ प्रतिशत मुल्य घटेको छ भने इस्टर्न हाइड्रोको ४.६८ प्रतिशतले घटेको छ ।त्यस्तै आज १० वटा उपसमूहको सूचक बढ्दा ३ वटा समूहको उपसूचक भने नकारात्मक देखिएका छन् ।न्युज कारखाना
काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ सयले घटेर १ लाख ४२ हजारकायम भएको छ । त्यस्तै तेजाबी सुन १ लाख ४१ हजार ३०० पुगेको छ ।
यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा २५ रुपैयाँले घटेर चाँदी १८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौँ । साउदी अरेबियाको अरामको कम्पनीले १३.१ बिलियन डलरको शेयर बिक्री गर्ने घोषणा गरेको छ । अराम्कोले विहिबार १३.१ बिलियन डलर बराबरको शेयर बिक्री गर्ने बताएको हो ।
एक विज्ञप्ति जारी गर्दै अराम्कोको सेकेन्डरी पब्लिक अफरिङ (एसपीओ) को लागि १५० करोड ४५ लाख शेयर घोषणा गरेको छ । एउटा शेयरको मूल्य ७.१२ डलर देखि ७.७३ डलर सम्म हुने बताइएको छ ।
अराम्कोले साउदी स्टक एक्सचेन्जमा आइतबारदेखि शेयर बिक्री सुरु हुने जनाएको छ । डिसेम्बर २०१९ मा जारी प्रारम्भिक पब्लिक अफरिङ (आईपीओ) पछि कम्पनीको यो दोस्रो सूचि हो ।
कम्पनीले आईपीओको समयमा करिब २५.६ बिलियन डलर उठाएको थियो । यो इतिहासकै सबैभन्दा ठूलो आईपीओ हो । साउदी अरब विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातक हो । बिहीबार एसपीओ घोषणा हुनुअघि कम्पनीको करिब ८२ प्रतिशत सेयर सरकारको स्वामित्वमा थियो ।न्युज कारखाना