काठमाडौं, १० माघ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान भएको हो।
यही माघ २२ गते सोमबार दिउँसो ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अधिवेशन सुरु हुनेछ।न्युजकारखाना
काठमाडौं, १० माघ ।
काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले आज पद सम्हालेका छन्। माघ ३ गतेको मन्त्रिपरिषदको निर्णयले उनलाई राष्ट्रिय योजना आयोगबाट सरुवा गरेर महानगर पठाइएको थियो।
पदवहालीपछि विभागीय प्रमुखहरूसँगको परिचयात्मक कार्यक्रममा उनले, वार्षिक नीति तथा कार्यक्रममा साझा दृष्टि बनाएर समूहगत कार्य प्रणालीबाट लक्ष्य प्राप्त गर्नु पर्ने बताए।
सांस्कृतिक पहिचान र पर्यटन प्रवर्धनमा काठमाडौंले काम गर्नु पर्ने बताउँदै उनले महानगर गौरब र स्वर्णिम योजनालाई सफल बनाउन, जनप्रतिनिधिको नीति र कार्यक्रमलाई कर्मचारी संयन्त्रले प्रभावकारी कार्यान्वयन गरेर सफलता प्राप्त गर्ने काममा दृढ रहेको बताए।न्युजकारखाना
काठमाडौं, १० माघ।
नेपाल सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए) को समस्या समाधान गर्न र भेरोमार्फत गरिएको अनलाइन निर्वाचन धाधलिका बारेमा छानबिन गर्न छानबिन समिति गठन गरेको छ। परराष्ट्र मन्त्रालयको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।
एक साताअघि नै परराष्ट्रमन्त्री एनपी साउदले एनआरएनएभित्र झण्डै तीन महिनायता उत्कर्षमा रहेको विवाद भेरोमार्फत गरिएको अनलाइन निर्वाचन धाधलिका बारेमा छानबिन गर्न चार सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेका थिए। सो निर्णयलाई मन्त्रिपरिषबाटै अनुमोदन गरेर कार्यान्वयनमा ल्याइएको मुख्यसचिव डा बैकुण्ठ अर्यालले जानकारी दिए।

छानबिन समितिको संयोजकमा महान्यायाधीवक्ता कार्यालयबाट ऊप महान्यायाधीवक्ता गोपाल प्रसाद रिजाल संयोजकका रुपमा रहनेगरी निर्णय भएको छ भने सदस्यमा परराष्ट्र मन्त्रालयबाट रीता धिताल, सीआईबीबाट दिनेश आचार्य र अर्थ मन्त्रालयबाट हेमराज पौडेल सदस्य छन्। समितिलाई एनआरएनए निर्वाचनमा भएको धाँधलीका साथै एनआरएनए भित्रको विवादका समग्र विषयमा अध्ययन गरेर दुई साताभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।
समिति गठनअघि परराष्ट्र मन्त्री साउदले कानुनी परामर्शका साथै विभिन्न चरणमा एनआरएनए अभियन्ताहरुसँग समेत छलफल गरेका थिए। यसअघि नै पूर्वअध्यक्षहरु उपेन्द्र महतो र जीवा लामिछानेसँग छलफल गरेका साउदले सोमबार समिति गठन गर्नुअघि निवर्तमान अध्यक्ष कुल आचार्यका साथै निवर्तमान उपाध्यक्ष डीबी क्षेत्रीलगायतसँग समेत छलफल गरेका थिए।
मग्र कानुनी र अन्य प्राविधिक विषयको अध्ययनपछि साउदले रिजालको संयोजकत्वमा समिति गठन गर्दै समस्या र निकासको उपायसमेत पहिल्याउँदै प्रतिवेदन तयार गर्न निर्देशन दिएका छन। समितिले दिने प्रतिवेदनका आधारमा परराष्ट्रले एनआरएनएबारे थप कदम चाल्ने बताइएको छ।
समितिले एनआरएनएको विवादसम्बन्धी हालसम्म परराष्ट्रमा परेका उजुरीका साथै आवश्यकताअनुसार सबै पक्षसँग छलफल गरेर प्रतिवेदन तयार गर्नेछ। एनआरएनएको ११ औँ महाधिवेशनमा बद्री केसीले भेरो अनलाईन सिस्टम ह्याक गरेर निर्वाचन आफ्नो पक्षमा पारेको प्रतिस्पर्धीहरु आरके शर्मा र महेश श्रेष्ठ समुहले आरोप लगाएपछि एनआरएनएको विवाद छताछुल्ल भएको थियो। त्यसपछि शर्मा र श्रेष्ठ समुहले केसीलाई अस्वीकारमात्रै गरेनन उनले शपथ लिएको कार्यसमिति नै अवैध भएको घोषणा गरे। त्यसपछि सबै प्रक्रिया पुरा गरेर कानूनत आरके शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ। ११ औँ महाधिवेशनपछि एकातिर बद्रीले आफूलाई आधिकारिक दाबी गर्ने र कार्यालय समेत कब्जा गर्ने तथा अर्कोतिर आरकेले आफूलाई आधिकारिक दाबी गरेपनि परराष्ट्र मौन बन्दै आएको थियो। दुबै पक्षले आधिकारिकताका लागि निवेदन दिएपनि मौनता साँधेर बसेको परराष्ट्र र मन्त्री साउदले यसबारेमा आफूहरुले प्राप्त फाइल र प्रमाणहरु अध्ययन गरिरहेको भन्दै टार्दै आएका थिए।
यही बिचमा केसी पक्षले संस्था नवीकरणका लागि मार्गप्रशस्त गरिदिन माग गर्दै अदालत गएको थियो। केही साताअघि अदालतले परराष्ट्रको नाममा कारण देखाउ आदेश दिएको थियो।
निर्वाचनमा धाँधलीको विषय आएर अक्टोबर १९ मा नाराबाजीको अवस्था सिर्जना भएपछि तत्कालीन अध्यक्षत्रय बद्री केसी, रविना थापा र कुल आचार्यले संयुक्त विज्ञप्ति जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि अधिवेशनका सबै प्रक्रिया रोकिएको जनाएका थिए। तर, रोकिएको प्रक्रिया फुकुवा नगरी बद्री केसी समूहले एकतर्फीरुपमा आफ्नो टिम विजयी भएको भन्दै शपथ गरेको थियो। केसी समुहले निर्वाचन समितिलाई समेत प्रभाबित पार्दै निर्वाचन समितिका सदस्य टिबि कार्कीबाट सपथ खाएको थियो।
निर्वाचनमा सहयोग गरेवापत केसी समुहले निर्वाचन समितिका सदस्य टिबि कार्की र चिरन्जीवी ढकाललाई सल्लाहकार भुषण घिमिरेलाई बिधान ब्याख्या समितीको संयोजक उपहार स्वरुप बनाएको छ।
भेरो मार्फत गराइएको निर्वाचनमा कोही उम्मेदवारको सुन्य मत ,एक दर्जन उम्मेदवारको झरेको मतमा जोड घटाऊ मिस्टेक भएपछी अध्यक्षका अन्य प्रत्याशी आरके शर्मा र महेश श्रेष्ठ पक्षले पनि शर्माको नेतृत्वमा नयाँ कमिटी गठन गरेका थिए।
त्यसपछि दुबै पक्षले आफूलाई आधिकारिक दाबी गर्दै परराष्ट्रमा निवेदन दिएपछि मन्त्रालयले दुवै पक्षलाई आधिकारिकता दिएको छैन।
यस विषयमा पूर्वअध्यक्ष कुल आचार्यले परराष्ट्रले गठन गरेको छानबिन समितिले एनआरएनएले निकास पाउने विश्वास व्यक्त गरे। आफूहरु एकताबद्ध एनआरएनएको पक्षमा रहेको भन्दै आचार्यले संस्थालाई निकास दिन सबै पक्ष एकठाउँमा अटाउने वातावरण तयार हुनुपर्ने बताए।
यस्तै एनआरएनएका नयाँ कार्यसमितिका अध्यक्ष आरके शर्माले छानबिन समितिको रिपोर्टको प्रतिक्षामा आफूहरु रहेको बताए। उनले आफूहरु अन्यायमा परेकोले न्यायको लागी संवन्धित निकाय गएको बताए।न्युजकारखाना
काठमाडौं, १० माघ ।
नेपाल गुणस्तर तथा नापतौल विभागको रिक्त महानिर्देशकमा कुमारी ज्योती जोशी नियुक्त भएकी छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार विभागकै उपमहानिर्देशक जोशीलाई महानिर्देशकमा नियुक्त गरेको हो।
मन्त्रिपरिषद्को माघ ३ गतेको निर्णयले विभागका महानिर्देशक दीनानाथ मिश्रको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सरुवा गरेसँगै रिक्त हुन पुगेको पदमा मन्त्री रमेश रिजालले मन्त्रीस्तरीय निर्णयबाट महानिर्देशकमा जोशीलाई नियुक्त गरेका हुन्। यससँगै गुणस्तर विभागले पहिलो पटक महिला महानिर्देशक पाएको छ।
मन्त्रिपरिषद्ले नै शिक्षा मन्त्रालयबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेका प्राविधिक सहसचिव शैलेस झालाई गुणस्तर विभागको उपमहानिर्देशकको जिम्मेवारी दिई पठाएको छ । न्युजकारखाना
काठमाडौं, १० माघ ।
नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुबै जनालाई बुधबार पक्राउ गरेको हो।
‘दुबै जनालाई भ्रष्टाचारजन्य कसुरको अनुसन्धानका लागि पक्राउ गरिएको हो,’ अख्तियारका एक उच्च अधिकारीले भने।
दुबै जनाविरूद्ध यसअघि भ्रष्टाचार मुद्दा दायर भएको थियो।न्युजकारखाना
काठमाडौं, १० माघ ।
२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका ग्राण्डी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-४ घर भएका २५ वर्षीय निरन्जन बुढाथोकीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बुढाथोकीले ती महिलालाई काठमाडौं ग्राण्डीस्थित ग्रिनसिटी गेष्ट हाउसमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।न्युजकारखाना
काठमाडौं, १० माघ ।
बाराको पथलैयाबाट ३१ लाख मूल्य बराबरको अवैध प्याज र खुद्रा सामानसहित सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी पथलैया बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा बारा जीतपुर सिमरा उप– महानगरपालिका–१ पथलैया चोकबाट अवैध सामानसहित सवारीसाधनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।
उनका अनुसार वीरगञ्जबाट काठमाडौं र रौतहटबाट चितवन जाँदै गरेको सवारीसाधन चेकजाँच गर्दा विल विजकभन्दा बढी स्रोत खुलाउन नसकेको करिब ३१ लाख ६ हजार ३०६ रूपैयाँ बराबरको समानसहित सवारीसाधन नियन्त्रण लिएको हो ।
नियन्त्रणमा लिएको सामनसहित ट्रक र पिकअपलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय पथलैया बारा पठाइएको उनले जानकारी दिए ।
उनका अनुसार ना.३.ख.४५३० नम्बरको ट्रकमा २९ लाख ८२ हजार ३०६ रुपैयाँ बराबरको खुद्रा सामान, प्र.२–०३–००१ च.२३९४ नम्बरको पिकअपमा लोड गरिएको करिब १ लाख ४ हजार रुपैयाँ बराबरको अवैध २ हजार ६०० केजी प्याज र बा.प्र.–०३–००१ ख ०१८९ नम्बरको यात्रु बाहक बसमा लोड गरिएको २० हजार मूल्य बराबरको ४०० किलो प्याज प्रहरीले बरामद गरेको हो । न्युजकारखाना
काठमाडौं, १० माघ ।
सिंगटी हाइड्रो इनर्जीले फागुन १ गते वार्षिक साधारण सभा बस्ने भएको छ। कम्पनीले लगानीकर्ताहरूका लागि कुनै पनि लाभांश वितरण नगर्ने भएको हो।
सिंगटीले १/१ अनुपातमा १ करोड ४५ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको छ। हकप्रद सेयर निष्कासनको लागि कम्पनीले बुक क्लोज पनि गरिसकेको छ। त्यसैले सभामा हकप्रद सेयर जारी गर्ने सम्बन्धमा कम्पनीको नियमावली तथा प्रबन्धपत्रमा आवश्यक संशोधन थपघट वा परिमार्जन गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ।
कम्पनीले सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ। साथै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ।सभा प्रयोजनका लागि कम्पनीले माघ १८ गते बुक क्लोज गर्ने भएको छ। तसर्थ, माघ १७ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
सभा धुम्रबराह भेन्यू, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ। हाइड्रोपावरले लाभांश प्रस्ताव नगरी साधारण सभा बोलाएको हो।न्युजकारखाना
काठमाडौं, ९ माघ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा कायम भ्रष्ट ब्यबस्थाको अन्त्यको निमित्त आन्दोलनको बिकल्प नभएको भन्दै परिबर्तन पक्षधरहरु एकै ठाउँमा उभिएर आन्दोलनमा होमिनु पर्नेमा जोड दिएका छन् ।
आज काठमाडौंमा आयोजित पार्टी संगठन सुदृढीकरण अभियान कार्यक्रमा बोल्दै थापाले एक्लै एक्लै आन्दोलनमा जाँदा प्रभाबकारी नभएको तथा बिगतको लामो अभ्यासले पनि त्यो पुष्टि भएको भन्दै उनले निर्णायक आन्दोलनमा जानको लागि मोर्चा निर्माण जरुरी भएको बिचार ब्यक्त गरे।
एक्ला एक्लै बिभक्त भएर आन्दोलन गर्ने कुरोले अहिलेको बिकृती र बेथितिलाई नै मलजल हुने र मुलुक ब्रम्हलुटको यथास्थिति मै अघि बढिरहने भएको हुँदा परिबर्तन चाहने शक्तिहरु, एजेन्डा मिल्ने शक्तिहर, सबै राष्ट्रबादी , देशभक्त र प्रजातन्त्रबादिहरु मिलेर मोर्चा निर्माण गरि आन्दोलनमा जानुको बिकल्प नभएको थापाको स्पष्टोक्ती थियो ।
उनले भने- “एक्ला एक्लै आन्दोलन गर्ने भनाईले अप्रत्यक्ष रुपमा राजसंस्था, हिन्दुराष्ट्रको एजेन्डालाई कमजोर बनाउँछ” । अहिले आन्दोलनको लागि समय अनुकुल भएको भन्दै थापाले मनपरितन्त्र र ब्रम्हलुटले सिमा नाघेको जनता अहिलेको ब्यबस्था र प्रणालीबाट वाक्क दिक्क भएको समेत बताए ।
बिदेशी शक्तिको चाकरीबाट मुलुकको स्वाधीनको रक्षा हुन नसक्ने भन्दै थापाले मुलुकले अहिले राष्ट्रबादी शक्तिहरुको स्वाभिमानी आन्दोलन खोजिरहेको टिप्पणी गरे। उपत्यका केन्द्रित संगठन सुदृढीकरण अभियान सङ्गै आन्दोलनको तयारीमा युद्ध स्तरमा जुट्न थापाले सबैलाई निर्देशन दिए ।
काठमाडौंको १० वटै क्षेत्रमा १५ दिन भित्र कार्यक्रम राखिने पार्टीले जनाएको छ ।न्युजकारखाना
काठमाडौं, ९ माघ ।
काठमाडौं महानगरले न्युरोड क्षेत्रको सडकमा पार्किङ निषेध गरेपछि सो क्षेत्रका व्यापारी सडकमा उत्रिएका छन् ।
न्युरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाउने महानगरपालिकाले निर्णयविरुद्ध मंगलबार व्यापारीहरु सटर नै बन्द गरेर सडक आन्दोलनमा उत्रिएका हुन् ।
काठमाडौं महानगरपालिकाले मंगलबारदेखि कालोपत्रे सडकमा सवारी पार्किङ गर्न नदिने निर्णय गरेपछि व्यापारीहरु सटर नै बन्द गरेर वडा कार्यालय पुगेर निर्णय सच्याउन पनि माग गरेका छन् ।
मंगलबार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल लगायत क्षेत्रका सडकमा पार्किङ निषेध गरिएको छ । न्युजकारखाना