२०८३ कार्तिक ६
२०८३ कार्तिक ६

काठमाडाैं, २० माघ ।

के तपाई आफ्नो लेखलाई घर बसीबसी कमाउने माध्यम बनाउन चाहनुहुन्छ ? त्यो पनि लाखौंमा ! त्यसो भए आजैबाट लेख्न थाल्नुहोस् । अनलाइनका माध्यमबाट तपाईं आफ्नो लेखलाई नगदमा परिणत गर्न सक्नुहुन्छ ।

 

इन्टरनेटको पहुँच, फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालले पाठकसम्म लेख पुग्ने सहजता तथा गुगल एडसेन्सलगायतका विज्ञापनदातासँग सहजै जोडिन सकिने कारणले लेखबाट घर बसीबसी सजिलै कमाउन सकिने भएको हो ।

 

ब्लग के हो ?

वास्तवमा कागज पानामा अनलाइन लेख्ने डायरी एउटा ब्लग हो, जसमा हाम्रो समाजका गतिविधिहरू र विचारहरू र विचार व्यक्त हुन्छन् ।

 

जुन इन्टरनेटमा विश्वका विभिन्न भागहरू मार्फत देखा पर्दछ, जहाँ सल्लाह र प्रतिक्रिया विश्वका सबै ठाउँबाट साझा गर्न सकिन्छ । यसैले त्यहाँ वेब माध्यममा एक डायरी लेखिएको छ, यसलाई वेब ब्लग भनिन्छ, जुन छोटो ब्लग हो ।

 

सबै चीज परिवर्तन हुँदैछ, समयको चक्रमा सबै परिवर्तन हुँदैछ। इन्टरनेटमा पनि यही लागू हुन्छ । प्रारम्भिक पश्चिमी देशहरूमा बढ्दो परिष्कृत इन्टरनेट टेक्नोलोजी र द्रुत अनलाइन व्यापारका कारण  व्यवसाय प्रबर्द्धनका लागि विभिन्न वेबसाइट र ब्लगहरू सिर्जना गरिएका छन् । विभिन्न अनलाइन विज्ञापन एजेन्सीहरू र अनलाइन रोजगार एजेन्सीहरूको स्थापना भएको छ ।

 

ब्लग कसरी बनाउने ?

यसका लागि सुरुमा गुगलको ब्लगर, वर्ड प्रेसजस्ता निःशुल्क साइटमा अकाउन्ट बनाउनुपर्छ । ब्लग बनाउन सजिलो छ । गुगलको ब्लगरमा बनाउन चाहनुहुन्छ भने यसमा हेर्नुहोस् कस्तो बन्छ । यसमा गएर कसरी बनाउने सामान्य तरिका हेर्नुहोस् ।

 

यो ब्लग वर्डप्रेसको साइट हो । वर्डप्रेसमा बनाउन चाहनुहुन्छ भने यसमा गएर हेर्नुहोस् । जुन यहाँले हेरेर आफ्नो पनि सोही अनुसार बनाउन सक्नु हुन्छ । त्यसपछि त्यहाँ आफ्नो चाहना अनुसारको ब्लग डिजाइन गर्नुपर्छ र लेख्न थाल्नुपर्छ ।

 

 

कमाउनका निम्ति आफूले धेरै भन्दा धेरै पाठक भने तान्न सक्नुपर्छ । किनभने जति धेरै पाठकले आफ्नो लेख पढ्छन् उति नै पटक आफ्नो ब्लगमा आएको विज्ञापन हेर्छन् र आफूले उत्तिकै धेरै कमाउन सकिन्छ । त्यसैले पाठकले रुचाउने लेख लेख्नेतर्फ ध्यान दिनुपर्छ ।

भाषा

सकेसम्म अन्तर्राष्ट्रिय रूपमा प्रचलित भाषा प्रयोग गर्नुपर्छ । एडसेन्सजस्तै अन्य केही विज्ञापनदाताले सबै भाषा सपोर्ट गर्छन्, तर प्रचलित विज्ञापनदाताहरू जस्तै गुगलको एडसेन्स तथा माइक्रोसफ्ट अनि याहुले सञ्चालन गरेका एड नेटवर्कहरूले भने नेपाली भाषालाई सपोर्ट नगर्ने हुँदा आफूले कमाउने रकम घट्न सक्छ ।

 

त्यसैले सकेसम्म अंग्रेजी वा अरू कुनै प्रचलित भाषा प्रयोग गरेर आम्दानी बढाउन सकिन्छ । तर यदि नेपालीमा ब्लग लेख्नुहुन्छ भने अन्य केही एड नेटर्वकहरुबट पैसा कमाउन सकिन्छ त्यसको लागि अर्कोमा लेखौंला ।

 

पैसा कसरी कमाउन सकिन्छ त ?

तपाईंले अब ब्लग कुन भाषामा लेख्नु भएको छ त्यसमा भर पर्छ । यदी तपाईंले अङ्ग्रेजी भाषामा लेख्नु भएको छ भने एड्सेन्स तपाईंलाई राम्रो विकल्प हुन सक्छ । पैसा कमाउनको लागि तपाईंल आफ्नो ब्लगमा ३० भन्दा धेरै लेख तयार गर्नुहोस् र एडसेन्स अप्लाई गर्नुहोस् । तपाईंको लेख अन्य साइटबाट कपी भएको हुनु हुँदैन ।न्युजकारखाना

काठमाडौं, २० माघ ।

नेपाली कांग्रेसका युवा नेता तथा पार्टी केन्द्रीय सदस्य नैनसिंह महरले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले कांग्रेसको ढाडमा टेकेर टाउकोमा हिर्काउने रणनीति अनुसारको व्यवहार गर्न थालेको बताएका छन् ।

नेपाली कांग्रेस चाँगुनारायण नगर प्रथम सम्मेलनको आज भक्तपुर दुवाकोटमा उद्घाटन गर्दै नेता महरले गठबन्धनको ठूलो दल नेपाली कांग्रेस भए पनि सरकारले जनपक्षिय काम गर्न नसक्दा आफ्नो असफलताको भारी कांग्रेसलाई बोक्न बाध्य पारेको बताएका हुन् ।

 

जनताका जनजिविकाका सवालहरु बिर्सिएको सरकार भ्रष्टीकरणतर्फ जान थालेको बताउँदै नेता महरले प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरुले स्वंय कार्य सम्पादनमा सफलता प्राप्त गर्न नसकेको स्वीकार्न थालेकाले सरकार अकर्मण्यतार्फ उन्मुख भएको उनको टिप्पणी छ ।

सरकारले सुशासनका पक्षमा काम गर्न नसकेका कारण कांग्रेसको देश र जनता केन्द्रित मिसन असफल हुनेतर्फसमेत नेता महरले चिन्ता व्यक्त गरेका छन् । कांग्रेसको सहारा लिएर कांग्रेसलाई असफल देखाउने प्रपञ्च सह्य नहुने भन्दै उनले प्रधानमन्त्री प्रचण्डलाइ चेतावनी समेत दिएका छन् ।

 

कांग्रेसलाई असफलताबाट जोगाउन प्रधानमन्त्री प्रचण्डको राजिनामा माग्नुपर्ने महरको भनाई थियो ।न्युजकारखाना

काठमाडौं, २० माघ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले थालेको सुशासनको अभियानलाई पूर्णता दिन कर्मचारीतन्त्रको सहयोग आवश्यक रहेको बताएका छन ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको १६ औँ स्थापना दिवसका अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले सुशासन कायम गर्ने सन्दर्भमा कर्मचारीको योगदान धेरै नै महत्वपूर्ण रहेको बताएका हुन् ।

सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई दृढताका साथ अघि बढाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आगामी दिनमा सरकारलाई कर्मचारी क्षेत्रको अझ सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन ।

 

उनले सुशासन कायम गर्न तथा कर्मचारीतन्त्रभित्र देखापरेका समस्या समाधान गर्न कर्मचारी सङ्गठनबाट सहयोगको अपेक्षा गरिएकोसमेत बताए ।न्युजकारखाना

काठमाडौं, १९ माघ ।

नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने गरी १० जना संयोजकको जिम्मेवारी दिएको छ।

नेपाली कांग्रेस संसदीय दलको बैठकले अर्थ समितिको संयोजकमा रामनाथ अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा डा. नारायण खड्का, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रमा कोइराला पौड्याललाई संयोजक तोकेको छ।

कानुन न्याय तथा मानव अधिकार समितिमा नागिना यादव, कृषि, सहकारी तथा प्राकृति स्रोत समितिमा कुसुमदेवी थापा, महिला तथा सामाजिक मामिला समितिमा आशा विकलाई संयोजकको जिम्मेवारी दिइएको छ।

राज्य व्यवस्था तथा सुशासन समितिमा दिलेन्द्रप्रसाद वडू, पूर्वाधार विकास समितिमा दिनेशकुमार यादव, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा लिलादेवी बोखिम (लिम्वू) र सार्वजनिक लेखा समितिमा श्यामकुमार घिमिरे संयोजक तोकिएका छ।न्युजकारखाना

काठमाडौं, १९ माघ ।

यती एयरलाइन्सले एकैसाथ दुइवटा जहाज थपेको छ। निजी वायुसेवा कम्पनी यतीले बिहीबार एकैपटक दुईवटा ‘एटिआर७२–५००’ सिरिजको जहाज थप गरेको हो।
जहाजले नेपाली दर्ता नम्बर ‘९एन–एओएफ’ र ‘९एन–एओएच’ पाएका छन्। विमान थप गरेसँगै यतीसँग एटीआर ७२–५०० सिरिजको जहाज ७ पुगेको छ। यी जहाज बिहीबार साँझ ५:२० र ५:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो।

यतीले ७२ सिट क्षमताको दुईवटै जहाज बंगलादेशबाट खरिद गरी ल्याएको हो।

हाल यतीले सुगम गन्तव्य काठमाडौं, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगञ्ज तथा पर्वतीय उडान गर्दै आएको छ।न्युजकारखाना

काठमाडौं, १९ माघ  ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालीहरु गैरकानुनी माध्यमबाट रसिया गई रुसी सेनामा भर्ना हुने क्रम बढेको र नेपालीहरूको  सोही क्रममा बेपत्ता र मृत्यु हुने क्रम पनि बढेको  भन्दै  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको ध्यानाकर्षण गराएको छ ।

 

संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा विहिवार मन्त्रालयमा भएको भेटमा संघले गैरकानुनी रूपमा रसिया जाने क्रम रोक्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको हो ।

संघले बिगतदेखी रसियामा काम गर्दै आएका नेपालीहरुको हकमा श्रम नविकरण र अध्यागमनमा भएको अवरोध हटाई उहांहरुलाई निर्वाध रुपमा आवतजावत गर्ने वातावरण निर्माण गरिदिन अनुरोध गरेको हो ।

 

संघले यसअघि  विभिन्न गैरकानुनी माध्यमबाट रसिया गएका नेपालीहरूको सुचना मस्कोस्थित नेपाली दुतावासलाइ दिइ मानव तस्करीलाई कम गर्न सहयोग गरेको जानकारी दिएको छ ।

 

नेपाल सरकारका विभिन्न निकायकाबीच समन्वयको कमीले गर्दा विगत लामो समय देखी रसियामा  स्थायी रुपमा बसोबास गर्ने, अध्यन तथा व्यवसाय गर्ने नेपालीहरुको ठूलो संख्या अप्ठ्यारोमा परेको जनाएको छ । यसरी बसोबास गर्दै  आएका नेपालीहरू छुट्टिमा नेपाल आउँदा अध्यागमनबाट रुस जाने नेपालीहरुलाई रोक्ने, श्रम स्वीकृति नर्गने जस्ता घटनाहरु भईरहेकोप्रति समेत संघले ध्यान आकर्षण गराएको छ ।

भेटमा मन्त्री भण्डारीले एनआरएनएका प्रतिनिधिसँग नयाँ गन्तव्य र श्रम बजारको सम्भावनाका विषयमा चासो राख्दै गैरआवासीय नेपालीहरुसंग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन ।  संघकी महिला उपाध्यक्ष रोजिना प्रधान राई, महिला सचिव टीका गुरुङलगायतका पदाधिकारीको  सहभागीता थियो ।न्युजकारखाना

काठमाडौं, १९ माघ

। नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैँछ ।

 

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजे देखी सुरु हुनेछ ।

 

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार सोमबार देखि  सुरु हुने हिँउदे अधिवेशनमा पार्टीले खेल्ने भुमिका तथा आगामी रणनीतिका बारेमा  बिषयमा छलफल गर्नका लागि उक्त बैठक बोलाईएको हो ।

 

संसदको हिउँदो अधिवेसन माघ २२ गते देखी सुरु हुदैँछ । न्युजकारखाना

काठमाडौं, १८ माघ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेसको भाग्य निर्माण गर्ने पार्टी नेकपा एमाले भएको बताएका छन्।

नेकपा एमाले रौतहटको प्रथम प्रतिनिधि परिषद् बैठकलाई बिहीबार गौरमा सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेले मधेस निर्माणको योजना अघि सारेको बताए।

आफूलाई मधेसका मसिया हौँ भनेर गफ दिनेहरूले मधेसका जनताको हितमा काम नगरेको पोखरेलले बताउनुभयो । उनीहरूले मधेसका जनतालाई झुक्क्याउने र ठग्ने काम मात्र गरेका पोखरेलको भनाई छ।

तराईमा बाह्रै महिना सिँचाई सुविधा पुर्‍याउन सुनकोसी-मरिण डाइभर्सन आयोजना केपी ओलीले सुरु गरेको उनले स्मरण गराए। त्यस्तै पूर्व–पश्चिम राजमार्ग, हुलाकी राजमार्ग विस्तार र स्तरोन्नतिको काम पनि नेकपा एमाले नेतृत्वको सरकारले नगै गरेको पोखरेलले बताए। ‘एमाले नभएको भए कसैले सुनकोसी मरिण डाइभर्सनको योजना बनाउन सक्थ्यो,?’ पोखरेलले प्रश्न गरे।

जसले जनताको भाग्य निर्माण गर्न सक्छ त्यो नै मधेसको मसीया हुने उनले बताए। ‘एमालेले हुलाकी सडक बनायो, जसले मधेसका सदरमुकामको रूप-रङ बदल्यो, सुनकोसी–मरिण डाइभर्सन आयोजना अगाडि बढायो’, उनले भने।

पोखरेलले देश विकासका लागि केपी शर्मा ओली नै चाहिन्छ भन्ने कुरा पुष्टि भइसकेको बताए। एमाले र केपी ओली सरकारको नेतृत्वमा नहुँदा देश विकासको काम ठप्प भएको उनको भनाइ छ।

पोखरेलले माधव नेपालले कैयौँ पटक जिते पनि रौतहट र मधेसको विकासमा ध्यान नदिइएको बताए। ‘माधव नेपाललाई हामीले पार्टीको प्रमुख बनायौँ, पटक पटक सरकारमा पठायौँ, उपप्रधानमन्त्री, प्रधानमन्त्री, पार्टी सरकारमा जाँदा हर्ताकर्ता भए पनि रौतहटको अवस्था बदलिएन,  रौतहटको, मदेसको अवस्था बदल्नका लागि यो पार्टीमा केपी ओलीको नेतृत्व चाहिने रहेछ भन्ने तपाईँहरूले अनुभूत गर्नुभएको छ, केपी ओली सरकारमा आएपछि मधेस बदलियो’, महासचिव पोखरेलले भने।

प्रधानमन्त्री बनेपछि भारतले भ्रमणको निम्तो दिएको बेला केपी ओलीले जनता नाकाबन्दीका कारण पीडामा भएका बेला म भारत आउँदिन भनेर भन्नुभएको महासचिव पोखरेलले स्मरण गरे। केपी ओलीको अडानकै कारण नाकाबन्दी अन्त्य भएको उहाँले बताउनुभयो । यदि त्यस बेला अरू कोही भएको भए नाकाबन्दी विरुद्ध खडा हुनै नसक्ने समेत महासचिव पोखरेलले बताए।

भारत भ्रमणका क्रममा मोदीले एक मिनेटमा सडक बन्ने लगायत  कुरा सुनाउँदा त्यसको जवाफमा ओलीले त्यसो भए नेपालमा भारतका लगानीका हुलाकी राजमार्ग लगायत आयोजना किन समयमै सम्पन्न हुँदैनन् भन्ने प्रश्न उठाउनुभएको उनले बताए। केपी ओलीकै पहलमा हुलाकी राजमार्ग अगाडि बढाउने काम भएको महासचिव पोखरेलले स्मरण गरे।न्युजकारखाना

काठमाडाैं, १८ माघ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पूर्वप्रधानमन्त्री तथा सन्तनेता कृष्णप्रसाद भट्टराई नेपाली राजनीतिमा निष्ठा, समर्पण र त्यागको प्रतिमूर्ति भएको बताएका छन् ।


ललितपुरमा तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले आफ्नो पूरै जीवन यो देश, देशको  माटो, जनता र लोकतन्त्रका लागि समर्पित गर्ने सन्तनेता भट्टराई सधै प्रेरणाको श्रोत भएको बताए ।


उपप्रधानमन्त्री खड्काले स्वर्गीय भट्टराई नेपाली राजनीति, देश र जनताका अतुलनीय नेता भएको भन्दै उहाँसँगको सामिप्यतामा आफूले पनि राजनीतिक यात्रा गर्न पाएको स्मरण गरे । नेपाली खेलाडीहरूले देशको शीर विश्वमा उच्च बनाएको भन्दै सरकारले पनि खेल संरचना निर्माण र खेलाडीलाई थप सुविधा उपलब्ध गराउने कुरालाई प्राथमिकतामा राखेको उपप्रधानमन्त्री खड्काको भनाइ थियो ।


उनले सबै खेलाडीलाई सफलताको शुभकामना दिँदै खेल प्रतियोगिताको अवधिमा खेल भावनाका साथ अनुशासित र मर्यादित हुने विश्वास व्यक्त गरे ।

प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टीम सहभागी छन् ।न्युजकारखाना

काठमाडौं, १८ माघ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडर गोल्डबर्गरले शिष्टाचार भेट गरेका छन् ।

 

बिहीबार सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा राजदूत गोल्डबर्गरले अध्यक्ष तिमिल्सिनासँग शिष्टाचार भेट गरेका हुन् ।  भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले शान्ति र अहिंसाको मूलमन्त्र बोकेको नेपालले विश्वभर शान्ति चाहने बताउँदै मध्यपूर्वमा पनि छिटो शान्ति कायम होस् भन्ने चाहेको बताए ।

‘शान्तिको पक्षधर मुलुक नेपाल सँधै मध्यपूर्वमा शान्ति, अमनचयन र स्थिरताको पक्षमा रहिआएको छ,’ उनले भने । हालै इजरालयमा भएको हमासको आक्रमणमा परी अहिलेसम्म बेपत्ता पारिएका नेपाली विद्यार्थी विपीन जोशीको सकुशल रिहाइका लागि अझै सार्थक पहल गर्न आग्रह पनि गरे ।


इजरायलले विभिन्न छात्रवृत्ति, रोजगारी, कृषि तथा सहकारी क्षेत्रमा सहयोग, नेपाली सेनालाई तालिम लगायतका नेपाललाई गरेको सहायताका लागि इजरायल सरकारको प्रशंसा गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल–इजरायल सम्बन्ध आपसी सहयोग र सहकार्यको माध्यमबाट निरन्तर अघि बढ्ने आशा पनि व्यक्त गरे ।

नेपालको प्राकृतिक सुन्दरतामा धेरै इजरायलीहरु रमाउने चाहना बताउँदै अध्यक्ष तिमिल्सिनाले कोभिड महामारीको समयमा केही कमि आएकोमा पुनः यो संख्या अझै बढ्ने विश्वास व्यक्त गरे ।

इजरायलका राजदूत गोल्डबर्गरले नेपालको माथिल्लो सदनले प्रजातान्त्रिक पद्धति बलियो बनाउन प्रभावकारी भूमिका खेलेकोमा प्रशंसा गरे । न्युजकारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।