२०८३ कार्तिक ५
२०८३ कार्तिक ५

काठमाडाैं, ८ फागुन ।

कीर्तिपुर नगरपलिका-४ स्थित नेपाल एपीएफ स्कुलको खेल मैदानमा जारी प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको फाइनल खेल आज खेलाइँदैछ ।

 

५० हजार रुपैयाँ पुरस्कार राशीको प्रतियोगिताको फाइनलमा आयोजक नेपाल एपीएफ स्कुलको क टिम र नेपाल पुलिस स्कुल मध्यान्ह १२ बजे प्रतिस्पर्धा गर्नेछन् ।

 

आयोजक नेपाल एपीएफ स्कुलको क टिमले प्रतियोगिताको सेमिफाइनल खेलमा मनकामना सेकेण्डरी स्कुल जोरपाटीलाई ४-० गोल अन्तरले पराजित गरेको थियो । यसैगरी नेपाल पुलिस स्कुलले सेमीफाइनलमा सैनिक आवासीय महाविद्यालय, सल्लाघारीलाई सडेन डेथमा स्तब्ध बनाउँदै उपाधि नजिक पुगेको हो ।

 

माघ २२ गतेबाट सुरु भएको प्रतियोगितामा काठमााडाैं उपत्यकाका १७ र काभ्रे जिल्लाबाट एक गरी कुल १८ वटा विद्यालयहरुका १९ टिमबीच लिग कम नकआउट आधारमा खेलहरु सञ्चालन भएको थियो ।

 

प्रतियोगिता समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको समेत उपस्थिति रहने नेपाल एपीएफ स्कुलले जनाएको छ । न्युज कारखाना

काठमाडौं, ८ फागुन ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।
जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १२०, कालो अंगुर १८०, केरा १२० रुपैयाँ दर्जन, अनार २८०, किवी ४००, आभोकाडो ३००, अम्बा १२० र स्ट्रबेरी भुईऐसेलु २५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५०, भारतीय सानो गोलभेडा २५, अदुवा २००, रातो आलु ३० र रातो भारतिय आलु ३२ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली २५, लौका ५०, कागती २५०, सुकेको खुर्सानी ४६०, हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३० रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ३०, लोकल सेतो मूला ३० र रातो मूला २५ रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी ९०, राजमा घिउ सिमी १००, हरियो फर्सी लाम्चो ६० र हरियो डल्लो फर्सी ७० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ३० र रायोको साग ४० रुपैयाँमा खरिदबिक्री भइरहँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग र जिरीको साग ६० रुपैयाँमा कारोबार हुनेछ ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७२, हरियो प्याज १०० र पुदीना २२० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ५०, चाइनिज सुकेको लसुन ३००, हरियो लसुन १३० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ५०, भिण्डी ९० र हरियो धनिया ७० रुपैयाँ पाइने समितले जनाएको छ ।
उता, ताजा छडी माछा २५० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २५०, रहु माछा ३४० र मंगुरी माछा ३५० रुपैयाँमा किनबेच भइरहेको छ ।न्युज कारखाना

काठमाडौं, फागुन ८ ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । अमेरिकी डलर भाउ आज पनि स्थिरहेको छ भने युरो र पाउण्डको भाउ पनि बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ५३ पैसा र बिक्रीदर १३३ रूपैयाँ १३ पैसा कायम गरिएको छ । सोमबार पनि सोही मूल्यमा अमेरिकी डलरको खरिदबिक्री भएको थियो

मंगलबार युरोपियन युरोको एकको खरिददर १४२ रूपैयाँ ८७ पैसा र बिक्रीदर १४३ रूपैयाँ ५१ तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०७ पैसाले बढेको हो। सोमबार यसको खरिददर १४२ रूपैयाँ ८१ पैसा र बिक्रीदर १४३ रूपैयाँ ४६ पैसामा कारोबार भएको थियो ।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङको भाउ एक रुपैयाँ २६ पैसाले बढेर एकको खरिददर १६७ रूपैयाँ २५ पैसा र बिक्रीदर १६८ रूपैयाँ ०१ पैसा कायम गरिएको छ । सोमबार यसको खरिददर १६६ रूपैयाँ ९९ पैसा र बिक्रीदर १६७ रूपैयाँ ७४ पैसामा कारोबार भएको थियो ।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ६६ पैसा र बिक्रीदर ८७ रूपैयाँ ०५ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ३४ पैसा र बिक्रीमा ९८ रूपैयाँ ९७ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८४ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८८ रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५० पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९३ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९७ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, मंगलबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३४ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५१ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३५ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५० पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०८ पैसा र बिक्रीदर ३६ रूपैयाँ २५ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार २७ रूपैयाँ ६९ पैसा र बिक्रीदर २७ रूपैयाँ ८१ पैसा कायम गरेको छ ।

साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ४० पैसा र बिक्रीदर ४३२ रूपैयाँ ३५ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३५३ रूपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।न्युज कारखाना

काठमाडौं, ८ फागुन ।

हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै चीजहरूको लागि प्रयोग गरिने एकल उपकरण भएको छ।

 

आजकाल हामी फोनमार्फत धेरै कामहरू पूरा गर्छौं, जसका कारण यसको आवश्यकता बढ्दै गएको छ। हामी दिनभरि हाम्रो हातमा फोन राख्छौं र कुनै न कुनै कारणले यसलाई स्क्रोल गरिरहन्छौं।

 

दिनभर स्क्रोल गरिसकेपछि फोनको ब्याट्री ० प्रतिशत पुगेपछि फोनको ब्याट्री चार्ज गर्ने समय आउँछ। कतिपय मानिसका लागि पनि मोबाइल फोन पैसा राख्नको लागि पर्स जस्तै हो, जसमा उनीहरू आफ्ना केही चीजहरू फोनको कभरमा राख्छन्। यस्तो अवस्थामा सानो गल्ती पनि कसरी महँगो हुन सक्छ ? यो कुरा तपाईलाई थाहा नहुन पनि सक्छ ।

 

त्यसैले स्मार्टफोन प्रयोग गर्दा केही कुरामा विशेष ध्यान दिनु जरुरी छ । लापरवाहीले तपाईंलाई महँगो पर्न सक्छ र तपाईंको फोन जुनसुकै बेला बम जस्तै विस्फोट हुन सक्छ, हामी यो बताउने छौं कि उसो भए कुन कुन कुराहरूमा विशेष ध्यान दिनुपर्छ त ?

 

फोन बिष्फोट हुनुका धेरै कारण हुन सक्छन्, ती मध्ये एउटा यो हो कि जब तपाईको फोन धेरै तातो हुन्छ, यसको पछाडिको कारण प्रोसेसरमा अत्यधिक तनाव हो। यसबाहेक, ब्याट्री फेल हुनु वा ब्याट्रीमा अन्य कुनै समस्या हुनु पनि फोन फुट्नुको कारण मानिन्छ।

 

तपाईंले आफ्नो फोनको ब्याट्रीलाई केही कुरालाई ध्यानमा राखेर हेरचाह गर्नुपर्छ। आफ्नो फोन धेरै चार्ज नगर्नु होस्। ब्याट्री पूरै खत्तम नभएसम्म चार्ज नगर्नु होस्। फोनलाई चार्जिङमा राख्ने प्रयास गर्नुहोस् जब यसको ब्याट्री ९९ प्रतिशत सम्म हुन्छ ।

 

यसबाहेक आफ्नो फोनलाई सीमाभन्दा बढी अर्थात् १०० प्रतिशतभन्दा बढी चार्ज गर्ने प्रयास नगर्नुहोस्। ९९  प्रतिशत मात्र चार्जबाट फोन हटाउनु होस्।

 

प्रायः मानिसहरू कुनै पनि चार्जरले आफ्नो फोन चार्ज गर्छन् तर त्यसो गर्नु तपाईंको फोनको लागि ठीक होइन। यसले तपाईंको फोनको ब्याट्रीमा तनाव राख्छ र प्रोसेसरलाई पनि असर गर्छ, जसले पछि फोन विस्फोट गराउन सक्छ।

 

यदि तपाईलाई पनि आफ्नो फोनको पछाडिको कभरमा कागज वा पैसा राख्ने बानी छ भने यो बानीलाई परिवर्तन गर्नुहोस्, हामी तपाईलाई यो बताइरहेका छौं किनकि यस्तो बानीले तपाईको फोन पनि विस्फोट गराउन सक्छ। फोनको कभरमा कुनै पनि कुरा राख्नु ठीक होइन । फोनको पछाडि ब्याक कभर राख्नु पनि फोनको लागि सही मानिँदैन। जसका कारण फोन तातो हुन्छ र त्यसपछि फुट्ने डर हुन्छ ।

 

फोन चार्ज गरिरहेको बेला प्रयोग गर्नु ठीक होइन । चार्ज गरिरहेको फोनमा कुरा गर्नु वा कुनै पनि तरिकाले प्रयोग गर्नु उचित मानिदैन। त्यसोभए यदि तपाइँ यसो गर्नुहुन्छ भने तपाइँ आफैले तपाइँको फोन बर्बाद गर्दै हुनुहुन्छ। यति मात्र होइन तपाईको फोन पनि यसरी विस्फोट हुन सक्छ ।

 

झोला वा खल्तीमा राखेको फोन पनि विस्फोट भएको बेला यस्ता धेरै घटना देखिएका छन् । धेरै जसो केसहरू गर्मीमा देखिन्छन्। यदि तपाइँ आफ्नो झोला वा खल्तीमा फोन राख्नुहुन्छ भने धेरै गर्मीको कारण फोन पनि अधिक तताउँछ र त्यसपछि यसको प्रोसेसरमा तनाव हुन्छ र त्यसपछि फोन धेरै तातो भएपछि विस्फोटको कारण बन्न सक्छ।न्युज कारखाना

काठमाडौं, ८ फागुन ।

नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक आजवाट सुरू हुदैँछ ।

 

च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा सो बैठक बस्नेछ । बैठक १० गतेसम्म जारी रहनेछ ।

सो पार्टीका महासचिव शंकर पोखरेलका अनुसार समसायिमक राजनीतिक विषयको समीक्षा, संगठनात्मक समीक्षा, जनतामा आधारित पार्टी निर्माणको सन्दर्भमा कसरी व्यवस्थितलगायतका बिषयमा छलफल हुनेछ । उनका अनुसार मिसन ग्रासरुटको प्रतिवेदन, मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको पनि केन्द्रिय समिति बैठकमा समीक्षा हुनेछ ।
न्युज कारखाना

काठमाडौं, ८ फागुन ।

 नेपाली कांग्रेसको महासमिति बैठक सोमबारबाट सुरु भएको छ।

 

ललितपुरको गोदावरीमा सोमबारबाट भएको महासमिति बैठकमा मंगलबार विभिन्न प्रतिवेदन पेस गरिने भएको छ।

 

मंगलबार बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक र अर्थमन्त्रीसमेत रहेका डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेस गर्ने तय भएको छ।न्युज कारखाना

काठमाडौं, ७ फागुन ।

पूर्वराष्ट्रपति विद्या भण्डारीले नेपालको संविधानले नागरिक तथा राजनीतिक अधिकारलाई मौलिक अधिकारको रूपमा सुनिश्चित गरेको बताएकी छन्।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रकाशित गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक फागुन ७ गते विमोचन गर्दै पूर्व राष्ट्रपति भण्डारीले नेपालको वर्तमान संविधानले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका विषयलाई पनि मौलिक अधिकारको रूपमा सुनिश्चित गरेको बताएकी हुन्। राजनीतिक अस्थिरता, सुशासनको अभाव र दण्डहीनताले नागरिक अधिकार कार्यान्वयनमा चुनौती रहेको उनले बताइन्।

सशस्त्र द्वन्द्वका पीडितले अहिले पनि न्याय नपाएको भन्दै उनले चिन्ता व्यक्त गरेकी छन्। आफ्नो छोराका हत्यारालाई कारबाहीको माग गर्दे अनसनमा नै ज्यान गुमाएका नन्दप्रसाद अधिकारकीको शवको अन्तिम संस्कारसमेत हुन नसक्नुले नेपालको मानव अधिकारको अवस्था स्पष्ट पार्ने उनले बताइन्।

राष्ट्रिय सभा सदस्य एवम् पूर्व परराष्ट्रमन्त्री विमला राई पौडेलले मानव अधिकारको क्षेत्रमा अहिले धेरै चुनौती रहेको बताइन्। मानव अधिकारको क्षेत्रमा नेपालले धेरै काम गर्न बाँकी रहेको उनको भनाइ छ।

संविधानमा रहेको मौलिक हक र नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेका प्रतिबद्धता मिल्दाजुल्दा भएकोले मानव अधिकार कार्यान्वयनमा सहज हुने पौडेलले बताइन्। अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार नेपालले काम गर्नुपर्नेमा उनले जोड दिइन्।

नेपालले अन्तर्राष्ट्रिय स्तरमा भएका मानव अधिकार हनन्का विषयमा पनि कुरा उठाउनु पर्ने पौडेलको राय छ। अहिले नेपालले त्यो भूमिका निर्वाह गर्न नसकेको उनको भनाइ छ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवम् राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सरकार सेवक नभएर शासक भयो भने विद्रोह हुने बताए।जलवायु परिवर्तनका विषय पनि मानव अधिकारको विषय बन्नु पर्ने उनको भनाई छ।न्युज कारखाना

 

काठमाडौं, ७ फागुन ।

सन् २०२३ को मानव अधिकार उल्लङ्घन सूचकाङ्कमा सबैभन्दा खराब बागमती प्रदेशको रहेको इन्सेकले जनाएको छ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले फागुन ७ गते सार्वजनिक गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ मा यस्तो नतिजा समेटिएको हो।

सार्वजनिक नतिजा अनुसार नकारात्मकबाट बागमती पहिलो,  मधेश दोस्रो र कोशी तेस्रो छन्। त्यसैगरी सकारात्मक नतिजाबाट सुदूरपश्चिम पहिलो, गण्डकी दोस्रो र कर्णाली तेस्रो स्थानमा आएका छन्।

सन् १९९२ देखि वर्ष पुस्तक निकाल्दै आएको इन्सेकले ‘नेपाल मानव अधिकार वर्ष पुस्तकमा मानव अधिकार उल्लङ्घन सूचकाङ्क समेटेको यो नै पहिलो रहेको इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले बताए।

शारीरिक हिंसा प्रतिबिम्बित हुने मानव अधिकार उल्लङ्घनको समग्र सूचकाङ्कमा ८५.२४ अङ्कसहित बागमती सबैभन्दा खराब अवस्थामा छ।

मधेशको ६४.३९, कोशीको ४९.८१, लुम्बिनीको ४२.१२, कर्णालीको ३१.२५, गण्डकीको १६.३६ र सुदूरपश्चिमको ९.५१  अङ्क रहेको सूचकाङ्कमा समावेश गरिएको छ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ मा प्रकाशित मानव अधिकार उल्लङ्घन सूचकाङ्क हेर्न यहाँ क्लिक गर्नु होला

न्युज कारखाना

काठमाडौं, ७ फागुन ।

कांग्रेस महासमिति बैठक सोमबारबाट ललितपुरको गोदावरीमा सुरु भएको छ। बैठकको उद्घाटन सभापति शेरबहादुर देउवाले गरेका छन्।

बैठकमा देउवासहित उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा विश्वप्रकाश शर्मासहित पार्टी पदाधिकारीसहित देशभरबाट करिब २३ सय प्रतिनिधि सहभागी छन्।

बैठक उद्घाटनपछि उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव, अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव, प्रवक्ता डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गर्नेछन्। प्रदिवेदन मंगलबार प्रस्तुत हुने छन्।

बैठकस्थल गोदावरी क्षेत्र यतिवेला झकिझकाउ भएको छ। बैठकमा सहभागी हुन आउनेलाई विभिन्न सांस्कृतिक झाँकीले स्वागत गरिएको थियो।न्युज कारखाना

 

स्याङ्जा, ७ फागुन ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी स्याङ्जा जिल्ला इन्चार्ज र अध्यक्ष दुवै जना नेकपा एमालेमा फर्किएका छन्।

पूर्व सांसद तथा समाजवादी स्याङ्जा इन्चार्ज महेन्द्र थापा र जिल्ला अध्यक्ष रामचन्द्र भट्टराई एमालेमा फर्किएका हुन्।

त्यस्तै स्याङ्जास्थित समाजवादीका जिल्ला सचिव श्रीबहादुर गुरुङ र उपसचिव राजेन्द्र मरासिनी पनि एमालेमा फर्किएका छन्।

उनीहरू सबैलाई एमाले केन्द्रीय कार्यालय च्यासलमा सोमबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले स्वागत गरेका हुन्। न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।