२०८३ कार्तिक ६
२०८३ कार्तिक ६

राैतहट, १० गते असार । रौतहट जिल्लाको राजदेवी नगरपालिकाको १२ औ नगर अधिबेशन सोमबार संपन्न भएको छ । जिल्ला समन्वय समितिका अध्यक्ष राम अयोध्या राय यादवको प्रमुख आतिथ्यमा भएको नगर अधिबेशनमा नगर प्रमुख भिखारी प्रसाद यादवले आगामी आर्थिक बर्ष २०८१/२०८२ को लागि ४८ करोड़ १० लाख ९६ हजारको बजेट प्रस्तुत गरेका छन ।Open photo जनमुखी स्थानीय सरकार,बिकास र समृद्धिको आधार भन्ने मूल नाराको रुपमा प्रस्तुत गरिएको निति तथा कार्यक्रममा बिकास व्यवस्थापन ,दिगो बिकास र सुशासनको प्रत्याभूति हुने गरी बातावरण सृजना गरिने लक्ष्य लिइएको हो । जनतालाई बिकासको लाभ उपयोग गर्न सक्षम बनाई जनताको जीवन स्तरमा सुधार ल्याउने उदेश्य सहित ल्याइएको निति तथा कार्यक्रममा आर्थिक बिकास ,सामाजिक बिकास ,पूर्वाधार बिकास ,बातावरण तथा बिपद व्यवस्थापन , सस्थागत बिकास तथा सेवा प्रबाह ,बितीय व्यवस्थापन र सुशासन तरफ खर्च गरिने लक्ष्य लिएको छ ।Open photo प्रमुख अतिथिको आसन्नबाट सम्वोधन गर्दै जिल्ला समन्वय समितिका अध्यक्ष यादवले प्रस्तुत गरिएको निति तथा कार्यक्रम अनुरूपको योजनाहरु पारदर्शिताको साथ सवैको सहभागितामा कार्यान्वयन गर्न आग्रह गरेका छन । नगर अधिबेशनमा उपप्रमुख राज कुमारी देवी , प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थ , निर्वाचित वड़ा अध्यक्ष ,कार्यपालिका सदस्य ,नगर सभा सदस्यहरुको सहभागिता रहेको थियो । त्यसै गरी राजपुर नगरपालिका , माधव नारायण नगरपालिका , दुर्गा भगवती गाउँपालिका , बृन्दाबन नगरपालिका , गढ़ीमाई नगरपालिका , मौलापुर नगरपालिकाको नगर अधिबेशन समेत संपन्न भएको छ ।

राैतहट,१० गते असार । रौतहटको गढिमाइ नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ५९ करोड भन्दा बढी बजेट ल्याएको छ । गढिमाइ नगरपालिकाको ११ औं नगरसभा सोमबार भव्याताका साथ सम्पन्न भएको छ । नगरपालिकाको सभाकक्षमा सोमबार भएको ११ औं नगरसभाबाट नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ५९ करोड ५० लाख १ हजार रुपैया बजेट ल्याएको हो । नगरसभामा नगर प्रमुख श्याम प्रसाद यादवले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न अनुमानित आय व्यय सहितको सो बजेट प्रस्तुत गरिएको नगर प्रमुख श्याम प्रसाद यादवले बताए । मधेश प्रदेशका पुर्व भौतिक पुर्वाधार विकास मन्त्री एवं नेपाली कांग्रेसका मधेस प्रदेश सभापति कृष्ण प्रसाद यादवको प्रमुख आतिथ्य तथा गढिमाइ नगर प्रमुख श्याम यादवको अध्यक्षतामा नगरसभा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत श्रीदेव यादव, प्रशासन शाखा प्रमुख नागेन्द्र यादव, सम्पुर्ण वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

राैतहट,१० गते । रौतहटको माधवनारायण नगरपालिकाले ४९ करोड ७४ लाख ७२ हजार रुपैया बराबरको बजेट ल्याएको छ । सोमबार नगरपालिकाको सभाकक्षमा आयोजित ९ औं नगर अधिवेशनमा नगर प्रमुख बैजनाथ प्रसाद यादवले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि सो बजेट पेस गरेका हुन । नगर अधिवेशनमा नगर प्रमुख यादवले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए । असार १० गतेसम्म सबै स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याइसक्नुपर्ने र असार मसान्त भित्रमा कार्यक्रम पास गरिसक्नुपर्ने प्रावधान अनुसार माधवनारायण नगरपालिकाले सोमबार ९ औं अधिवेशन सम्पन्न गरेको छ । नगरपालिकाले सोमबार भव्य कार्यक्रमका बीच आगामी आर्थिक वर्षको निति कार्यक्रम तथा बजेट ल्याएको छ। २०८१÷०८२ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सो बजेट प्रस्तुत गरिएको नगर प्रमुख बैजनाथ यादवले बताएका छन् । संघीय वित्तीय समानिकरण अनुदान ११ करोड १० लाख, प्रदेश वित्तीय समानिकरण अनुदान ७९ लाख ७६ हजार, संघीय राजश्व बाड्फाड ९ करोड ९७ लाख , प्रदेश राजश्व बाडफाड ४० लाख , संघीय सशर्त अनुदान २० करोड ९७ लाख, प्रदेश सरकारको सशर्त अनुदान ९५ लाख, संघीय सरकारको समपुर्क अनुदान १ करोड ८५ लाख, संघीय सरकारको विशेष अनुदान १ करोड ७० लाख, प्रदेश सरकारको विशेष अनुदान ३० लाख, प्रदेश सरकारको समपुर्क अनुदान २० लाख र तराई मधेस समृद्धि कार्यक्रमको लागि १ करोड ५० लाख गरि उक्त बजेट प्रस्तुत गरिएको नगर प्रमुख यादवले बताएका छन् । शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको उनले बताए । समुन्नत भौतिक, आर्थिक र सामाजिक पुर्वाधार सहित सांस्कृतिक रूपमा मौलिक र उत्कृष्ट नगरपालिका बनाउने कुरामा जोड दिइएको छ। मानवीय तथा भौतिक विकासको पक्षमा ध्यान दिई आर्थिक विकासको आधार तय गर्ने तर्फ केन्द्रित रहने उल्लेख छ। विद्यार्थीहरुको पठन पाठनमा व्यापक सुधार ल्याउन प्रतेक सामुदायिक विद्यालयमा सिसिटिभी जडान गारिने, पालिकाको प्रशासनिक भवन निर्माण कार्य लाई यसै आर्थिक वर्ष भित्र सम्पन्न गरिने, नगर भित्र विभिन्न स्थानमा प्रतीकक्षालय सार्वजनिक सौचालय तथा सामुदायिक भवन निर्माण गरिने आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममा समेटिएको छ। आर्थिक वर्षको अन्त्यमा आएर असारे विकास गर्ने परिपाटीको अन्त्य गरिदै आर्थिक वर्षको शुरुमा नै योजना बनाएर काम शुरु गर्ने र समयमा नै नगरपालिकाको कार्यक्रम सम्पन्न गरिने निति तथा कार्यक्रम मा उल्लेख छ। नगर बासीको चाहना भावना माग एवं आवश्यकता लाई केन्द्र मा राखी काम गर्ने मेयर यादवले बताए । नगर प्रमुख बैजनाथ प्रसाद यादवको अध्यक्षतामा भएको ९ औं नगर अधिवेशनमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव, उपमेयर निर्मला देवी रमण, सम्पुर्ण वडा अध्यक्ष , कार्यपालिका सदस्य, कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

रौतहट,१० गते असार । रौतहटको राजपुर नगरपालिकाले बजेट ल्याएको छ । सोमबार राजपुर नगरपालिकाले यस वर्ष जनमुखी योजना ल्याएको छ । Open photoराजपुर स्थित नगरपालिकाको सभाहलमा बजेट अधिवेशन बोलाईएको थियो । नगर प्रमुख डा.मो.राजिक आलमको अध्यक्षतामा सो नगरसभा सम्पन्न भएको हो ।Open photo नगरसभाको ८ औं नगरसभा बाट जनमुखी नीती र कार्यक्रम ल्याएको छ । नगरपालिका नगर कार्यपालिकाबाट पास गरेको निती तथा कार्यक्रम कार्यान्यवन गर्न ५५ करोड भन्दा बढी बजेट विनियोजन गरेको हो । Open photoहरेक वर्ष असार १० गते बजेट ल्याउनु पर्ने प्रावधान रहेको छ । त्यसै अनुरुप नगरसभा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । Open photoधेरै उत्साहका साथ सम्पन्न भएको नगरसभा बाट राजपुर नगरपालिकाको जनताको मन जितने किसिमको निती तथा कार्यक्रम पारित गरेको हो । नगर प्रमुख आलमले निति तथा कार्यक्रम वाचन गरेर सुनाएका थिए । Open photoनगरको चौतर्फि विकासको लागि यसै आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ४६ ५५ करोड ६० लाख ५३ हजार रुपैयाँको बजेट पारित गरिएको नगर प्रमुख आलमले जानकारी गराउनु भयो । Open photoयस वर्ष बिरामीसँग मेयर कार्यक्रम लागू गरिएको छ भने बिधार्थीसँग मेयर कार्यक्रमलाइ निरन्तरता दिइएको छ । Open photoसाथै स्वास्थ्य स्वंयमसेविकाहरुको ५०० सयका दरले सेवासुविधा थप गर्ने बजेटमा समावेश गरिएको छ । Open photoत्यस्तै शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, भौतिक पुर्वाधार निर्माण कार्य, पर्यटन तथा संस्कृति, लगायतको विशेष प्राथमिकतामा राखी उक्त बजेट प्रस्तुत गरिएको आलमले बताए । सो अवसरमा जनप्रतिनिधिहरू,पत्रकार,सुरक्षाकर्मी,कर्मचारीहरू सहितका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

राैतहट,१० गते असार । रौतहटको बौधिमाई नगरपालिकाको नगरसभा बिथोलिएको छ । नगर प्रमुख प्रदीप यादवले एकलौटी गर्न खोजेको भन्दै बहुमत सदस्यले नगरसभा बहिस्कार गरेका छन् । नगरसभा हुन नदिन कार्यालय प्रमुख सन्देश यादवको ठुलो भूमिका रहेको बताइएको छ । Open photoजुन नगरपालिकामा भए पनि कार्यपालिकामा भाँडभैलो मच्चाउने गरेका कार्यालय प्रमुख यादवले नगरसभा सदस्यलाई मिलाउन नसकेको कारण नगर प्रमुख यादव नगरसभामै एक्लिएका हुन् । नगरसभाका ४९ सदस्यहरुमध्ये ३३ जनाले बहिस्कार गरेका छन् । वडा नम्बर ३ का वडाध्यक्ष मणिभूषण साहले नगर प्रमुख यादवले नगरसभा गर्नुृपुर्वका कुनै काम नगरेको र सबै काम एकलौटी गर्न खोजेको आरोप लगाएका छन् । आफूहरुले नगरसभा वैधानिक किसिमले सम्पन्न गर्नका लागि ३२ जना नगरसभा सदस्यको हस्ताक्षर गरी बुझाएको भए पनि कुनै वास्ता नगरेको कारण बाध्य भएर बहिस्कार गर्नुपरेको बताएका छन् । Open photoबौधिमाई नगरपालिकाका नगर उपप्रमुख प्रमिलादेवी जयसवालले नगरसभा पूर्ण रुपमा अबैधानिक किसिमले सम्पन्न गराउन खोजेको भन्दै आक्रोशित हुँदै ब्यानरसमेत च्यातेकी छन् । नगरसभामा बहुमत सदस्य नरहेको अवस्थामा बलजफ्ती नगरसभा गरेको आरोप लगाउँदै बाध्य भएर हस्तक्षेप गर्नु परेको बताएकी छन् । बोधिमाई नगरपालिकाका ९ वडाध्यक्षमध्ये ५ वडाध्यक्षले बहिस्कार गरेका छन् । विधि र प्रक्रियापूर्वक नगरसभा नगरिए आफूहरुले निरन्तर प्रतिकार गर्ने वडा नम्बर ९ का अध्यक्ष मुक्तिनारायण मिश्रले बताएका छन् । कडा सुरक्षा व्यवस्था गरिएको नगरसभा स्थलमा पत्रकारहरुलाई पनि प्रवेशमा निषेध गरिएको थियो ।Open photo नगरसभा बिथोलिएको विषयमा नगरप्रमुख यादवसित सम्पर्क गर्न खोज्दा नगर प्रहरीले आदेश नभएको भन्दै नगरप्रमुखसित भेट गर्न दिएन । नगरप्रमुख यादवको मोबाइल भने स्वीच अफ थियो । नगरसभाबाट बाहिरिएपछि उपप्रमुख जयसवाल, वडाध्यक्ष र नगरसभा सदस्यहरुले नगरप्रमुखविरुद्ध नाराबाजीसमेत गरेका थिए

राैतहट,१० गते असार । रौतहटको मौलापुर नगरपालिकाले छोटो समयमा अभुतपूर्व प्रगति गरेको पूर्वमन्त्री प्रभु साहले बताएका छन् । मौलापुर नगरपालिकाको नगरसभाको सोमवार उद्घाटन गर्दै आम जनता पार्टीका केन्द्रीय अध्यक्षसमेत रहेका संघीय साँसद साहले गएको सात वर्षमा मौलापुर नगरपालिकाले गरेको प्रगति अन्य पालिकाको तुलनामा निकै बढी रहेको बताएका छन् । Open photoनगरबासीसित कुनै पनि किसिमको कर नलिने गरेको मौलापुर नगरपालिकाले सबै नागरिकलाई बिजुली, पानी तथा अन्य सुविधा निशुल्क दिने गरेको छ । भौतिक विकासको क्षेत्रमा गत सात वर्षमा अभूतपूर्व प्रगति गरेकोमा पूर्वमन्त्री साहले नगरप्रमुख रिनाकुमारी साहको प्रशंसा पनि गरेका छन् ।Open photo नगरसभाका सम्पूर्ण सदस्यहरु एकजुट भएर विकासको काममा निरन्तर जुटिरहेको बताउँदै नगरपालिकाको विकासको चर्चा देशभरमा भइरहेको बताएका छन् । जनताको हातमा नगरको पैसा शिक्षा, बिजुली, स्वास्थ्य तथा पानीमार्फत सोझै हातमा गइरहेको बताउँदै जिल्लाको सबैभन्दा कम बजेटमा पालिकाले गरेको प्रगति अत्यन्त खुसी लाग्ने किसिमको भएको बताएका छन् । मौलापुरको विकास मोडेलबाट देशका अन्य जागरुक पालिकाहरुले सिकिरहेको स्पष्ट पारेका छन् । मौलापुर नगरपालिकाले अनेक चुनौतीको सामना गर्दै गरिरहेको प्रगति गौरवपूर्ण रहेको बताएका छन् । सरकारको अर्थनीति विभेदपूर्ण रहेको पनि साहको आरोप रहेको छ । केन्द्र सरकारले शिक्षक दरबन्दी, बैकको लगानी तथा अन्य क्षेत्रमा पनि विभेद गरिरहेको आरोप पनि साहले लगाएका छन् । Open photoकेही विकास विरोधीहरुले ट्रान्सफर्मर चोरी गरेको, विद्यालयको सामग्री तोडफोड गर्ने गरेको, जनप्रतिनिधिबिच फुट ल्याउन खोजेको तथा विकासको काममा अवरोध गर्न खोजेको बताएका छन् । मधेश प्रदेशमा लगातार दुई कार्यकाल नगरप्रमुखमा निर्वाचित भएकी नगरप्रमुख रिनाकुमारी साहले नगरपालिकाको नागरिकलाई अनेक सुविधा दिदै आएकी छन् । साहको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख नागेन्द्र राय यादवले ३९ करोडको आय व्यय प्रस्तुत गरेका छन् । मौलापुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधारमा जोड दिएको छ । Open photoविद्यालय भवनहरुको निर्माण तथा शिक्षक दरबन्दीसमेतमा नगरपालिकाले ठुलो बजेट खर्च गर्दै आएको छ । सम्पूर्ण बजेटको करिब ४२ प्रतिशत शिक्षामा लगानी गर्दै आएको मौलापुर नगरपालिकाले हरेक वर्ष पुरातात्विक महादेव मन्दिरको प्रचारप्रसारमा पनि ठुलो खर्च गर्ने गरेको छ । हरेक वर्ष पुरातात्विक महादेव मन्दिरमा लाखौँ दर्शनार्थी आउने गरेका छन् । नगरपालिकाले आगामी आर्थिक वर्षको लागि सन्तुलित बजेट ल्याएको भन्दै विभिन्न वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले प्रशंसा गरेका छन् ।

रौतहट । रौतहटको मौलापुर नगरपालिकाको आठौं बजेट अधिवेशन सोमवार एक समारोहका बिच सम्पन्न भएको छ।

आमजनता पार्टीका अध्यक्ष संघीय सांसद प्रभु साहको प्रमुख आतिथ्यमा सर्वसम्मत ढंगले सम्पन्न नगरसभाले विभिन्न लोकप्रिय कार्यक्रम सहित कुल ३९ करोड़को बजेट घोषणा गरिएकोछ ।

कार्यक्रममा प्रमुख अतिथि तथा पूर्व मन्त्री प्रभु साहले मौलापुरले लिएको ‘शुन्य कर नीति’ को सर्वत्र सराहना भईरहेको बताएका थिए । ‘बिजुली- पानी निःशुल्क, गरिब दलितलाई एकीकृत आवास, छोरीसँग मेयर कार्यक्रममा जनही ३० हजार रुपैया सहयोग, निःशुल्क प्राविधिक शिक्षा जस्ता कार्यक्रमहरुले मौलापुरको ग़ौरब बढ़ाएको उनले  बताए ।

त्यस्तै सभाले धुँवा चूल्हों मुक्त अभियान गरी कच्ची सडकमुक्त अभियान र झुपड़ी मुक्त अभियान अगाड़ी बढ़ाउने घोषणा गरिएकोछ । यसरी जनता केन्द्रित बजेट ल्याएकोमा मौलापुरको सर्वत्र सराहना भईरहेकोछ । देशका विभिन्न स्थानीय तहमा बजेटका विषयमा जनप्रतिनिधिहरुबीच विवाद भइरहेको बेला मौलापुरले भने सर्वसम्मत ढंगले नगरसभा सम्पन्न गरेकोमा उनले सम्पूर्ण जनप्रतिनिधि सहित नगरप्रमुखलाई धन्यवाद दिएका थिए।  उनले मौलापुरले “ शून्य कर नीति” तथा “फ्री बिज़ूली फ्री पानी”को निरन्तरता सहित विभिन्न लोकप्रिय कार्यक्रमहरु घोषणा गरेको बताएका थिए  ।

उनले संघ र प्रदेश सरकारले जिम्मा लिएका जनता आवास, शिक्षा स्वास्थ्य, नदी नियन्त्रण तथा सिचाई सम्बन्धी काम पूरा नगर्दा नगरपालिकाले अनावश्यक आर्थिकभार बहन गर्नुपरेको गुनासो गरेका थिए।मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साह र प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले संयुक्त रूपमा प्रस्तुत गरेको बजेटमा यस आर्थिक वर्षमा सहरी पूर्वाधार तथा भवन, सडक पुल, सिचाई, नदी नियन्त्रण, फ्री वाईफाईको कार्यक्रम थप प्रभावकारी बनाउने, सञ्चार, ऊर्जा, सामाजिक विकास तर्फ शिक्षा युवा, खेलकुद, स्वास्थ, खानेपानी, सरसफाई, सामाजिक न्याय, कृषी, पशु पंक्षी, मतस्य, भुमि ब्यवस्था सहकारी, पर्यटन तथा संस्कृति उद्योग बाणिज्य बितिय, बातावरण व्यवस्थापनलाई प्राथमिकतासाथ समेटिएको छ। कार्यक्रममा विशिष्ट अतिथि पूर्व सांसद समिना हुसैन, उपमेयर नागेन्द्र यादव, मालपोत कार्यालयका प्रमुख बबुनन्दन साह, नापी कार्यालयका प्रमुख समसुल हक अन्सारी, लगायतले मौलापुरले लिएको शून्य निति तथा जनमुखी कार्यक्रमको सराहना गरेका थिए ।न्युज कारखाना

राैतहट,०९ गते असार । रौतहटको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जयसवालले आज गरुडा नगरपालिका-४ गरुडामा सडक ढलान तथा नाला निर्माण कार्यको शिलान्यास गरेका छन । ४० लाखको लागतमा निर्माण हुने नाला तथा सडक ढलान कार्यको मेयर जयसवालले आज एक कार्यक्रमको आयोजना गरि शिलान्यास गरेका हुन । मेयर जयसबाल पछिल्लो समय नगरमा बिकास निर्माण कार्यको तिब्रता दिएका छन । नगरलाई बिकशीत र स्मार्ट नगर बनाउन उहाले रातदिन खटिरहनु भएकोले स्थानीयहरु निकै खुसी छन । कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष कृष्णनदन सहनि, वडा नम्बर ३ का वडा अध्यक्ष अम्बिका सहनि, वडा नम्बर ४ का वडा अध्यक्ष सुनिल कुमार जयसबाल, समाजसेवी शैलेस जयसबाल,उपेन्द्र शर्मा लगाएतको उपस्थिति रहेको थियो ।

काठमाडौं, ९ असार । आम जनता पार्टीको भातृ संगठन आईटी आर्मीले वैदेशिक रोजगारमा ठगिएका पीडितलाई न्याय दिलाउनको लागि आन्दोलन जारी राखेको छ । आज (आइतबार) आन्दोलनको ८औं दिनपनि आईटी आर्मीले आन्दोलनलाई जारी राखेको छ ।Open photo विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र एजेन्टटलाई कारवाही गर्नुपर्ने, बेरोजगार युवाहरुलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अलपत्र परेकाहरुको उद्दार गर्नुपर्नेलगायतका माग राखेर आईटी आर्मी आन्दोलित छ ।Open photo आइटी आर्मीले जनपक्षीय मुद्दा उठाउँदै आन्दोलन गरेकोमा यसपटक भने वैदेशिक रोजगारीको नाममा भएको ठूलो ठगीको विरुद्धमा आन्दोलन छेडेको हो । उसले असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाही गर्नुपर्ने, फ्री– भिसा फ्री– टकट व्यवहारतः लागू गर्नुपर्ने, निजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्नेजस्ता प्रमुख मागहरु अघि सारेको छ ।Open photo तर, ती मागप्रति राज्य उदासिन बनेकोमा भने आन्दोलनकारीहरु आक्रोशित बनेका छन् । त्यही आक्रोश पोख्नको लागि आज उनीहरुले सांकेतिक विरोधस्वरूप हातमा कालो पट्टी बाँधेर संघर्षलाई अगाडि बढाएका छन् । Open photoबेरोजगारको खुलेआम व्यापार भईरहेको र ठगहरुसामू वर्तमान सरकार लाचार भएको स्थितिमा पीडितलाई न्याय दिलाउन आईटी आर्मीले लिएको पहलकदमी सराहनीय रहेको आजपाका अध्यक्ष प्रभु साहको विश्वास छ । Open photoउनले देशमा अहिले दलाल भगौडाहरुको हालीमुहाली रहेको र लोकतन्त्रको ठाउँमा दलतन्त्र हाबी भएको टिप्पणी गरेका छन् ।

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज इरान जाने भएका छन् ।

एसिया सहयोग संवाद (एसिया कोअपरेसन डायलग) को परराष्ट्र मन्त्रीस्तरीय १९औँ बैठकमा भाग लिन श्रेष्ठ इरान जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्री श्रेष्ठले असार १० गते इरानको राजधानी तेहरानमा हुने बैठकमा भाग लिने छन् भने बैठकको साइटलाइनमा परराष्ट्रमन्त्री श्रेष्ठ विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रले जानकारी दिएको छ ।

त्यस्तै मन्त्रीस्तरीय बैठक अघि तेहरानमा असार ९ गते हुने एसिया सहयोग संवादको वरिष्ठ अधिकारीहरूको बैठकमा मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका सहसचिव ज्ञानबहादुर मगर सहभागी हुनेछन् ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठ असार १२ गते काठमाडौं फर्कने परराष्ट्रले जनाएको छ ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।