२०८३ कार्तिक ५
२०८३ कार्तिक ५

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा ऐतिहासिक फोटो प्रदर्शनी गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा पार्टी केन्द्रीय कार्यालय ललितपुरमा ‘क्रान्ति देखि शान्ति सम्म’ नाम दिइएर ऐतिहासिक फोटो प्रदर्शनी गरेको हो । फोटो प्रदर्शनीको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोटो प्रदर्शनीको अवलोकन गरेका छन् ।

फोटो प्रदर्शनीमा क्रान्तिदेखि शान्तिसम्मको विभिन्न कालखण्डमा गिरिजाप्रसाद कोइरालाको भूमिकालाई राखिएको छ ।

फोटो प्रदर्शनीको अलावा क्रान्तिदेखि शान्तिसम्म विषयमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला र नेकपा(एमाले)का नेता प्रदीपकुमार ज्ञवालीले विचार राख्ने कार्यक्रम रहेको छ ।

त्यसै गरी समुन्नतिको दोस्रो जग भन्ने शीर्षकमा छलफल काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डाक्टर अच्युत वाग्ले, हरि शर्मा र मञ्चला झाले अभिव्यक्ति राख्ने जानकारी दिइएको छ। कार्यक्रममा ‘फोटो पत्रकारिता: जोखिम र अनुभव’ शीर्षकमा फोटो पत्रकार गोपाल चित्रकार, मीन रत्न बज्राचार्य, विकास रौनियार, चन्द्रशेखर कार्की, प्रकाश माथेमा, विकास कार्की लगायतका फोटो पत्रकारहरुले पनि बोल्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिएका छन् । न्युज कारखाना

काठमाडौं । नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा प्रतिपक्षमा रहेका दलहरूको बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्ष दलको बैठक बोलाएका हुन् ।

मंगलबार साँझ देउवा निवास बूढानीलकण्ठमा बस्ने गरि देउवाले बैठक बोलाएका छन् ।

कांगेसले राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दललाई बैठकमा बोलाएको बताइएको छ ।

बैठकमा कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति बनेपछि नयाँ सरकारमा सहभागी हुन आग्रह गरिने बताइएको छ ।न्युज कारखाना

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

कांग्रेसले बुधबार बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निजी निवास, बुढानीलकण्ठमा बस्ने गरि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन

समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमतिपछि कांग्रेसले सो सहमतिको अनुमोदनका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको बताइएको छ ।न्युज कारखाना

काठमाडौँ । माओवादी केन्द्रले कांग्रेस-एमालेबीच भएको सहमति स्वाभाविक नभएको टिप्पणी गरेको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले प्रधानमन्त्री प्रचण्डको भनाइ उदृत गर्दै देश अग्रमनतिर जानेभन्दा पनि पश्चमगमनतिर जाने संकेतहरु देखापरेको बताएको जानकारी दिएका छन् ।

नेकपा माओवादी केन्द्रको अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार बिहान पार्टी पदाधिकारी बैठकमा बिफ्रिङ गर्दै देश पश्चगमनतर्फ जानसक्ने खतरा देखिएको बताएका छन् ।
साथै सापकोटाले एमाले–कांग्रेसबीचको गठबन्धन प्राकृतिक र स्वभाविक नदेखिएको बताए । उनले वर्तमान सरकार बनेदेखि भ्रष्टाचारका विरुद्धमा ठूला–ठूला काम भएको र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत सकारात्मक सन्देश गएको बेला कांग्रेस र एमालेले नयाँ सहमति गरेको बताए ।

उनले वर्तमान संविधानमा लोकतन्त्रका नयाँ मूल्य मान्यता पनि समावेश भएको बताउँदै राम्रोसँग अभ्यास नै नगरी संशोधन गरिने कुरालाई प्रत्यासित मान्न नसकिने बताए । न्युज कारखाना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काँग्रेस-एमाले गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ ।

मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले काँग्रेस-एमाले गठबन्धनमा सहभागी नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

उनले नयाँ सरकार गठनको प्रक्रिया शुरु भएपछि आफुहरुले सरकारबाट राजीनामा दिने बताए ।

रास्वपाबाट हाल पार्टी सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री रहेका छन् भने उपसभापति डिपी अर्याल श्रममन्त्री, सुमन श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ खेलकुदमन्त्री रहेका छन् ।न्युज कारखाना

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन्।

मंगलबार बिहान बालुवाटार पुगेर ओलीले कांग्रेससँग भएको सहमति बारे जानकारी दिदै मार्गप्रशस्त गर्न आग्रह गरेका हुन् ।

उनले कांग्रेससहितका दलको समर्थन आफु प्रधानमन्त्री बन्ने भन्दै प्रचण्डलाई पनि राष्ट्रिय सहमतिको सरकारमा सामेल हुन आग्रह गरेका छन् ।

गएराती कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति भएपछि माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वमा रहेको गठबन्धन भत्किएको छ । आफ्नो गठबन्धन भत्किएपछि प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिने या विश्वासको मत लिने भन्ने बारे छलफल गरिरहेको बताइएको छ ।न्युज कारखाना

काठमाडौं ।

आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले वैदेशिक रोजगारका ठग बचाउन गृहमन्त्रीले शान्तिपुर्ण जुलुसमा रोक लगाएको आरोप लगाएको छ । वैदेशिक रोजगारी क्षेत्रका पीडितहरुलाई न्याय दिलाउन आईटी आर्मीले काठमाडौंको ताहाचल स्थित वैदेशिक रोजगार विभाग जाने बाटोमा नारा जुलुस गर्न खोजदा प्रहरीले रोकेको आरोप छ ।No description available. आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले शान्तिपुर्ण विरोध जुलुस गर्ने संवैधानिक अधिकार हो तर गृहमन्त्रीले पवारको दुरुपयोग गरी बिना कारण शान्तिपुर्ण जुलुसमा रोक लगाउनुभएको छ । यसले आम पीड़ितलाई चोट पूगेकोछ । आईटी आर्मीले जारी राखेको आन्दोलनमा चासो नदिएको र पीडितलाई न्याय नदिएको भन्दै आईटी आर्मीले डोलप्रसाद (डिपि) अर्यालयको पुतला दहन गरेको थियो । वैदेशिक रोजगार विभागकै अगाडी श्रममन्त्रीको पुतला दहन गर्दै आईटी आर्मीले आन्दोलनलाई आक्रमक तरिकाले अगाडी बढाएको छ ।No description available. आन्दोलनमा सहभागी आजपाको महिला नेतृ रन्जु कुमारी साहले विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐजेंटलाई कारवाही गर्नुपर्ने, बेरोजगार युवाहरुलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अल्पत्र परेकाहरुको उद्दार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाई गर्नुपर्ने, फ्री – भिसा फ्री – टिकट व्यवहारतः लागू गर्नुपर्ने, नीजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको बताए । ‘लाखौं लाख युवासँग खर्बौैं रकम ठगी भइरहेको छ । ५, १० हजारको नाममा ५ लाख, १० लाख गरी लाखौंलाख अवैध असुली भइरहेको छ ।No description available. विगत लामो समयदेखि भइरहेको असुलीलाई हामी रोक्न चाहन्छौं । असुली भएको रकम फिर्ता गराउन चाहन्छौं’ साहले भने । आन्दोलनमा सहभागी आजपाको अर्का महिला नेतृ सिमा जयसवालले वैदेशिक रोजगारीमा जाने कामदारसँग लिएको अबैध रकम फिर्ता गराउन तथा यस क्षेत्रका अन्य समस्याहरु समाधान गर्नुपर्ने माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताए । उनले संविधानको धारा ३३ मा रोजगारीको हकलाई मौलिक हकका रुपमा समावेश गरिएपनि अहिलेको भगौडा दलाल वर्गको यो लुटकारी शासन सत्ताले युवाहरुलाई रोजगारीको अवसर दिन नसकेको तर देशभित्रको उद्योगहरुमा विदेशी कामदारहरुले अवसर पाइरहेको उनले बताए । अर्का महिला नेतृ चन्दा साहले युवाहरुले विदेशमा दुःख गरेर कमाएको रकम अवैध रुपमा हुण्डीमार्फत दुरुपयोग भइरहेको बताए । नेपालका नेता, प्रशासक र अवैध व्यापारीहरुले हुण्डीमार्फत पैसा ल्याएर आफ्नो कालोधन विदेशमा थुपार्ने काम गरिरहेको उनको आरोप छ । नेताहरु विना लगानी मेनपावरको शेयर होल्डर बनिरहेको पनि उनले बताए । यस्ता प्रकारका दुष्चक्र अन्त्य हुनु्पर्ने आईटी आर्मीको माग छ । ‘हाम्रा युवाहरुलाई आज मरुभूमिमा मर्न बाध्य बनाइएको छ । ती युवाहरुको खुनपसिनाले आर्जित रेमिट्यान्सलाई नेपालका भ्रष्ट नेताहरु, यहाँका प्रसाशकहरु र अवैध व्यापारीहरुले आफ्नो कालो धनलाई सट्टापट्टाको अस्त्रको रुपमा प्रयोग गरिरहेको सन्दर्भ छ’ आर्याले भने ।No description available. आजपा नेतृ एवं आन्दोलनकारी कनक सिंहले असुरक्षित श्रम स्वीकृतिका कारण विदेशमा ज्यान गुमाउने युवाहरुको मृत्यूलाई ‘राज्यद्वारा गरिएको हत्या’ का रुपमा परिभाषित गरे । यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए । आजपा नेतृ मिनादेवी साहले विदेश पठाउने नाममा धेरै अनियमितता, भ्रष्टाचार र ठगी भइरहेको बताए । अहिलेसम्म यी मुद्दामा कुनै राजनीतिक दलहरुले आवाज नउठाइदिएकाले आफूले सशक्त रुपमा आवाज उठाउँन विभाग घेराउ गरेको उनले बताउ । नेपालमा सदियौंदेखि वैदेशिक रोगजारीमा पठाउने परम्परा चलिरहेको र कुनै न कुनै रुपमा यसमा नेताहरुको संलग्नता रहेको साहको भनाई रहेको छ । नेताहरुले मेनपावरको माध्यमबाट युवाहरुलाई लुटिरहेको उनले बताए ।

राैतहट,१७ गते असार । राैतहटकाे कटहरिया नगरपालिका ४ मा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ ।Open photo साे वडामा दाेस्राे चाेटी निर्वाचित भएका वडा अध्यक्ष चन्दन कुशवाहाले आफनाे कार्यकाल भएकाे काम र जनताकाे गुणासाहरू सुनवाइ गर्नका लागि सार्वजनिक सुनवाइ कार्यक्रम आयाेजन गरेका थिए । वडामा बिगत ७ वर्षदेखि सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ गरेकाे हो ।Open photo कार्यक्रममा वडा अध्यक्ष कुशवाहाले हरेक निकाय पारदर्शी हुनुपर्ने भन्दै आफूले आयाेजना गरेको सार्वजनिक सुनुवाइ गर्नु महत्त्वपूर्ण रहेको बताए । कार्यक्रममा सहभागिको प्रश्नको जबाफ दिँदै वडाअध्यक्ष कुशवाहाले नागरिकबाट आएका सुझाव र गुनासोलाई सम्बोधन गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । Open photoनयाँ उमंग र उत्साहका साथ गरेको सार्वजनिक सुनवाइ कार्यक्रम प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको धारणा व्यक्त गरे ।Open photo आफूलाई वाडवासिले दिएको मत सेवाको अवसरलाई कुनै पनि हाल्तमा गुमाउन नचाहेको स्पष्ट पारे । त्यसकारण आफूल सुन्न्नु पर्ने हरेक गुनासो सुनेर सहि मार्ग दिशा निर्धारण गर्ने प्रतिबद्धता जनाए । Open photoउनले भने यदि याे कार्यक्रम नगरको हरेक वडामा भए झन राम्रो हुन्थ्यो । यस कार्यक्रम बाट आएका सल्लाह,सुझाव लाई आत्मसात गर्दै नयाँ साेचका साथ अगाडि बढ्ने बताए ।Open photoसाे अवसरमा स्थानीय भद्रभलादमी, वडावासी, सुरक्षाकर्मी, पत्रकार, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, वडाका कर्मचारी लगायतका व्यक्तिहरूकाे सहभागीता रहेको वडा सचिव छाेटेलाल मिश्रले जानकारी गराएका हुन् ।

काठमाडौँ । संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र दोस्रो ठुलो दल नेकपा एमालेबीच नयाँ गठबन्धन बनाउन सात बुँदे सहमति भएको छ ।

सो सहमतिमा गएराती कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हस्ताक्षर भएको हो ।

सहमतिमा एमाले अध्यक्ष ओलीले शुरुको दुई बर्ष सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने उल्लेख छ ।

त्यस्तै देउवा र ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउन संयुक्त रुपमा आह्वान गर्ने सहमति भएको छ भने निर्वाचन प्रणाली परिवर्तनसहित संविधान संशोधन र नागरिकका निराशा चिर्ने गरी काम गर्न कांग्रेस र एमालेले सहमति गरेका छन् ।

१. ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने ।

२ .प्रदेश सरकारहरुमा एमालेले कोशी, लुम्बिनी र कर्णाली तथा कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम सरकारको नेतृत्व गर्ने । त्यस्तै मधेस प्रदेशमा चाहिँ मधेसकेन्द्रित दललाई नै नेतृत्व दिने ।

३. संविधान संशोधन गर्दै समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने, उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने समझदारी ।

४. प्रतिनिधि सभा र राष्ट्यि सभा दुवैको सिटसंख्या बारे पुनर्विचार गर्ने ।

५. पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्ने।

६.संविधान पुनरावलोकन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बनाउने ।

७. प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचितमात्रै राख्ने ।न्युज कारखाना

 

काठमाडौं । मुख्य तीन दलले संक्रमणकालीन न्यायसँग सम्बन्धि विषयलाई टुङ्गो लगाउन कार्यदल गठन गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच संक्रमणकालीन न्यायसँग सम्बन्धित मुद्दा टुङ्गो लगाउन तीन पार्टीबाट एक-एक जना सदस्य रहने गरी कार्यदल बनाउन सहमति भएको हो ।

सोही सहमतिपश्चात टीआरसी विधेयकमा सहमति गरेर प्रस्ताव तयार गर्न आइतबार तीन दलबाट एक-एक जना सदस्य रहेको कार्यदल गठन गरिएको हो । कार्यदलमा नेपाली कांग्रेसबाट प्रमुख सचेतक  रमेश लेखक, नेकपा एमालेबाट  महेश बर्तौला र आफू र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा रहेका छन् ।

कार्यदललाई छलफल गरेर टुंग्याउन बाँकी विषयसहितको प्रस्ताव तयार गरेर शीर्ष नेतृत्वलाई बुझाउने कार्यादेश दिइएको छ । कार्यदलले यसअघिको मस्यौदामा भएका असहमतिका बुँदामा छलफल गरेर साझा धारणा बनाउने छ ।

टीआरसी विधेयकका अधिकांश बुँदामा सहमति भए पनि चार बुँदामा सहमति कायम हुन नसकेको देखिएको छ । तत्कालीन प्रतिपक्ष रहँदा  पीडितलाई न्याय दिनेभन्दा पनि पीडकको सजाय घटाउने निहित स्वार्थ माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाको रहेको विश्लेषण एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । मानव अधिकारका गम्भीर उलंघन गर्नेलाई सजायको दायरामा ल्याउनुपर्ने र आममाफि दिन नहुने पक्षमा एमाले रहेको छ ।

पीडितले न्याय पाउने गरी मात्रै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐनको संशोधन विधेयक टुंग्याउनुपर्ने एमालेले बताउँदै आएको छ । साथै स्वेच्छाचारी ढंगले सजाय घटाउने कुराले संक्रमणकालीन न्यायको उपहास मात्रै हुने एमालेले अडान लिदै आएको छ । न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।