२०८३ कार्तिक ६
२०८३ कार्तिक ६

काठमाडौं, ८ माघ । 

विराटनगरका नक्कली डाक्टर काठमाडौंमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-२ का ४० वर्षीय समृद्ध भट्टाचार्य रहेका छन्।

 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार बसुन्धराबाट पक्राउ गरेको हो।

 

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनले नेपाल मेडिकल काउन्सिलको नक्कली सर्टिफिकेट देखाएर बिरामी जाँच गर्ने गरेका थिए।

 

यस्तै, उनले विदेश जानेहरूको मेडिकल रिपोर्ट बनाउने गरेका थिए।

 

रेग्मीका अनुसार उनी धौलागिरी पोलिक्लिनिक बसुन्धरा र वी केयर नक्सालमा काम गर्ने गरेका थिए। ‘बसुन्धरास्थित पोलिक्लिनिकमा काम गरिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो,’ रेग्मीले भने।

 

उनले आफूलाई त्रिवि शिक्षण अस्पतालको चिकित्सक समेत बनाउँदै आएका थिए।

 

‘चीनमा एमबिबिएस अध्ययन गरेको भन्दै ढाँटेर काम गर्ने गरेको पाइएको छ,’ रेग्मीले भने।

 

भट्टाचार्यलाई कार्यालयले पत्रकार सम्मेलन गरी सोमबार सार्वजनिक गरेको छ।न्युजका्रखाना

 

काठमाडौं, ८ माघ ।

देशका विभिन्न स्थानबाट लागूऔषधसहित ७ जना पक्राउ परेका छन् । काठमाडौंकाे काठमाडौं महानगरपालिका-१४ कलंकीबाट नियन्त्रित लागूऔषध नाईट्रोभेट १० ट्याब्लेट, स्पास्मो ३५ ट्याब्लेट, ट्रामा २ सय ट्याब्लेट र मोबाइल २ थानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१३ घर भई ललितपुर भैसेपाटी डेरा गरी बस्ने १९ वर्षीय सागर राई र ललितपुर भैसेपाटी बस्ने २८ वर्षीय अनिश मगर रहेका छन् । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

 

सुर्खेतकाे बीरेन्द्रनगर नगरपालिका-११ पदमपुर बस्ने २६ वर्षीय राजु विकलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कर्णाली प्रदेश सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

सुर्खेतकै वीरेन्द्रनगर नगरपालिका-१४ साउनेपानी मोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम ४० मिलिग्रामसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दैलेख नारायण नगरपालिका-८ बस्ने ३३ वर्षीय लक्ष्मण कुमार थापा र सोही नगरपालिका-१ बस्ने २४ वर्षीय प्रबिण तारामी रहेका छन् । अस्थायी प्रहरी पोष्ट  गोठिकाडाबाट खटिएको प्रहरीले बा.प्र ०२-०१५ प ५८८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

मोरङकाे विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७५ मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सुनसरी दुहवी नगरपालिका-८ सोनापुर बस्ने २४ वर्षीय मोम्हमद शहवाज र २४ वर्षीय सन्तोष सिंह रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । न्युजका्रखाना

 

काठमाडौँ, ८ माघ ।

जारी पीएम कपमा सुदूरपश्चिम प्रदेशले पहिलो हार बेहोरेको छ ।

 

टियु मैदानमा सोमबार सम्पन्न खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८० रनले पराजित गरेको हो ।

 

मधेश प्रदेशले दिएको ३२० रनको लक्ष्य पछाएको सुदूरपश्चिमले ४४.५ ओभरमा अल आउट हुदै २३९ रन बनाएको थियो । सुदूरपश्चिमका लागि नरेन भट्टले १२१ रनको शतकीय पारी खेलेपनि जित भने दिलाउन सकेनन ।

 

यस अघि पहिला ब्याटिंग गरेको मधेश प्रदेशले ५० ओभरमा ९ विकेट गुमाउदै ३१९ रन बनाएको थियो । मधेशका लागि मयन यादवले ११५ रनको शतकीय पारी खेलेका थिए भने पवन सराफले ७० तथा अनिल शाहले ६९ रन बनाएका थिए ।

 

यो जितपछि मधेश प्रदेशले ६ खेलमा ८ अंक हासिल गरेको छ र अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशको ४ खेलमा ६ अंक रहेको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ ।न्युजका्रखाना

मकवानपुर, ८ माघ । 

थाहा नगरपालिका-८ दामगडेबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने धुलो करिब ५० किलोसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा रसुवा पार्वतीकुण्ड गाउँपालिका-५ घर भई मकवानपुर थाहा नगरपालिका-९ नारायणहिटी बस्ने २७ वर्षीय प्रभात घले र मकवानपुर थाहा नगरपालिका-३ दमकी घर भई सोही नगरपालिका-६ बज्रबाराही बस्ने ३२ वर्षीय रण बहादुर थिङ रहेका छन् ।

 

ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले गल्छीबाट पालुङतर्फ जाँदै गरेको बा.१५ च ३९२९ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा २ वटा बोरामा राखेको उक्त गाँजा फेला पारी चालक प्रभात र गाडीमा सवार रण बहादुरलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।   न्युजका्रखाना

काठमाडौं, ८ माघ ।

उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनलाई कामकाज गर्न रोक लगाएको छ ।

उनको नियुक्ति बदरको माग राखेर भरत मरासिनीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले पुनलाई तत्काल कार्यकारी निर्देशकका रूपमा कामकाज नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

गत ४ पुसमा पुनलाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेपछि योग्यतामा प्रश्न उठाउँदै मरासिनीले रिट दायर गरेका थिए । न्युजका्रखाना

काठमाडौं, ८ माघ ।

राप्रपा नेपालको पुर्बान्चल क्षेत्र स्तरिय प्रशिक्षण कार्यक्रम आगामी माघ २४ गते सुनसरीको इटहरीमा आयोजना गरिने भएको छ ।

यस अघि मुलुकको विभिन्न ६ ठाउँमा पार्टीले यस्तै खाले भेला र प्रशिक्षण सम्पन्न गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । उनका अनुसार  सात स्थानमा क्षेत्रीय स्तरको भेला प्रशिक्षण सम्पन्न भए पछि जिल्ला तहमा सघन रुपमा प्रशिक्षण संचालन गरिनेछ।

 

यस अघि मध्यमाञ्चलको काठमाडौं, तराई–मधेशको महोत्तरी, लुम्बिनिको रुपन्देही, कर्णालीको सुर्खेत, सुदुरपश्चिमान्चलको कंचनपुर, पश्चिमान्चलको पोखरामा प्रशिक्षण सम्पन्न भएका थिए ।

 

पुर्बान्चलको कार्यक्रमको निमित्त सुनसरी जिल्ला समितिको बैठक बसि तयारी शुरु भैसकेको र जिम्मेवारी बिभाजन गरि विभिन्न समितिहरु समेत निर्माण गर्ने काम गरिएको सह–महामन्त्री प्रेम प्रसाद भट्टराईले जानकारी दिए। आन्दोलन र संगठन निर्माणलाई पार्टीले सङ्गै लैजाने नीति अनुरुप काम भैरहेको पार्टीले जनाएको छ ।न्युजका्रखाना

काठमाडौं, ७ माघ ।

नेपाल प्रहरीमा रिक्त रहेको एसएसपी पदमा बढुवाका लागि रमेशकुमार बस्नेत सिफारिस भएका छन्।

आइतबार बसेको बढुवा समितिको बैठकले उनलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।

प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार मोहन पोखरेलले अवकाश पाएपछि एउटा एसएसपीको दरबन्दी रिक्त रहेको थियो।न्युजका्रखाना

भक्तपुर, ७ माघ ।

हिसान भक्तपुरको कार्यसमितिमा अध्यक्षमा पुनः अनिल कस्पाल (मोडर्न स्कुल÷कलेज) चुनिएका छन् ।

छैंठो अधिवेशनबाट सर्वसम्मतले कसपालको अध्यक्षतामा सात सदस्यीय समिति निर्वाचित भएको हो । कसपाल यसअघि पनि अध्यक्ष नै थिए ।


नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा नीरू ढकाल (एस.एस.कलेज), सचिवमा दिनेश पाण्डेय (इरूडाइट एकेडेमी) र कोषाध्यक्षमा स्याम मानन्धर (सिवर्ड कलेज) चुनिएका छन् । सदस्यहरूमा श्रीनारायण यादव (भक्तपुर ईङ्गलिस स्कुल), सुशील खनाल (स्वस्तिक कलेज) र रवि ढुवाल (अक्सफोर्ड स्कुल) चयन हुनुभएकोमा भक्तपुर हिसानले जनाएको छ ।

भक्तपुर र नेपालका लागि गुणस्तरीय शिक्षा र शिक्षाको लागि उत्कृष्ट गन्तव्य भक्तपुरलाई अझै नेपाल र विश्व सामु चिनाउन उत्कृष्ट कार्यहरू गरिनेछ भन्ने पूर्ण विश्वास नवनिर्वाचित समितिले लिएको छ ।

कार्यक्रममा हिसानका अभिभावक केन्द्रीय अध्यक्ष रमेशकुमार सिलवाल, वरिष्ठ उपाध्यक्षहरू युवराज शर्मा, नवराज पाण्डे, कोषाध्यक्ष विरेन्द्र जयना,  उपाध्यक्ष रामहरि सिलवाल, वागमती प्रदेशको उपाध्यक्ष राजकुमार आचार्य, काठमाडौं महानगर कमिटीका अध्यक्ष प्रकाश श्रेष्ठ, कलेज रिडर्सका जितेन्द्र घिमिरेलगायतका सहभागी थिए । न्युजका्रखाना

काठमाडौं, ७ माघ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन ।

 

युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलनको उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भएर प्रचण्ड आज विहान स्वदेश फर्केका हुन ।

युगान्डाबाट उनी नेपाली समयानुसार बिहान २ः४५ बजे कतारको दोहा अवतरण गरेका प्रधानमन्त्री प्रचण्ड भर्खरै त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा अबतरण गरेका हुन ।

 

सो सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड गत बुधबार युगान्डाको राजधानी कम्पला पुगेका थिए।न्युजका्रखाना

काठमाडौं, ७ माघ ।

सभामुख देवराज घिमिरेले आज विषयगत समितिका सभापतिहरूसँग छलफल गर्दै छन् ।

संसद न चलिरहेको अवस्थामा सभामुखले समितिहरूलाइ सक्रिय बनाउन र प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि सभामुख सक्रिय भएका हुन ।

सभामुखका प्रेस बिज्ञ शेखर अधिकारीका अनुसार आज बिहान ११ बजे सभामुखले समिति सभापतिहरूलाई छलफलका लागि आफ्नै कार्यकक्षमा बोलाएका हुन् ।

समितिमा रहेका विधेयकहरूको अवस्था, समितिका गतिविधि, निर्देशन, निर्णय कार्यान्वयनको अवस्था लगायतका विषयमा सभामुखले सभापतिहरूसँग छलफल गर्ने उनले जनाएका छन ।
न्युजका्रखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।