२०८३ कार्तिक २
२०८३ कार्तिक २

हिलो र खाल्डाखुल्डीले अस्तव्यस्त बैरगनियाको बाटो सम्म पारियो

बज्जिकाञ्चल संवाददाता,रौतहट, २४ असोज ।
रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर १ र २ मा पर्ने बैरगनिया जोड्ने मुख्य बाटो मर्मत गरिएको छ ।
बर्खाको कारण बीच बाटोमै पानी जम्ने, बाटो फुट्ने र अत्यधिक हिलो तथा कादोका कारण स्थानीय बासिन्दा तथा सर्वसाधारणलाई आवतजावतमा ठूलो सास्ती हुँदै आएको थियो ।

सडकको जर्जर अवस्थाका कारण दुर्घटनाको जोखिमसमेत बढेपछि वडा नम्बर २ का वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव (सञ्जय) र वडा नम्बर १ का वडा अध्यक्ष विजय यादवको विशेष पहलमा बाटो सुधारको काम अघि बढाइएको हो ।


दुवै वडा अध्यक्षहरुको सक्रियतामा सुरुमा हिलो र खाल्डाखुल्डी परेको माटोलाई मेसिन लगाएर बराबर लेभल गराउने काम सम्पन्न गरिएको छ । लेभल मिलाइसकेपछि अब सो सडकखण्डमा ग्राभेल खसाल्ने कार्यसमेत गर्न पहल गर्ने बताइएको छ । माटो सुकेपछि पूर्ण रूपमा ग्राभेल बिछ्याएर बाटोलाई सहज र दिगो बनाउने योजना रहेको जनप्रतिनिधिहरूले बताएका छन् ।


अन्य निकाय वा जनप्रतिनिधिको ध्यान पुग्न नसकेको अवस्थामा पनि वडा स्तरबाटै पहल गरी तत्काल समस्याको समाधान खोजेको भन्दै स्थानीयवासीले वडा अध्यक्षद्वयप्रति आभार व्यक्त गरेका छन् ।
स्थानीय बासिन्दाहरूले यो सराहनीय कदमका लागि धन्यवाद दिँदै ग्राभेललाई राम्रोसँग रोल गरेर दीर्घकालीन रूपमा टिकाउ हुने गरी सडक निर्माण सम्पन्न गरिदिन आग्रहसमेत गरेका छन् ।
वडा अध्यक्षद्वयले जनभावना अनुसार सडकको स्तरोन्नति गरी सर्वसाधारणको यात्रा सहज बनाउन आफूहरू निरन्तर खटिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।