<

काठमाडौं, ६ बैशाख । एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्।

 

कीर्तिपुरस्थित खेल मैदानमा कुवेत र संयुक्त अरब इमिरेट्सबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा ओमान र कतारबीच प्रतिस्पर्धा हुनेछ।

दुवै खेल बुधबार बिहान पौने ९ बजे सुरु हुनेछ।

 

मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको उदघाटन खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो भने अर्को खेलमा हङकङले सिंगापुरलाई ८ विकेटले हराएको थियो। हङकङ र सिंगापुरको खेल भने मुलपानी मैदानमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0