<

दार्चुला, २१ साउन ।

महाकाली नगरपालिकाको फोहर फाल्ने टिपर दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। आइतबार सदरमुकाम खलंगा बजारको फोहर संकलन गरी डम्पिङ्ग साइटमा फाल्न जाने क्रममा महाकाली नगरपालिका–५ किम्तडीभिरमा टिपर दुर्घटनामा परेको हो।

दुर्घटनामा चालक महाकाली नगरपालिका–७ का दानसिंह धामी र महाकाली नगरपालिका–५ का सहचालक मनोज हुम्ली घाइते भएको प्रहरीले जनाएको छ।

महाकाली नगरपालिकाको से १ ग ७६ नम्बरको टिपर किम्तडीभिरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। टिपरको ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीको भनाइ छ।

टिपरको अगाडिको भागको एक साइडतिर पूर्णरुपमा क्षति पुगेको छ। घाइते चालक र सहयोगी जिल्ला अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0