<

काठमाडौं, २१ साउन ।

परराष्ट्रमन्त्री एनपी साउदले सबै राजनीतिक दलको सहमतिमा एउटै परराष्ट्र नीति हुनुपर्ने बतााएका छन् । आइतबार कन्सुलर सेवा विभागमा अनलाइन कन्सुलर प्रमाणीकरणको सुरुवात गर्दै उनले दलहरुको एउटै परराष्ट्र नीति हुनुपर्ने बताएका हुन् ।

 

फरक फरक परराष्ट्र नीतिले राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकता बलियो बनाउन नसक्ने भन्दै उनले पार्टीहरुको परराष्ट्र नीति छुट्टाछुट्टै नबनाई सबैको सहमतिको नीति हुनुपर्नेमा जोड दिए ।

 

परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमानमा आधारित बनाउँदै राष्ट्रिय एकतालाई मजबुत गर्ने गरी अगाडि बढाइएको बताएका मन्त्री साउदले परराष्ट्र सम्बन्धलाई परस्पर लाभका आधारमा अघि बढाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0