<

गुलरिया, १८ साउन ।

बर्दियाको एक निजी विद्यालयको शौचालयको पर्खाल भत्किँदा घाइते भएकी बालिकाको मृत्यु भएको छ।

 

बढैयाताल गाउँपालिका-७ तिल्कानामा रहेको रिभर क्विन्स बोर्डिङ स्कूलमा रहेको शौचालयको पर्खाल भत्किँदा बुधबार घाइते भएकी कक्षा ३ मा अध्ययनरत ९ वर्षीया मेरिना थारूको मृत्यु भएको हो।

 

बढैयातालको फूलपुर निवासी उनको उपचारका क्रममा शुक्रबार मृत्यु भएको प्रहरीको भनाइ छ। बुधबार दिउँसो करिब पौने ३ बजे बालिका शौचालय गएकोमा पर्खाल एक्कासी भत्किएपछि बालिकाको पेट तथा चिउँडोमा चोट लागेको थियो।

 

बाँकेको नेपालगञ्जको बाँकेस्थित भेरी अस्पतालमा उपचार भइरहेकी बालिकाको शुक्रबार दिउँसो साढे १ बजे निधन भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0