<

 

हनुमत कुमार यादव ,रौतहट ,१८ गते साउन ।
रौतहट जिल्लाको राजदेवी नगरपालिकामा १५ शैय्या आधारभूत अस्पतालको निर्माणका लागि नगर प्रमुख भिखारी प्रसाद यादव द्धारा शिलान्यास गरिएको छ । आज पुरोहित मन्त्रोउच्चारण गरि एक समारोहका बिच नगर प्रमुख यादवले नगरपालिकाको वडा नम्बर ५ मा १५ शैय्या बेडको अस्पताल निर्माणका लागि बिधिवत रूपमा शिलान्यास गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले बताएका हुन् ।

चुनावी प्रतिबद्धता अनुरुप जनता लाई स्वास्थ्य क्षेत्रमा टेवा पुग्ने र कम खर्चमा सुलभ सहुलियतका साथ उपचार हेने मदत पुगने उनका भनाई रहेका छन् । जीवनको मुलभूत आवस्यकता मध्ये एक रहेको स्वास्थ्य लाई ध्यानमा राखी नगरपालिकाको सम्पूर्ण वडाहरुको केन्द्र बिन्दु पर्ने ठाउँमा अस्पतालको स्थापना गरिएको बताए । अस्पतालको स्थापना बाट नगरका जनता हर्सित भएको स्थानीय हरुले बताए ।

न्यु ड्राइगन निर्माण सेवा प्रालि काभ्रेपालचैकले उन्नइस करोड तिहत्र हजार चार सय नबे रुपैया रकमको लागतमा २४ महिना भित्र निर्माण सम्पन्न हुने गरि कार्य सम्झौताका साथ कार्य अगाडी बढाइएको छ ।

उक्त अवसरमा रौतहट जिल्ला प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र,रौतहट प्रहरी प्रमुख बिर बहादुर बुढा मगर , सशस्त्र प्रहरी प्रमुख , नगर उपप्रमुख राजकुमारी देवी, वडा न ५ का वडा अध्यक्ष सुरेश पन्डित,वडा न ७ का वडा अध्यक्ष विजय शंकर यादव ,प्रमुख प्रसासकिय अध्कृत प्रलव कायस्थ , लेख पाल श्रीचन, इ।सन्जय पाण्डे , सूचना अधिकारी चन्द्र भुसन यादव,युवा नेता पवन साह लगायत सुरक्षा कर्मी ,संचार कर्मी का साथ स्थानीय भद्रभलादमी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0