<

 

बज्जिकाञ्चल साउन १७ गते

रौतहटको चन्द्रपुर नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुलाई तीन दिने मध्यवर्ती तालिम आज देखि चन्द्रनिगाहपुरको हिमालयन होटलमा शुरु भएको छ । स्विस सरकार तथा अष्ट्रेलियन एडको आर्थिक सहयोग र माण्डवी रौतहटको आयोजना तथा IFES को सहकार्यमा रौतहट जिल्लाका ६ वटा नगरपालिकाहरुमा शी लिडस परियोजना सँचालित रहेको छ ।सो परियोजना अन्तर्गत विगतका दिनहरुमा निर्वाचित महिला जनप्रतिनिधिहरुलाई पहिलो, दोस्रो, तेस्रो तथा चौथो सत्र गरी तालिमहरु दिई सकेकोमा आज देखि मध्यवर्ती तालिम शुरु भएको हो ।

महिलाहरूलाई लैङ्गिक समानता प्रवद्र्धन गर्न तथा आफ्नो समुदायका अन्य महिला र किशोरीहरूका लागि , प्रेरणा स्रोतका रूपमा कार्य गर्न प्रोत्साहित गर्न, स्थानीय सरकारमा प्रभावकारी ढंगले आफ्नो भूमिका निर्वाह गर्नका लागि निर्वाचित महिला जनप्रतिनिधिहरूलाई चाहिने सीप र ज्ञान प्रदान गर्नुका साथै राजनीतिक संवादमा सहभागी हुनका लागि निर्वाचित महिला प्रतिनिधिहरू र अन्य नेतृत्व भूमिकामा भएका महिलाहरूको आत्मविश्वास बढाउने उदेश्यले माण्डवीले यो कार्यक्रम सँचालन गर्दै आईरहेको माण्डवीका अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दास जानकारी गराउनु भयो ।

कार्यक्रम शुरुवात प्रशिक्षक पुनम ठाकुरले गर्नु भएको थियो भने परियोजनाको लक्ष्य तथा तालिमका उदेश्यका बारेमा कार्यक्रम संयोजक मुनिलाल बैठाले सहभागिहरुलाई जानकारी गराउनु भएको थियो ।

यो तिन दिने तालिममा चन्द्रपुर नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुलाई नैतिकवान नेतृत्वमा हुनु पर्ने गुणहरु, महिला जनप्रतिनिधिहरुलाई आईपर्ने समस्यहरुको विशलेषण तथा त्यसका सामाधान गर्ने र आउन सक्ने समभावित परिणामहरुको बारेमा छलफल , वडा अन्तर्गत रहेका विभिन्न किसिमका तथ्याँक सँकल्न आवधिक तथा व्यवस्थापन गर्नु पर्ने आवश्यकता तथा त्यसको महत्व फाईदाहरु बारे छलफल र

महिला जनप्रतिनिधिहरु प्रति हुने सामाजिक,साँस्कृतिक दुस्प्रचार तथा द्धेषपूर्ण अभिव्यक्तिहरु तथा त्यसलाई कसरी सामना गर्न सकिन्छ सो बारेमा छलफल गरीने अनुगमन अधिकृत दासले जानकारी गराउनु भएको थियो। मध्यवर्ती तालिममा चन्द्रपुर नगरपालिकाको २० जना निर्वाचित महिला

जनप्रतिनिधहरुको सहभागिताको साथै माण्डवीका कार्यक्रम सँयोजक मुनिलाल बैठा, अनुगमन अधिकृत सुविन्द्र दास, प्रशिक्षकद्धय पुनम ठाकुर र सँजय कुमार यादव, सामाजिक परिचालक सुरेन्द्र यादवको समेत उपस्थिति रहेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0