<

रौतहट, १५ साउन । मधेश प्रदेश सरकारमा नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

 

मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिशमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपाली कांग्रेसका मोहम्मद समिम र जनमत पार्टीका नन्दन सिंहलाई मन्त्री नियुक्त गरेका हुन्। समिमलाई गृह, सञ्चार तथा कानुन र सिंहलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ। नवनियुक्त दुवै मन्त्रीले सोमबार प्रदेश प्रमुख मिश्रबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।

 

यससँगै मधेश सरकारले पूर्णता पाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0