<

 

सप्तरी, १२ साउन ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७, मंसापुरमा एक युवकको शव फेला परेको छ । शुक्रबार बिहान  हनुमाननगर कंकालिनी नगरपालिका–१०, इनर्वाका २२ वर्षीय तीर्थनारायण मण्डलको शव भेटिएको प्रहरीले जनाएको छ ।

 

गम्भीर घाइते अवस्थामा भेटिएका हनुमानगर कंकालिनी–१० कै अजय मण्डललाई  उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भर्ना गरिएको छ ।

 

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0