<

रौतहट,साउन १० गते
जिल्ला प्रहरी कार्यालय गौर रौतहटले वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । आज गौरमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला प्रहरी कार्यालय गौरले आर्थिक वर्ष २०७९। ०८० को वार्षिक प्रगति विवरण सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा रौतहटका प्रहरी उपरीक्षक एसपी वीर बहादुर बुढामगरले यस आर्थिक वर्षमा प्रहरीद्धारा गरिएको विभिन्न कामहरुको विवरण प्रस्तुत गरेका थिए ।
सार्वजनिक गरिएको विवरण अनुसार आर्थिक वर्ष २०७९। ०८० मा जिल्लामा विभिन्न प्रकृतिको गरी ८ सय ५ वटा मुद्धा दर्ता भई कार्यवाही प्रकृया अगाडि बढेको पाइएको छ ।
कुल ८ सय ५ वटा मुद्दा दर्ता भएकोमा ५ सय ७५ वटा मुद्दा फछर्यौट भइसकेको र २ सय २९ वटा मुद्दा फछर्यौट हुन अझै बाँकी रहेको पत्रकार सम्मेलनमा एसपी बुढामगरले बताए ।
जबकी आर्थिक वर्ष २०७८। ०७९ मा ७ सय ४८ वटा मुद्दा दर्ता भएको थियो भने त्यसमध्ये ४ सय ६९ मुद्दा फछर्यौट भइसकेको र २ सय ७९ वटा मुद्दा फछर्यौट हुन अझै बाँकी थियो ।
आर्थिक वर्ष २०७९। ०८० मा जघन्य अपराध तर्फ कर्तव्य ज्यान सम्बन्धी १९, जबरजस्ती करणी उद्योग अन्र्तगत २६, अपहरण तथा शरीर बन्धक सम्बन्धी ३, सवारी ज्यान सम्बन्धी ४३, लागु औषध सम्बन्धी ३६, हातहतियार सम्बन्धी ३, ज्यान मार्ने उद्योग सम्बन्धी ४२, खोटा मुद्रा सम्बन्धी ११ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।
त्यस्तै ७३ जनाको झुण्डीएर मृत्यु भएको छ भने बिष सेवनबाट १७ जनाको मृत्यु भएको छ । चोरीको ७० वटा घटना घटेको पाइएको छ ।
लागु औषध सम्बन्धी ३६ वटा मुद्दा दर्ता भएकोमा ३५ वटा फछर्यौट भइसकेको र एउटा मुद्दा मात्र फछर्यौट गर्न बाँकी रहेको छ । यस लागु औषध सम्बन्धी कसुरमा ४८ जनालाई पक्राउ गरिएको विवरणमा उल्लेख छ ।
उनिहरुको साथबाट ४ सय ८७ केजी ४ सय ग्राम गाँजा, १५ सय ७२ पिस डाईजेपाम ईन्जेक्सन, १५ सय ७९ पिस फेनारगन ईन्जेक्सन र १५ सय ८० पिस ब्रुफिन ईन्जेक्सन बरामद गरिएको प्रहरीले जनाएको छ ।
मुद्दाको फैसला कार्यान्वयन गर्न अनुसन्धान गर्ने क्रममा १ सय २ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ भने फैसला कार्यान्वयन पश्चात ३ सय ३६ जना पक्राउ परेको विवरणमा उल्लेख छ ।
पक्राउ परेका प्रतिवादीहरुबाट ५५ लाख ८ हजार ३ सय ३३ रुपैया दण्ड जरिवाना गरिएको छ ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०७८। ०७९ को तुलनामा आर्थिक वर्ष २०७९÷०८० मा राजस्व संकलन दोब्बर भन्दा बढीले वृद्धि गरेको छ ।
आर्थिक वर्ष २०७८। ०७९ मा २ करोड ३ लाख ३ हजार ४ सय ६८ रुपैया राजस्व संकलन गरिएकोमा यस आर्थिक वर्ष २०७९। ०८० मा ५ करोड २६ लाख ५७ हजार ६१ रुपैया राजस्व संकलन गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।
आर्थिक वर्ष २०७८। ०७९ भन्दा यस आर्थिक वर्ष २०७९÷०८० मा ३ करोड २६ लाख २३ हजार ५ सय ९३ रुपैया बढी राजस्व संकलन गरिएको छ ।
त्यस्तै यस वर्ष श्रोत नखुलेको ३ करोड ६१ लाख ४ हजार ४ सय रुपैया सहित ९ जना पक्राउ परेका छन् । त्यस्तै यस वर्ष २ लाख ४३ हजार नेपाली नक्कली जाली नोट बरामद भएको छ । जाली नोटको कारोबार गर्ने २२ जना व्यक्ति पक्राउ परेका छन भने ११ जनामाथी मुद्दा दर्ता गरिएको छ ।
आर्थिक वर्ष २०७९। ०८० मा कटुवा पेस्तोल २ थान र एक थान गोली सहित एक जना व्यक्ति पक्राउ परेका छन भने १२ बोरको २ नाले बन्दुक एक थान, लाइफ राउण्ड गोली ११ थान, खोका ३ वटा सहित ८ जनालाई पक्राउ गरिएको छ । त्यस्तै एक थान एकनाले भरुवा बन्दुक समेत बरामद भएको छ ।
आर्थिक वर्ष २०७९। ०८० मा आगलागी सम्बन्धी भएको १ सय ९४ वटा घटनामा परी ३ महिला र एक पुरुषको मृत्यु भएको छ ।


आगलागीमा परेर ९८ वटा पशुचौपायाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । वर्षा र बाढीको ८ वटा घटना हुँदा एक जना पुरुषको मृत्यु भएको छ भने हावाहुरीको २३ वटा घटना हुँदा पनि कसैको ज्यान गएको छैन ।
करेन्ट सम्बन्धी ३५ वटा घटना हुँदा करेन्ट लागेर ११ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको छ भने जंगली जनावरको आक्रमणबाट २ जनाको मृत्यु भएको छ । यसरी दैवि प्रकोप सम्बन्धी घटेको घटनामा १९ जना पुरुष र ८ जना महिलाको दुखद निधन भएको पाइएको छ ।
१९ वटा अबैध दारु भट्ठी नष्ट गरिएको छ भने तयारी मदिरा ९ हजार ११७ लिटर र ३ हजार १५० लिटर कच्चा पदार्थ नष्ट गरिएको छ ।
नदि खोलाबाट अबैध रुपमा नदिजन्य पदार्थ ढुवानी गर्ने विभिन्न ६० वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको छ भने १२ जना मानिसलाई पक्राउ गरिएको छ ।
आर्थिक वर्ष २०७९। ०८० मा ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने ३८ हजार ५ सय ८२ जना चालकलाई कार्यवाही गर्दा ३ करोड १ लाख ४ हजार रुपैया राजस्व संकलन भएको छ ।
जिल्लाभरीमा भएको कुल ६ सय ४५ वटा सवारी दुर्घटनामा परी ५० जनाको मृत्यु भएको छ भने १ हजार ४७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गौरले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
११ सय १७ वटा ठाडो उजुरी परेकोमा ३ सय १४ वटा उजुरी मिलापत्र गरिएको छ भने ४ सय ४५ वटा उजुरी मातहतमा मिलापत्र गरिएको छ । २ सय ६४ उजुरी छलफल गर्ने प्रकृयामै रहेको छ भने ९४ जना सम्पर्कमा नआएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0