<

 

रनिधर साह, रौतहट, असार ३१ गते ।

रौतहटको गुजरा नगरपाकिला स्थित रहेको लामहा नदिमा पानीको सतह बढि भएका कारण बाटो अवरुद्ध भएका छन् । सो नदिमा धरै दिनदेखि लमहा पुल निमार्ण कार्य भइरहेको छ । तर, सो पुल निमार्णको ठेका लिएको ठेकेदारका कारण बाटो अवरुद्ध भएकाे तथा स्थानीयलाई सास्ती भएकाे छ ।

सो पुल निमार्ण गर्नु अघि विना कमचलाउ बाटो (डाइर्भजन) को निमार्ण पुलको काम सुरु भएको समयदेखि नै स्थानीय तथा आवत जावत गर्ने सवारी साधनहरुलाई कठिनाई भएको देखिन्छ । केहीदिन पहिला पनि वर्षाका कारण सो बाटो अवरुद्ध भएपश्चात गुजरा नगरपालिकाको निदेर्शनमा ह्युम पाईप राखेर बाटो खुल्याइएको थियो । यो घटना पटक पटक भएका कारण स्थानीयहरुलाई समस्या परेको सो पालिकाको अम्तवा निवासी निरज साहले बताएका छन् । उनका अनुसार वर्षा भएको दिनदेखिर्नै सो बाटो उवरुद्ध भएका कारण आवत जावतमा समस्या भएको हो ।

सो बाटो भएर दैनिक रुपमा जाने एभर ग्रिन विधालय बालचनपुरका शिक्षक नेवालाल चौधरी भन्छन् हाम्रो लागि यो बाटो न भएका कारण धेरै नै समस्या भएको हो । स्थानीय सरकारले चासो नदेखाएका कारण सो समस्याको समाधान हुन नसकेको गुनासो गरेका छन् । उनी भन्छन् लमहा नदिका ठेकेदार सहित स्थानीय सरकारको पनि हुलो लपरवाहीका कारण स्थानीयहरुले सो समस्या भोगनु परेको हो ।

सोही विषयमा गुजरा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार अधिकारी भन्छन् , हामी तत्कालका लागि सो बाटो आज विहान देखि संचालन गरेका छौँ । तर, ठेकेदारले लपरवारी गरेसी यास्तो समस्या नहुने कुरानै हुँदैन उनले भने । यो नदिमा पानीको बहाव बढने तथा घटने क्रम जारी नै रहेका कारण हामीले बाटो संचालनमा ल्याएता पनि धेरै समस्यसम्म टिकन सकेको छैन् । अहिले सो समस्याको समाधान भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0