<

काठमाडौं, ३० असार । नेककपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।

 

हिजो देखी सुरु भएको केन्द्रिय सचिवालयको बैठक आज पनि बस्न लागेको हो । नेताहरुले बोल्ने क्रम अझै बाँकी रहेकाले बैठक लम्बिएर आज पनि बस्नु परेको हो ।

 

माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा सो बैठक हिजो शुक्रबारवाट सुरु भएको हो ।

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकमा मुलुकमा विकसित राजनीतिक घटनाक्रम, सरकार तथा संसदसहितका क्षेत्रमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, आन्तरिक पार्टी सङ्गठन सुदृढीकरण अभियानको समीक्षा तथा समसामयिक विषयमा छलफल भइरहेको छ । सोही बिषयमा सचिवालयका सदस्यहरुले आ आफनो धारणा राखिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0