<

 

बिशाल बस्नेत/महोत्तरी, २७ असार

ग्रामिण उधम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोरको कार्यालय बर्दिबासले वर्षभरिको प्रगति विवरण सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०७९/८० मा गरेको कामको जानकारी दिँदै कार्यालय प्रमुख रविन्द्र महथाले खर्च भएको लगभग ६ करोडको फेहरिस्ता सुनाए ।

कार्यालयले बजार समबन्धको विकासमा सहजीकरण, उधमशिलाताको विकास, संरचनात्मक विकास र लाभाग्राहीको योगदानमा आधारितसहितका सीमाभित्र रहेर मधेश प्रदेशका ८४ वटा पालिकाहरुमा काम गर्दै आएको छ ।

महेन्द्र राजमार्ग र हुलाकी राजमार्गमा केन्द्रित रहेर उक्त करिडोरभित्र सप्तरीमा १५, सिरहामा १२, धनुषामा ८, महोत्तरीमा १०, सर्लाहीमा ११, रौतहटमा ९, बारामा ११ र पर्सामा ८ वटा पालिकामा काम भईरहेको कार्यालय प्रमुख महथाले जानकारी दिए ।

कृषकलाई ५० प्रतिशत अनुदानको प्रक्रिया समेत अगाडी बढाइएको छ । ८४ वटा पालिकाहरुबाट १०३२ कृषक समुहले अनुदानको लागी निवेदन दिएको आर्थिक करिडोरको कार्यालयले जनाएको  छ ।

जसमध्य दुध उत्पादनमा ५३१ जना, मासु उत्पादन(बाख्रा -२१८, कुखुरा तथा हाँसमा-२२, बन्गुरमा-७ जना, रागा-१) -२४८ जना, माछा उत्पादनमा ५७ जना, तरकारी उत्पादनमा ९२ जना, बिज बृदिमा ४९ जना, गंहू, धानमा १५ जना, फलफूल उत्पादनमा १० जना, प्रशोधन उधोगमा ५ जना, मौरिपालनमा १, वन पैदावरमा १ जना, शीर्षक नखुलाई १४ जना गरी १०१३ जना समूहबाट अनुदान माग भएको छ ।

कार्यालयले बनाएको कार्यविधिअनुसार छनोट प्रक्रियामा अगाडी बढीरहेको प्रमुख महाथाले जानकारी दिए ।    न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0