<

 

सिरहा, २ वैशाख ।

सिरहाको गोलबजार नगरपालिका–१ लमाडाँडामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

शुक्रबार राति नाच हेर्न गएका बेला हात्तीले आक्रमण गर्दा  गोलबजार–३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आलेमगरको मृत्यु भएको हो ।

हात्तीले लखेट्दा भाग्न नसकेका आलेमगरको मृत्यु भयो भने अन्य साथीहरुले भागेर ज्यान जोगाएका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0