<

रौतहट,असार ११ गते
रौतहट । नागरिकता विहिन संघर्ष समितिका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला अध्यक्ष जयप्रकाश गिरीले वंशजको नागरिकता पाएका छन् ।

नागकिता नपाएर लामो समयदेखि संघर्षरत्त जयप्रकाशले जिल्ला प्रशासन कार्यालय रौतहटबाट वंशजको नागरिकता पाएका हुन् ।


रौतहटको बौद्विमाई नगरपालिका ३ मटिअर्वा घर भएका जयप्रकाश गिरीले १९ वर्षको उमेरमा नागरिकता पाएका हुन् ।

बुबा राम अधार गिरीसंग नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय रा‌‌ैेतहट पुगेका थिए ।

उनलाई प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले नागरिकता हस्तान्तरण गरेका हुन् ।

नागरिकता पाएपछि जयप्रकाशले बल्ल यो देशको नागरिक भएको अनुभुती भएको बताए । ‘बल्ल आजदेखि नेपाली नागरिक भएको अनुभूति र अपार खुसी महसुस भइरहेको छ। अब यो देशमै केही गर्छु’, उनले भने ।

उनी नागरिकता संघर्ष समितिका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला भएर आन्दोलनरत थिए । जयप्रकाश हेल्थ असिस्टेन्ट  हन् ।


बुबा राम अधार गिरीको नागरिकता जन्मसिद्ध भएको कारण उनले नागरिकता पाउन सकेका थिएनन् । तर राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता सम्बन्धी विधेयक कार्यान्वयन गर्न सर्वोच्च अदालते बाटो खोलेपछि उनले नागरिकता पाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0