<

आरके श्रीवास्तव,गरुडा,०१ गते वैशाख
रौहतटको गौर नगरपालिकाको वडा नम्बर ४ मा राम जानकि सामुदायिक भवन को नवनिर्मित भवनको समुद्धघाटन गरिएको छ । एक कार्यत्रमका बिच नगर प्रमुख शम्भु साहले आज उदघाटन गर्नु भएको हो ।
शहरी बिकास तथा भवन कार्यालय पर्सा द्धारा टिकुलियामा २६ लाख ८० हजार १५० रुपैया ८४ पैसाको लागतमा निर्माण भएको सो भवनको शुक्रवार उदघाटन गरिएको छ ।
उदघाटन पछि प्रतिक्रिया दिदै नगर प्रमुख साहले नगरबासीको हितलाई मध्यनजर गरी समस्या पहिचान गरी विशेष प्राथमिकतामा राखेर सामाधानको प्रयासमा निरन्तर रुपमा अघि बढिरहेको बताएका छन् ।
सो अवसरमा शहरी बिकास तथा भवन कार्यालय पर्सा कार्यालयका प्रमुख मदन राय यादव, वडा अध्यक्ष संजय गिरी सहित स्थानीय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0