<

 

वासिंङटन, २ असार ।

पेन्टागनका पेपर्स लीक गर्ने ड्यानियल एल्सबर्गको क्यालिफोर्नियाको केन्सिङ्टनस्थित आफ्नै घरमा शुक्रबार निधन भएको हो ।

 

परिवारले एक विज्ञप्तिमा जारी गर्दै उनको मृत्युको पुष्टि गरेको हो । परिवारले दिएको जानकारी अनुसार उनले ९२ वर्षको उमेरमा अन्तिम सास लिएका हुन् ।

 

उनले भियतनाम युद्धको बारेमा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको कागजातहरू लीक गरेका थिए ।

 

ड्यानियलका छोरा रोबर्ट एल्सबर्गले ट्वीटरमा भनेका छन् कि, ‘मेरो प्यारो बुबा, डेनियल एल्सबर्गको आज बिहान, जुन १६ बिहान १ः२४ बजे प्यान्क्रियाटिक क्यान्सर पत्ता लागेको चार महिनापछि निधन भयो। उनले अन्तिम सास लिँदा उनको परिवार उनको साथमा थियो। उनले कुनै पीडा महसुस गरेन र घरमै शान्तिपूर्वक अन्तिम सास लिए।’

 

गत फेब्रुअरीमा उनलाई क्यान्सर भएको पत्ता लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0