<

 

विराटनगर, १ असार

मोरङको कानेपोखरी गाउँपालिका–७ बाट लागूऔषध ब्राउन सुगरसहित प्रहरीले बिहीबार साँझ दुई जनालाई पक्राउ गरेको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार कानेपोखरी–७ का ४२ वर्षीय चन्द्र कार्की र ४५ वर्षीय शुक्र लिम्बूलाई पक्राउ गरिएको हो ।

को २९ प २८७५ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरूलाई साँझ ५:३० बजेतिर पक्राउ गरिएको दाहालले बताए। पक्राउ पर्नेमध्ये कार्की मोटरसाइकल चालक हुन् ।

डीएसपी दाहालका अनुसार शंका लागेपछि प्रहरीले मोटरसाइकल रोकेर चेकजाँच गर्दा साथबाट ७ ग्राम ३ सय मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

त्यस लत्तगै दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेकाविरुद्ध लागूऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन अदालतबाट शुक्रबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0